२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पोखरा, १५ मंसिर ।

अपांगता भएका व्यक्तिहरुको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा पोखरामा सरोकारवालाहरुसँग अन्तरक्रिया भएको छ । अपांग महिला सशक्तिकरण केन्द्र कास्कीको आयोजनामा र सञ्चारिका समुह गण्डकीको सहआयोजनामा कार्यक्रम गरिएको हो ।

सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीले अपांगता भएका व्यक्तिका लागि बनाइएको योजना कार्यान्वयन नहुनु चुनौतीको रुपमा रहेको बताइन् । अधिकार सुनिश्चितताका लागि आफै अग्रसर हुनुपर्नेमा उनको जोड छ ।

स्वावलम्बन जीवन पद्धति केन्द्रका कार्यक्रम संयोजक दिनेश अधिकारीले अपांगता भएका व्यक्तिलाई समाजको मूलधारमा ल्याउन सरकार, सामाजिक संस्था र निजी क्षेत्रबीचको सहकार्य आवश्यकता रहेको  बताए ।

सञ्चारिका समुहकी अध्यक्ष कविता श्रेष्ठले अपांगता भएकारुको समावेशी र पहुँचयुक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताइन् ।

कार्यक्रममा सहभागीले अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा समान वितरण नहुने भन्दै गुनासाे गरेका थिए ।

पोखरा, १५ मंसिर ।

विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको पोखरा ७ स्थित सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा.प्रमराज पंगेनी समुदायमा सचेतना फैलाउने उद्देश्यले मनाइने विश्व एड्स लगाएतका दिवसममा पत्रकार संग अन्तरक्रिया गर्दा समुदायमा छिटो छरितो यथार्थ संचारहुने बताउनु भयो ।

कार्यक्रममा एचआइभी र पोखरा एआरटीले गर्दै आएका कार्यका बारेमा प्रस्तुति राख्दै पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका फिजिसियन डा.सरदचन्द्र बरालले एचआइभी संक्रमण र एड्स रोग उपाचारका हिसाबले अन्य रोग भन्दा पनि सर्वसुल्लभ भएता पनि समाज हुने लालछना र भेदभावका कारण संक्रमितहरु निकटको स्वास्थ्य केन्द्र भन्दा पनि अन्य केन्द्रहरुबाट सेवा लिने गरेको बताए ।

प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एड्स रोग निवारणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताए । उनले लालछना र भेदभावका कारण अझै पनि सम्भावित संक्रमितहरु उपचार र परिक्षणमा खुलेर आउन नचाहदा जोखिम बढ्ने गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम सल्लाहकार दिपेन्द्र श्रेष्ठ, एड्स रोग संघका केन्द्रिय सचिव मनोज गुरुङ लगाएत बोलेका थिए ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत एड्स हेल्थकेयर फाउन्डेशन नेपाल गण्डकीका प्रमुख विद्या कोइराला र संचालन महासंघ कास्कीका सचिव भुपाल गुरुङले गरेका थिए । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘अवरोधहरु पार गरौं, एड्स प्रतिकार्य रुपान्तरण गरौं’ रहेको छ ।

पोखरा, १५ मंसिर ।

अपांगता भएका व्यक्तिहरुको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा पोखरामा सरोकारवालाहरुसँग अन्तरक्रिया भएको छ । अपांग महिला सशक्तिकरण केन्द्र कास्कीको आयोजनामा र सञ्चारिका समुह गण्डकीको सहआयोजनामा कार्यक्रम गरिएको हो ।

सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीले अपांगता भएका व्यक्तिका लागि बनाइएको योजना कार्यान्वयन नहुनु चुनौतीको रुपमा रहेको बताइन् । अधिकार सुनिश्चितताका लागि आफै अग्रसर हुनुपर्नेमा उनको जोड छ ।

स्वावलम्बन जीवन पद्धति केन्द्रका कार्यक्रम संयोजक दिनेश अधिकारीले अपांगता भएका व्यक्तिलाई समाजको मूलधारमा ल्याउन सरकार, सामाजिक संस्था र निजी क्षेत्रबीचको सहकार्य आवश्यकता रहेको  बताए ।

सञ्चारिका समुहकी अध्यक्ष कविता श्रेष्ठले अपांगता भएकारुको समावेशी र पहुँचयुक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताइन् ।

