२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पोखरा, ११ माघ।

एलायन्स क्लव इन्टरनेशल डिस्ट्रिक्ट १०५५ को उद्घाटन तथा पदस्थापन सम्पन्न भएको छ । एलायन्स क्लव इन्टरनेसनलका इन्टरनेसनल प्रेसिडेन्ट एली राजकुमार सक्सेनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

यही माघ ९ गते शुक्रबार भएको उद्घाटन तथा पदस्थापन कार्यक्रमले कास्की जिल्ला पोखरा वडा नम्बर १६ लामाचौर निबासी थिर बहादुर थापालाई गभर्नरमा निर्वाचित गरेको हो । कार्यक्रम समारोहमा प्रथम भाइस गभर्नरमा तनहुँ दुलेगौंडका डा। लक्ष्मण तिम्सिना, सेकेन्ड भाइस गभर्नरमा भक्तपुरकी प्रमिला ढुङ्गाना, क्याविनेट सेक्रेटरीमा ताराप्रसाद पोखरेल, क्याविनेट कोषाध्यक्षमा घनश्याम ढुङ्गाना र जन सम्पर्क अधिकृतमा भक्तपुरका रामेश्वर पौडेल निर्वाचित भएका थिए ।

कार्यक्रमका अवसरमा एलायन्स नेपालका पूर्व मल्टिपल चेयरपर्सन एली नन्दराज पोखरेल, लायन्स क्लव इन्टरनेसनल ३२५ एल नेपालका प्रथम भाइस गभर्नर तेजनारायण पराजुली, शुभकामना मन्तब्य तथा एलाएन्स क्लब १०५५ का प्रथम भाइस गभर्नर डा। लक्ष्मण तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा मुस्ताङ, बागलुङ, काठमाडौँ, ललितपुर, भक्तपुर, तनहुँ, चितवन र कास्कीमा रहेका ४३ भन्दा बढी क्लवका ५०० भन्दा बढी पदाधिकारीको पदस्थापना गरिएको थियो । कार्यक्रममा बोल्दै एलायन्सका इन्टरनेसनल प्रेसिडेन्ट एली राजकुमार सक्सेनाले एलायन्स क्लव सामाजिक र मानवसेवामा समर्पित संस्था भएकाले यसको सदस्य हुनुमा गौरव रहेको बताए ।

सोही कार्यक्रममा विशेष अतिथि एलायन्स इन्टरनेसनलका फाउन्डर प्रेसिडेन्ट एली थिरुपति बुद्धराजुले एलायन्सका सदस्यले अनुशासनको पालना गर्नुपर्ने बताए । सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा काम गर्ने एलायन्सको मुख्य लक्ष्य रहेको पनि बताए ।

नवनिर्वाचित डिस्ट्रिक्ट गर्भनर थिरबहादुर थापाले आफ्नो समाजमा अवसर नपाएका नागरिकहरुलाई सामाजिक सेवाका हातहरु फैलाउँदै सेवा गर्दै जाँदा आफुलाई आत्म सन्तुष्टी सहित नेतृत्व विकास, आपसी भाईचारको सम्बन्ध प्रगाढ हुने बताए । भारत लगाएतका २२ देशका बजारमा व्यवसायिक साझेदारीका अवसरहरुको सम्पर्क रहने, अध्ययन गर्न वा औषधी उपचारका लागी भारत जाँदा एलाएन्सको संञ्जालले सहजीकरण गर्ने, न्युन शुल्कमा अन्तर्राष्ट्रिय सदस्यता प्राप्त हुनेबारेमा जानकारी गराए ।

एलायन्स इन्टरनेसनल डिस्ट्रिक्ट १०५ का गभर्नर एली उषारानी अतलुरीको अध्यक्षतामा भएको कार्यक्रममा इन्टरनेसनल भाइस प्रेसिडेन्ट एली के राजेश्वर रावले एलायन्स क्लवका पदाधिकारीलाई सपथ तथा पदस्थापन गराएका थिए ।

