२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

पोखरा, ०५ पुस ।

पोखरा क्रिकेट मैदानमा जारी हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा जनप्रकाश मावि र डायमण्ड सेकेण्डरी स्कुल फाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न पहिलो खेलमा हिमालयनलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको होभने दोश्रो खेलमा डायमण्डले प्रतिभालाई हराउदै फाइनलमा प्रवेश गरेको हो ।

शनिवार सम्पन्न जनप्रकाश र हिमालयन बिचको पहिलो सेमिफाइनलमा जनप्रकाशले टस जितेर फिल्डिङ रोज्दा हिमालयनले २० ओभर खेल्दै १० विकेटमा ९४ रन बनाउन सफल भयो । हिमालयनका आयुष पनेरुले २४ बलमा १६ रन, शिवम श्रेष्ठले १७ बलमा १२ रन र आयुष पौडेलले २४ बलमा १० रन बनाए ।

यसैगरी जनप्रकाशका बलर हिमाल आचार्यले ४ ओभरमा १५ रन दिदै ३ विकेट लिन सफल भए । त्यसैगरी निश्चल आचार्य, समुन्द्र क्षेत्री र रोहित किसानले २÷२ विकेट लिन सफल भए । जवाफी ब्याटिङमा उत्रेको जनप्रकाशले १६.१ ओभर खेल्दै ७ विकेटको नोक्सानीमा ९८ रन बनाउदै लक्ष्य भेटाउन सफल भए । जनप्रकाशका ब्याटर कमल थापाले ३२ बलमा २० रन, हिमाल आचार्यले १० बलमा १४ रन बनाउन सफल भए ।

हिमालयनका बलर आयुष पनेरुले ४ ओभरमा २१ रन दिएर ३ विकेट र दीक्षान्त शाहीले ३ ओभरमा १९ रन दिदै २ विकेट लिन सफल भए । उक्त खेलको प्लेयर अफ द म्याच जनप्रकाशका हिमाल आचार्य घोषित भए ।

यसैगरी प्रतिभा सेकेण्डरी र डायमण्ड बीच भएको दोश्रो सेमीफाइनलमा डायमण्डले टस जित्दै बलिङ गर्ने निर्णय लिए । प्रतिभाले १३.१ ओभरमा १० विकेटको नोक्सानीमा ३८ रन बनाए । डायमण्डका बलर शिशिरले ३ ओभरमा १ मेडेन राख्दै ६ रन दिएर ३ विकेट लिएभने सुशान्त तिवारीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए अविरलले ३.१ ओभरमा २ मेडेन राख्दै रन दिएर २ विकेट लिन सफल भए । जवाफी ब्याटिङमा उत्रेको डायमण्डले ४.३ ओभरमा २ विकेटको नोक्सानीमा ३९ रन बनाउदै लक्ष्य भेटाउन सफल भए ।

डायमण्डका सुशान्त तिवारीले १७ बल खेल्दै २९ रन बनाउन सफल भए । प्रतिभाका बलर साउदिनले १ विकेट लिन सफल भए । डायमण्डले उक्त खेल ८ विकेटले जित्न सफल भई फाइनलको यात्रा तय गर्यो । उक्त खेलको प्लेयर अफ दी म्याच सुशान्त तिवारी घोषित भए । फाइनल खेल आइतबार ११ बजे हुने छ ।

पोखरा, ०५ पुस ।

पोखरा २७ को श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रम परमार्थ नगरका वालवालिकाहरुका लागि आश्रय नेपालले न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको छ ।

आश्रममा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै महिला पर्यटन विकास समिति कास्कीकी अध्यक्ष ममता न्यौपानेले आश्रय अभियान नेपाललाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरेकी थिइन् ।

आश्रय अभियान नेपालकी अध्यक्ष गीता लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष धु्रववावु भटट्राई र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।

अभियानका सचिव कृष्णप्रसाद ढुङ्गानाको पहलमा आश्रममा आश्रित १५ जना बालबालिकाहरुलाई न्यानो पोशाक र खाद्यान्न प्रदान गरेकामा आभार व्यक्त गर्दै आश्रमका १०८ स्वामी विष्णु वशिष्ठले आश्रीत बालबालिकालाई गरेको सहयोगले उनीहरुको लक्ष्य र उद्धेश्य हासिल गर्न सघाउ पुर्याउने अपेक्षा गरेका थिए । सचिव कृष्णप्रसाद ढुङ्गानाले विभिन्न समयमा यस्ता सहयोगका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कोषाध्यक्ष रक्षा भण्डारीले स्वागत गरेकी थिइन् ।

