२०८३ बैशाख १५ मंगलवार
२०८३ बैशाख १५ मंगलवार

पोखरा, २७ पुस ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं. २६ उपशाखाको ३२औँ वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ले समुदायस्तरमा नेपाल रेडक्रस सोसाइटीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले रेडक्रसले प्राथमिक उपचार, विपद् तथा प्रकोपको समयमा राहतउद्धार कार्य, साथै विपन्न तथा असहाय परिवारहरूको अवस्थालाई मध्यनजर गर्दै मानवीय क्षति न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो ।

सोही अवसरमा उपशाखाका सभापति अम्बिका मोहन भट्टराईले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपशाखा अन्तर्गत रहेका अति विपन्न परिवार तथा उपचार खर्च अभावका कारण उपचार गर्न नसक्ने बिरामी व्यक्तिहरूलाई आवश्यक पर्दा आफ्नै व्यक्तिगत खर्चबाट समेत सहयोग गर्ने घोषणा गर्नुभयो भने कार्यक्रममा कोषाध्यक्ष बुद्धराज बस्यालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको श्री डण्डपाणी तिवारी स्मृति अक्षकोष तथा सवित्रि मोहन शर्मा स्मृति अक्षयकोषबाट जेहेन्दार छात्रवृत्ति अन्तर्गत भवानी कालिका माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा रश्मि आचार्य तथा अमर ज्योति गाउँ फर्क माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्रा रेनुका ढुङ्गानालाई सम्मान गरिएको थियो । साथै समुदाय अन्तर्गत सूर्यदेवी बराललाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पोखरा–२६ उपशाखाका सभापति भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य तथा प्रतिनिधि शुभास अधिकारी, पूर्वसभापतिहरू नारायणप्रसाद बराल, मुरारी शर्मा, चन्द्रबहादुर रानाभाट, पूर्वसचिव मनोहरी ढुङ्गाना, सामाजिक व्यक्तित्व शिवबहादुर रानाभाट तथा अक्षयकोषदाता झलकपाणी तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

उपशाखाकी उपसभापति प्रमिला बरालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको सो कार्यक्रमको सञ्चालन सचिव महादेव ढुङ्गानाले गर्नुभएको थियो ।

पोखरा, २७ पुस ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा शुभकामना सन्देशमार्फत् राष्ट्र एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

‘आज मनाइँदै गरेको ३०४ औं पृथ्वी जयन्तीले नेपाल एकीकरण अभियानको गौरवमय इतिहाससँगै मुलुक एकीकरणको योगदानकर्ताहरूलाई स्मरण गराएको छ ।’ सन्देशमा भनिएको छ – ‘पृथ्वीनारायण शाहकै अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो । त्यसपछिका विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहन पुग्यो । पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’

सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । यो दिवसले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गर्नुभएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।