२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

पोखरा, १७ माघ ।

पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा क्लबले आज ९शुक्रबार० पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो ।

क्लबका अध्यक्ष सन्तोष गुरुङले माघ २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ५० बढी टिमको सहभागिता हुने अपेक्षा गरिएको बताए । ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘अहिले हामी प्रतियोगिताको तयारीलाई तिब्र पारेका छौ ।’

उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८÷८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए । उनले प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रतिटिम १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको सापकोटाले बताए ।

बिटी क्लब खेलकुद प्रतियोगितासँगै फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ । बिटी क्लब सामाजिक क्षेत्रमासमेत क्रियाशिल रहदैं आएको छ ।

काठमाडौं, १७ माघ ।

निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ ।

आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उमेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको थियो । त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ ।

आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या एवं भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ ।

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाइ पूूर्णरूपमा क्रियाशील रहेको आयोगले जनाएको छ ।

सो इकाइले पत्ता लगाएका कूल ३०२ हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय ९इलेक्ट्रिोनिक० कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्वद्ध निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमका आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेशरजिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुमगन अधिकृतसमक्ष लिखित, मौखिक एवं विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले प्रष्ट पारेको छ ।

पोखरा, १७ माघ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार बिहानदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपियाँले बढाएको हो । भने, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट जनवरी ३१ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १२ पैसा, डिजेलमा ४ रुपियाँ ६६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ४५ रुपियाँ ४९ पैसाले मूल्य बढेर आएको छ ।

यस्तै, हवाई इन्धनको मूल्य भने प्रतिलिटर १०८ रुपियाँले घटेर आएको निगमले जनाएको छ । नयाँ खरिद मूल्यअनुसार नै आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

पोखरा, १७ माघ ।

पोखरामा आजदेखी दक्षिण एशियाली खेलकुद महासंघ(साफ) यु–१९ महिला च्याम्पियनसिप सुरु भएकाे छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा च्याम्पियनसिप पहिलाे पटक पाेखरामा सुरु भएकाे हाे ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ । घरेलु मैदानमा भएकाे खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको हो ।

भारतकी पर्ल फर्नान्डेजले खेलको ४९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । भारत खेलमा केही राम्रा अवसरलाई गोलमा परिणत गर्न चुक्यो । नेपालको खेल भने रक्षात्मक देखिएको थियो ।

नेपालले अब दोस्रो खेल सोमबार भुटानसँग खेल्नेछ । सोमबार नै बंगलादेश र भारतबिच खेल हुने छ ।

नेपाली टोलीका प्रशिक्षक सुमन श्रेष्ठले प्रशिक्षणको समयमा खेलिएको बल र शनिबार प्रतिष्पर्धामा प्रयोग भएको बल फरक पर्दा खेलमा असर परेको बताउँदै स्कोर गर्न नसके पनि बलियो टोलीसँग खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए । भारतका प्रशिक्षक पामेला कोन्टीले खेल मैदान राम्रो नहुँदा खेलाडीले सोचे जस्तो खेल्न नसकेको बताइन ।

यसअघि आजै भएको पहिलो खेलमा बङ्गलादेशले भुटानमाथि १२–० को फराकिलो जित निकालेको थियो । पहिलो हाफमा ४ गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप ८ गोल गर्‍यो।

बङ्गलादेशका लागि मोस्ट मुन्की अख्तरले ह्याट्रिकसहित ४ गोल गर्दा अल्पी अख्तर र श्री मोति तृष्णा रानीले पनि ह्याट्रिक पूरा गरे । अर्पिता विश्वास अर्पिता र मामोनि चक्माले एकएक गोल गरेका थिए । खेलमा बङ्गलादेशका खेलाडीसँग भुटान निरीह देखियो।

बङ्गलादेशकी प्रशिक्षक पिटरजेम्स बटलरले पोखराको मैदान फुटबलको लागि उपयुक्त नभएको प्रतिक्रिया दिए । उनले फुटबलको लागि पीच राम्रो नभएको बताए । भुटानकी प्रशिक्षक टंका माया घल्लीले राम्रो तयारी गरेर आएपनि राोचे अनुरुप खेल प्रदर्शन गर्न नसकिएको बताइन ।

