२०८३ बैशाख १२ शनिबार
२०८३ बैशाख १२ शनिबार

पोखरा, १५ माघ ।

होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै पौडेललाई सम्मान गरेको हो । पौडेललाई पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी, कार्यक्रमका संयोजक तुलसी लामिछाने लगाएतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे ।

लामो समय देखी पोखराको पर्यटन व्यवसायमा पौडेल संलग्न छन् । पहिलो रेष्टुरेष्ट व्यवसायबाट शुरु गरेका पौडेलले अहिले रेष्टुरेष्ट र होटल सञ्चालनमा छ । उनले चिल्ली बार एण्ड रेष्टुरेष्टबाट व्यवसायीक यात्रा थालेका थिए । उनका हाल ३६० स्काइ लाउन्च, हिमालयन ग्लोरी इन्, हिमालयन गेष्ट हाउस, टेम्पल बेल बुटिक होटल एण्ड स्पा लगाएतका व्यवसाय छन् । उनलाई भाई भिष्म पौडेलले साथ दिर्दै आएका छन् । हाल रेवान पोखराका अध्यक्ष रहेका विश्वराज पौडेल विभिन्न सामाजिक संस्था र निजी क्षेत्रका विभिन्न संस्थामा काम गरेको अनुभव छ । उनले हाल १ सय ३५ जनालाई रोजगारी दिएका छन् । यस अगाडी क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेल, पोखरा रिर्सोटका सञ्चालक हरी गैरे, टेम्पल ट्रि का सञ्चाल बसन्त गौतमलाई सम्मान गरी सकेको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनका लागि नेपालको नै सिकाइ स्थल रहेको बताए । उनले पर्यटन विकास र प्रवद्र्धन गर्न पोखराले ल्याउने कार्यक्रम अन्यत्र भन्दा नयाँ हुने गरेको बताए । उनले त्यस्तै मध्येको होटल एक्जुकेटिभ क्लब पनि भएको बताए । उनले पर्यटनको विकासका लागि पर्यटन बोर्ड लागि परेको बताए । उनले पोखरा विमानस्थललाई सञ्चालनका लागि पनि बोर्डले प्रयास गरेको बताउदै त्यसका लागि निजी क्षेत्र सँग सहकार्य गरेर अगाडी बढेको बताए ।

कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले पर्यटन व्यवसायमा लागनी बढ्दै गरेको बताए । उनले नेपाली परम्परालाई विदेशी पर्यटक सम्म पु¥याउनका लागि स्वागत सत्कारको परम्परालाई छाड्न नहुने बताए । कार्यक्रममा सम्मानीत भएका विश्वराज पौडेलले पोखरामा होटल, रेष्टुरेण्ट थपिए पनि त्यसलाई आवश्यक जनशक्तिको अभाव रहेको बताए । कार्यक्रममा बसन्त गौतम, क्लबका अध्यक्ष राजकुमार केसी, संयोजक तुलसी लामिछाने, संचालक माधब बराल लगातले सेवामा गुणस्तरीता दिने उद्देश्यका साथ क्लब अगाडी बढ्नु पर्ने बताए ।

पोखरा, १५ माघ ।

थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पादन गरेको काम कारबाहीसमेत समेटेर तयार गरिएको सातौं वार्षिक प्रतिवेदन सदस्य मोदीले प्रदेश प्रमुख समक्ष भट्टलाई हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा प्रदेश प्रमुख भट्टले विभिन्न समुदायको हित तथा प्रर्वद्धनका सन्दर्भमा आयोग गठन गरी काम गर्नु राज्यको पहलकदमी सकारात्मक रहेको बताउनुभयो । आगामी दिनमा आयोगमार्फत् थारु समुदायको उत्थानका लागि काम गर्न आफ्नो पहलकदमी हुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
 
