
काठमाडौं ।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ । जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए । उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो ।
काठमाडौं ।
नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंसँग सोमबार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसहितले छलफल गरेका छन ।
समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रसाईंलाई आज वार्तामा बोलाइएको थियो । प्रसाईं समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराइएको बताएको छ ।
अब पुस २ गते दोस्रो चरणको वार्ता गर्ने सहमति भएको बताइएको छ । प्रसाईंले आफूले अघि सारेका मागबारे बुँदागत रुपमा प्रस्तुति दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिएकी थिइन् । सो क्रममा प्रसाईंले सरकारबाट आफ्ना माग पूरा भएको खण्डमा सरकारका लागि छाति थाप्न तयार रहेको बताएका छन् ।
पोखरा, २२ मंसिर ।
गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि. को २० औ वार्षिक साधारण सभाले केशब शरण पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
सञ्चालक समितिको उपाध्यक्षमा घनश्याम तिम्सिना, सचिव कृष्ण बहादुर थापा, कोषाध्यक्षमा टिकाराम बाँस्तोला र सदस्यहरुमा शोभराज भुर्तेल, जगन्नाथ पौडेल, मिना कुँवर, रितु खड्का र रिता चपाई चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समतिको संयोजकमा दल बहादुर कुँवर तथा सदस्यहरुमा रामचन्द्र सुवेदी र शिरोधर पौडेल रहेका छन् । वरिष्ठ अधिवक्त माधब राज बाँस्तोलाको संयोजकत्वमा सदस्य इश्वरी प्रसाद बाँस्तोला र विष्णुहरि पौडेल रहेको निर्वाचन उप समितिले नयाँ सञ्चालक समिति सर्वसम्मत गठन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिलाई निर्वाचन उप समितिका संयोजक वरिष्ठ अधिवक्ता बाँस्तोलाले पद तथ गोपनियताको सपथ खुवाएका थिए भने संस्थाका संस्थापक अध्यक्ष डबल बहादुर कुँवरले नवनिर्वाचित सञ्चालक समितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
संस्थामा शेयर सदस्य संख्या ठुलो भएकाले सहकारी विभाग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी गरिएको साधारण सभा सञ्चालन जारी निर्देशन बमोजिम ४ वटा इकाईको सभाहरू सम्पन्न गरी अन्तिममा प्रतिनिधि सदस्यहरू मार्फत सभाको निर्णय प्रमाणीकरण गर्ने कार्यक्रममा नयाँ सञ्चालक समिति गठन भएको हो ।
यस अघि शुक्रवार पोखरा–२५ हेमजाको साबिक वडा नं. ६,७, ८ र अन्नपूर्ण गाउँ पालिकाका शेयर सदस्यहरू पोखरा वडा नं. २५ बाहेकका अन्य सबै वडा र चाउथे र शनिवार पोखरा–२५ हेमजा साबिक वडा नं. ९ र माछापुच्छ«े गाउँपालिका, पोखरा–२५ हेमजाका साविका वडा १,२,३,४ र ५ को साधारण सभा गरी इकाई प्रतिनिधि चयन गरी सोमबार इकाई प्रतिनिधिहरूले इकाइबाट आएका सुझव तथा निर्णयहरु प्रमाणित गरेका थिए ।
कास्की जिल्लामा अब्बल साबित वनेको यस संस्थाको शेयर पुँजी १४ करोड ४१ लाख ६४ हजार ८ सय, बचत तथा निक्षेप संकलन १ अर्ब १५ करोड २१ लाख ९७ हजार ८ सय ७६ रुपैयाँ, ऋण लगानी ९४ करोड ९६ लाख ५७ हजार २ सय ८०, साधारण जगेडा कोष ८ करोड ९२ लाख ९५ हजार ४ सय ६६ रहेको छ ।
