
पोखरा, १० मंसिर ।
गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै युवालाई सीपमार्फत रोजगारी, व्यवसायिक अवसर र आत्मविश्वास जोड्ने यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे ।
मन्त्री थापाले भने, “सीप सिकेर सानो कोही हुँदैन, सम्मानसाथ सिक्न आवश्यक छ। श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।”
उनका अनुसार तालिम लिएर उद्यम सुरु गर्न चाहनेका लागि प्रदेश सरकारले सीड मनी का लागि बजेट व्यवस्था गरेको छ। बैंकसँग समन्वय गरेर ५० प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत लगानीकर्ताद्वारा उद्यम स्थापना गर्न सकिने भन्दै सरकारले प्रशिक्षार्थीको अवस्थाको निरन्तर अनुगमन गर्ने पनि उनले बताए ।
कार्यक्रममा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमुख डा. सोमनाथ सापकोटाले सीपको बढ्दो महत्व र व्यवसायिक शिक्षाको आवश्यकतामाथि जोड दिए । उनले भने, “सीप विकासको तालिम ब्रान्ड बन्दै गएको छ । सरकारले गरेको लगानी सदुपयोग गर्न प्रशिक्षार्थीहरू जिम्मेवार हुनुपर्छ।”
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कास्कीका प्रमुख अनिल सुवेदीका अनुसार अहिले १३ शीर्षकमा तालिम संचालन हुनेछ । १ हजार ३ सय ५५ जनाले फाराम भरेका मध्ये २९९ जनालाई यसपटक छनोट गरिएको छ । प्रशिक्षार्थीलाई दैनिक ७५ रुपैयाँ खाजा खर्च उपलब्ध गराइने र दैनिक ५ घण्टा तालिम सञ्चालन हुने जानकारी उनले दिए।
यसपटक प्रदान गर्न लागिएका तालिमहरूमा कुक, कपाल काट्ने (सैलुन), आधारभूत केश–शृंगार (ब्युटी पार्लर), विद्युत जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, कटाइ–सिलाइ, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेस्वरी शिक्षा लगायतका सीप समावेश छन् ।
कार्यक्रममा प्रशिक्षार्थी, स्थानीय प्रतिनिधि, संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले जनाएको छ। गण्डकी प्रदेश सरकारले युवाको क्षमता विकास, रोजगारी सृजना र उद्यमशीलता प्रवद्र्धनलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ।
पुरुषतर्फ लिगचरणका खेल हुँदै
पोखरा, १० मंसिर ।
पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् ।
पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई २५–११, २५–१८ र २५–१६ को सेटमा पराजित गरेको हो । यस्तै महिलातर्फको दोस्रो सेमिफाइनलमा झिर हाउस बागलुङले शान्ता माविलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।
झिर हाउस बागलुङले शान्ता माविलाई २५–१२, २५–१७ र २५–१६को सेटमा पराजित गर्दै उपाधिका लागि लालीगुराँस लामाचौरसँगको भेट पक्का गरेको हो । पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ भने लिगचरणको खेल सुरु भएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।
पुरुषतर्फ भएको लिगचरणको पहिलो खेल ठकुरी समाज तनहुँ र पोखरा भलिबल प्रशिक्षण केन्द्र बीच भएको खेल भने लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । दुवै टिमले २÷२ सेट आफ्नो पक्षमा पारेपछि खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । उक्त खेल भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ ।
पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।
यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता रहेको संयोजक खड्काले बताए ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।
पोखरा, १० मंसिर ।
१४ औं संस्करणको पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरिएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सव भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३३ वटा उपसमिति गठन गरेको हो ।
