
पोखरा, २५ मंसिर ।
पोखरा क्रिकेट मैदानमा आजदेखि हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु १६ अन्तर विद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा प्रतिभा सेकेण्डरी स्कुलले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाउन सफल भयो । प्रतिभा र हार्वड एकेडेमी विचको खेलमा प्रतिभाले टस जितेर ब्याटिङ लिएको थियो ।
उक्त खेलमा प्रतिभाका सावुदिन अनसारीले २९ बलमा ४६ रन बनाउन सफल भएभने दिक्षान्त अर्यालले ४६ बलमा ४९ रन बनाउदै नट आउन हुन सफल भए । हार्वडका डेनस शाहीले ४ ओभरमा २६ रन संगै १ विकेट लिए । हार्वडले १७.३ ओभरमा १० विकेटको नोक्सानीमा ६६ रन बनाउन सफल भए । प्रतिभाका रन्जित शर्माले ४ ओभरमा १४ रन लिएर ३ बिकेट लिन सफल भएभने रेमित शर्माले ४ ओभरमा १ मेडेन राख्दै ७ रनका साथै २ विकेट लिन सफल भए । प्रतिभाले हार्वडलाई ८३ रनले पराजित गर्न सफल भयो । खेलमा प्लेयर अफ दी म्याच प्रतिभाका दिक्षान्त अर्याल हुन सफल भए ।
रत्नज्योती सेकेण्डरी स्कुल र कुमुदिनी होम्स बीचमा भएको दोश्रो खेलमा रत्नज्योतीले टस जितेर फिल्डिङ लिएका थिए । कुमुदिनी होम्सले २० ओभरमा ७ विकेट खर्च गर्दै १ सय ४ रन बनाउन सफल भयो । जसमा सन्जित कुँवरले ३० बलमा २४ रन ल्याउदै नट आउट हुन सफल भए । त्यसैगरी रबिन पुनले २९ बलमा २१ रन बनाउन सफल भए ।
बलिङ तर्फ रत्नज्योतिका प्रमिश गुरुङले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिन सफल भए । ब्याटिङ तर्फ अरुण घिमिरेले २५ बलमा २६ रन ल्याउन सफल भए । पवन भट्टराइले ३३ बलमा १८ रन बनाएका थिएभने कुमुदिनी होम्सको बलिङ तर्फ सिद्धार्थ रावतले ४ ओभरमा १७ रन लिदै २ विकेट लिन सफल भएका थिए । रत्न ज्योतीले १५.४ ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५ रन बनाउन सफल भएका थिए । रत्नज्योती सेकेण्डरी स्कुल ४ विकेटले बिजयी भएका थिएभने रत्न ज्योतीका प्रमेश गुरुङ प्लेयर अफ दी म्याच हुन सफल भएका थिए ।
यसैगरी प्रतियोगिताको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मिलन गुरुङले क्रिकेटको बिकासका लागि समितिको तर्फबाट सहयोग गर्ने बताउदै विद्यालय स्तरमा आयोजना गर्ने प्रतियोगिताले खेलाडी बन्ने सपनालाई सकारात्मता प्रदान गर्ने बताए ।
कास्की जिल्ला क्रिकेट संघका पूर्व कप्तान रविन्सन प्रजूले हिमालय क्रिकेट एकेडेमीले क्रिकेट लाई लक्षित गरी एकेडेमी सञ्चालनको पूर्व सन्ध्यामा विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरेर खेलाडीलाई हौसला प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । सो अवसरमा कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दिपेन चन्द, एन्फा गण्डकी प्रदेशका सदस्य, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुन लगायतको सहभागीता रहेको थियो ।
प्रतियोगिताको दोश्रो दिन पहिलो खेल टप्स उच्च मावि र जनप्रकाश सेकेण्डरी स्कुल र दोश्रो खेल ग्लोबल कलेजियट र त्रिवेणी स्कुल बीच हुने प्रतियोगिता संयोजक बिरेन्द्र पुनले जानकारी दिए ।
पोखरा, २५ मंसिर ।
पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो ।
बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।
महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए । महोत्सवमा कतै लोक नृत्य, कतै गायन, कतै कविता वाचन विज्ञान तथा प्रविधि त कतै अभिनयले रौनकता छाएको थियो। यो अलवा महोत्सवमा आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान सञ्चाल गरेको एन प्याब्सनको खुलेरै प्रशंशा गरेका थिए । जहाँ विद्यार्थीहरुको लागि महोत्सव सिकाईको थलो बनेको छ ।
‘कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउन पनि महोत्सवको रुपमा आयोजना गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
प्रदर्शनी केन्द्रमा तान लगाएर गुन्द्री बुन्ने, चुया काटेर डोको वुन्ने दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको थियो ।
‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ’ अध्यक्ष अधिकारीले भने, ‘आफैंले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री अन्यत्र आश्रित नभई हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण महोत्सवले दिलाएको छ ।’
घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री, डोका, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन महोत्सव कोषेढु·ा सावित भएको छ ।
प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । शुक्रबार सामूहिक लोक नृत्य र पुरस्कार वितरण कार्यक्रम रहेको सचिव प्रेमराज अधिकारकीले जानकारी दिए ।
पोखरा, २५ मंसिर ।
प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशबाट सिफारिस भइ स्थानीय तहमा कार्यरत प्रविधिक सेवा इन्जिनियरिङग तर्फका कर्मचारीहरुको लागी सेवा प्रवेश तालिम बिहिबार सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मंसिर २१ गतेबाट संचालित सेवा प्रवेश तालीमको समापन समारोह प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षता एवम प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको प्रमुख आथित्यतामा सामाजिक विकास, युवा तथा खेल्कुद मन्त्रालय शिक्षा विकास महाशाखाको सभाहलमा सम्पन्न भएको हो ।
समापन समारोहमा बोल्दै प्रतिष्ठानका कार्यकारी निर्देशक तिवारी प्रदेश निजामती सेवाको शान ,सेवा प्रवाहमा कुशलता एव पार्दर्शिता कायम गर्दै स्थानीय पूर्वधार बिकास निर्माणमा यस्ता तालिम सहयोगी बन्ने कुरा बताएका थिए ।
सेवा प्रवेश तालिमका संयोजक, व्यवस्थापक एवम प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले यो तालिम शुद्ध प्राविधिक कर्मचारी सब(इन्जिनियर, खा।प। स। टे र असिष्टेन्ट सब(इन्जिनियरहरुको लागि रहेको र प्राविधिक विषयबस्तुसंग सम्बन्धित रहि अभ्यासमूलक र फिल्ड बेसमा आधारित भई स्थानीय तहको बिकास निर्माण कार्यमा देखिएका समस्यामा केन्द्रित हुदै विज्ञहरु मार्फत अभ्यासमा आधारित सहजिकरण गरेको बताए । सो तालिममा २१ जना सहभागी रहेका थिए ।
यस तालिमले हाम्रो जीवनमा प्राविधिक रुपमा दक्ष बनाउनुका साथै दिर्घकालीन स्थानीय पूर्वधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तालिमका सहभागी सन्तुलन नेपालीले जानकारी दिए । लागत अनुमान, दररेट बिश्लेषण, भ्(द्यष्ममष्लन, जस्ता संवेदनशिल बिषयहरुमा प्रत्यक्ष अभ्यास मार्फत र दिर्घकालीन स्थानीय पूर्वधारमा वातावरणीय मुल्याङ्कन, फोहोरमैला व्यवस्थापन, स्वच्छ खानेपानी, फिल्डमा निर्माण सामाग्रीको छनोट र गुणस्तर कायम जस्ता विषयमा प्रत्यक्षरुपमा सिक्न पाउँदा खुशी लाग्नुका साथै सोचे भन्दा धेरै नै सिप सहित ज्ञान प्राप्त भएको सहभागीको तर्फबाट दिपक खनालले अनुभव सेयर गरेका थिए ।
यसै गरि प्रतिष्ठानका निर्देशक एवम समापन सत्रका अध्यक्ष लक्ष्मण तिमिल्सिनाले प्राविधिक कर्मचारीहरुको लागि प्राविधिक विषयवस्तुमै आधारित भएर प्रतिष्ठानले पहिलो पटक सहायकस्तरको लागि तालिम सञ्चालन गरेको र यस तालिमले स्थानीय तहमा आउने प्राविधिक समस्यालाई समाधान गर्न सहयोग पुग्ने भन्दै सहभागीहरुलाई बदाई दिएका थिए भने सो कार्यक्रमको सञ्चालन संयोजक एवम प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर पौडेलले गरेका थिए ।
मिति २०८२ मंसिर १४ देखि १९ गते सम्म प्रशासन तर्फ ७२ जना र मिति २०८२ मंसिर २१ देखि २५ गते सम्म प्राविधिक तर्फ २१ जना गरी कुल ९३ जना सेवा प्रवेश तालिमबाट दिक्षित भएको प्रतिष्ठानका लेखा अधिकृत प्रशान्त सुवेदीले जानकारी दिए ।
पोखरा, २५ मंसिर ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पुरा भएका छन् ।
सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङ बाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फ समेत उपाधि भिडन्त पक्का गरेकी छन् ।
ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेई)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चीनका जियालियाङ गुओले भारतका अर्श कठुरिया लाई ६–४, ६–४ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् भने कोरियाका युल हो जुङले नेपाली खेलाडी प्रणव मानन्धरलाई ६–२, ७–६(४) ले पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाउन सफल रहे ।
यस्तै श्रीलंकाका गानुका फर्नान्डोले नेपालका करन बहादुर थापा लाई ६–२, ६–२ ले सहजै पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका छन् ।
‘ब्वाइज’ डबल्स सेमिफाइनलमा भारतका प्रतीक शोरण र अनुज अभिजित तसिलदारको जोडीले कोरियाका क्युंगबिन अन र भारतका दक्ष दीपक पाटीलको जोडीलाई ६–३, ६–४ ले हराउँदै फाइनलमा प्रवेश गरेका छन् भने कोरियाली जोडी ह्योजिन हा र युल हो जुङको जोडीले चीनका जियालियाङ गुओ र जुनलिन सुको जोडीलाई टाइव्रेक खेलमा ६–०, ३–६, (१०–७) ले हराउँदै उपाधि भिडन्त पक्का गरेका छन् ।
यता ‘गल्र्स’ सिंगल्स क्वार्टरफाइनलमा खेलमा नेपाली सिभाली गुरूङले पोखराको टेनिस कोर्टमा आफ्नो लयलाई कायम राख्दै सेमीफाइनलको यात्रा तय गरेकी छन् । उनले भारतकी जान्हवी ताम्मिनीडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै सशक्त प्रदर्शनका साथ अन्तिम चारमा स्थान बनाएकी हुन् ।
त्यस्तै भारतकी कार्तिका पद्मकुमारले ध्रुती गुन्डुलाई ६–२, ६–१ ले हराइन् भने भारतकी शतक्शिका सहायाकले नेपालकी स्वस्तिका बिष्ट लाई १–६, ७–५, ६–३ ले कडा प्रत्युत्तरसहित उल्टो नतिजा निकाल्दै सेमीफाइनलमा स्थान सुरक्षित गरिन् । ताइपेईकी के–चिये सूले नेपालकी सुनिरा थापालाई ६–०, ६–१ ले स्तब्ध पार्दै सेमिफाइनलमा स्थान बनाइन् ।
यता गल्र्स डबल्स सेमीफाइनलमा नेपालकी शिभाली गुरुङ र ताइपेइकी के–चिये सूको जोडी क्यानडाकी नोरा चौधरी र भारतकी जान्हवी ताम्मिनीडी लाई ६–२, ६–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्दा भारतकी तेजस्वी मानेनी र न्यूजिल्याण्डकी बोइदेही उकिलको जोडीले नेपालकी स्वस्तिका बिष्ट र अमेरिकाकी नाला जोसेफिन मास्कीको जोडीलाई ६–४, ५–७, १०–५ ले हराउँदै उपाधि भिडन्त तय गरेका छन् ।
मंसिर २७ गतेसम्म दुई साता लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे–३० सर्किट १ र २ मा १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना खेलाडी सहभागी छन् ।
नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल र हङकङका खेलाडीहरूको सहभागिता रहेको छ ।
१३ देखि १८ वर्ष उमेर समूहका खेलाडीबीच हुने प्रतियोगितामा सिंगल्स विजेताले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले ९, क्वार्टरफाइनलिस्टले ५ र प्रि–क्वार्टरफाइनलिस्टले २ अंक प्राप्त गर्नेछन् । त्यसैगरी डबल्सतर्फ विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिस्टले ६ र क्वार्टरफाइनलिस्टले ३ अंक प्राप्त गर्ने व्यवस्था छ ।
ब्वाइज र गल्र्स सिंगल्स तथा डबल्स गरी चार इभेन्टमा सञ्चालन भइरहेको प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ८७ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिस संघका सचिव भिष्मराज पौडेलले जानकारी दिए ।
पोखरा, २५ मंसिर ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गर्नुभयो ।
ढकालले गण्डकीमा कूल मतदाता १६ लाख ६२ हजार २ सय ४६ रहेको जानकारी गराउनुभयो ।
पोखरा, २५ मंसिर ।
पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आफ्नो आठौं स्थापना दिवसका अवसरमा महिला हिंसा सचेतना कार्यक्रमको आयोजना गरेको छ । टेवानले बुधबार पामेमा वनभोज तथा सचेतना कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्दैै सुरक्षित वातावरण तयार गर्नुपर्नेमा जोड दिए । अधिवक्ता तारा शर्माले महिला हिंसा न्यूनीकरण गर्न महिलाको पनि उत्तिकै भूमिका हुने बताइन् । ‘पुरुषलाई मात्रै गाली गरेर महिला हिंसा अन्त्य हुँदैन,’ उनले भनिन्, ‘प्राप्त अधिकारको दुरुपयोग होइन, सदुपयोग गर्दै सबै पक्ष मिलेर महिला हिंसा अन्त्य गर्नुपर्छ ।’
