२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

काठमाण्डौँ, १९ कात्र्तिक ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय श्रृंखलामा नेपाल जितविहीन बनेको छ। बुधबार दुबईको यूएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिम यूएईसँगको चार विकेटको हारसँगै नेपालको यात्रा जितविहीन हुँदै टुंगिएको हो।

नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। यूएईको जितमा मुहम्मद सहदादले सर्वाधिक ९६ रन बनाए। उनले १२३ बलमा ६ चौका र तीन छक्का प्रहार गरे।

यस्तै, मुहम्मद वसिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन थपे। यी दुईले ६८-३ को स्थितीबाट १४७ रनको साझेदारी गर्दै यूएईलाई जितनजिक पूर्याएका थिए। सोहेब खानले २९, कप्तान आलिसान सराफुले १८ र हर्षिक कौसिकले १३ रन बनाए।

नेपालका करण केसीले तीन विकेट लिए। नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रनको योगफल खडा गरेको थियो।

यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। ६८ बल खेलेका उनले सात चौका प्रहार गरे। मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए।

ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो। १०औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानले अविजित १५ रन जोडे। कुशल मल्ल र सन्दीप लामिछानले नवौँ विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए।

यो श्रृंखलाको यसअघिका तीन खेलमा नेपालले अमेरिकासँग १०६, दोस्रो खेलमा यूएईविरुद्ध पाँच र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो।

काठमाण्डौँ, १९ कात्र्तिक ।

सुडानको सेना नियन्त्रित शहर अल-ओबेद नजिकै एक अन्त्येष्टि जुलुसमा ड्रोन आक्रमण हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारी तथा कार्यकर्ताहरूले बताएका छन्।

यो आक्रमण अल-लुवैब गाउँमा भएको थियो, जहाँ मानिसहरू शोक समारोहको लागि पालमा भेला भएका थिए।

अधिकारीहरूले आक्रमणको लागि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएसफ) लाई दोष दिएका छन्, यद्यपि आरएसएफले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

राजधानी खार्तुम र डार्फर क्षेत्रलाई जोड्ने प्रमुख सहर अल-ओबेदमा अस्पताल पुग्नुअघि नै धेरैको मृत्यु भयो।

महत्वपूर्ण तेल भण्डार भएको कोर्डोफान क्षेत्रमा लडाईं बढेको छ। आरएसएफले बारा शहर कब्जा गरेपछि, गत हप्ता लगभग २०,००० मानिसहरू एल-ओबेदमा भागे।

निजी क्षेत्रका मागप्रति दुवै मन्त्री सकारात्मक
पोखरा,१९ कात्तिक ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासमक्ष व्यावसायिक वातावरण निर्माण एवं अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सुझावहरु पेश गरेको छ ।

अध्यक्ष कार्कीका अनुसार दुवै मन्त्रीसमक्ष जेन–जी आन्दोलनको क्रममा भौतिक र मानशिक क्षति व्यहोरेका व्यवसायीका निम्ति घोषित राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन, आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन विशेष जोड दिएको थियो ।

‘हामीले विशेष गरी आन्दोलनपछिको परिस्थिति, व्यवसायीहरुको गिरेको मनोवल,लगानी पलायनको चिन्ता,अर्थतन्त्र सुधारका उपायहरुबारे आफ्नोतर्फबाट सुझाव दियौँ,’अध्यक्ष कार्कीले भने,‘मन्त्रीज्यूहरु हाम्रो कुरामा सकारात्मक हुनुभयो र सरकार व्यावसायिक वातावरण निर्माणको दिशामा अगाडि बढेको जानकारी गराउनु भयो ।’

यस्तै प्रतिनिधिमण्डलले कोरोला नाकाको दीगो संचालनका निम्ति भौतिक पूर्वाधार निर्माण,पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका निम्ति सार्थक पहल,पोखरामा नयाँ औद्योगिक क्षेत्रको स्थापना तथा अहिलेको औद्योगिक क्षेत्रमा देखिएका समस्याको समाधानको विषयमा पनि ध्यानाकर्षण गराएको थियो ।

‘औद्योगिक क्षेत्र व्यवस्थापनमा भएको अति राजनीतिकरण र नियुक्तिबाट सिर्जित समस्याबारे पनि हामीले कुरा राख्यौँ,’अध्यक्ष कार्कीले भने,‘यस्तै न्यून बिजीकीकरण भन्सार छली,अवैध व्यापार भन्सार बिन्दुमै नियन्त्रणको कुरा पनि हामीले उठायौँ ।’

