
पोखरा, २० कात्र्तिक ।
पर्यटकीय शहर पोखरामा केन्द्रीय कार्यालय रहेको टाईम्स एजुकेशनल कन्सल्ट्यान्सीले अव लुम्बिनी प्रदेशको बुटवलबाट पनि सेवा दिने भएको छ ।
अष्ट्रेलिया, वेलायत, अमेरिका, फ्रान्सलगायत देशका प्रख्यात विश्वविद्यालयहरुमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई सहजीकरण गरिरहेको टाईम्सले यसअघि काठमाडौंबाटसमेत सेवा सञ्चालन गरिसकेको छ । दोस्रो शाखाको रुपमा बुटवलको ट्राफिक चोकबाट छिट्टै सेवा सञ्चालन गरिने सञ्चालक प्रेम सुवेदीले बताए ।
बुटवल तथा यस आसपासमा रहेका अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको सहजीकरणका लागि शाखा बिस्तार गरिएको सुवेदीको भनाई छ । शाखामा अन्यत्र जस्तै विदेश अध्ययनका लागि आवस्यक पर्ने आइएलटीस, पीटीई तथा फ्रेन्च भाषाका कक्षाहरु पनि संचालन हुने छन् । बुटवल शाखा उद्घाटन अवसरमा पहिलो हप्तामा भर्ना हुने विद्यार्थीलाई आइएलटीस, पीटिई तथा फ्रेन्च भाषाका सवै कक्षाहरु निशुल्क हुने सुवेदीले जनाए ।
बुटवल शाखाका व्यवस्थापक विशाल वरालका अनुसार विभिन्न देशहरुमा अध्यनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श र सहजीकरण गरिनेछ । विद्यार्थीको चाहना र आवश्यकता अनुसार परामर्श प्रदान गरिने तथा बुटवल तथा आसपासका विद्यार्थीको सहजताका लागि कन्सल्ट्यान्सी सञ्चालन गर्न लागिएको उनको भनाई छ । विदेश अध्ययन गरेर आर्जन गरेको ज्ञान, सीप र शिक्षालाई देश विकासमा लगाउनका लागि विद्यार्थीलाई अध्ययन पश्चात नेपाल फर्कन अभियान पनि संंचालन गरिरहेको सञ्चालक सुवेदीले बताए । बुटवलमा आगामी हप्तादेखि सेवा सुरु हुनेछ ।
व्यवस्थापक वरालका अनुसार अधिकांश नेपाली विद्यार्थी लहैलहै र धेरै कुरा नबुझी विदेश जाँदा दुःख पाउने गरेकोले त्यो अवस्था नहोस् भन्ने उद्देश्य टाईम्सले राखेको छ । सबै प्रक्रिया बुझ्नु पर्ने र त्यसका लागि अभिभावकले पनि पूर्ण जानकारी लिन आवश्यक रहेको उनको भनाई छ ।
काठमाण्डौँ, २० कात्र्तिक ।
नव नियुक्त यूवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासंग नेपाल अटोमोबाइल्स एसोसिएसनका प्रतिनिधिहरूले बिहिवार मन्त्रालयमा भेट गरी बधाइ सहितको सुझावपत्र पेश गरेका छन् ।
संघका मार्शल एण्ड ट्रेनिंग कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस कमिसनका सचिव तथा स्पोर्टस एण्ड इभेन्ट अफिसर अंकित भण्डारी सहितको टिमले संघको तर्फबाट बधाइ दिँदै नेपालमा मोटरस्पोट्र्स र साहसिक खेलकुदको विकासका लागि ठोस नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएका थिए ।
सो अवसरमा संघका प्रतिनिधिहरूले युवा तथा खेलकुद मन्त्रालयले साँच्चै ‘युवा सोच र साहसिक दृष्टि’ भएको मन्त्री पाएकोमा खुशी व्यक्त गर्दै नेपालका साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रले ठूलो अपेक्षा गरेको बताए ।
उनीहरूले नेपाली खेलकुदलाई साँच्चिकै व्यवस्थित, व्यवसायिक र आशालाग्दो बनाउने मन्त्रालयको अभियानमा नेपाल अटोमोबाईल्स एसोसिएसनको सधैं साथ सहयोग र समर्थन प्रतिवद्धता व्यक्त गरे ।
संघको तर्फबाट सुझाब पत्र बुझ्दै मन्त्री गुप्ताले सुझाव अत्यन्त व्यवस्थित, व्यावसायिक र दूरदर्शी रहेको बताउँदै, “मन्त्रालयले यति गहिरो र व्यावहारिक सुझाव पहिलो पटक पाएको हो,” भन्दै संघ, खेलाडी र अफिसियलहरूको सुझावहरूलाई आत्मसाथ गर्ने बताउनुभयो ।
संघको तर्फबाट साच्चै युवा खेलाडी तथा अफिसियल मार्फत प्राप्त सुझावले युबा वर्गमा हौसला पुग्ने बताउनुभयो ।
पोखरा, २० कात्तिक ।
पोखराको नयाँबजारमा रहेको पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेकाे आरोपमा बुधबार अध्यक्षसहित ७ जना पक्राउ परेका छन् । सहकारीको ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना गरेकाे आराेपमा उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेकाे हाे ।
सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहाल, सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ पक्राउ परेकाे प्रहरीले बताएकाे छ ।
प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको हो । उनीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।