त्यसै गरी ऋण नोक्सानी व्यवस्था ७ करोड ३६ लाख ८३ हजार ३ सय ७८, नगद तथा बैक हिसाब ५२ करोड ३७ लाख १९ हजार ९ सय ५८, सञ्चालन बचत÷नाफा १ करोड ३१ लाख ६७ हजार ८ सय ९८ र कुल सम्पत्ति÷दायित्व १ अर्ब ५३ करोड ९ लाख ३ हजार ९ सय १३ रुपैयाँ रहेको छ । साथको सदस्य संख्या ७ हजार ३ सय ४३ रहेको छ ।
गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्गबहादुर कार्कीले स्वागत र सचिव घनश्याम तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कास्की र ज्ञानज्योति तथा नेसनल र त्रिबेणी प्रतिस्पर्धा गर्दै
पोखरा, २२ मंसिर ।
नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा सोमबार ५ खेल सम्पन्न भएको हो।
पहिलो खेल त्रिबेणी पब्लिक माविले हेम्जा बोर्डिङलाई १ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको हेम्जाले ९.५ मा अल आउट भएर ४२ रन जोड्दा जवाफी ब्याटिङमा उत्रिएको त्रिबेणीले १० ओभरमा ९ विकेटको क्षतीमा ४३ रन बनाएको थियो ।
पहिलो क्वाटर फाइनल खेलमा नेसनल व्रिmयसन एकेडेमीले बागमारा एकेडेमिक गार्डेनलाई २१ रनले पराजित गर्दै सेमिफाइनलको यात्र तय गरेको छ । टस जितेर ब्याटिङ गरेको नेसनलले १० ओभरमा ४ विकेटको क्षतीमा ६१ रन बनाउदा जवाफी ब्याटिङमा उत्रिएको बागमाराले ८.५ ओभरमा अल आउट भइ ४६ रन बनाएको थियो ।
दोस्रो क्वाटर फाइनल खेलमा कास्की मोडर्नाइज्ड एकेडेमीले अञ्जुली आवासीय मा.वि. लाई ६ विकेटले पराजित गरी सेमिफाइनलको यात्र तय गरेको छ । टस जितेर फिल्डिङ रोजेको कास्कीले अञ्जुलीलाई ब्याटिङको निम्ता दिएको थियो । अञ्जुलीले १० ओभरमा ६ विकेटको क्षतीमा ४६ रन बनाउँदा कास्कीले ८.१ ओभरमा ४ विकेटको क्षतीमा ४७ रन बनाएको थियो।
तेस्रो क्वाटर फाइनल खेलमा ज्ञानज्योति विद्याकुञ्ज मा.वि.ले युनिभर्स बोर्डिङ स्कुललाई २८ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर फिल्डिङ रोजेको युनिभर्सले ज्ञानज्योतिलाई ब्याटिङको निम्ता दिएको थियो । ज्ञानज्योतिले १० ओभरमा अल आउट हुदै ६७ रन बनाउँदा जवाफी ब्याटिङमा युनिभर्सले १० ओभरमा अल आउट भएर ३९ रन बनाएको थियो ।
अन्तिम क्वाटर खेलमा त्रिबेणी पब्लिक माविले लाविन रेसिडेन्सियललाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर फिल्डिङ रोजेको त्रिबेणीले लाविनलाई ब्याटिङको निम्ता दिएको थियो । लाविनले १० ओभरमा ३ विकेटको क्षतीमा ४६ रन बनाउँदा त्रिबेणीले ७.२ ओभरमा २ विकेटको क्षतीमा ४७ रन बनाएको थियो ।
मंगलबार पहिलो सेमिफाइन खेल विहान ८ बजे कास्की मोडर्नाइज्ड एकेडेमी र ज्ञानज्योति विद्याकुञ्ज मा.वि. बीच बिहान ८ वजे र दोस्रो सेमिफाइनल खेल नेसनल व्रिmयसन एकेडेमी र त्रिबेणी पब्लिक मावि बीच बिहान ९ः५० मा हुने क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा जानकारी दिए । यस वर्ष एन प्याब्सन कास्कीले दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ आयोजना गरेको छ ।
बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ ।
प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।
महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गर्न सक्ने भएकाले सहभागिता व्यापक रहने अधिकारीले जानकारी दिए ।
बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।
अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।
पोखरा, २२ मंसिर ।
लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा आयोजना गर्ने भएको छ। पोखरा–४, गैहपाटनस्थित कलेज परिसरमा मंसिर २६ गते हुने यो कार्निभल विगतका वर्षझैँ खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताले भरिपूर्ण हुने कलेजले जनाएको छ।
कलेजले केही वर्षयता निरन्तर गर्दै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा प्रस्तुत गर्न लागिएको कलेजका क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार, कलेजको खेलमैदानमा मुख्य स्टेज सहित विविध स्टलहरू राखिने छन्, जहाँ मह, अचार, सातु, हस्तकला, सजावट सामग्री, कपडाका झोला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी र बिक्री गरिनेछ।
त्यसैगरी, खानाका परिकारहरू—सेलरोटी, मम, चाउमिन, चटपट, पानीपुरी, अचार लगायतका लोकप्रिय व्यञ्जनहरू विद्यार्थी स्वयंसेवकहरूले नै सञ्चालन गर्नेछन्। कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा पूर्वविद्यार्थीहरू स्टल व्यवस्थापनमा सक्रिय रहने क्याम्पस प्रमुख श्रेष्ठले बताए।
कार्यक्रमलाई अझ मनोरञ्जक बनाउन कलेजका विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, लाखेनाच लगायतका आकर्षक प्रस्तुतिहरू राख्ने तयारी अघि बढाइएको ईसीए संयोजक अमोद प्रसाद कोइरालाले बताएका छन्। उनका अनुसार, विद्यार्थीहरूको कला, सिर्जनशीलता र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्निभल कलेजको महत्त्वपूर्ण वार्षिक कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ।
साँझ हुने लाइभ कन्सर्टमा ख्यातिप्राप्त स्थानीय ब्यान्डहरूको प्रस्तुति रहनेछ। साथै, विभिन्न व्यक्तिहरू, संस्थाहरू र कलेजका साझेदारहरूले कार्निभललाई प्रायोजन तथा सहयोग गर्ने कलेज प्रशासनले जनाएको छ।
कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलका अनुसार, कलेजले हरेक वर्ष शैक्षिक भ्रमण, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, वर्कशप तथा सामाजिक कार्यक्रमहरू गर्दै आएको छ। सामाजिक विज्ञान केन्द्रले सञ्चालन गर्ने मासिक कचहरी कार्यक्रम पनि कलेजकै मौलिक पहिचान बनेको छ।
वि.सं. २०६४ मा स्थापना भएको त्रिविबाट सम्बन्धनप्राप्त लेकसिटी कलेजले विविएस, विएएसडब्लु (समाजसेवा), र विए (समाजशास्त्र, पत्रकारिता, अंग्रेजी साहित्य) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। वार्षिक सय विद्यार्थी भर्ना क्षमता रहेको कलेजमा हाल ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। शैक्षिक उत्कृष्टता र खेलकुदमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएकोमा कलेज प्रशासन गौरवान्वित छ।
पोखरा, २२ मंसिर ।
पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ ।
हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको थियो ।
आइतबार साँझ सयौं अतिथिमाझ हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई अवार्ड वितरण गरेको छ । साथै, हस्पिटलले वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्वबन्धु बगालेले निजी स्तरमा सञ्चालित अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढेकोमा खुशी प्रकट गरे ।
सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुमध्ये गण्डकी प्रदेशबाट सबैभन्दा धेरै योगदानकर्ताहरुलाई स्वास्थ्यसेवा प्रदान गर्ने हस्पिटल बन्न सफल भई नेपाल सरकारबाट सम्मानित भएकोमा पनि उनले बधाई ज्ञापन गरे ।
प्रवन्ध निर्देशक पोखरेलले सेवाग्राही, कर्मचारी, चिकित्सक लगायत सम्पूर्णमा आभार व्यक्त गरे । हालसम्म सेवा प्रदानको अवसर प्रदान गर्ने सेवाग्राहीप्रति आभार भक्त गर्दै उनले आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र परिमार्जन गरी स्तरीय स्वास्थ्य सेवा प्रदानको प्रतिबद्धतालाई थप विश्वासिलो बनाउने उनले प्रतिबद्धता जनाए ।
हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
२०६९ साल मंसिर १० गते स्थापना भएको चरक हस्पिटलले १३ वर्षसम्म समुदायलाई गुणस्तरीय, पहुँचयोग्य र करुणासहितको सेवा प्रदान गर्न सफल भएको उनले बताए । ‘पोखरा तथा आसपासका जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित हस्पिटलले धेरै सेवाग्राहीको विश्वास जित्न सफल भएको छ’ – प्रबन्ध निर्देशक पोखरेलले भने ।
पोखराको नागढुंगामा रहेको यो हस्पिटल १०० शय्या क्षमतामा सञ्चालन भइरहेको छ । ७ तले भवन भूकम्प प्रतिरोधी छ भने छतमा हेलिप्याड सुविधासहितका संरचना छन् । हस्पिटलले अत्याधुनिक उपकरण, नवीनतम प्रविधिबाट सेवान प्रदान गरिरहेको पोखरेलले बताए । यो मल्टी–स्पेशालिटी हस्पिटल हो । मुटुरोग उपचार र शल्यक्रियाका लागि पनि हस्पिटल चिनिएको छ ।
—
पोखरा, २२ मंसिर ।
आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा २०२५ आजबाट पोखरा रंगशालामा दोस्रो सर्किट अन्तर्गत मेन ड्रका खेलहरु सुरू भएका छन् ।
अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्विकृती तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स राउण्ड ३२ तर्फ शीर्ष वरीयता प्राप्त टिङ–हो याङ (चाइनेज ताइपेइ) ले तेजस रवि (भारत) लाई ६–२, ६–४ ले पराजित गर्दै सुखद सुरुआत गरेका छन् । भारतका प्रतीक सेओरानले नेपालका आयुश्मान हजुर घले लाई कडा प्रतिस्पर्धामा २–६, ६–३, ६–४ ले हराए ।
भारतकै शशांक साई प्रसाद कर्नाटीले कोरियाका ह्यो जिन हालाई ६–३, ६–२ ले पराजित गरे । त्यस्तै यान्शुओ पान (चीन) ले नेपालका असव सम्राट हाडा लाई ६–१, ६–० को सोझो सेटमा हराए । त रोबर्ट डोल्या (सिंगापुर) ले क्युङबिन आन (कोरिया) लाई ७–५, ६–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरे ।
भारतका माधव दीक्षितले नेपालका दर्शील श्रेष्ठ विरुद्ध पहिलो सेट गुमाए पनि शानदार पुनरागमन गर्दै ४–६, ६–४, ६–२ ले जित दर्ता गरे । यश कुमार (भारत)ले बंगलादेशका खाब्बो गयेन लाई ६–४, ७–६(४) ले हराए । यसै गरी युल हो जुंग (कोरिया)ले नेपालका राजवीर प्रधान विरुद्ध संघर्षपूर्ण खेलमा ६–४, २–६, ६–३ को जित हात पारे । नेपालका करण थापाले बंगलादेशका एमडी महाद बिन मलेक महाद लाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे ।
आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत पहिलो दिन सम्पन्न गल्र्स सिङ्गल्स राउन्ड अफ ३२ का खेलहरूमा धेरै खेलाडीहरूले दबाबपूर्ण र प्रभावशाली जित दर्ता गर्दै दोस्रो चरणमा स्थान बनाएका छन् ।