प्रतिनिधिमण्डलले कर्जा र चल्ती खाताको प्रावधानले कर्जा उपयोगमा परेको समस्याबारे पनि अवगत गराइएको थियो ।
 संघकी महासचिव शोभा गौतमका अनुसार सिद्धार्थ राजमार्गको स्तरोन्नति र पोखरामा सुख्खा बन्दरगाह निर्माणबारे पनि दुवै मन्त्रीको ध्यानाकर्षण गराइएको थियो । प्रतिनिधिमण्डलमा पोखराका विभिन्न व्यावसायिक संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 

प्रतिनिधिमण्डलमा रहेका पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले यो सरकारसँग जनताले ठूलो अपेक्षा राखेको बताउँदै सुशासन र व्यावसायिक वातावरण निर्माणका निम्ति निजी क्षेत्रले सरकारलाई सदा सहयोग गर्ने धारणा राखे ।

पोखरा, १९ कात्र्तिक ।

मिति २०८२।०५।२४ गते आन्दोलन, तोडफोड तथा आगजनीको क्रममा प्रहरी कार्यालयमा राखिएका सवारी साधन चोरी गरी चलाई रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा अनुसन्धान तथा कारवाहीको लागि राखिएको ईन्जिन नम्बर MC20AEKGK00393, चेसिस नम्बर MBLLDU0L0KCK00274 भएको ग १६ प १४५५ नम्बरको कालो रंगको X PLUS 200 मो.सा. चोरी गरी चलाई रहेको अवस्थामाजिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ दोविल्ला बस्ने वर्ष २४ को सुवास तामाङलाई मो.सा. सहित नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

पोखरा, १९ कात्र्तिक ।

विभिन्न मिति र स्थानबाट चोरी भएका मोटरसाईकल तथा स्कुटरहरु खोजतलास तथा अनुसन्धान गर्ने क्रममा यस जिल्ला प्रहरी कार्यालय कास्की मातहत ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलिले चोरी भएका ग ९ प ८७६१ नं.को स्कुटर र ग १५ प ५२३७ नं.को स्कुटर सहित चोरीमा संलग्न निम्न ४ जना अभियुक्तहरु र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिई गएको प्रहरी टोलिले ग ४ प ७६८४ नं.को चोरी भएको स्कुटर सहित १ जना मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य
अगाडी बढाइएको ।

निम्न :-

1. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३३ बस्ने वर्ष २१ को शेर बहादुर पुन
मगर,
2. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ बस्ने वर्ष २५ को अजय नेपाली,
3. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१० बस्ने वर्ष २१ को सुशिल गुरुङ,
4. जिल्ला कास्की पोखरा म.न.पा वडा नं.११ बस्ने वर्ष २० को सुदिप परियार,
5. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १३ काँहुँखोला बस्ने वर्ष २७ को रोशन
परियार

 

पोखरा, १८ कात्र्तिक ।

पोखरा न्युरोडका ब्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । पोखरा सभागृह देखि बिपी चोक सम्म पश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अफठेरो परेका कारण पलायन हुने क्रम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं ८ र ९ का कार्यालयमा पुगी ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका छन ।

न्युरोड व्यवसायी समितिका संयोजक प्रदिप राज भण्डारीले पोखराको न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय पलायन हुने, सटर खाली हुने, सटर खाली रहने अवस्था आइपरेको बताए ।

भुकम्प, नाकाबन्दी, कोरोना महामारी पश्चातको आर्थिक मन्दीको चपेटामा परेका न्युरोडका व्यवसायीहरु एकतफी पार्किङका कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको र त्यसलाई रोक्नका लागि सभागृह देखि बिपि चोक सम्म पश्चिम तर्फका घरबेटी र व्यवसायीको भेलाले दुवै साइड पार्किङका लागि सहज बातावरण बनाइदिन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटा, पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बराल र पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीलाई ज्ञापन पत्र बुझाएका हुन ।

व्यवसायीहरुले पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको न्युरोड व्यवसायी समितिका संयोजक प्रदिप राज भण्डारीले जानकारी दिए ।

पोखरा, १८ कात्र्तिक ।

पोखरा महानगरपालिका वडा नं. १७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापनाको दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ ।

रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको संस्थाका सचिव एकनारायण भण्डारीले वताए ।

सो अवसरमा पहिलो रक्तदातालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी छोरेपाटन उपशाखाकाका सभापति हरि श्रेष्ठले व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखाको समन्वयमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी छोरेपाटन उपशाखाकाका सभापति हरि श्रेष्ठ, अनमोल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमराज बराल, सचिव एक नारायण भण्डारी लगाएतले वोलेका थिए ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।