२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

४ देशका १३० जनाको नाम दर्ता
पोखरा, ९ असोज

विश्व पर्यटन दिवस अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्यतीय दौड हुन लागेको हो ।

पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । हालसम्म नेपालसहित ४ देशका १ सय ३० जना धावकले नाम दर्ता गराएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । उनका अनुसार इच्छुक धावकले शुक्रबार बिहान १० बजेसम्म अनलाइनमार्फत फाराम भर्न सक्ने छन् । सहभागि हुने धावकहरुले पोखरा ९ बाँस्तोलाथर सिल्भर प्लेट पार्टी प्यालेससंगै रहेको संस्थाको कार्यालयबाट चेष्ट नम्बर लिनको लागि बिहान ८ः०० बजे देखि बेलुका ४ बजेसम्म लिन सक्ने संयोजक बरालले जनाए ।

प्रतियोगितामा नेपाल, बेलायत, इजरायल र नर्वेका खेलाडीहरुले नाम दर्ता गराएका हुन् । नेपालको सन्दर्भमा मधेश प्रदेश बाहेक ६ वटा प्रदेशबाट महिला–पुरुषले ६ वटा विधामै नाम दर्ता गराएका छन् । खुल्लातर्फ ५४ जना, महिला खुलातर्फ मात्र ७ जना, यू–१६ तर्फ १८ जना, विदेशी पर्यटक ३ जना, भेट्रान्स (४० वर्षमाथि) तर्फ १४ जना र वडास्तरीय दौडतर्फ ३५ जनाले नाम दर्ता गराको पोखरा प्रबद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । सबै इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था छ ।

यसैबीच, सोही अवसरमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङ सम्मानित हुने छन् । आयोजकले यस वर्षको प्रतिभा प्रोत्साहन सम्मानबाट तनहुँका विश्व कीर्तिमानी धावक घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष समाजसेवी गुरुङलाई सम्मान गर्ने भएको हो । गत वर्ष उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक कुसान गुरुङ सम्मानित भएका थिए ।

नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुने प्रतियोगितामा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, राखेप, मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, पोखरा भ्रमण वर्ष २०२५, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, , परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकार, गण्डकी प्रादेशिक क्रिकेट संघ, बुमह््रयाङ रेष्टुरेण्ट, पोखरा एम्बुलेन्स चालक ईकाई कमीटी कास्की, एन्फा कास्की, फ्रेस इलिमेन्ट्स रेष्टुरेण्ट एण्ड बार, पृथ्बीराज मार्ग बस संचालक कम्पनी, भट्टिखान माउण्टेन न्यू रिसोर्ट, सोसल पव्लिक स्कुल, हिमालय कम्यूटर, हिल प्वाइट हाई स्कुल लगायतको सहयोग छ ।

प्रदेश खेलकुद परिषद् गण्डकी समन्वय र पोखरा महानगरपालिका २२ वडा कार्यालयको सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।

खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।
गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा धावकलाई स्थानीय आमा समूह र क्लबले फूलमाला र घडासहित स्वागत गर्ने छन् ।

पोखरा, ९ असोज ।

नेपाल परिवार नियोजन संघ कास्कीले विहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ ।पोखरा १२ उपकार मार्ग स्थित संघको कार्यालयमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सेवा शुभारम्भ गर्नुभएको छ ।

सेवा शुभारम्भ गर्दै सिग्देलले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै सेवा संचालनमा ल्याइएको बताउनुभयो । गुणस्तरीय सेवा हाम्रा प्राथमिकता हुन्, उहाँले भन्नुभयो, यो सेवा नहुँदा अन्यत्र रिफर गर्नुपर्ने अवस्था अब अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा संचालनमा ल्याइएको वरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले जानकारी दिनुभयो । गण्डकी मेडिकल कलेजका रेडियोलोजी विभागका प्रमुख सह.प्रा.डा.केशव शर्माले उक्त सेवा प्रदान गर्नुहुनेछ ।

शाखाले हाल परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एच.आई.भि.परिक्षण तथा परामर्श, पाठ्ेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण तथा परामर्श, यौनिक तथा लैड्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौंन तथा प्रजनन् स्वास्थ्य संग सम्वन्धित सम्पुर्ण सेवाहरु लगायत प्रयोगशाला सम्वन्धि सेवाहरु पनि उपलव्ध छ ।

 

काठमाडौं, ९ असोज ।

निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आयोगले मतदाता नामावली सङ्कलनका लागि सुरु भैसकेको जनाएको छ । आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने भएका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुदैछ । सो का लागि आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्न बाटो खोलिदिन सरकारलाई आग्रह गरेअनुसार सरकारले उक्त बाटो खोलिदिएको थियो ।

काठमाडौं, ९ असोज ।

नेपाल सरकारले शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली,  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा , पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने सरकारले तयारी गरेको हो ।

गत भदाै २३ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको बताइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।