पोखरा, ०५ पुस ।

गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् ।

इनरह्विल क्लब अफ पोखरा र पोखरा महानगरपालिका वडा नम्बर ३ को आयोजना र युआरएलसहित पोखरा महानगरको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा नदीपुरमा भएको शिविरमा २ सय ३ जनाको सित्तैमा थाइराइड तथा मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो ।

शनिबारै लायन्स क्लब अफ ब्युटिसिटी, लायन्स क्लब अफ पोखरा जिबिपी र शिवालय आमा समूहको आयोजनामा पोखरा–८, शिवालयचोकमा मधुमेह, थाइराइड तथा मिर्गाैलासम्बन्धी रगत जाँच सित्तैमा गरिएको छ । शिविरमा ३ सय ५२ जनाको सित्तैमा रगत जाँच गरिएको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले बताए ।

अध्यक्ष पन्थले प्रदेशकै पहिलो र अग्रणी ल्याब भएकाले निजी क्षेत्रले निर्वाह गर्नुपर्ने सामाजिक दायित्व निर्वाह गर्न पनि अग्रणी भूमिका खेल्दै आएको जनाए । उनले भने, ‘स्थापनाको १२ वर्षमा विभिन्न संघ, संस्थाले हामी आफैंले पनि गरी २ सय १४ वटा शिविर गरेका छौं । सँगसँगै विशेषज्ञहरुबाट सचेतना कार्यक्रम पनि चलाउँदै आएका छौं ।’

पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले जनतालाई सहज र सुलभ तवरले स्वास्थ्य सेवा पु¥याउने दायित्व राज्यले मात्र पूरा गर्न कठिन रहेकाले संघ, संस्था र निजी क्षेत्र पनि सघाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, थाइराइड लगायतका रोग लाग्ने कारण, उपचार विधि र जटिलताका अवस्थाबारे प्रकाश पारे । उनले भने, ‘बेला बेलामा चेकजाँच गराउने, खानपान र जीवनशैली सुधार्ने हो भने नसर्ने खालका धेरै रोगबाट बाच्न सकिन्छ ।’
वरिष्ठ स्त्री प्रसूति तथा बाँझोपन रोग विशेषज्ञ डा सरिता गुरुङले नेपाली महिलाले अझै पनि रोगहरु लुकाउने गरेको सुनाउँदै समस्या सुरु हुँदै उपचार खोज्न आग्रह गरिन् । उनले भनिन्, ‘समस्या लुकाएर होइन, उपचारपछि जीवन सहज हुन्छ । महिलाले पाठेघर, बाँझोपन आदिका समस्याबाट बढी पीडित हुनुपर्छ, हिंसा पनि सहनुपर्ने हुन सक्छ । बेलैमा उपचार गरौँ ।’

लायन्स क्लब अफ ब्युटिसिटी अध्यक्ष कल्पना सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक्ट फेलोसिप चिफ सबी शेरचन, शिवालय टोल विकास संस्थाका अध्यक्ष ईश्वरप्रसाद सुवेदी, ब्युटिसिटीकी सचिव सुनिता अधिकारी लगायतले बोलेका थिए ।

पोखरा, ०५ पुस । 
 
पोखरा महानगरपालिका वडा नं ३२ मा क्रियाशिल नविन टोल विकास संस्था र नविन आमा समूहको साधारणसभा तथा अधिवेशन एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।
 
संयुक्त रुपमा आयोजित कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्नुुभयो । कार्यक्रममा वडा अध्यक्ष कार्कीले टोलको विकासका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताउनुुभयो ।
 
अधिवेशनबाट नविन टोल विकास संस्थामा गोपालप्रसाद वाग्लेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
 
कार्यसमितिको उपाध्यक्षमा राधा मिश्र, सचिवमा मोहनराज बराल, सहसचिवमा इश्वरप्रसाद ढकाल र कोषाध्यक्षमा सरस्वती ढकाल रहनुुभएको छ । त्यस्तै समितिका सदस्यहरूमा हरिप्रसाद वाग्ले, विन्दु वाग्ले र संगीता ढकाल रहनुुभएको छ ।
 