भारतकी मेहा पाटिलले नेपालकी साल्भी शेरचनलाई ६–०, ६–० को दोहोरो सेटमा पराजित गर्दै दिनकै सबैभन्दा एकतर्फी जित निकालिन् । भारतकै ध्रुती गुन्डुले बंगलादेशकी येआना चौधरी लाई ६–२, ६–४ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरिन् ।
सातौं वरीयता प्राप्त अमेरिकाकी नाला जोसेफिन मास्कीलाई भारतकी रञ्जना संग्रामले ६–०, ६–४ ले पराजित गर्दै उल्लेखनीय नतिजा निकालेकी छिन् । बुल्गेरियाकी सोफिया जाखारकिभले भारतकी इशा शर्मा विरुद्ध तीन सेटको संघर्षपूर्ण खेलमा ६–१, ४–६, ६–२ को जित हात पारिन् ।
प्रतियोगितामा ब्वाइज डबल्स तथा गल्र्स डबल्सतर्फका खेलहरु समेत जारी रहेका छन् । शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता छ ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वार्टर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गर्ल्स सिङ्गल्स तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता संचालन भइरहेका छन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए ।
काठमाण्डौँ, २२ मंसिर ।
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (फआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ ।
फआईएका एक सय एकाउन्न देशका स्पोट्र्स फेडेरेसनहरूमध्ये, महादेशीय रूपमा जम्मा छवटा फेडेरेसनहरू मात्र सो अवर्डका लागि उत्कृष्टको सूचीमा सार्वजनिक भएका छन् । फआईएका अध्यक्ष मोहम्मद बिन सुल्येयामले हिजो सामाजिक संजाल इन्स्टाग्राम मार्फत परिणाम सार्वजनिक गर्दै उत्कृष्ट सूचीमा समावेश भएकोमा नासा नेपाललाई बधाई दिएका छन् ।
प्रत्येक वर्ष सदस्य संघहरूद्वारा सञ्चालन गरिएका परियोजना, सफल इभेन्ट, विशेष अभियान, प्राप्त उपलब्धि तथा संघको क्रियाशीलता जस्ता सूचकका आधारमा उम्मेदवारी मागिने गरिन्छ । ती उम्मेदवारीहरुको विस्तृत अध्ययन र मूल्यांकनपछि महादेशीय स्तरमा उत्कृष्ट फेडेरेसन चयन गरिन्छ । यस वर्ष एसिया प्यासिफिक क्षेत्रबाट अस्ट्रेलिया, श्रीलंका लगायत आधा दर्जन उम्मेदवारी दिएका थिए, जसको प्रारम्भिक सूची फआईएले यसअघि नै सार्वजनिक गरिसकेको थियो ।
आधारभूत तहदेखि महादेशीय स्तरसम्म मोटर स्पोट्र्समा हासिल उपलब्धि, महिला, युवा, विद्यार्थी तथा शैक्षिक क्षेत्रको उल्लेखनीय सहभागिता, आधारभूत तहको फाउन्डेसन निर्माण, सार्वजनिक संलग्नता र पहिचानलाई मुख्य सूचक मान्दै नासा नेपालले अघि सारेको ग्रासरुट टु ग्लोरी (-Grassroot to Glory_ ) अभियानले यस प्रतिष्ठित सफलतामा योगदान पु¥याएको हो ।
संघको नवौं साधारण सभाबाट पारित ‘नासा नेपालः टोलदेखि वल्र्डसम्म’ अवधारणा अन्तर्गतकै मुख्य परियोजना ‘ग्रासरुट टु ग्लोरी’ रहेको छ ।
आगामी डिसेम्बर ९ देखि १२ सम्म उज्बेकिस्तानको राजधानी तासकेन्तमा हुने फआईएको साधारण सभामा सो अवर्ड प्रदान गरिने जानकारी हालै अवर्ड टिमले नासा नेपाललाई औपचारिक रूपमा दिएको छ। यो उपलब्धि समग्र नेपाली खेलकुद क्षेत्रका लागि एक गर्वको क्षण हुनेछ ।
नेसनल मोटर स्पोट्र्स एचिभमेन्ट अवर्डका लागि एसिया प्यासिफिक, मिडल इस्ट, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोप गरी छवटा उत्कृष्ट फेडेरेसनमध्येबाट एक सर्वोत्कृष्ट फेडेरेसन अझै सार्वजनिक हुने बाँकी छ ।