सिंगल राउन्डरोविनका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा खेल्नेछन् । माघ २४ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपाल, इण्डिया, बङ्गलादेश र भुटानको सहभागिता रहेको छ ।

प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु दुई सय र भिआइपीतर्फ रु पाँच सयको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव रु दुई करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ ।

पोखरा, १७ माघ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो ।

नेकपा नेता श्रीनाथ बरालले कार्यालय उद्घाटन गरे । नेता बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको दाबी गर्दै उनले थपे, ‘नयाँले सम्हाल्ने स्थिति छैन, पुराना निकम्पा बने । नेकपाको नेतृत्वका लागि जित जरुरी छ ।’

कार्यक्रममा उम्मेदवार गुरुङले देशको निकास र विकासका लागि नेकपाले जित्न आवश्यक रहेको बताए । कास्की क्षेत्र नम्बर १ को विकासमा विगतदेखि वर्तमानसम्म नेकपाका नेताहरुको भूमिका रहेको भन्दै उनले थपे, ‘हिजो देव गुरुङदेखि कृष्णबहादुर गुरुङसम्म, दीपक कोइरालादेखि गायत्री गुरुङसम्मले यस क्षेत्रको विकासमा योगदान दिनुभयो, मैले वर्षमान पुन अर्थमन्त्री भएका बेला राजनीतिक सल्लाहकारका रुपमा बस्दा यहाँ ३५ करोड भन्दा बढीका योजना राखेको थिएँ ।’

उनले विकासको विरासत धान्न पनि कास्की क्षेत्र नम्बर १ नेकपाले जित्नुपर्नेमा जोड दिए । नेकपा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले देश बनाउने एकमात्र पार्टी नेकपा भएको विचार राखिन् ।

नेकपा केन्द्रीय सदस्य दीपक कोइरालाले विकास र समृद्धिको बाहक नेकपा भएकाले तारा चिह्नमा मतदान गरेर गर्न आग्र हगरे । कास्की १ का नेकपाका चुनावी कमान्डर सोमती गुरुङले नेकपाको नीतिमा देश अगाडि बढिरहेकाले नेतृत्व पनि नेकपाले गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पूर्ण लामा र कल्पना पाण्डेले पनि बोलेका थिए ।

पोखरा ३३ मा कार्यालय स्थापना
नेकपा कास्कीले क्षेत्र नम्बर २ मा पर्ने पोखरा ३३ बागमारामा शनिबार सम्पर्क कार्यालय स्थापना गरेको छ । फागुन २१ को निर्वाचन केन्द्रीत गतिविधिलाई सहज बनाउन कार्यालय खोलिएको हो ।

चुनावी तयारी स्वरुप नेकपाले पोखरा २० मा बैठक आयोजना गरेको छ भने उम्मेदवार थापाले भूमीहीनहरुसँग भेटघाट गरेका छन् । कार्यक्रममा नेकपा नेता श्रीनाथ बरालले नेकपा लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको मूलधार भएको बताए । उनले भने, ‘यहाँ सशस्त्र युद्धबाट आएको पार्टी र शान्तिपूर्ण राजनीतिबाट आएका सबै छौँ, हामी अबको नेपालको नेतृत्व गर्ने ल्याकत राख्छौं ।’

कार्यक्रममा कास्की २ का नेकपा उम्मेदवार किरण थापाले संकटमोचनका लागि भएको निर्वाचनबाट जनताले उचित नेतृत्व छान्ने विश्वास व्यक्त गरे । ‘पुरानाहरुको दुई तिहाइको दम्भले ठूलो विनाश भयो, नयाँ हुँ भनी दाबी गर्नेहरु ठगी आरोपमा मुछिएका छन्, सुकुम्बासी बस्तीमा डोजर चलाइरहेका छन्,’ उनले भने, ‘यो नयाँ हावाले पनि देशलाई निकास दिँदैन । नेकपासँग मात्र छ अहिलेको समस्याको समाधान ।’

कार्यक्रममा नेकपा नेताहरु नेत्रनाथ अधिकारी, खड्ग हमाल, समानुपातिक उम्मेदवार ज्ञानु आचार्यले पनि बोलेका थिए ।