समितिको सल्लाहकारमा संस्थापक अध्यक्ष मुकुुन्द घिमिरे, निवर्तमान अध्यक्ष पुष्पराज पौडेल र वासुदेव पौडेललाई चयन गरिएको छ ।
 
त्यस्तै नविन आमा समूहमा विनिता पण्डित घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
 
समितिको उपाध्यक्षमा गीता तिवारी, सचिवमा शारदादेवी बराल, सहसचिवमा लक्ष्मी पन्थी र कोषाध्यक्षमा जमुना भट्टराई रहनुुभएको छ । त्यस्तै सदस्यहरूमा सीमा वाग्ले, माधवी सुवेदी, प्रकृति वाग्ले, अञ्जना पौडेल, शान्ति पौडेल र जीवनसरिता घिमिरे रहनुुभएको छ । अधिवेशनका लागि वासुदेव पौडेलको संयोजकत्वमा हरिप्रसाद वाग्ले र सरिता खनाल सदस्य रहनुुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
 
यस अघि अधिवेशनको उद्घाटन समारोह नविन टोल विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेल र नविन आमा समूहका अध्यक्ष विनिता पण्डित घिमिरेको संयुक्त अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन नविन आमा समूूहका कोषाध्यक्ष जमुुना भट्टराईले गर्नुुभयो । त्यस्तै स्वागत एवम् टोल विकास संस्थाको सचिवको प्रतिवेदन नविन टोल विकास संस्थाका सचिव मोहनराज बरालले प्रस्तुत गर्नुुभएको थियो ।
 
उक्त अवसरमा टोल विकास संस्थाका कोषाध्यक्ष सरस्वती पराजुली ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुुभयो भने् आमा समूहको सचिवको प्रतिवेदन सचिव शारदादेवी बराल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जमुना भट्टराई ढकालले प्रस्तुत गर्नुुभएको थियो ।
 
निर्वाचित दुुबै संस्थाका पदाधिकारी तथा सदस्यलाई निर्वाचन संयोजक वासुदेव पौडेल एवम् सदस्यद्वय हरिप्रसाद वाग्ले र सरिता खनालले बधाई तथा शुभकामना व्यक्त गर्नुुभयो । 
नविन टोल विकास संस्था र आमा समूहको साधारणसभा तथा अधिवेशन

पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन मावि. भूपू विद्यार्थी मञ्चको दोश्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले शालिकराम भण्डारीको अध्यक्षतामा २ वर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा कविता गुरुङ (कवि), सचिवमा गणेश जिसी, कोषाध्यक्षमा ज्योति हमाल, सहसचिवमा शिवराज न्यौपाने र सदस्यहरुमा रामचन्द्र बराल, छविलाल पनेरु, शिवप्रसाद पौडेल, नमराज बराल, शर्मिला थकाली, दिलकुमारी खाँण सर्वसम्मत चयन भएका छन् ।

मञ्चका परिकल्पनाकार दिपकराज बराल संयोजक, पदमबहादुर ढकाल र चन्द्रमाया वास्तोला सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका आमन्त्रित प्रमुख व्यक्तित्व छोरेपाटन माविका पुर्व प्रधानाध्यापक लक्ष्मण थापाले उद्घाटन गर्दै भूपू विद्यार्थीहरुले पुर्व शिक्षकहरु समेत साथमा लिएर अगाडि वढ्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

त्यसैगरी छोरेपाटन माविका प्रअ डिल्लिराम भूषाल र सहायक प्रअ खेमराज बराल (ध्रूब) ले भूपू विद्यार्थी मञ्चको हरेक क्रियाकलाप साथ र सहयोग गरिरहेको र आगामि दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पोखरा–२२, कालाबाङ घरेडिको भगवती आधारभूत विद्यालयका भूपू विद्यार्थी मञ्चका संयोजक यामबहादुर गुरुङले भूपू विद्यार्थीहरु मिलेर वर्तमान विद्यार्थीहरुलाई सहयोग गर्ने भावना जागृत गराउन सकेमा धेरै सहयोग आउने वताउँदै आफ्नो अनुभव शेयर गरेका थिए ।

