२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पोखरा, ११ माघ ।

१४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे ।

समापन समारोहमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सव एक पृथक महोत्सव रहेको बताए । पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव रहेको बताउदै मेयर आचार्यले पोखरा महोत्सवलाई रातो किताबमै राखेर महानगरले अगाडी वढाइरहेको बताए ।

त्यसैगरी महोत्सवकै आयोजना गरी पोखरा २७ मा युनाईटेड क्लबले निर्माण गरिरहेको युनाईटेड छात्राबास निर्माणका लागि महानगरको तर्फबाट साथ र सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । युनाईटेड क्लबले महोत्सवको आयोजना गरि गरिरहेको सामाजिक कामको समेत मेयर आचार्यले प्रशंसा गरे ।

त्यसैगरी रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महोत्सवको आयोजना गरि पोखरामा खुल्ला चिडियाखाना निर्माण, शिक्षा क्षेत्रमा निर्माणाधिन युनाईटेड छात्राबास संगै स्वास्थ्य क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै महोत्सवमा स्थानिय उत्पादनलाई समेत साथ दिएर आफ्नो पालिकाका कृषकहरुलाई समेत सहभागी गराएकोमा धन्यवाद ब्यक्त गरे ।

त्यसैगरी महोत्सवका मुख्य प्रायोजक मुख्य प्रायोजक रबि एण्ड शन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटरका निर्देशक श्री बिनोद रौनियारले बिगत ६ वर्षदेखि पोखरा महोत्सव संग सहकार्य गर्न पाउदा गर्व लागेको बताए । बेटरले आगामी दिनमा पनि युनाईटेड क्लबको सामाजिक काममा सहकार्य गरेर अगाडी बढ्ने समेत रौनियारले बताए ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले युनाईटेड क्लबले गरेको सामाजिक कामलाई आफुले नजिकबाट नियालेको बताउदै युनाईटेड क्लबले निर्माण गरेको युनाईटेड छात्राबासको अपनत्व महानगरले लिनुपर्ने बताए ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानियाँले महोत्सव एक उत्सव रहेको बताउदै महोत्सवले स्थानिय उत्पादनको प्रवद्र्धनमा टेवा पु¥याउने वताए । महोत्सवकै आयोजना गरि युनाईटेड क्लबले गर्ने विभिन्न सामाजिक काममा आफ्नो वडाको समेत संधै सहयोग रहने उनको भनाइ रहेको थियो ।

त्यस्तै समाज कल्याण परिषदका उपाध्यक्ष परमेश्वर कार्कीले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले आयोजना गरेको सामाजिक कामको प्रशंसा गरे ।

त्यस्तै पोखरा महोत्सवको सहयोगी संस्था अमरसिंह माविका प्रध्यानाध्यापक बलराम पोख्रेलले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठमा सहायता पु¥याउने गरी शैक्षिक सामाग्रीहरु वितरण गरिरहेको बताउदै आगामी दिनमा पनि युनाईटेड क्लबलाई साथ र सहयोग रहने बताए ।

सो अवसरमा वोल्दै महोत्सवका सल्लाहकार टीका बहादुर कार्कीले पोखरा महोत्सव एक उत्सव मात्र नभइ युनाईटेड क्लबको सामाजिक अभियान भएको र उक्त अभियानमा सरिक भइ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।

त्यस्तै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा विशेष पहलकदमी गर्दै पोखराको लेखनाथमा खुल्ला चिडियाखाना निर्माणको काम अगाडी वढिरहेको बताउदै १४ औं पोखरा महोत्सव देखि पोखरा २७ अर्चलेमा निर्माणाधिन युनाईटेड छात्राबासको निर्माणमा काम गर्ने बताए । त्यसैगरी उक्त छात्राबास जाने बाटो निर्माणका लागि पोखरा २७ र २८ जोड्ने गरी सडक निर्माणका लागि पहल गरिदिन मेयर आचार्य संग आग्रह गरे ।

युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले १४ औं पोखरा महोत्सव भब्य र सभ्य ढंगले सम्पन्न गराउन दर्शकको मुख्य भुमिका रहेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि सामाजिक काममै खर्च गरिने भएकाले महोत्सवमा उपस्थित सम्पूर्ण दर्शकहरुको समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युनाईटेडको सामाजिक काममा साथ रहेको उनको भनाइ रहेको थियो ।

युनाईटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।

यसैविच महोत्सवमा आयोजित टीकटक प्रतियोगिताको उपाधि गोले लामाले हात पारेका छन । आशिष इन्सटीच्युटको प्रायोजनमा सम्पन्न टीकटक प्रतियोगिताको उपाधि संगै लामाले नगद २५ हजार प्राप्त गरेका छन । गोलेले प्राप्त गरेको उक्त रकम क्यान्सर रोगबाट प्रभावित कास्की भुर्जुङखोला निवासी दिलमाया नेपालीलाई प्रदान गरे । नेपाली विगत ५ वर्षदेखि क्यान्सर रोगबाट प्रभावित छन ।

यसैगरी महोत्सवको मुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बरावरको सामान खरिद गर्ने उपभोक्ता मध्ये प्रथम भाग्यशाली उपभोक्ता पोखरा काजीपोखरीका ग्याल बहादुर गुरुङले १ टनको बेटर एसी, प्राप्त गरेका छन । गुरुङले बेटरको स्टलबाट एक लिटरको राइसकुकर किनेका थिए ।

त्यसैगरी दोस्रो भाग्यशाली उपभोक्ता पोखरा १६ लामाचौरका आयुष गुरुङले १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर प्राप्त गरेका छन । गुरुङले प्लस थ्री डिजिटल किनेका थिए । त्यसैगरी तेश्रो भाग्यशाली उपभोक्ता पोखराका शिशिर आचार्य घोषित भए उनले बेटर ब्रेथ नाइन्टी ग्लासहुड चिम्नी प्राप्त गरे । चौथो भाग्यशाली उपभोक्ता पोखरा काजीपोखरीका शुसन गुरुङ भए । गुरुङले रेडियान्ट भ्याकुम क्लिनर प्राप्त गरे । पाँचौ भाग्यशाली उपभोक्ता पोखरा १३ का भरत पराजुलीले कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गरे ।

यसअघि पोखरा महोत्सव युनाईटेड क्लबले जिल्ला खेलकुद बिकास समिति कास्कीलाई नगद १ लाख प्रदान गरेको छ ।

युनाईटेड क्लबले आयोजना गरेको महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए । महोत्सव आयोजना गर्न गठित विभिन्न उपसमिति, सुरक्षा निकाय, स्वयंसेवकहरुले आफ्नो जिम्मेवारी बहन गरेकै कारण १४ औं पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको उनको भनाइ छ ।

महोत्सवमा विभिन्न ख्यातिप्राप्त राष्ट्रिय स्तरका कलाकारहरुले दैनिक प्रस्तुती र साँझमा समेत ख्याति प्राप्त कलाकारहरुद्धारा लाइभ कन्सर्टबाट दर्शकहरुले भरपुर मनोरन्जन लिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सनारले जानकारी दिए ।

१३ दिन सम्म सञ्चालित महोत्सवमा दुईलाख पचास हजार भन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेको महोत्सवमा ९ करोड बढी कारोबार भएको ब्यवशायीहरुबाट जानकारी आएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषिजन्य सामाग्री लगायतलाई विशेष ठाँउ दिइएकाले पनि दर्शकहरुले महोत्सवलाई मन पराएका थिए ।

 

पोखरा, ११ माघ ।

प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार ४ ओभरमै खेल सकिएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेकसाइड क्रिकेट क्लबले ४ ओभरमै खेल सकाउँदै १० विकेटको जित हासिल गरेको छ ।

एभरेष्ट क्रिकेट क्लबले दिएको २१ रनको अति सामान्य लक्ष्य पछ्याएको लेकसाइडले ४ ओभरमा २४ रन बनाउँदै जित हासिल गरेको हो । यो एक दिवसीय क्रिकेटमा विरलै हुने घटना हो । ५० ओभरको खेल ४ ओभरमै सकिएको जारी प्रतियोगिताकै सबैभन्दा छिटो सकिएको खेल बनेको छ ।

त्यसअघि टस जितेर व्याटिङ थालेको एभरेष्ट १२.३ ओभरमा मात्र २१ रनमा अलआउट हुन पुगेको थियो । अति सामान्य विजयी लक्ष्य दिएको एभरेष्ट निकै कम्जोर देखियो । समिर आलमले ४ र सचिन यादवले ३ रन बनाए । लेकसाइडका लागि निरज ढकालले ५ र चन्दन राउतले ४ विकेट लिए ।