जस अन्तर्गत महोत्सव कार्य सम्पादन उप समिति संयोजकमा राजु श्रेष्ठ, अतिथि व्यवस्थापन उप समिति संयोजक हिमालय बख्रेल, झाँकी र्याली व्यवस्थापन उप समिति संयोजक सूक बहादुर गुरुङ, अनुगमन उप समिति संयोजक लालकाजी गुरुङ, कलाकार व्यवस्थापन उप समिति संयोजक गणेश तिमिल्सिना, सचिवालय उप समिति संयोजक शान्त बहादुर थापा, प्रायोजक व्यवस्थापन उप समिति संयोजक सूर्य बहादुर बानियाँ, प्रचार प्रसार व्यवस्थापन उप समिति संयोजक दिनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापन उप समिति संयोजक जयराम आचार्य, स्वयंसेवक व्यवस्थापन उप समिति संयोजक सन्तोष कार्की संघ संस्था व्यवस्थापन उप समिति संयोजक सीमा गुरुङ, व्यानर व्यवस्थापन उप समिति संयोजक विष्णु कुमार गुरुङ, स्टेज व्यवस्थापन उप समिति संयोजक पूर्ण कुमार श्रेष्ठ, टिकट काउण्टर व्यवस्थापन उप समिति संयोजक शिव थापालाई चयन गरिएको छ ।
त्यसैगरी खानेपानी तथा सरसफाई व्यवस्थापन उप समिति संयोजक पदम बहादुर कार्की (बिजय) अतिथि सत्कार व्यवस्थापन उप समिति संयोजक शान्ति सुवेदी, सुरक्षा व्यवस्थापन उप समिति संयोजक बुद्ध कार्की, मायाको चिनो व्यवस्थापन उप समिति संयोजक रिम बहादुर क्षेत्री, अतिरिक्त क्रियाकलाप उप समिति संयोजक गणेश खड्का, पार्किङ व्यवस्थापन उप समिति संयोजक सुरेश थापा, विद्यालय समन्वय व्यस्थापन उप समिति संयोजक रमेश बहादुर कार्की, बिमा व्यवस्थापन उप समिति संयोजक राजेन्द्र बहादुर थापा, मुल्याङ्कन व्यवस्थापन उप समिति संयोजक सुशिलराज पराजुली, पर्यटन प्रवद्र्धन व्यवस्थापन उप समिति गोविन्द घिमिरे, पृष्ठपोषण व्यवस्थापन उप समिति संयोजक आनन्द थापा, ट्राफिक व्यवस्थापन उप समिति संयोजक कृष्ण थापा मगर, स्वास्थ्य उप समिति संयोजक नरहरी पनेरु, खाना, खाजा व्यवस्थापन उप समिति संयोजक कृष्ण गौतम, मुलद्धार उप समिति संयोजक धनराज गुरुङ, विद्युत व्यवस्थापन उप समिति संयोजक कुशल ढुंगाना, कार्यालय सचिव कुशुम गुरुङ र मिडिया कोअडिनेटर गिता रानालाई चयन गरेको छ ।
त्यस्तै महोत्सवको सल्लाहकारहरुमा लिलाधर अधिकारी, कृष्ण केसी, सम्मर बहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्वप्रकाश लामिछाने, मुक्षेत्र गुरुङ, पो.म.न.पा. वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, पो.म.न.पा. वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ, पो.म.न.पा. वडा नं १२ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य, पो.म.न.पा. वडा नं १३ का अध्यक्ष किरण बराल, पो.म.न.पा. वडा नं १४ का अध्यक्ष बोधराज कार्की, पो.म.न.पा. वडा नं १५ का वडा अध्यक्ष तोरण बानियाँ, टीका बहादुर कार्की, राजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दीपक थापा, मिन गुरुङ, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, रुद्र न्यौपाने, यम बहादुर गुरुङ, डम्बरजंग गुरुङ, सन्तोष सिग्देल, शिव बहादुर बराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्ण बहादुर थापा, सु. इन्द्र बहादुर गुरुङ, बलराम ढुंगाना, अनिल थापा, श्यामकृष्ण श्रेष्ठ, रामनारायण श्रेष्ठ, राम बहादुर पौडेल, गज बहादुर गुरुङ, गुप्त बहादुर कार्की, मिलन गुरुङ, उज्जवल रन्जित, नरेन्द्र गुरुङ, डा. कृष्ण केसी, माधव गौतम, माधव घिमिरे, मोहन गुरुङ, राजेश गुरुङ, प्रेम प्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्र प्रसाद बास्ताकोटी, शिव खड्का, मेजर हितमान गुरुङ, दिलमाया तिमिल्सिना, हरि कुमार श्रेष्ठ, भिम बहादुर थापा लाई चयन गरिएको छ ।
पोखरा, १० मंसिर ।
पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत स्पोर्टस् मिट बुधवारदेखि सुरु भएको तथा बेलुन उडाएर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले लिटल फ्लावर स्कुलले चेतनाका साथै विकृति र विसङ्गति विरुद्घ छ ।
कार्यक्रमको दीप प्रज्ज्वलन,बल हस्तान्तरण पनि समाजमा अग्रसरता देखाएकामा प्रशंसा गर्दै पढाइको साथसाथै खेलकुदका माध्यमले पनि विद्यार्थीहरुलाई अगाडि वढाउने उदेस्य राख्नु सराहनीय रहेको वताए । अधिकांश गुरुङ्ग र भूपूहरुको बस्ती रहेको रिठेपानीमा विगत ३० वर्ष अगाडि विद्यालय स्थापना गरी समाज परिवर्तनमा योगदान पु¥याएकामा विद्यालयकी संस्थापक द्घय देवी खड्का र कमल खड्काप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै एन प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारीले शुभकामना दिदै खेलमा उत्कृष्टता हासिल गर्न विद्यार्थीहरुलाई प्रेरित गरे ।प्रिन्सिपल बिकल पौडेलले खेलकुदको विकासका लागि विद्यालयले विभिन्न खेल अभियानमा जोड दिएको वताउदै खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आयोजना गरिएको बताए । कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रम माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा वडा सदस्य जितेन्द्र क्षत्री,विद्यालय सञ्चालक अध्यक्ष देवी प्रधान खड्का, राइजिङ्ग स्टार युवा क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङ्ग,प्रगतिचोक आमा समाजकी अध्यक्ष देवी गुरुङ्ग विद्यार्थी सुदिक्षा पौडेल, खेल प्रशिक्षकहरु शम्भू केसी, शंकरप्रसाद शाह,अनिश गुरुङ्ग लगायतले शुभकामना व्यक्त गरेका थिए । अतिरिक्त क्रियाकलाप संयोजक ध्रुव सुवेदीले बार्षिक कार्यक्रम अन्तरगत स्पोर्टस् संचालन गरिएको र खेलकुद अन्तरगत विभिन्न दुरीका दौड,रिले ,भलिवल,फुटवल,बास्केट बल ब्याडमिन्टन,टेबल टेनिस लगायतका खेल सिनियर र जुनियर समूहमा खेलाईने वताए ।
कार्यक्रमको सञ्चालन एकडेमिक डिन विचित्र न्यौपानेले तथा अध्यक्षता विव्यस अध्यक्ष तिलकसिंह गुरुङ्गले गरेका थिए । विव्यस सल्लाहकारहरु क्या इन्द्रबहादुर गुरुङ्ग र क्या गणेशप्रसाद गुरुङ्गले विद्यार्थीहरुले प्रस्तुत गरेका मार्च पासको मूल्याङ्कन गरेका थिए । शुभारम्भ कार्यक्रमका अवसरमा विद्यार्थीहरुले म्यूजिकल पिटी प्रदर्शन गर्नुका साथै साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।
लेखनाथ, १० मंसिर ।
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको प्रगति टोल विकास सस्था र सोही टोलमा रहेको ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समिति तथा नवीनज्योति महिला समूहको संयुक्त आयोजनामा तथा पतञ्जली योग पीठ गण्डकी प्रदेशको सहयोगमा सञ्चालित १५ दिने योग शिविर बुधवार सम्पन्न भएको छ ।
“ गरौं योग, रहौं निरोग” भन्ने उद्घोषका साथ टोलवासीहरुमा योगवारे चेतना जगाउने उदेश्यले शिविर सम्पन्न गरिएको अध्यक्ष ललिन्द्र खड्काले वताए ।
ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिका अध्यक्ष समाजसेवी मोति गिरी, अध्यक्ष ललिन्द्र खड्का, पतञ्जली योग पीठ नेपालका केन्द्रिय महासचिव विश्वमणि तिवारीले योग गुरु परमान्द भण्डारीलाई सम्मान समेत गरेका थिए ।
ओमकारेश्वर शिव मन्दिरका अध्यक्ष मोति गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पतञ्जली योग पीठ नेपालका केन्द्रिय महासचिव विश्वमणि तिवारीले तनाव व्यवस्थापनका लागि योग उपयोगी रहेको भन्दै यसमा सावधानी अपनाउनु पर्नेमा जोड दिए ।
नवीनज्योति महिला समूहकी अध्यक्ष लक्ष्मी आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।प्रशिक्षणमा टोलका ४० सदस्य सहभागी भई लाभान्वित रहेका थिए । शिविरमा सहभागीहरुलाई धन्यवाद दिंदै नवीनज्योति महिला समूहकी सदस्य ज्ञानू घिमिरेले योग शिविर फलदायी भएको विचार राखिन् ।