सो अवसरमा मञ्चले आयोजना गरेका कार्यक्रममा सहयोग गर्ने नौलोघुम्ती नेपालका ओमकृष्ण गुरुङ, जिप्रका क्राइम इन्भेष्टिगेशन ब्रान्चका कमल भट्टराई, पुर्व विद्यार्थी देवराज आचार्य, पोखरा डिजिटलका दिपेन्द्र सुवेदी, सिटिजन फर्निचर न्यूरोड, स्वतन्त्र पत्रकार संघ कास्कीका कार्यसमिति सदस्य मदनराज जैसी, विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने अभियानका अभियान्त प्राज्ञ नगेन सिंह ठकुरी, दरबारन्युज डटकमका समचार प्रमुख सागर कार्कीलाई सम्मान पत्र तथा खादाले सम्मान गरिएको थियो ।
त्यसैगरी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराम भण्डारी, कोषाध्यक्ष कविता गुरुङ, सहसचिव ज्योति हमाल, कार्यसमिति सदस्यहरु कृष्ण प्रसाद पोखरेल, गणेश जिसी, कविता गुरुङ कवि, रामचन्द्र बराल, शिवराज न्यौपाने र छविलाल पनेरुलाई संस्थागत कार्यसम्पादनमा सहयोग गरेकोमा अध्यक्ष कृष्ण रानाभाट र प्रमुख अतिथिद्धारा सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा आजिवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सिद्धार्थ नमुना टोलविकास संस्थाका अध्यक्ष नारायण प्रसाद अधिकारी, भूपू विद्यार्थीहरु दिपकराज बराल, देवराज आचार्य, पदमबहादुर ढकाल र राजु क्षेत्री लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हिमलाल उपाध्यायले स्वागत र सचिव शालिकराम भण्डारीले संचालन गरेका थिए ।

छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको अध्यक्षतामा शालिकराम भण्डारी

राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि उचालेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।

रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्यु स्टार एलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने न्युस्टार बिले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । उपाधिसंगै रामघाटले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको न्युस्टार बिले ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।

पुस १ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो । दोभान क्लबले स्थापनाकाल देखी खेलकुद संगै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष सुजन श्रेष्ठले बताए । पालिकामा क्रियाशिल क्लबले हरेक वर्ष विभिन्न खेल गतिविधि सञ्चालनसंगै युवा जागरुगका कार्यक्रम गर्दै आएको उनले बताए ।

फाइनल खेलको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव खगराज अधिकारीले गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी रामघाटका सुमित श्रेष्ठ घोषित भए । उनले ट्रफी प्राप्त गरे ।

पोखरा, ०५ पुस ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।

महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेशागत सुरक्षाका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली पत्रकारिता आज गहिरो आर्थिक संकटमा पुगेको ठहर गर्दै मिडिया हाउसको आम्दानी घट्नु, विज्ञापन बजार असन्तुलित हुनु, डिजिटल प्लेटफर्मको प्रभाव र राज्यको नीतिगत उदासीनताले पत्रकारको जीविकोपार्जन असुरक्षित बनेको जनाइएको छ । भेलाले देशभर तथा विशेषतः गण्डकी प्रदेशका पत्रकारहरूले भोग्दै आएका आर्थिक, पेशागत र संस्थागत समस्याका साथै समसामयिक राष्ट्रिय विषयमा गम्भीर छलफल गरेको छ ।

महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलद्वारा जारी घोषणापत्रमा भनिएको छ, ‘तीन तहकै सरकारबाट पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्दै श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष कार्यान्वयन सुनिश्चित गरिनुपर्दछ । प्रदेश सरकार र स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति र सञ्चार कार्यविधिलाई व्यावहारिक र सहज बनाउनुका साथै पत्रकार र सञ्चारमाध्यमलाई विकास साझेदारका रूपमा स्वीकार गर्दै सूचना र विज्ञापनमा स्थानीय मिडियालाई प्राथमिकता दिन आग्रह गर्दछांै ।’

