
पोखरा, ०४ मंसिर
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक व्यक्तिको शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई हौसला दिन प्रमुख अतिथिका रुपमा पुग्नुभएका प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पु¥याउने भएकाले यसको विकास र सम्वद्र्धन जरुरी रहेको उहाँले बताउनुभयो ।
गाउँस्तरीय खेलकुदमार्फत् खेलाडीहरु छनौट गर्दै जिल्ला प्रदेश हुँदै केन्द्रमा अन्तिम प्रतिष्पर्धा हुने प्रक्रिया रहेको राष्ट्रपति रनिङ शिल्ड खेलकुदको स्वरुप सुन्दर रहेको उहाँको भनाई छ । ‘गाउँ तहबाटै विद्यार्थीहरूले सहभागिता जनाउन पाउने भएकाले हजारौं विद्यार्थीहरू खेलकुदमा सहभागी हुने अवसर मिलेको छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘यस प्रतियोगिताका कारण दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्दै आएको छ । स्थानीय खेलकुदको प्रवद्र्धन पनि यसको अर्को सकारात्मक पक्ष हो ।’
यो प्रतियोगिताले युवा विद्यार्थीहरूमा जोश, जाँगर र आत्मबल थप्दै विद्यार्थी, गाउँबासी र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ बनाउन पनि भूमिका खेलेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख भट्टले खेलकुदमा युवा सहभागिताले किशोरकिशोरीलाई स्वास्थ्य सम्बन्धी जीवनशैलीमा संलग्न रहन र उनीहरूको शारीरिक स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उहाँले उल्लेख गर्नुभयो ।
‘सानै उमेरमा खेलकौशल हासिल गर्नाले व्यक्ति परिपक्व हुन्छ । अनि भविष्यमा सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ ।’ उहाँले भन्नुभयो – ‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ । सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त नेतृत्व क्षमताको पनि विकास गराउँछ ।’
शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रवक्ता भरतमान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बराल लगायतले बोलेका थिए ।
पोखरा, ०४ मंसिर ।
जीवन वीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखराको विरौटामा उपशाखा संचालनमा ल्याएको छ । । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल वीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले उशाखाको विहिवार एक कार्यक्रमबा विच उद्याटन गरे ।
यस्तै कम्पनीलेले विहिवार नै तनहुँको दुलेगौडामा पनि उपशाखा संचालनमा ल्याएको छ । उक्त उपशाखाको पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले उद्याटन गरेका हुन् । कम्पनीको पोखराको न्युरोडमा सुविधा सम्पन्न प्रादेशिक भवन रहेको छ ।
कम्पनीको सेवा विस्तार गर्ने उदेश्यसहित उपशाखा विस्तार गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली बताए । ग्रासरुटमा कम्पनीलाई विस्तार गर्ने नीति अन्तरगत उपशाखा विस्तार गरिएको पराजुलीले स्पष्ट पारे । गण्डकी प्रदेशमा कम्पनीको उपस्थिति के छ, अहिले भइरहेको बजार भन्दा पनि नयाँ बजारको खोजी गर्न उनले मातहतका कर्मचारी, प्रतिनिधिलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै नेपाल वीमा प्राधिकरणका गण्डकी प्रमुख शम्भुप्रसा मिश्रले वीमितलाई सेवा सुविधा दिन आग्रह गरे । प्राधिकरणमा अभिकर्ताको विषयमा प्रश्न उठेकाले मिश्रले विमा अभिकर्ता छनोट गर्दा ध्यादिन कम्पनीलाई सुझाव दिए ।
नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) गण्डकी च्याप्टरका अध्यक्ष बद्री पौडेलले विक्री पछिको सेवालाई ध्यान दिन सक्नुपर्ने बताए । नेपाल लाईले नेपालमा वीमाको क्षेत्रमा पारेको छाप आगामी दिनमा अझ सफल हुनेमा पौडेलले विश्वास व्यक्त गरे ।
नेपाल लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय गण्डकीका प्रमुख शहदेव अधिकारीले वीमा बजारको सम्भावनालाई अध्यन गरेर विरौटामा उपशाखा संचालनमा ल्याइएको बताए । उनले उपशाखा विस्तारसगै कम्पनीको बजार क्षेत्र पनि विस्तार हुने र अझ धेरै नागरिकलाई वीमामा जोड्न सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका आर्थिक विभाग प्रमुख प्रेमप्रसाद रेग्मीले सफलताको शुभकामना व्यक्त गरे । नेपाल लाइफ इन्स्योरेन्स अभिकर्तासंघका केन्द्रीय सदस्य दामोदर सापकोटाले कास्कीमा शाखा स्थापना हुनु सकारात्मक भएको बताए ।