टेवानकी संस्थापक अध्यक्ष लक्की कार्की क्षत्रीले संस्थाको गतिविधिले पर्यटनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धि गर्न योगदान पु¥याएको बताइन् । ‘महिलामाथि हुने विभेद सहने होइन, उजागर गर्ने हो,’ उनले भनिन्, ‘महिला हिंसा अन्त्य गर्न पुरुषले पनि साथ दिनुपर्छ ।’ टेवान अध्यक्ष शोभा पाण्डेले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिनको अवसर पारेर सचेतना कार्यक्रम आयोजना गरेको बताइन् । टेवान महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गरेको कार्यक्रममा संयोजक जयादेवी तिवारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
पोखरा, २५ मंसिर ।
गायक आशिष दियालीको शब्द र संगीतमा तयार भएको ‘झरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा गायक खेम ढकाल र गायिका कविता बराइलीले आवाज दिएका छन्। दुबैको मधुर र भावनात्मक गायनले गीतलाई थप प्रभावकारी बनाएको छ।
गीतको म्युजिक भिडियो पोखराका विभिन्न सुन्दर स्थानहरूमा छायांकन गरिएको हो। भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। प्रेमभावना र कथानकलाई सहज तरिकाले प्रस्तुत गरिएको यो भिडियोमा कलाकारहरूले स्वभाविक अभिनय देखाएका छन्।
भिडियोमा भ्लगर सन्तोष दुवाडी, कविता अधिकारी र सबिन गायकको भूमिका प्रमुख छ । जसमा चर्चित कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् । राजु अधिकारी, क्षेत्र बहादुर गुरुङ र नीतु परियारको समेत अभिनय रहेको गीतबाट निर्माण पक्ष आशावादी देखिन्छ ।
भिडियोको छायांकन प्रकाश गुरुङ काशले गरेका छन्। पोखराको प्राकृतिक सुन्दरता र कलाकारहरूको अभिव्यक्तिलाई आकर्षक रूपमा कैद गर्न उनी सफल देखिन्छन्।
गीत र भिडियो दुवै मिलेर राम्रो निर्माण भएको यो ‘झरी’ गीतलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ । गीतलाई आशिष दियालीको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
लेखनाथ, २५ मंसिर ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा÷महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन ।
हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ बताउँछन ।
‘‘हरेक वर्ष लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली निकालीन्छ, एक त यसले यस क्षेत्रका विभिन्न जातजाती र समुदायले कति अपनत्व महशुस गर्दारहेछन भन्ने देखाउँछ भने अर्को कुरा फरक फरक जातजाती र समुदायहरुलाई एकैथलोमा उतारेर महोत्सवले उनीहरुको मौलीक रितिरिवाज, रहनसहन र संस्कार–संस्कृतिको समेत जर्गेना गर्ने गरेको छ’’–संयोजक श्रेष्ठले भने ।
लेखनाथ महोत्सवमा जस्तो वृहत झाँकी अरु कुनै मेला महोत्सवमा देख्न, हेर्न नपाईने उनको दावी छ । झाँकी र्यालीमा आ–आफ्नो भेष भुषा, चालचलन, रितीरिवाज, संस्कार संस्कृति झल्कीने पोशाक, ब्यानर र डेमोहरु सहितको व्यापक उपस्थीती नै लेखनाथ महोत्सवको विशिष्ट पहिचान बनेको संयोजक श्रेष्ठ वताउँछन ।
महोत्सवमा देखाईने झाँकी र्यालीलाई यसपाली अझै व्यवस्थीत बनाईएको छ भने सहभागी हुने विभिन्न संघ संस्था र समुहहरुलाई विगतको भन्दा अझै प्रोत्साहन वढाईएको छ । झाँकी र्यालीलाई महोत्सवस्थलभित्रै व्यवस्थीत गर्ने योजना बनाईएको छ भने झाँकी तर्फ र र्याली तर्फ छुटृाछुटृै पुरस्कृत समेत गरिने भएको छ ।
झाँकीतर्फ प्रथम, द्धित्तीय, तृतीय र सान्त्वनालाई क्रमश नगद रु २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ भने र्यालीतर्फ प्रथम, द्धित्तीय र तृतीयलाई क्रमश नगद रु १५ हजार, १० हजार, ५ हजार र सान्त्वना हुने १० समुहलाई नगद रु २ हजार प्रदान गरिनेछ । यसरी झाँकी र्यालीमा सहभागी हुन चाहने समुहले यहि मंसिर २८ गतेभित्र आफ्नो समुह दर्ता गराईसक्नुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिईन ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।