आइतबार नै सम्पन्न अर्को खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई २४ रनले हराएको छ । १६२ रनको सामान्य विजयी लक्ष्य पाएको पोखरा ३२.५ ओभरमै स्तब्ध भयो । पोखराले १३७ रन बनाउँदा अलआउट हुन पुगेको हो । पोखराका लागि मुस्कान थापाले उत्कृष्ट व्याटिङ गरेपनि जितका लागि पर्याप्त रहेन । उनले ८६ बलको सामना गर्दै ७६ रनको योगदान दिएपनि खेर गयो । सुवाष भण्डारी १६ रनमा आउट भए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको माछापुच्छ्रे ३७.१ ओभरमा १६१ रनमा अलआउट हुन पुग्यो । अनिश जिसीले ४१ बलमा ४१ रन बनाए । दिपक माझिले २० बलमा २७ रन तथा कविन सापकोटाले ५३ बलको सामना गर्दै २५ रन जोडे ।
पोखराका लागि सुवाष भण्डारी र देव शाहले समान ३÷३ विकेट लिए । सागर भुजेलले २ विकेट लिए । माछापुच्छ्रेका लागि कविन सापकोटाले ४ विकेट लिए । अनिश जिसीले ३ तथा रितेश बरालले २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अनिश जिसी घोषित भए ।

माघ २ देखी सुरु प्रतियोगिता पोखरा र लेखनाथमा जारी छ । प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् ।

 

पोखरा, ११ माघ ।

फागुन २१ गते हुने आम निर्वाचनको लागि कास्की क्षेत्र नं. २ अन्तरगत पोखरा महानगरपालिका वडा नं. ९ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटिको संयोजकमा प्रेम गुरुङ र सहसंयोजकमा सरस्वती श्रेष्ठ चयन भएका छन् ।

आईतबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्की क्षेत्र नं. २ का उमेद्वार रश्मी आचार्यको प्रमुख आतिथ्यतामा र एमालेका नेताहरु निर्वाचन परिचालन कमिटि क्षेत्र नं. २ का सहसंयोजक बलराम आचार्य, पोखरा महानगरपालिका कमिटि अध्यक्ष जिवन आचार्य, कास्की जिल्ला समिटि सदस्य तथा पोखरा ९ का इन्चार्ज कमल श्रेष्ठ लगाएतको उपस्थितिमा प्रेम गुरुङको संयोजकत्वमा पोखरा ९ स्तरिय ३३५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।

नेकपा एमाले पोखरा ९ विस्तारित बैठक कमिटि अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन सचिव कृष्ण परियारले गरेका थिए ।

पोखरा, ११ माघ ।

गण्डकी प्रदेश सरकारले स्थानीय तहमा खटाएका न्यायिक सहजकर्ताहरुको क्षमता अभिबृद्वी गर्ने उद्देश्यले न्यायमा समान पहुच प्रवद्वनका लागि गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका चार वटा जिल्लाका २८ वटा पालीकामा कार्यरत न्यायिक सहजकर्तहरुका लागी क्षमता अभिबृद्वी तथा आत्ममूल्यांकन तालीम पोखरामा सुरुवात भएको छ ्र

प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको अध्यक्षता एव गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता चिरन्जीवी शर्मा पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र जिल्ला सहकारी संघको हलमा उद्घाटन सम्पन्न भएको हो ्र

उद्घाटन सत्रमा बोल्दै मुख्य न्याधिवक्ता चिरन्जीवी शर्मा पौडेल न्याय लहड र भावनाका आधारमा नभई कानुनको आधारमा हुनुपर्ने बताउनु भएको थियो ्र स्थानीय तहका न्यायिक समिति निष्पक्ष र कामकाजी बन्दा समग्र न्याय प्रणाली प्रतीको गरीमा बढ्ने बताउनु भएको थियो ्र

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक एव कार्यक्रम संयोजक लक्ष्मण तिमिल्सिनाले कार्यक्रमको रुपरेखा बारे बताउदै सहभागीहरुलाई स्वागत गरेका थिए भने प्रतिष्ठानका प्राध्यापन तथा प्रशिक्षण अधिकृत इ। मनोज पौडेलले संचालन गरेका थिए ्र