कार्यक्रममा सहभागीले अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा समान वितरण नहुने भन्दै गुनासाे गरेका थिए ।

तयारी पूरा भयो ः पोउवा संघ अध्यक्ष कार्की
पोखरा, १५ मंसिर ।

यही मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’को तयारी लगभग पूरा भएको छ ।

आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने छन् ।

अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगी÷व्यवसायीको मनोवल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्र्नु मेलाको उद्देश्य रहेको छ ।

उनले मेला आयोजना स्थल अर्थात् प्रदर्शनी केन्द्रमा खुला ठाउँ कम भए पनि संघको उत्साहमा कुनै कमी नभएको बताउँदै मेला ‘लगानीको सम्वद्र्धन र उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मान्यतामै टिकेर अगाडि बढ्ने बताए ।

‘मंसिर १७ देखि २१ गतेसम्म आयोजना हुने मेलामा सूचना प्रविधिका नयाँ उत्पादनदेखि घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन,अटो र औद्योगिक उत्पादनहरु रहने छन्,’अध्यक्ष कार्कीले भने,‘उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणको लागि नीतिगत पैरवी गर्ने गरी हामीले मेलास्थलमै कृषि,पर्यटन,सरकारले अगाडि ल्याएका आर्थिक नीतिबारे बहसमूलक कार्यक्रम पनि संचालन गर्दैछौँ ।’

२०४२ सालदेखिको मेला आयोजनाको परम्परालाई निरन्तरता दिने क्रममा योपटक हामीसँग पोखरामै रहेको नेपाल मणिपाल अस्पताल सहयोगीको रुपमा जोडिएको तथ्य पेश गर्दै अध्यक्ष कार्कीले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिको सहरको रुपमा विकास गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ र पोखरा स्वास्थ्य पर्यटनको केन्द्र अनि स्वास्थ्य लाभ गर्न चाहनेको गन्तव्य बन्न सक्छ भन्ने प्रमाणित भएको पनि जिकिर गरे ।

संघका महासचिव शोभा गौतमका अनुसार कम्प्यूटर एसोसियसन नेपाल महासंघ (क्यान) कास्की मेलाको सह–आयोजक हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको गण्डकी प्रदेश संरक्षक रहेको मेलामा पोखरा महानगरपालिका मुख्य प्रवद्र्धक रहेको छ भने गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकको भूमिकामा छन् । ग्लोबल आइएमई बैंकले मेलामा सह प्रायोजकको भूमिका निर्वाह गरेको छ ।

टुवर्ग वियर,सोल्टी पानी,पोखरा इन्टरनेट,कुमारी गोल्ड शूद्ध चक्की आँटा,बाग्मती प्लाष्टिक,युनाइटेड अजोड इन्स्योरेन्स,मुक्तिनाथ विकास बैंक,मुक्तिनाथ विकास कृषि कम्पनी,गरिमा विकास बैंक,माछापुच्छे« बैंक,घरायसी विद्युतीय सामग्री बेटर,मंगलम् पाइप,गजवको पीरो चाउचाउ,नेपाल टेलिकम,रेडबुल,डाबर नेपाल,फिस्टेल ड्रिम पार्क,ग्रीन डेभलपमेण्ट बैंक,यूएनभी, माउण्ट कैलाश रिसोर्ट, होटल दीपसागरले पनि मेलालाई विभिन्न विधामा सघाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य एवं नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर कृष्णमोहन श्रेष्ठले नेपालकै पुरानो संस्थागत मेलासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन विशेष योगदान दिने आशा व्यक्त गरे ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् नयाँ युगको आवश्यकता संवोधन गर्ने प्रयत्न गर्ने बताए । उनले मेलामा सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादनहरु प्रदर्शनीमा राखिने जानकारी पनि दिए ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन,औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव भएको बताउँदै मेलाको अवसरमा यस क्षेत्रमा मौलिक संंस्कृति प्रदर्शन गर्ने जानकारी दिइन् ।

पोखरा, १५ मंसिर ।

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा २०२५ आजबाट पोखरा रंगशाला सुरू भएको छ । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्विकृती तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगितामा पहिलो दिन मेन ड्रका खेलहरु सुरू भएसँगै नेपाली खेलाडीहरुले मिश्रीत परिणाम निकालेका छन् ।