कास्की ३ मा अगुवा कार्यकर्ता भेला
नेकपा कास्की ३ का उम्मेदवार गोपाल गिरी शनिबार बिहान मत माग्न अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ र ५ पुगे । शनिबारै नेकपाले कास्की क्षेत्र नम्बर ३ मा पर्ने पोखरा महानगरका ११ वडाका अगुवा कार्यकर्ता भेला र उम्मेदवार परिचय कार्यक्रम आयोजना ग¥यो । भेलामा उम्मेदवार गिरीले आफ्ना योजना र पार्टीको कार्ययोजनाबारे प्रकाश पार्दै नेकपाको जितबाट मात्रै मुलुकले निकास पाउने जिकिर गरे ।

पोखरा, १७ माघ ।

मदिरा व्यवासायी समिति कास्कीको १४ औँ साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष कृष्ण बहादुर भाटको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा व्यवासायी महासंघका अध्यक्ष सोनामा शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभामा बोल्दै महासंघका अध्यक्ष शेर्पाले इमान्दर व्यवसायीलाइ हतोत्साहीत गर्ने कार्य स्विकार्य नहुने बताए । मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको छ । राज्यलाई सबैभन्द बढि राजश्व तिर्ने व्यवसायीलाइ नै राज्य र नागरिक समाजले हेर्ने नजर परिवर्तन गर्नुपर्छ ।

इमान्दार व्यवसायी मरिरहने अबैध रुपमा व्यवसायको व्यापार भइरहेको भन्दै शेर्पाले राज्यले के हेरीरहेको छ भन्ने प्रश्न गरे । अवैध रुपमा आयात हुने मदिरामा रोक लगाउनुपर्ने शेर्पाले बताए । शेर्पाले मदिरा व्यवसायी समिति कास्कीले गर्ने काममा महासंघ सधै साथमा रहेको भन्दै समितिले आफ्नै भवन निर्माणमा थालेको प्रयासलाई आर्थिक सहयोग गर्न महासंघ सकारात्मक रहेको बताए ।

कार्यक्रममा बोल्दै मदिर व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार तारानाथ ढुङ्गानाले विक्रेताहरुलाई उचित मुनाफाको सुनिश्चित हुनुपर्ने बताए । डिलर र बिक्रेताले पाउने मार्जिनका लागि महासंघले पहल गरिरहेको बताउदै ढुङ्गानाले कारोवारको रकम ठुलो देखिए पनि मार्जिन कम हुदाँ व्यवसायीहरु विस्ताथापित हुने अवस्था रहेको सुनाए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की अबैध व्यवसायीका कारण दर्ता भएर संचालन भएका राज्यलाई कर तिर्ने व्यवसायीको राज्यले संरक्षण गर्न नसकेको बताए । धरेलु मदिराको व्यवस्थापनको लागि संघले गण्डकी प्रदेश सरकारसग समन्वय गरीरहेको सुनाए ।

चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज वास्तोलाले व्यवसायी मैत्री कानुन नहुदाँ व्यवसायीहरु अप्ठ्यारोमा परेको भन्दै व्यवसायीहरु एकमत भएर अगाडी बढ्नुपर्ने बताए । राज्यले निर्माण गर्ने नीति व्यवसायी मैत्री नहुदाँ उद्योग व्यवसायीले भाडा तिर्न नसक्ने अवस्था रहेको बास्तोलाको भनाई थियो ।

मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष कृष्णबहादुर भाटले पोखरा–१७ मा समितिको नाममा रहेको जग्गामा भवन बनाउन लागिएको जानकारी दिए । समितिका सदस्यहरुको स्वास्थ्य उपचारलाई मध्यनजर गदै स्वास्थ्य परिक्षण र उपचारमा छुट हुने गरी विभिन्न स्वास्थ्य संस्थासंग संझौता गरिएको बताए ।

कार्यक्रममा समितिको आजिवन सदस्यता लिने ६३ जनलाई आजिवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । समितिमा २ सय साधाण सदस्य र १ सय ५० जना आजिवन सदस्य रहेको समितिका महासचिव श्रीरामा पोखरलले जानकारी दिए ।

