
पोखरा, ०४ कात्र्तिक ।
कास्की जिल्लाको विभिन्न स्थानहरुमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा मिति २०८२।०७।०१ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न मिति, समय र स्थानबाट जुवातास खेलिरहेको अवस्थामा खेलाउने समेत गरी २० जना मानिसहरु नगद रकम, तास तथा अन्य जुवा जन्य सामग्री सहित पक्राउ गरी अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाईएको ।
निम्न :-
- मिति २०८२।०७।०२ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार स्थितबाट जुवा तास खेलिरहेका र खेलाउने ५ जना मानिसहरुलाई पक्राउ गरिएको । निजहरुको साथबाट २१२ पत्ती तास र नगद रु.२,५१,४५५।– (दुई लाख एकाउन्न हजार चार सय पचपन्न रुपैया) बरामद गरिएको ।
- मिति २०८२।०७।०३ गते विहान १०:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बिजयपुर स्थित लप्सीबोट सामुदायिक जंगलमा कौडा खेलिरहेको र खेलाउने ७ जना मानिसहरुलाई पक्राउ गरिएको । निजहरुको साथबाट १४ थान कौडाको गोट्टी र नगद रु.७७,२०५।– (सतहत्तर हजार दुई सय पाँच रुपैया) बरामद गरिएको ।
- मिति २०८२।०७।०३ गते अं. २३:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ मोहरिया टोल स्थितबाट जुवातास खेलिरहेका र खेलाउने ८ जना मानिसहरुलाई पक्राउ गरिएको । निजहरुको साथबाट ६ बुक तास र नगद रु.२,७३,४४५।– (दुई लाख त्रिहत्तर हजार चार सय पैचालिस रुपैया) बरामद गरिएको ।
तिहारले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस्ः प्रदेश प्रमुख भट्ट
पोखरा, ०४ कात्र्तिक ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको दोस्रो महान पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख भट्टले तिहार पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।
‘दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।’ उहाँले भन्नुभएको छ ।
शुभकामना सन्देशमा उल्लेख छ – ‘तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ । तिहार पर्वको अभिन्न अंगको रूपमा रहेको देउसीभैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्नेछ ।’
काठमाडौं, ४ कात्तिक।
नेपाल विद्युत प्राधिकरणले तिहारको सार्वजनिक बिदाको दिन पनि उद्योगहरुले बक्यौता रकम तिर्न सक्ने जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको जानकारी दिए ।
किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने उनले बताए ।
विद्युत् प्राधिकरणले दीपावली सकिएलगत्तै बिजुलीको लाइन काट्न सुरु गरिसकेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायमै रहेका बेला प्राधिकरणले आज बिहानै चार कम्पनीको बिजुलीको लाइन काटेको छ ।
प्राधिकरणका अनुसार घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटिएको हो ।