ब्वाइज सिंगल्सतर्फ खेलमा दर्शिल श्रेष्ठले भारतीय खेलाडी अयन दहिया विरुद्ध ६–०, ६–१ को सहज जित हात पारेका छन् । त्यस्तै शीर्ष नं१ ताइपेइका टिङ–हो याङले नेपालका असव सम्राट हाडा लाई ६–०, ६–२ ले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेका छन् ।

नेपालका आयुष्मान हजुर घलेले दक्षिण कोरियाका ह्यो जिन हा विरुद्ध ६–३, ६–० को सहज जित निकाल्दै घरेलु समर्थकलाई उत्साहित पार्दा तेस्रो वरीयताका कोरियाली खेलाडी युल हो जुङले नेपालका शाश्वत बज्राचार्य विरुद्ध बलियो प्रदर्शन गर्दै ६–०, ६–० को सोझो सेटमा जित दर्ता गरे ।

नेपालका करण थापाले चौथो वरीयताका शौनाक चटर्जी (भारत) लाई ६–१, ६–२ ले सहज जित हात पार्दा पाँचौं वरीयता प्राप्त प्रणव मानन्धर (नेपाल)ले चीनका जियालियाङ गुओलाई ६–२, ७–५ ले हराउँदै अर्को चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै ब्वाइज तर्फनै अन्य विजेतामा रेहान गुणवर्धन (श्रीलंका), फजल अली मीर (भारत), गनुका फर्नान्डा श्रीलंका), यांशुओ पान(चीन) तथा रोबर्ट डोल्या (सिंगापुर) रहेका छन् ।

यसै गरी गल्र्स सिंगल्सतर्फ नेपाली खेलाडी द्वय शाल्बी शेरचन र स्वस्तिका विष्ट मेन ड्रको पहिलो खेलबाट बाहिरिएका छन् । शाल्बी भारतीय खेलाडी इशा शर्मा सँग ६–२, ६–२ ले तथा स्वस्तिका तेजस्वी मानेनीसंग टाइ–ब्रेकमा ७–६(६), ६–४ ले पराजित भए ।

गल्र्स सिंगल्सतर्फ भारतका खेलाडीहरूले प्रभाव जमाउँदै इशा शर्मा, शताक्शिखा सहायाक, नोराह चौधरी, रञ्जना संग्राम र मेहा पाटिल सबैले आफ्नो खेल जित्दै अर्को चरणमा स्थान सुरक्षित गरे भने ताइपेइकी के–चियाह हसु र चीनकी युनर ची ले आ–आफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरे । आजको सबैभन्दा रोचक खेलमा नाला जोसेफिन मास्की (अमेरिका) र आयेशा बगला (भारत) बीच थियो । मास्कीले ६–२, ६–७(७), ६–२ ले जित हाँसिल गरिन् ।

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको छ ।

 

पोखरा, १५ मंसिर ।

अन्तर्राष्ट्रिय टेनिस महासंघद्वारा स्विकृत प्राप्त ‘आइटिएफ जे३० टेनिस टुर पोखरा’को आठौं संस्करणअन्तर्गत पहिलो सर्किट सोमबारबाट सुरू भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरू भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाल पयर्टन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणीराज लामिछानेले गरे । सो अवसरका उनले आइटिएएफ जे३० टेनिस प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रशंसा गरेका छन् ।

पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हव’ भएको बताउँदै उनले भने–‘यो प्रतियोगिताले पोखरालाई खेलकुदको हवको रुपमा चिनाउन मात्रै नभई खेलकुदमार्फत पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ ।’ सहभागि खेलाडीहरुलाई स्वागत तथा जितको शुभकामना दिदंैै उनले थपे–‘पोखरालाई खेलकुदमार्फत चिनाउन टेनिसको महत्वपूर्ण भूमिका भएकोले पर्यटन बोर्ड सहकार्य गर्दै अघि बढेको छ ।’

कास्की टेनिस संघका अध्यक्ष राज कुमार गुरूङले आठौंं सस्करणको यात्रामा प्रतियोगिता अझै प्रभावकारी बन्दै गएको बताउँदै मुलुकको विषम परिस्थितीमा पनि १६ देशका खेलाडीहरुको सहभागिता हुनु गर्वको विषय रहेको उल्लेख गरे ।