कार्यक्रममा क्रिस्टल स्कुल लेकसाइड र पोखरा मन्टेश्वरी स्कुल लामाचौरका विद्यार्थीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । हाल एलायन्स क्लव इन्टरनेसनलको केन्द्रीय कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । यो संस्था नेपाल लगाएत २२ राष्ट्रमा संजाल फैलिएको छ । सदस्य बिचमा सामान्य खर्चमा मात्र समाजसेवा गर्ने लक्ष्यले एलायन्स क्लवको स्थापना सन २००८ मा भारतको केरलामा भएको थियो । भने नव निर्वाचित सचिव एली ताराप्रसाद पोखरेल र एली शंकरबहादुर क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेको थिए ।

पोखरा, ११ माघ ।

रक्तदाता केवल बजार क्षेत्रमा मात्र सिमित नभई ग्रामीण क्षेत्रमा पनि छन् भन्ने माझठानाको सौर्यमा आयोजित रक्तदान कार्यक्रमले उदाहरण दिएको छ । माझठाना पोखरा सम्पर्क समाज र नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा २८ द्धारा संयुक्तरुपमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेर उदाहरणीय भूमिका निर्वाह गरेका हुन् ।

ग्रिन डेभलोमेन्ट वैकको सामाजिक उत्तरदायित्व अन्तर्गतको आर्थिक सहयोगमा पोखरा २८ सौर्यस्थित उपशाखाका कार्यालय भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पाँच जना नयाँ रक्तदाता थपिनुका साथै नौ जना महिलाको सहभागिता रहेको थियो ।

माझठाना पोखरा सम्पर्क समाजका अध्यक्ष सारदा लामिछानेले पहिलो रक्तदाता ग्रिन डेभलोपमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीलाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै समाजको स्थापना दिनवको अवसरमा प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति रमा कोइरालले विभिन्न संघसंस्थाद्धारा आयोजना हुने नियमित रक्तदानले आकस्मिक उपचारमा रहेका विरामीको ज्यान जोगउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा समाजकोतर्पmबाट डा.नरेन्द्र लामिछाने र ग्रिन डेभलोपमेण्ट बैकको जिम्मेवारी समाल्दै आउनु भएका हरिवहादुर वुढाथोकीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष सारदा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार दुर्गादत्त भुर्तेल, रत्नशोभा माध्यमिक विद्यालय भुतपूर्व विद्यार्थी एसोसिएसनका अध्यक्ष शुक्रराज शर्मा लगायतले रक्तदानको महत्व र आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुनप्रसाद ज्ञवाली सहितको प्राविधिक टोलीले रक्तदान कार्यक्रममा सहयोग गरेको थियो । नेपाल रेडक्रस सोसाईटी माझठाना उपशाखाका सभापति राजेन्द्र तिवारीले स्वागत र कार्यक्रम संयोजक विनोद तिवारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम समाजका सचिव विष्णुहरि तिवारीले सञ्चालन गर्नुभएको थियो ।

 

काठमाण्डौँ, ११ माघ ।

अफगानिस्तानमा भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।

आँधीबेहरीका कारण ४५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको बताइएको छ । प्रारम्भिक तथ्याङ्कले मृतकको सङ्ख्या ६१ र घाइतेको सङ्ख्या ११० भन्दा बढी रहेको देखाएको छ ।

विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रहरूले चिसो र भारी हिमपातको सामना गर्नुपरेको छ । जसका कारण राष्ट्रिय राजधानी काबुल र कैयौँ प्रान्तहरू बीचको महत्वपूर्ण सञ्जालसहित धेरै प्रमुख राजमार्ग र सडकहरू बन्द भएका छन् ।

काठमाण्डौँ, ११ माघ ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आइतबार मतदान जारी छ। सोही मतदान आइतबार बिहान ९ बजेदेखि शुरू भएको हो । मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान आइतबार दिउँसो ३ बजेसम्म हुने भएको हो। कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आइतबार निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको हो ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख-उपप्रमुख-गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था रहेको आयोगले जनाएको छ ।

पोखरा, ११ माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा न्यू डायमण्ड स्पोट्र्स क्लबले सहज जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० माथि ३–० को सोझो सेटको जित दर्ता गरेको हो ।

न्यू डायमण्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । खेलको प्लेयर अफ द म्याच न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन् । न्यू डायमण्डको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । एपीएफले भने पहिलो हार बेहोरेको छ । यसअघि एपीएफले थाइल्याण्ड क्विन्सलाई पाँचौं सेटमा पराजित गरेको थियो ।

अब आजको दोस्रो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र थाइल्याण्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।