नवयुवा पुस्तालाई पत्रकारितामा आकर्षित गर्न र कार्यरत पत्रकारलाई पेशामा टिकाइराख्न सुरक्षित आम्दानी, करियर विकास, तालिम र प्रविधिमा लगानी अपरिहार्य भएको ठहर गरेको छ । मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिम मध्यनजर गर्दै पत्रकारले तथ्य जाँच, स्रोतको विश्वसनीयता, सन्तुलन र पेशागत आचारसंहिताको कडाइका साथ पालना गरी समग्र पत्रकारिताप्रतिको जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।
संघ सरकारबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन र पत्रिका वर्गीकरण प्रणाली अझै व्यावहारिक, पारदर्शी र मिडियामैत्री बनाउन माग गरिएको छ ।

यसैगरी, विज्ञापन बोर्डले मिडियालाई अलमल पार्नेभन्दा सहज, सहजीकरणमुखी र विश्वासयोग्य बनाउनुपर्ने, गण्डकीभित्रका सञ्चारमाध्यम प्रदेशकै प्रेस रजिस्टारको कार्यालय वा जिल्ला हुलाक कार्यालयमार्फत् दर्ता र नवीकरण हुने प्रबन्ध मिलाउनुपर्ने, प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन रकम अत्यन्त कम र कार्यविधि झन्झटिलो भएकाले तत्काल परिमार्जन गर्न पनि आग्रह गरिएको छ । जेनजी आन्दोलनमा क्षति पुगेका मिडिया हाउस र पत्रकारलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

हालको अन्योलपूर्ण अवस्थाको निकास र संविधान रक्षाका लागि यथासमयमा भयरहित निर्वाचन गर्न र गराउन सरकार तथा दलहरूलाई आग्रह गरिएको छ । पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा पत्रकारिताको क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माणमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको भेलामा ११ वटै जिल्ला शाखाले एकवर्षे कार्यकालको प्रगति विवरण, चुनौती तथा भावी योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महासंघ अध्यक्ष शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाललगायतले महासंघका गतिविधिबारे जानकारी दिँदै पत्रकारका जिज्ञासाका जवाफ दिएका थिए । उनीहरुले महासंघका सदस्यको पेसागत हकहित र सुरक्षामा महासंघ सधैँ साथमा रहेको बताए ।

शुक्रबार उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारको पेसामाथि संकट गहिरिँदै गएको, परम्परागत मिडियाले डिजिटल युगको चुनौती सामना गर्न नसकिरहेको अवस्थामा प्रेस रजिष्ट्रार कार्यालय नियामक निकाय मात्र नभई, पत्रकारको क्षमता र वृत्ति विकासमा पनि सहयोग गर्न तयार रहेको बताइन् ।
भेलामा महासंघका केन्द्रीय सदस्यहरु छविलाल तिवारी, केवी राना, कृष्ण केसी, महासंघ गण्डकी सल्लाहकार गोविन्द सुवेदी, नारायण शर्मा, महासंघ गण्डकी महिला उपाध्यक्ष माया अधिकारी लगायतले बोलेका थिए ।

महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले महासंघका विधानतः व्यवस्थाबमोजिम गण्डकीले भेला आयोजना गरेको प्रस्ट पारे । उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश पौडेल, सञ्चालन महासचिव जमुना वर्षा शर्मा र धन्यवाद ज्ञापन भेला आयोजक समिति संयोजक एवं महासंघ गण्डकी सचिव भविश्वर पाण्डेले गरे ।

यसैबीच, महासंघले पत्रकारलाई ‘क्षमता अभिवृद्धि तालिम’ पनि दिएको छ । तालिमको सहजीकरण गर्दै पत्रकार भरत कोइरालाले ‘पत्रकारिताः चुनौती र नवीनता’ विषयमा कार्यपत्र प्रस्तुत गरे । पछिल्लो समय छापा तथा एफएम रेडियो बन्द हुुने क्रम नेपालमात्र नभई विश्वभर तीव्र रहेको, पत्रकारको पेसा संकटमा परेको र न्यू मिडियाले अवसर पनि लिएर आउने गरेको बताए । संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष समेत रहेका कोइरालाले पत्रकार महासंघको विधानमा उल्लेखित शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको काम, कर्तव्य र अधिकारबारे जानकारी दिए ।

‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया
पोखरा, ०५ पुस ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका वक्ताले गण्डकी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा नयाँ गन्तव्य पहिचानमा मिडियाको भूमिका महत्वपूर्ण हुने विषयमा जोड दिए । पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा पर्यटन व्यवसायीले समग्र गण्डकीको देशविदेशमा प्रचारप्रसारमा महासंघसँग मिलेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