कार्यक्रममा कास्की टेनिसका सचिब भिष्मराज पौडेलले प्रतियोगिताको सफल व्यवस्थापनकै कारण पोखरामा आएर खेल्न खेलाडीहरु उत्साहित रहेको जनाउँदै टेनिसले पोखराको पर्यटन प्रवद्र्धनमा समेत उत्तिकै महत्वपूर्ण भूमिका खेलेको जनाए ।

उद्घाटन कार्यक्रममा नेपाली टेनिसमा उदाएकी यूवा खेलाडी शिवाली गुरूङलाई कास्की टेनिसले सम्मान गरेको छ ।

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको छ ।

पोखरा, १५ मंसिर ।

तमु धिं नेपाल अन्तरगत गठित कास्की जिल्ला समितिको कार्यालयको सोमवार उद्घाटन गरिएको छ। तमु धिं नेपाल केन्द्रिय प्रसासनिक भानको माथिल्लो तल्लामा स्थापना गरिएको जिल्ला कार्यालयको कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो।

कार्यक्रम उद्घाटन समारोहमा प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष गुरुङले सामुदायिक एकता, हित र अधिकारका लागि उद्घाटित कार्यालयबाट उदाहरणीय कार्यहरु हुने अपेक्षा गर्नुभयो। उहाँले तमु धिं नेपालका स्थापनाको ऐतिहासिकता, तमु एकता, अधिकार र संस्थागत जिम्मेवारीका बारेमा प्रष्ट पार्नुहुदै तमु धिं नेपालद्धारा आउदो पुस १४ देखि १६ गतेसम्म पोखरा १ बगर, पुरानोटुंडिखेलमा आयोजना गरिने तमु ल्होछार महोत्सव २०८२ भव्य बनाउन सबै जुट्न आग्रह समेत गर्नुृभयो।

तमु धिं नेपाल कास्की जिल्ला समितिका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्याङजा जिल्ला अध्यक्ष बालकुमार गुरुङ, पर्वत जिल्ला अध्यक्ष प्रभु गुरुङ, माछापुच्छ«े गाँउपालिका अध्यक्ष दुर्गाबहादुर गुरुङ, केन्द्रीय आमा समिति अध्यक्ष पवित्रादेवी गुरुङ, केन्द्रिय युवा समिति उपाध्यक्ष सुदर्शन गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत कास्कीका उपाध्यक्ष यज्ञप्रसाद गुरुङ र संचालन रेशु गुरुङले गर्नुभएको थियो।

यसै विच कास्की जिल्लाले नवउद्घाटित कार्यालयमा तमु ल्होछार महोत्सवको तयारी बारे बैठक सम्पन्न गरेको छ भने स्याङजा र पर्वतले पनि ल्होछार मनाउने साथै महोत्सवको बारे तयारी गरेको छ।

पोखरा, १५ मंसिर ।

पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता अध्ययनरत विद्यार्थीले आइतबार कक्षाकोठाको चारदिवारी बाहिर निस्केर ‘मिडिया भिजिट’ गरेका छन् । स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषयको पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले कक्षामा पढेका सैद्धान्तिक ज्ञान र व्यवहारबीचको तालमेल बुझ्न विभिन्न सञ्चारगृहको अवलोकन गरेका हुन् ।

विद्यार्थीको टोलीले पोखराका रेडियो अन्नपूर्ण, समाधान दैनिक, पब्लिक टेलिभिन र रोजिना अफसेट प्रेसको भ्रमण गरे । त्यस क्रममा उनीहरुले बदलिँदो परिवेशमा मिडियाले भोगिरहेका चुनौती, आधुनिक प्रविधिको प्रयोग र अवसरका विषयमा सञ्चार उद्यमी तथा पत्रकारसँग अन्तक्र्रियासमेत गरे । विद्यार्थीहरु सुरुमा रेडियो अन्नपूर्ण पुगेका थिए ।

त्यहाँका स्टेसन म्यानेजर सञ्जय मल्लले २०५८ सालमा निजी क्षेत्रबाट एफएम रेडियो खुल्दाको समय र अहिलेको अवस्था नितान्त फरक रहेको अनुभव सुनाए । सूचना र मनोरञ्जनको विकल्प नभएका बेला रेडियो खुलेको तर अहिले प्रविधिले धेरै कुरा फेरिदिएको उनले बताए । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल र सशस्त्र द्वन्द्वको समयमा रेडियोले भोगेको सास्ती उनले स्मरण गरे ।