दुइ दिन सम्म संचालन हुने तालीममा न्यायिक सहजकर्ताको काम कर्तव्य र अधिकार तथा उजुरी लिने कार्यविधि,विवाद निरुपण गर्ने कार्यविधि र न्भ्म्क्क्ष् मैत्री न्याय निरूपण, न्यायिक अधिकारको प्रयोग र न्यायिक समिति, न्यायिक समितिको अधिकार क्षेत्र, न्यायिक समिति र मेलमिलाप,न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोगको प्रक्रिया, न्यायिक समिति र अन्य निकायसँगको अन्तरसम्बन्ध , न्यायिक समिति र निर्णय लेखन बारेमा गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा पौडेल ,सहप्राध्यापक डा।भीमदत्त बराल , पोखरा महानगरपालीकाको उपप्रमुख मन्जु देवी गुरुङ ,उपप्राध्यापक कृष्ण प्रसाद तिमिल्सिना लगाएतले सहजीकरण गर्नेछन ्र

 

पोखरा, ११ माघ ।

वडा स्तरीय कृषि सञ्जाल पोखरा ६ बैदामको समन्वयमा मल, बिउ वितरण तथा प्रशिक्षण कार्यक्रममा २ सय ६० कृषक लाई बिउ र २ हजार किलो गड्यौला मल वितरण गरिएको छ । किसानलाई जैविक मल उत्पादनमा संलग्न गराई रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्ने लक्ष्य सहित कार्यक्रम सञ्चालन गरिएको कृषि सञ्जाल बैदामकी अध्यक्ष बिन्दा धरेलले जानकारी दिइन । उक्त कार्यक्रममा पोखरा महानगर पालिकाको प्राविधिक तथा वडा समितिको कार्यलय वडा नम्बर ६ बैदामको आर्थिक सहयोग तथा वडा स्तरीय कृषि सञ्जाल बैदामको समन्वयमा कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगर पालिका वडा नं–६ बैदामका अध्यक्ष विष्णु बहादुर भट्टराईले रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति कमजोर बनाउँदै लगे पनि गड्यौला मलले जमिनलाई पुनः उर्वर बनाउने भएकाले यसले स्वस्थ वातावरण निर्माणमा टेवा पुग्ने बताए । वडावासीको स्वास्थ्य र वातावरणलाई ध्यानमा राख्दै कुहिने फोहोरलाई अर्गानिक कम्पोस्ट मलमा रूपान्तरण गर्ने उद्देश्य वडाले लिएको अध्यक्ष भट्टराईले सुनाए ।

पोखरा महानगर पालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले कार्यक्रममा उपस्थित कृषकहरूलाई प्रशिक्षण दिदैँ जैविक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै गड्यौले मल उत्पादनमा कृषकलाई संलग्न गराउन आग्रह गरे । उनले जैविक कृषि मल र गड्यौला मल लागि आवश्यक सामग्री, तालिम निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था महानगर पालिकाले गर्दै आएको बताए । पोखरा महानगर पालिका वडा नं – ६ वडा सदस्य पवित्रा थापाले वितरण गरिएको मल र बीउलाई उत्पादनमा प्रयोग गरि अर्गानिक उत्पादन गर्ने कृषकलाई आग्रह गरिन । पोखरा महानगर पालिका वडा नं – ६का सदस्य बासु बरालले कृषिमा आत्म निर्भर गराउँदै कृषि उपज निर्यात गर्न सके कृषकहरूको समृद्धिको बाटो खुलाउन तर्फ सरकार लाग्नु पर्नेमा जोड दिए ।

पोखरा महानगर पालिका वडा न ६ कृषि सञ्जाल अध्यक्ष तथा सल्लाहकार बबिता मल्ल किसानलाई प्रोत्साहन गर्न र युवा वर्गलाई कृषि पेशातर्फ आकर्षण गर्न किसानहरूलाई कृषि अनुदान बढाउन तर्फ राज्य लाग्नु पर्ने बताइन । पोखरा महानगर पालिका वडा नं ९ वडा स्तरीय कृषि सञ्जालका संयोजक विमला राना भाटले किसानलाई सहज रूपमा मल बिउ उपलब्ध गराउन, सुफत मूल्यमा बिउ बिजन वितरण गर्नु स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड दिइन ।