महासंघअन्तर्गत गण्डकीका जिल्ला अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको दुईदिने भेला अवसरमा शनिबार पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखरासमेतको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरासहित समग्र गण्डकीकै पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । हाल पोखरा भ्रमण वर्ष–२०२५ पनि चलिरहेको जनाउँदै महासंघसँग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले ओझेलमा परेका तथा नयाँ नयाँ पर्यटकीय गन्तव्य पहिचानमा ‘मिडिया आवाजविहीनको आवाज’ मिडियाबाट सघाउ पुगेको बताए । सोसल मिडिया, भ्लगहरु, टिकटकसमेत पछिल्लो समय पर्यटन प्रवद्र्धनको भागीदार बन्दै गएको उनको भनाइ थियो । गण्डकीका सबै जिल्लाका पत्रकारसँग अन्तरक्र्रियाको अवसर जुटाइदिएकोमा महासंघप्रति खुसी व्यक्त गर्दै भुजेलले भने, ‘पर्यटनको राजधानी पोखरामा यसप्रकारको पहिलो कार्यक्रम हो, तर अन्तिम नहोस् ।’ विश्वमा पर्यटन चलायमान हुनुमा ७५ प्रतिशत हात मिडियाको रहेको पनि तथ्य प्रस्तुत गरे । उनले विभिन्न जिल्लाका ऐतिहासिक, धार्मिक, भौगोलिक महत्वका विषयवस्तुबारे जानकारी मिडियाले दिनेमा अपेक्षा गर्दै भविष्य पनि हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

रेवान पोखरा महासचिव वीरेन्द्र शेरचनले अर्को साता हुने २७ औं पोखरा सडक महोत्सव तयारीमा आफूहरु जुटेको जानकारी दिँदै यसबाट जाडोयाममा सुस्ताउने पोखराको पर्यटनमा सडक महोत्सवले प्रवद्र्धन गरेको बताए । यही पुस १३ देखि १७ गतेसम्म हुने सडक महोत्सव सफल पार्न मिडियाबाट विगतमा झैं व्यापक प्रचारप्रसारको अपेक्षा गरे ।

टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले टान ११ वटै जिल्लामा फैलिएको र जहाँ गए पनि पर्यटन प्रवद्र्धनमा मिडियाबाट सहयोग हुने गरेको बताए । संरक्षित क्षेत्रमा जाँदा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले हिमालको ५ किमी वरिपरि बाटो तथा हाइड्रो जान नहुने बताए । ट्रेकिङका क्रममा यदि कुनै मानवीय क्षति हुन गए त्यसको बदनाम नेपालकै हुने भएकाले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

नाट्टा महासचिव संगीता पौडेलले पर्यटनमा ठूलो लगानी गरेर संरचना खोलिएको, तर त्यसको प्रतिफल अझै पाउन नसकिएको गुनासो गरिन् । मिडियाले पर्यटन प्रवद्र्धनमा कलम चलाएमा गण्डकी प्रदेशकै पर्यटनमा टेवा पुग्ने उनले बताइन् ।

प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलले पर्यटन क्षेत्र संवेदनशील भएकाले मिडियाले पनि सत्य, तथ्य र निष्पक्ष रुपमा कलम चलाउनुपर्ने बताए । उनले भने, ‘यदि नकारात्मक सन्देश प्रवाह भए क्षणभरमै पर्यटनमा कैयौ बुकिङ रद्ध हुने अवस्था हुन्छ । तसर्थ मिडियाकर्मीले पनि ध्यान दिनपर्छ ।’

नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतले पर्यटनको प्रवद्र्धनमा पत्रकार महासंघ केन्द्र पनि सहकार्य गर्न सधैँ तयार रहेको बताए ।

सो अवसरमा पत्रकार महासंघ केन्द्रीय सदस्य केवी राना, पत्रकार महासंघ म्याग्दी अध्यक्ष हरिकृष्ण गौतम, तनहुँ अध्यक्ष डिपी अधिकारी, पत्रकार महासंघ गण्डकीका निवर्तमान सचिव यदुनाथ बञ्जारा, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बराल लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष रमेश पौडेलले पोखरालाई केन्द्रमा राखेर गण्डकी प्रदेशभर विभिन्न पर्यटकीय गतिविधि सञ्चालन एवं प्रवद्र्धनमा मिडियाले सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए ।