मल्लले भने, ‘समाचारकक्षमा नेपाली सेना प्रवेश गरेर सम्पादकीय स्वतन्त्रता कुल्चिएको अवस्थादेखि भूकम्प र कोभिड महामारीसम्मका उथलपुथल हामीले भोग्यौं ।’ अहिले प्रविधिको विकाससँगै विज्ञापन बजार खुम्चिँदा रेडियोसहितका मिडिया आर्थिक मारमा परेको उनले सुनाए । रेडियोको अनुभव बटुलेपछि विद्यार्थी समाधान दैनिकको कार्यालय पुगे । त्यहाँ उनीहरुले समाचार उत्पादनको प्रक्रिया, ‘गेटकिपिङ’, सम्पादन र पृष्ठ संयोजनजस्ता प्राविधिक पक्षको जानकारी लिए ।

सम्पादक केशवशरण लामिछानेले सशस्त्र द्वन्द्वकै बीच २०५९ असोज १ गतेबाट पत्रिका प्रकाशन सुरु भएको जानकारी दिए । ‘२०७२ को संविधान जारी भएपछि संघीयताको अभ्याससँगै समाधानले काठमाडौं बाहिरबाट पनि व्यावसायिक र सन्तुलित पत्रकारिताको अभ्यास गर्दै आएको छ,’ सम्पादक लामिछानेले भने । उनले पत्रिका अहिले प्रिन्ट संस्करणका साथै डिजिटल भर्सनमा पनि गइसकेको बताए ।

न्युजरुमको कार्यशैली बुझेपछि विद्यार्थीले रोजिना अफसेट प्रेसमा पुगेर छपाइ प्रविधिको अवलोकन गरे । प्रेस सञ्चालक रोजिना श्रेष्ठले समयसँगै छपाइको कामको चाप घटे पनि नयाँ प्रविधि र मेसिन भित्र्याएर व्यवसायलाई निरन्तरता दिएको बताइन् । परम्परागत र आधुनिक दुवै प्रविधि अपनाएको बताउँदै उनले भनिन्, ‘सामाजिक सञ्जालमार्फत् मार्केटिङ गरेर व्यवसायको दायरा बढाएका छौं ।’

अवलोकनको अन्तिम चरणमा विद्यार्थी बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पुगे । त्यहाँ उनीहरुले स्टुडियो, रेकर्डिङ र प्रसारण प्रविधिबारे जानकारी लिए । कम्पनीका प्रबन्ध निर्देशकले काठमाडौं बाहिर मिडिया चलाउनु आफैमा चुनौतीपूर्ण रहेको र त्यसमाथि दक्ष जनशक्तिको अभाव खड्किएको बताए । सामाजिक सञ्जालका कारण विज्ञापन बजार घटेर मिडिया सञ्चालन कठिन भए पनि सामाजिक सञ्जालकै कारण केही आम्दानीसमेत भएको उनको भनाइ थियो ।

टेलिभिजनमा विचारमूलक कार्यक्रम ‘द भ्यु’ चलाउँदै आएका रघुराज वाग्लेले पत्रकारिताको मर्म बुझ्न विद्यार्थीलाई आग्रह गरे । उनले भने, ‘औपचारिक पढाइ सकेर यो पेसामा आउन सके पेसाको मर्यादा बढ्छ ।’ लेकसिटी कलेजमा पत्रकारिता अध्यापन गराउने पत्रकार भरत कोइरालाले कक्षामा पढेका विषयवस्तुलाई अझै प्रभावकारी रूपमा बुझाउन भ्रमण गराइएको बताए । भ्रमणमा सोसल वर्क पढाउने शिक्षिका रोशिना कुँवर पनि सहभागी थिइन् ।

गैरापाटनस्थित लेकसिटी कलेजमा पत्रकारिता र सोसल वर्क पढाइ हुनुका साथै कलेज मातहतको समाज विज्ञान केन्द्रले समसामयिक विषयमा मासिक रूपमा कचहरीसमेत चलाउँदै आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।