मदिरा व्यवसायी समिति कास्कीका बरिष्ठ उपाध्यक्ष नेत्र ढुङ्गानाले सदस्यहरुका लागि करदाता शिक्षा, रक्तदान कार्यक्रम, सरसफाई, मानव सेवा आश्रमलाई सहयोग लगायतका कार्य समितिले गरेको जानकारी दिए ।

साधारण सभाको अवसरमा लेखनाथ उद्योग वाणिज्य संघ अध्यष जानुका पराजुली अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइराला, मदिरा व्यवसायी समिति गण्डकीका अध्यक्ष गोविन्द केसी, मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष सुरेश घिमिरे, मदिरा व्यवसायी समिति रुपन्देहीका अध्यष बाबुलाल ज्ञवाली र प्लाष्टिक व्यवसायी संघ, कास्कीका अध्यक्ष पर्शुरामा पोखरेलले शुभकामना मन्त राखेका थिए ।

साधारण सभाले महासचिव श्रीराम पोखरेलले प्रस्तुत गरेको महसचिवको प्रतिवेदन र कोषध्यक्ष कृष्ण पोखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

 

 

 

पोखरा, १७ माघ ।

स्वर्गिय स्वर किन्नरी द्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका हुन् ।

पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त रुपमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हार्मोनीमा आबद्द कलाकारहरुले तारादेवी–अरुणा लामाका एक दर्जन कालजयी गीतहरु उनीहरु प्रति नै समर्पित गरेर गुञ्जाउँदै ट्रिब्यूट दिए ।

पोखरा महानगरपालिकाको प्रवद्र्दनमा आयोजित श्रष्टा स्मृति साँझमा हार्मोनीका कलाकारहरुले सामुहिक बन्दना र त्यसलगत्तै लगातार तारादेवी र अरुणा लामाका कालजयी गीतहरु ‘शुभकामना भरी’, ‘उकाली ओरालीहरुमा’, ‘पोहोर साल’, ‘एक फूल झरेर के भो ? ’, ‘ए कान्छा ठट्टैमा’, ‘हेर न हेर कान्छा’, ‘फूललाई सोंधे’ गुञ्जाउँदै स्वर किन्नरी द्वयलाई श्रद्दाञ्जली अर्पण गर्दै गुञ्जाएपछि कार्यक्रम शुरु भएको थियो । त्यसपछि पालैपालो स्टेजमा उक्लिएका गायीकाहरु ईतु जोजिजु, शितल थापा, कौशल्या गुरुङ, रजनी ऋदम राई, लक्ष्मी गिरी, मितु पाल र बबी दियाली रसाईलीले सांगीतिक प्रस्तुती दिए । जहाँ उनीहरुले तारादेवी र अरुणा लामाका एकपछि अर्को गर्दै गीतहरु गुञ्जाउँदा दर्शक नोस्टाल्जिक बने भने आफ्नै गीत सुनाउँदा दर्शक आल्हादित बने । कार्यक्रममा ईतुले अरुणा लामाको ‘मैले जीवनलाई कसरी सजाएँ’ र ‘आफ्नो र त्यो कहिले घाम, कहिले छायाँ’, सितल थापाले तारादेवीका ‘टाढाबाट बोलाएको’ र ‘जति माया लाएपनि’, कौशल्या गुरुङले तारादेवीको ‘जताततै खोजें’ र आफ्नो ‘जून राम्रो जुनेली रातको’, रजनी ऋदम राईले अरुणा लामाको ‘भेटिनु छुटिनु’ र आफ्नो ‘को छ र मेरो’, लक्ष्मी गिरीले अरुणा लामाको ‘उदास मेरो जीवन कथा’ र आफ्नो ‘हिमालकी प्यारी छोरी’, मितु पालले अरुणा लामाको ‘हाँसी राखें, बोली राखें’ र आफ्नो ‘परिभाषा हराएको’ तथा बबी दियाली रसाइलीले तारादेवीको ‘जबजब मेरा सपनाहरु’ गीत भ्वाईलिनको साथमा गुञ्जाएका थिए ।