अध्यक्ष बिन्दा धरेलले माटोको उर्वरा पनि बढाउने र कम पानीले पनि सिचाइ गरि उत्पादन बढ्ने हुनाले हामी सबै गड्यौला र कम्पोष्ट मल प्रयोग गरि उत्पादन बढाउन तर्फ लाग्न आग्रह गरिन । सञ्जालकी अध्यक्ष बिन्दा धरेलको सभाअध्यक्षमा भएको कार्यक्रमा स्वागत उपाअध्यक्ष रामेश्वर न्यौपाने गरेका थिए । सचिब चन्द्रकला घिमिरे पहारी र मणिमार्ग टोल विकास सस्था बैदामका अध्यक्ष महेश्वर पहारी लगाएतका आफ्ना भनाइ राखेका थिए ।

पोखरा, ११ माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई पहिलो हार चखायो । यसअघि भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले सशस्त्र प्रहरी बल ९एपीएफ० लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको थियो ।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित ग¥यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित निकालेको हो । आजै भएको खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्स विजयी भए ।

न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० माथि ३–० को सोझो सेटमा पराजित गर्दा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबमाथि पाँचौं सेटमा पुनरागमन जित निकालेको थियो । च्याम्पियनसिपअन्तर्गत चौथो दिन भोलि ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ बिहान १० बजे एपीएफ र आर्मीबिच हुनेछ । त्यसपछि पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएन भिड्ने छन् ।

भोलिको अन्तिम खेल गण्डकी प्रदेश र आर्मीबिच हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

पोखरा, ११ माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले सशस्त्र प्रहरी बल ९एपीएफ० लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो ।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित ग¥यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित निकालेको हो । यसअघि पर्वतले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गरेका थियो ।

एपीएफले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको थियो । अब आजको अन्तिम खेल पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० माथि ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै आजको दोस्रो खेलमा महिलातर्फ थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पुनरागमन जित निकालेको थियो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

पोखरा, ११ माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो ।

पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ र पाँचौं सेट १६–१४ ले जित निकाल्यो ।

पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्याण्डले दोस्रो खेलमा पाँचौं सेटमा पुगेर जित निकालेको हो । आज पराजित भएको पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गरेको थियो । अब पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ ।  

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

पोखरा, ११ माघ ।

गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा आइतबार सम्पन्न मतदानमा नेपाली काँग्रेसका जगत तिमिल्सिना र नेपाल कम्युनिष्ट पार्टी एमालेकी सम्झना देवकोटा विजयी भए ।

मतदानमा प्रदेश सभाका ५७ र स्थानीय तहका १६६ गरी जम्मा २ सय २३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । तिमिल्सिनाले पुरुषतर्फ ५ हजार ३३ मत प्राप्त गर्दै विजयी भए भने देवकोटाले महिलातर्फ ५ हजार १४ मत ल्याएर जित हात पारिन ।

निर्वाचन कार्यालयका अनुसार स्थानीय तहतर्फ १ सय २ पुरुष र ६४ महिला गरी १६६ जनाले मतदान गरे । त्यस्तै प्रदेश सभातर्फ ३७ पुरुष र २० महिला गरी ५७ जनाले मतदान गरे ।

यस निर्वाचनमा प्रदेश सभाका ५९ र स्थानीय तहका १ सय ६९ गरी जम्मा २ सय २८ जना मतदाता रहेका थिए तर राप्रपाका दुई प्रदेश सभा सदस्य र स्थानीय तहका तीन जना मतदाता भने मतदानमा सहभागी भएनन् ।

पुरुषतर्फ नेपाली कम्युनिष्ट पार्टी नेकपामा उम्मेदवार कपिल लामाले ९ सय ४१ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकर प्रसाद बरालले ७६ मत मात्र गरे । महिलातर्फ नेपाल कम्युनिष्ट पार्टीकी गोमा लुइटेल घिमिरेले ९ सय ४१ र राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बास्कोटीले ५६ मत प्राप्त गरिन ।