भट्टले संविधानले दिएको अधिकार उपयोग गर्न आग्रह गर्दै आयोगले काममा सक्रियता बढाउन आग्रह पनि गर्नुभयो । थारु जनप्रतिनिधि तथा सांसदले आफ्नो हक अधिकारका सवालमा आवाज उठाउनुपर्ने उहाँको सुझाव थियो ।
 
आयोगकी सदस्य मोदीले प्रतिवेदनमा थारु समुदायका समस्या, उत्थानको क्षेत्रमा देखिएका चुनौती, सम्पादन गरेका काम कारबाहीलगायत विषय समावेश गरिएको उल्लेख गर्नुभयो ।
 
साथै, उहाँले मुलुकमा विभिन्न पहिचान बोकेका समुदाय रहेको र ती समुदायको प्रवर्द्धनका लागि राज्य अझै जिम्मेवार हुनुपर्ने बताउँदै पर्याप्त बजेट छुट्याउनुपर्ने माग गर्नुभयो ।

 

पोखरा, १५ माघ ।

नेपाली कांग्रेस कास्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयारी अघि बढाएको छ । तयारी स्वरूप नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको संयोजकत्वमा पाँच हजार एक सदस्य रहेको निर्वाचन परिचालन मूल समिति गठन गरेको सहसचिव नवीन सिग्देलले जानकारी दिए ।

कास्की काँग्रेसको बैठकले बाबुराम गिरीको संयोजकत्वमा ७ सदस्य रहेको निर्वाचन व्यवस्थापन सचिवालय गठन गरेको छ। जसको सदस्यहरूमा युवक लामिछाने, रामजीप्रसाद कोइराला, सीता शर्मा, विष्णु अधिकारी, भरतप्रसाद तिवारी र गणेश थापा रहेका छन् । साथै इन्जिनियर सागर मोहन भट्टराईको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ। जसको सदस्यहरूमा चौबहादुर गुरुङ, बुद्धिमान गुरुङ, सुरेन्द्र अधिकारी र श्याम गुरुङ रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर १ कास्कीले चुनावी अभियान अन्तर्गत बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १३ मा सम्पर्क कार्यालय स्थापना गरेको छ। सम्पर्क कार्यालयको कास्कीको तत्कालीन थुमाकोडाँडा गाविसका पूर्व अध्यक्ष कर्णबहादुर गुरुङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक बहादुर रानाभाटले मतदाताबाट प्रेम र सद्भाव पाइरहँदा खुसी मिलेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले जनताको बीचमा रहेका समस्या समाधान र विकास योजना आफ्नो प्राथमिकता भएको बताए । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले समाजमा रहेका बेथितिहरूको अन्त्य काँग्रेसले मात्रै गर्न सक्ने बताए ।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति १३ का सभापति माधव प्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष किरण बराल, विद्यार्थी नेता दीपक पौडेल र कार्यसमितिका सचिव बुद्धिराज बरालले बोलेका थिए ।

पोखरा, १५ माघ ।

त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो ।

पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सम्पियो । चौथो सेटमा आर्मीले पुनः २५–१७ को जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १८–१६ ले जित निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पारेको हो । आर्मी र एपीएफले समान ७ अंक जोडेका छन् । सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्न पाउनेछ ।

यसअघि भएको पुरुषतर्फ खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ । यस्तै आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो ।

च्याम्पियनसिपअन्तर्गत भोलि शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फको खेल हुनेछ । पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल दिउँसो एक बजेबाट सुरु हुने तालिका छ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

पोखरा, १५ माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

अब पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफ खेल्नेछन् । दुवै टोली फाइनल दौडबाट बाहिरिसकेका छन् । यसअघि आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।

पोखरा, १५ माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पा¥यो । थाइल्याण्डले चौथो सेट २३–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–११ ले आफ्नो आफ्नो पक्षमा पार्दै थाइल्याण्ड तेस्रो बन्यो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।

अब पुरुषतर्फका दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल नेपाल पुलिस क्लब र माल्दिभ्स भलिबल एसोसियसन खेल्दैछन् । त्यसपछि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल ९एपीएफ० बिच हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।