विश्वभरका मोटरस्पोट्र्स र अटोमोबाइल फेडेरेसनहरूको गभर्निङ बडी फआईएमा हाल २४९ नेसनल फेडेरेसनहरू आबद्ध छन् । सन् १९०४ मा पेरिसमा स्थापना भएको फआईएले फर्मुला वन लगायत सम्पूर्ण मोटर स्पोट्र्सको व्यवस्थापन र अनुगमन गर्ने गर्दछ, जहाँ नासा नेपाल २०१२ देखि पूर्ण सदस्यका रूपमा आबद्ध छ ।
कमजोर पूर्वाधार, सीमित साधन–स्रोत र प्रविधि अभावका बीच पनि नासा नेपाल एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट सूचिमा पर्नु संघका अफिसियल, प्रविधिक र खेलाडीहरूको निरन्तर परिश्रम र प्रतिबद्धताको प्रतिफल हो, जसले संघलाई आगामी दिनमा अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढ्न प्रेरणा दिएको छ ।
पोखरा , २२ मंसिर ।
पोखरा महानगरपालिका वडा नं –६ बैदाम शान्तिपथ भतमारामा स्थित अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । अन्नपूर्ण आमा समुह पोखरा वडा नं –६ बैदाम को सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो ।
आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयका ५४ जना विद्यार्थीहरूलाई एक विद्यार्थी एक स्विटर, पेन्टी र जुत्तामोजा गरि करिब ५० हजार रुपैयाँ बराबरको सामाग्रीहरू उपहारस्वरूप प्रदान गरिएको समुहकी अध्यक्ष रेनु लामिछानेले जानकारी दिइन ।
पोखरा महानगर पालिका वडा न–६ बैदाममा ं वि.श २०५२ सालमा स्थापना भएको अन्नपूर्ण आमा समुह विभिन्न सामाजिक कार्यहरूमा अग्रसर छ । संस्थाले प्रत्येक वर्ष विपन्न र गरिब विद्यार्थीहरूको लागि न्यानो कपडा, असहायहरूको लागि खाद्यान्न वितरण, ज्येष्ठ नागरिक सम्मान, मन्दिर सरसफाइ लगायत सामाजिक कार्यक्रममा स्वयंसेवक रूपमा सहयोग गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं ज्येष्ठ नागरिक तथा सल्लाहकार होमनाथ पहारीले आमाहरूको पहलमा भएको अभियानले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । अध्यक्ष रेनु लामिछानेले संस्थाले गरिब, विपन्न, जेहेन्ददार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरूको पहिचान गरि यस्तो पवित्र कार्यमा सहयोग गर्ने पाएकोमा खुशी व्यक्त गरिन ।
विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा अन्नपूर्ण आधारभुत विद्यालयका प्रधानाध्यापक टिका देवी ढुङ्गानाले धन्यवाद व्यक्त गरिन । उनले आउँदा दिनहरूमा पनि सहयोग दाताहरूलाई सहयोगी हात बढाउन आग्रह गरिन ।
फेवा ढुङ्गा व्यवसायी सङ्गठनका पोखराका अध्यक्ष तथा सल्लाहकार बलराम गिरीले जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्विटर र जुत्तामोजाले निरन्तर विद्यालय आउन सहज हुने बताए । समुहकी अध्यक्ष रेनु लामिछाने को सभा अध्यक्षमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गोमा पगेनी, सचिव गोमा भण्डारी, निवर्तमान अध्यक्ष शान्ति रेग्मी, पूर्व अध्यक्ष तथा सल्लाहकार मिना ढकाल, सल्लाहकार लोकराज पहारी, सल्लाहकार मित्रलाल पहारी द्वितीय उपाध्यक्ष चन्द्रकला पहारी र कोषाध्यक्ष ऋषिमाया पहारी लगायतका वक्ताहरूले समुहले स्थानीयस्तरमा गरेको योगदानको प्रशंसा गदर्,ै समाजमा अनुकरणीय कार्य गर्ने सुझाब दिएका थिए ।