मतगणनाका क्रममा प्रदेश सभाबाट खसेका ५७ मध्ये दुई मत बदर भएको र स्थानीय तहबाट खसेकाे १६६ मध्ये एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको थियो ।

मधेसबाट कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार विजयी
काठमाडौं, ११ माघ।

मधेसमा राष्ट्रियसभाको ४ वटा पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु विजयी भएको छन् ।गठबन्धनका उम्मेदवारहरु अन्य तर्फ महन्थ ठाकुर, अल्प संख्यक तर्फ रंजित कर्ण, दलित तर्फ धर्मेन्द्र पासवान र महिला तर्फ रेखा झा विजयी भएका छन् ।

अन्य तर्फ जसपा नेपालबाट उम्मेदवारी दिएका ठाकुरले ७ हजार ७२५ मतभार पाएर विजयी भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८ सय ५ मतभार मात्रै पाउन सके । अन्य तर्फको मतदानमा ३१५ मतभार बदर भएको थियो । त्यस्तै अल्प संख्यक तर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रंजित कर्णले ८ हजार ९३ मतभार ल्याएर विजयी भएका हुन् ।

नेकपाका उम्मेदवार रामानन्दन प्रसादले १ हजार ३६१ मतभा ल्याउन सके । उम्मेदवारी निश्किृय पार्ने सहमति भएको जसपा नेपालका उम्मेदवार शैलेशकुमार चौधरीले समेत २ सय ७७ मतभार ल्याए । अल्पसंख्यक तर्फ १ सय १४ मतभार बदर भएको थियो ।

त्यस्तै दलित तर्फ नेपाली कांग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान ७ हजार ९ सय ४ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार शम्भु पासवानले १ हजार ३ सय ७६ मतभार ल्याउन सके भने जसपा नेपालका उम्मेदवार चमेलीदेवी दासले २ सय ९ मतभार ल्याइन् । दलित तर्फ १ सय ८६ मतभार बदर भएको थियो ।

महिला तर्फ एमालेका उम्मेदवार रेखा झा ७ हजार २सय २२ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार १ हजार ९ सय ४४ मतभार मात्रै ल्याउन सके । जसपा नेपालका उम्मेदवार चन्द्रकला देवी साहले समेत ३सय २२ मतभार पाएकी थिइन् । महिला तर्फ ३ सय ५७ मतभार बदर भएको थियो ।

लुम्बिनीबाट तीनै सिटमा गठबन्धन विजयी
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा रहेका तीनै सिट कांग्रेस–एमाले–जसपा गठबन्धनले जितेको छ। आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगता समूहबाट कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ झाक्रीले ६ हजार ३३० मतभार प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ मतभार ल्याइन् भने राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत प्राप्त गरिन्।

अपांगता समूहमा कांग्रेस उम्मेदवार बासुदेव घिमिरे ‘जंगली’ ५ हजार ३२२ मतभारसहित विजयी भए। यस समूहमा नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याए।

यस्तै, अन्य क्लस्टरमा कांग्रेसका चन्द्रबहादुर केसीले ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचन जिते। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए भने राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गरे।

नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल निर्वाचित

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन्। आइतबार भएको नेकपाको राष्ट्रियसभा संसदीय दलको बैठकले भुसालाई संसदीय दलको नेतामा नियुक्त गरेको हो।

नेकपाको प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासे नियुक्त भएका छन्।

यसअघिका नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता नारायण काजी श्रेष्ठले पदबाट राजीनामा दिएर सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको हो।

बागमतीबाट राष्ट्रिय सभा सदस्यमा एमाले र कांग्रेसका उम्मेदवार विजयी

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा विजयी भएका छन्। आइतबार हेटौंडा–४ स्थित भुटनदेवी माविमा सम्पन्न निर्वाचनमा दुवै उम्मेदवार गठबन्धनका तर्फबाट निर्वाचित भएका हुन्।

दंगालले कुल ६ हजार २०५ मतभार प्राप्त गर्दा देवकोटाले ६ हजार २३९ मतभार पाइन्। निर्वाचनमा नेकपा र नेमकिपाका उम्मेदवारहरू पराजित भए।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी ३१८ जनाले मतदानमा सहभागिता जनाएका थिए। बागमती प्रदेशबाट रिक्त हुन लागेको दुई राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन भएको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।