कार्यक्रममा आधुनिक र शास्त्री संगीतमा छुट्टै पहिचान बनाएकी चर्चित गायीका कुन्ती मोक्तानले विशेष सांगीतिक प्रस्तुती दिएकी थिईन् । सुर शक्ति नारी समूहकी सचिवसमेत रहेकी उनले तारादेवी र अरुणा लामालाई समर्पित गर्दै अरुणा लामाको ‘म आँखैमा राख्न’र आफ्ना दुई गीतहरु ‘भन्छन् कोहि’ र ‘माथि माथि सैलुङ्गेमा’ गीतहरु गुञ्जाईन् । जसले कार्यक्रममा छुट्टै रौनकता थपेको थियो ।

कार्यक्रममा स्मृति साँझको औचित्य र आवश्यक्ताका बारेमा कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले प्रष्ट्याएका थिए भने साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक प्रकाश सायमीले स्वर्गिय कलाकार द्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सुनाएका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तारादेवी–अरुणा लामा स्मृति साँझ पोखराको अर्को एउटा प्रोडक्ट बनेको बताए । उनले भने,‘पोखराका सबै क्षेत्रका अगुवाहरुको जमघट गर्ने एउटा थलेको बनेको छ यो । जसले गीत, संगीतसँगै पर्यटनमासमेत छुट्टै आयाम थपेको छ ।’

समापन कार्यत्रममा बोल्दै एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामाको माघ २२ गते र कालजयी गायीका तारादेवीको माघ ९ गते स्मृति दिवस भए पनि यी दुवै सर्वप्रिय गायीकाको स्मृति दिवसको सन्दर्भ पारेर हार्मोनी र एभरेस्ट एफएमले २०७९ सालदेखि हरेक वर्ष अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना गर्दै आएको जानकारी दिईन् । उनले गीत, संगीतको माध्यमबाट देशको शीर उचो बनाउने कलाकारहरुलाई समर्पित गर्न आयोजित यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्दता जनाईन् ।

 

पोखरा, १७ माघ ।

‘मानवताको पक्षमा‘ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं. ३२ उपशाखाको १६औँ वार्षिक साधारणसभा आज संस्थाको आफ्नै भवनमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं. ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले रेडक्रसले प्राथमिक उपचार, विपद् तथा प्रकोपको समयमा राहत तथा उद्धार कार्य गर्दै आएको उल्लेख गरे। उनले विपन्न तथा असहाय परिवारहरूको अवस्थालाई मध्यनजर गर्दै मानवीय क्षति न्यूनीकरणमा रेडक्रसले उल्लेखनीय योगदान पु¥याउँदै आएको बताए। साथै, संस्थाको निर्माणाधीन पक्की भवनका लागि नपुग रकममध्ये १५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला उपसभापति रमा देवी न्यौपानेले कास्की जिल्लाभर सक्रिय रहेका ४८ वटा उपशाखामध्ये पोखरा–३२ उपशाखा सबैभन्दा क्रियाशील रहेको बताइन्। उनले पुण्यकार्यस्वरूप आफ्नै पक्की भवन निर्माण गर्नु संस्थाको ठूलो उपलब्धि भएको उल्लेख गर्दै शुद्ध मानवीय सेवामा समर्पित रेडक्रसलाई सबैको सहयोग आवश्यक रहेको धारणा राखिन्। साथै, प्रादेशिक रक्तसञ्चार केन्द्रको स्थापना भएसँगै विपद्को समयमा रगत निःशुल्क उपलब्ध हुँदै आएको र पछिल्ला तीन वर्षदेखि जिल्लामा रगतको अभाव नदेखिएको जानकारी गराइन्। “जहाँ विपद् हुन्छ, त्यहाँ रेडक्रस हुन्छ” भन्ने भनाइलाई आत्मसात् गर्दै संस्था अघि बढिरहेको उनले बताइन ्।

कार्यक्रममा निवर्तमान अध्यक्ष किसान परियार, कास्की उपशाखाका शुभास अधिकारी, समाजसेवी श्रीप्रसाद पन्थी, मोहनकुमार प्रधान, हरीप्रसाद खनाल लगायतले रेडक्रसको उद्देश्य, भूमिका र सामाजिक सेवामा यसको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा उपशाखाका सभापति विन्दुराज तिवारीले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष कृतिराज खनालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव विष्णु बहादुर बस्नेतले गरेका थिए ।