महासंघ गण्डकी उपाध्यक्ष प्रकाश पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव जमुना वर्षा शर्मा र धन्यवाद ज्ञापन महिला उपाध्यक्ष माया अधिकारीले गरिन् ।

कार्यक्रममा टेवान अध्यक्ष शोभा पाण्डे, गाउँ पर्यटन प्रवद्र्धन मञ्च अध्यक्ष शोभा सापकोटा, एगा पोखरा अध्यक्ष गोकर्ण लम्साल, नाका अध्यक्ष अनिल केसी लगायत पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि, महासंघ जिल्लाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, एवं पत्रकारलगायतको उपस्थिति थियो ।

पोखरा, ०५ पुस ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहेको कालाबाङ सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवद्र्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो ।

पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए । नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरी चिनाउनुमा आदिवासी जनजातिको संस्कार, संस्कृतिको मुख्य भूमिका भएको उनको भनाई थियो । उनले भने, ‘आदिवासी जनजातिहरुको संस्कृतिले नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेलिरहेको छ, यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।’ साथै अहिले पोखरा महानगरपालिकाले पोखराको पर्यटकलाई मध्यनजर गरेर, प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई ध्यान दिइरहेको उनको भनाई छ ।

कार्यक्रममा व्यवसाय केन्द्र पोखराका प्रमुख नवराज अधिकारीले पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा अति उपयुक्त ठाउँ भएको बताए । पोखराको पर्यटन क्षेत्रलाई यहाँ आयोजना हुने मेला महोत्सवले समेत टेवा पु¥याइरहेको उनको भनाई थियो । यो वर्ष पोखरा महानगरपालिका पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर अगाडि बढेको कार्यक्रममा उनले बताएका छन् । उनले भने, ‘आफ्नो लक्ष्य पुरा गर्न महानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ ।’

फोनिजका संघीय महासचिव समीर बलामीले पर्यटनको क्षेत्रमा पोखरा कास्की मात्रै नभएर समग्र नेपालकै प्रतिनिधित्व गर्ने बताए । आदिवासी जनजातिको संस्कृति र पर्यटन क्षेत्र एकअर्काको परिपुरक भएको महासचिव बलामीको भनाई छ । आदिवासी जनजातिको रैथाने उत्पादनलाई प्रोत्साहित गर्नु आजको आवश्यकता भएको उनको भनाई छ ।

आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय सल्लाहकार डण्ड गरुङ, उजिर मगर लगायतले पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने र यसमा पत्रकारहरुले साथ दिनुपर्नेमा जोड दिएका थिए ।

शनिबार नै कालाबाङमा फोनिजको तेस्रो पूर्ण बैठक भएको छ । बैठकमा फोनिजको संघीय कार्यसमिति, ७ वटै प्रदेशका जिल्ला इन्चार्जसहित पदाधिकारी र गण्डकी अन्तर्गतका जिल्ला अध्यक्ष र पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

टिम तर्फ साविक विजेता प्रज्वल गुरुङ र दिप्सन लामाको जोडीलाई उपाधि

पोखरा, ०५ पुस ।

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८२ को उपाधि काठमाडौंका दिपक पोखरेलले जित्नु भएको छ । कास्की जिल्ला गल्फ संघको आयोजनामा पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको प्रतियोगितामा नेट तर्फ पोखरेलले ३९ अंक प्राप्त गर्दै उपाधि सहित नगद १५ हजार प्राप्त गर्नु भयो ।

त्यसै गरी काठमाडौंकै (एक्स सिंगापुरे) विश्व मोहन गुरुङले ३६ अंक प्राप्त गर्दै दोश्रो हुनु भयो भने पोखराका (जर्मन बेकरीका संचालक) बलराम थापा भने ३५ अंक सहित तेश्रो हुनु भयो । दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार साथमा ट्रफी प्राप्त गर्नुभयो । यस विधामा ९६ जना खेलाडीहरुले प्रतिष्प्रर्धा गरेको कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले बताउनु भयो ।

