
पोखरा, ०५ र्काित्र्तक ।
कास्की जिल्लाको विभिन्न स्थानहरुमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा मिति २०८२।०७।०४ गते अं.१६:३० बजेको समयमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ माथिल्लो दिप स्थितमा जुवातास खेलिरहेका ७ जना मानिसहरुलाई ४ बुक तास र नगद रु.२,९५,६७५।– (दुई लाख पन्चानब्बे हजार छ सय पचहत्तर रुपैया) सहित नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको । हालसम्म जम्मा २७ जना मानिसहरुलाई नगद रु.८,९७,७८०।- सहित पक्राउ गरिएको ।
पोखरा, ०५ र्काित्र्तक ।
कास्की जिल्लाको विभिन्न स्थानहरुमा पटकाहरु पड्काई रहेको भन्ने जनगुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानबाट बरामद गरिएको निम्नानुसारको पटकाहरु खाल्डो खनी पानिले नष्ट गरी पुरिएको ।
निम्न :-
- खुर्सानी पट्का-१५ प्याकेट ।
- आलु पट्का-२५ वटा ।
- स्काई सर्ट पट्का-१ पिस ।
- Helen shots-१ प्याकेट ।
- १२ स्टार पट्का-२ प्याकेट ।
- रकेट पट्का-२० पिस ।
- मिनी बुलेट पट्का-६० पिस ।
नेपाल संवतले नेपालीलाई एकतावद्ध रहन प्रेरणा दिउन्ः प्रदेश प्रमुख भट्ट
पोखरा, ०५ कात्र्तिक ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल संवतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
प्रदेश प्रमुख भट्टको सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ । उहाँले सन्देशमा भन्नुभएको छ– “नेपाल संवतले हामीलाई परोपकार तर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् । ”
सन्देशमा उल्लेख छ “हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत पुर्याओस् ।”
काठमाडौं, ५ कात्तिक ।
नेपाल सम्वत् ११४६ आजदेखि सुरु भएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
सो अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए ।
नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको जानकारहरु बताउछन ।
विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । भने नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।





