
पोखरा, १३ मङ्सिर ।
गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘आउँछ्यौ तिमी नजरमा…’ बोलको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले भिडियो सार्वजनिक गरेका हुन् ।
आफ्नै गीतमा आफैँलाई स्वागत गर्दा पनि गीतकारका रूपमा मानिसहरूले आफूलाई नचिन्ने अवस्था आएको अनुभव सुनाउँदै ढकालले गीतकार गीतको जननी भएर पनि छायामा पर्नु दुःखद् भएको विचार राखे । एउटा सुन्दर गीत बन्नका लागि गीतकारदेखि सुरु भएर सम्पूर्ण निर्माण पक्षसम्मको भूमिका रहने भन्दै उनले सबैको भूमिकाको कदर गर्नुपर्नेमा जोड दिए । आदर्शको गीतकारिताबाट आफू प्रभावित भएको ढकालले सुनाए ।
गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार आदर्श पोखरेलले आउँछ्यौ तिमी नजरमा… गीत लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाएका थिए । ‘जितमा पनि हारमा झैँ पिट्दै छन् रे ताली…’ बोलको पहिलो गीत एक दशकअगि रेकर्ड गराएका पोखरेलका करिब १ दर्जन गीत रेकर्ड भएका छन् ।
सो गीतमा सन्तोष विक र मनिषा राईको स्वर रहेको छ भने सङ्गीत आदर्श पोखरेलकै रहेको छ । भिडियोमा स्वस्तिका श्रेष्ठ, जीवन सुनार, भुवन विक, जमुना पौडेल बराललगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन राम बाँस्तोलाले गरेका हुन् ।
कार्यक्रममा गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, गायक विनोद बानिया, पोखरा विश्व विद्यालयका अधिकृत नारायण सापकोटालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर भिड्ने
पोखरा, १३ मंसिर ।
पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिको लागि बोहोराफाँट समाज जापान गलकोट र एनवाईसी गलकोट भिड्ने भएका छन् । पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज (शनिवार) पुरुषतर्फ भएको सेमिफाइनल खेलमा बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब विजयी हुँदै उपाधिका लागि भिड्ने पक्का भएको हो ।
शनिबार भएको पहिलो सेमिफाइनलमा बोहोराफाँट समाज जापान गलकोटले एपिएफ पोखरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । बोहोराफाँट गलकोटले एपिएफ पोखरालाई २५–२०, २५–२० र २६–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनलमा नरेठाटी युवा क्लब गलकोटले ठकुरी समाज तनहुँलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गलकोटले तनहुँलाई २५–२२, २५–१८ र २५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
लिगचरणको आठौ खेलमा बोहोराफाँटले पोखरा युनाइटेडलाई ३–० को सेटमा पराजित गरेको थियो । लिगचरणको नवौं खेलमा नरेठाँटी युवा क्लबले एपिएफ पोखरालाई ३–२ को सेटमा पराजित गरेको थियो । बोहोराफाँट समाज जापान समूह ‘ए’को विजेता र ठकुरी समाज तनहुँ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थियो । भने, नरेठाँटी युवा क्लब समूह ‘बी’ को विजेता र एपिएफ पोखरा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थियो ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन भइरहेको छ ।
आइतबार हुने फाइलन खेलमा पुरुषतर्फ बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब भिड्ने छन् । भने, महिलातर्फ सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर उपाधिका लागि भिड्ने प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।
पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका एपिएफ र ठकुरी समाजले नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पोखरा महानगरपालिका– १९ चुरुङ्गामा आयोजित दोस्रो संस्करणको दाइँ महोत्सव धुमधामका साथ सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सवको आयोजना गरेको हो।
कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पुर्याउन महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा स्थानीय तथा विदेशी पर्यटकको समेत उपस्थिति रहेको थियो भने, उत्कृष्ट गोरुपालक किसानलाई सम्मान, उत्कृष्ट धान उत्पादान गर्ने किसानलाई सम्मानका साथै, महोत्सवमा धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगिताको आयोजना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटनको राजधानी शहर भएको र यहाँ भित्र विभिन्न सिजनमा विभिन्न महोत्सव तथा मेलाको आयोजना गरिएको बताउँदै हाम्रो भाषा, हाम्रो साहित्य र संस्कृतिलाई समेत सँगसँगै लैजाने र हाम्रो जीवन शैली र जीवन पद्दतीलाई सबैका बीचमा पस्किने गरी कामहरू गर्दै आएको बताउनुभयो। उहाँले शहर भित्रका बाबु नानीहरूले धान कसरी फल्छ भनेर थाहा नपाएको अवस्थामा र संसार प्रविधिमा धेरै अगाडि पुगिसकेको अवस्थामा हामीले परम्परागत रुपमा धान कसरी थन्क्याउछौ यसको विधि के हो भनेर विदेशी पाहुनाहरूलाई समेत पस्कने गरी दाइँ महोत्सवको परिकल्पना गरिएको बताउनुभयो।

यस्तै पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले आजको दाइँ महोत्सवले विभिन्न क्षेत्रलाई एकै ठाउँमा जोडेको बताउनुभयो। उहाँले उत्पादनको चक्रमा धेरैको भूमिका रहने भन्दै यस महोत्सवले आन्तरिक र बाह्य पर्यटनदेखि पोखरा महानगरका ३३ वटै वडाका किसानलाई समेटेको बताउनुभयो। उहाँले धेरै धान खेति गर्ने ३ जना किसानहरुलाई पुरस्कृत गरिएको जानकारी दिँदै यसले स्थानीय कृषकलाई सम्मानका साथै ग्रामीण तथा शहरी अर्थतन्त्रलाई जोड्ने बताउनुभयो।
यस्तै पोखरा -१९ का वडाअध्यक्ष पुस्पेन्द्र पाण्डेले महोत्सवले हाम्रो जस्तो कृषि प्रधान देशमा किसानलाई प्रोत्साहन गर्न र कृषिलाई पर्यटनसँग जोड्न यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्दन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले दाइँ महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्दन गर्ने, बजारीकरण गर्ने र स्थानीय उत्पादन र पर्यटनलाई एकै ठाउँबाट विकास गर्नका लागि कोशेढुङ्गा सावित हुने बताउँदै स्थानीय संस्कृतीको जगेर्ना र पुराना लोप हुन लागेका बस्तु तथा संकृति जगेर्ना गर्नको लागि यस महोत्सवले भूमिका खेल्ने बताउनुभयो।

स्थानीय किसान टिकाराम गौतमले दोस्रो दाइँ महोत्सव आफ्नो ठाउँमा आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै यस किसिमको कार्यक्रमले आउँदो पिंढीलाइ हिजोका दिनमा के कसरी दाइँ गरिन्थ्यो, हामीले खाने चामल कसरी उत्पादन हुन्छ भन्ने कुराको जानकारी दिने बताउनुभयो।
यस्तै, गुन्द्री बुन्ने प्रतियोगितामा सहभागी हुन आउनुभएकी स्थानीय गंगा केसीले अहिले नयाँ नयाँ प्रविधिका सामानहरू आइरहेको समयमा यस कार्यक्रमले संस्कृति जोगाउने बताउनुभयो।
महोत्सवमा धेरै धान उत्पादन गर्ने किसानलाई सम्मान तथा पुरस्कार, लगायत विभिन्न प्रतियोगिताका बिजेता, उपविजेतालाई पुरस्कृत गरिएको थियो। स्थानीयको उलेख्य उपस्थिति रहेको महोत्सवमा ५ हल गोरूले दाइँ गरिएको थियो भने स्थानीय पन्चे बाजा र भजन चुड्कामा नाचेर अवलोकन कर्ताले मनोरंजन लिएका थिए।