महिला तर्फ (नेट) पोखरा÷काठमाडौं की गिता गुरुङ प्रथम हुनु भएको छ । उहाँले २७ अंकका साथ प्रथम स्थान हासिल गर्दै १० हजार प्राप्त गर्नु भयो । त्यसै गरी खेलमा २७ अंक ल्याउनु भएको काठमाडौं की आभानी राई काउण्ट व्याकमा दोश्रो हुनु भयो । राईले दोश्रो हुदै ५ हजार समेत हात पार्नुभयो ।

सिनियर तर्फको विधा (६५ बर्ष माथि उमेर समुह) मा पोखराका मेजर विजय मुक्तान प्रथम हुनु भयो । मुक्तानले २९ अंकका साथ उक्त विधामा प्रथम हुँदै नगद ५ हजार प्राप्त गर्नु भयो ।

नवल्टी तर्फको विधामा लङगेष्ट ड्राइभमा काठमाण्डौंका प्रकृत तामाङ घोषित हुनु भयो । ३ सय १५ यार्डको दुरी हान्न सफल भई उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो ।

त्यसै गरी क्लोजेष्ट टु दि पिन तर्फ पोखराका भत्तराज गुरुङ घोषित हुनु भयो । कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष तथा भूतपूर्व सिंगापुर प्रहरीका (एएसपी) गुरुङले ५ हजार प्राप्त गर्नुभयो ।

लमजुङ घर भई वेलायत बस्दै आउनु भएको गिताजंग गुरुङले प्रतियोगितामा सर्वाधिक बर्डी (हाइएस्ट बर्डी) हिर्काउने गल्फरको उपाधि हात पार्न सफल हुनु भयो । गोर्खा गल्फ सोसाइटीका अध्यक्ष समेत रहनु भएको गुरुङले उक्त उपाधि सहित ५ हजार प्राप्त गर्नुभयो ।

शुक्रबार देखि संचालन भएको उक्त प्रतियोगिता अन्र्तगत टिम तर्फ साविक विजेता प्रज्वल गुरुङ र दिप्सन लामाको जोडीले उपाधि रक्षा गर्नुभयो । अण्डर थर्टिन हान्दै पोखराको यस जोडीले उपाधिको साथमा नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नुभयो । त्यसै गरी प्रतियोगितामा काठमाण्डौंका अभानी राई र शवनिल भट्टराईको जोडी दोश्रो हुन सफल हुनुभयो । एघार अण्डर हान्दै उक्त जोडीले ३० हजार प्राप्त गर्नुभयो । आठ अण्डर हान्दै पोखराकै ए.एस.पी. भत्तराज गुरुङ र इनिस्पेक्टर सोम गुरुङको जोडी तेश्रो हुनु भयो । उहाँको जोडीले २० हजार प्राप्त गर्नुभयो । त्यस्तै काठमाण्डौंका दिपक पोखरेल र श्रीराम थापाको जोडीले ७ अण्डर हानेर शान्त्वना हुनु भयो । उहाँको जोडीले १० हजार प्राप्त गर्नुभयो ।

त्यस्तै काठमाण्डौंका कवि थापाले ३१ अंकका साथ ग्रसतर्फको उपाधि हात पार्न सफल हुनु भयो । प्रतियोगितामा वेलायतका गिताजंग गुरुङले ३० अंकका साथ दोश्रो हुनु भयो । पहिलो र दोस्रो हुनेलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।

विश्वकै उत्कृष्ट गल्फ कोर्समध्ये एक मानिने पोखरा–१४ मझेरीपाटनस्थित (पार–६९) को हिमालयन गल्फ कोर्समा संचालन भएको प्रतियोगितामा १ सय ६ जना सहभागि हुनु भएको थियो । विजयी खेलाडीहरुलाई हिमालयन गल्फ कोर्सका निर्देशक युवा व्यवसायी किरण केसी, रोयल नेपाल गल्फ क्लब (काठमाडौं) का अध्यक्ष मधुकर याक्थुम्बा, हिसान कास्कीका सचिव किरण सापकोटा, नेपाल आर्चरी संघका सचिव योगेन्द्र शेरचन लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगिता सफल बनाउन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, जिल्ला खेलकुद विकास समिति कास्की, नेपाल गल्फ संघ, प्रदेश गल्फ संघ तथा हिमालयन गल्फ क्लब पोखराको सहकार्य र सहयोग रहेको कास्की जिल्ला गल्फ संघले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।