पोखरा, १७ माघ ।

पोखरामा भोलिदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा माघ २५ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन भोलि आईतबार पूर्वाह्न ११ बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा भोलि आयोजक प्रतिभा मावि र वाराही माविबीच प्रतिष्पर्धा हुने जनाइएको छ । भोलि नै हुने दोस्रो खेलमा भने ग्लोबल कलेजियटबिरुद्द बाल मन्दिर मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।

कुल १२ विद्यालय सहभागी प्रतियोगितामा माघ १९ गते कुमुदिनी होम्स मावि र छोरेपाटन मावि तथा मदरल्याण्ड र जनप्रिय मावि, माघ २० गते डायमण्ड मावि र बालमन्दिर मावि तथा नेपाल भारत मैत्री मावि र वाराही मावि, माघ २१ गते टप्स मावि र छोरेपाटन मावि तथा डायमण्ड मावि र ग्लोबल कलेजजियट, माघ २२ गते गुरुकुल र जनप्रिय तथा प्रतिभा मावि र नेपाल भारत मैत्री मावि र माघ २३ गते मदरल्याण्ड सेकेण्डरी र गुरुकुल विद्या सदन तथा कुमुदिनी होम्स र टप्स मावि प्रतिष्पर्धामा उत्रिने उनले जानकारी दिए । प्रतियोगिताको सेमीफाइनल खेल माघ २३ गते हुने जनाइएको छ ।

हरेक समूहबाट बिजेता बनेकाहरुले सेमीफाइनल खेल्ने प्राविधिक पक्ष हेरिरहेका क्रिकेट संघ पोखरा महानगर समितिका संयोजक बिरेन पुनले जानकारी दिए । उनका अनुसार सेमीफाइनलमा समूह ए र सी तथ समूह बी र डी बीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह ‘ए’ मा कुमुदिनी होम्स, छोरेपाटन मावि र टप्स मावि, समूह ‘बी’ मा जनप्रिय मावि, गुरुकुल विद्यासदन र मदरल्याण्ड मावि, समूह ‘सी’ मा आयोजक प्रतिभा माविसहित नेपाल भारत मैत्री विद्यालय र वाराही मावि मालेपाटन तथा समूह ‘डी’ मा ग्लोबल कलेजियट स्कुल, डायमण्ड मावि र बालमन्दिर मावि रहेका छन् ।

प्रतियोगिता क्रिकेटको विकास, खेलाडीको प्रतिभा उजागर गर्न तथा क्रिकेटको जग बलियो बनाउन कोशेढुंगा सावित हुने विद्यालयको अपेक्षा छ । त्यस्तै उत्कृष्ट खेलाडीले अन्डर–१९ कास्की क्रिकेट टिममा पनि अवसर पाउने बताइएको छ ।

प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए ।

पोखरा, १७ माघ ।

फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १८ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घघाटन गर्दै प्रमुख अतिथि पोखरा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले पोखरा उद्योग वाणिज्य संघको एउटा महत्वपुर्ण वस्तुगत समिति अन्तरगत रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघ रहेको बताउदै पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुको हितको लागी विभिन्न कार्यक्रमहरु ल्याईरहेको बताए ।

अध्यक्ष कार्कीले त्यस्ता मत्वपुर्ण कार्यक्रमहरुमा पनि व्यवसायीहरुले कम महत्व दिने गरेको र सहभागीता पनि कम हुने गरेकोमा दुःख व्यक्त्त गरे । कार्कीले वाणिज्य संघमा फेन्सी व्यवसायी संघका साथीहरुको राम्रो उपस्थिीती रहेको बताउदै केहि समस्याहरु भएमा आफ्नो उपस्थिीति नभएमा पनि उहाँहरुलाई सम्वोधन गरेर पठाउदा हुने समेत बताए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कर्मशका अध्यक्ष उमराज बास्तोलाले फेन्सी व्यवसायीले विभिन्न रचानात्मक कामहरू गरेको बताउदै सगठनलाई मजवुद बनाउन सके व्यवसायीहरू पनि मजवुद हुने बताए । पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आफ्नो महत्वपुर्ण समय बिताउको बताउदै पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागी आफुले अध्यक्षमा उमेदवारी दिन लागेको बताउदै सम्पुर्ण व्यवसायीले सयोग गर्न आग्रह गरे ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एकनारायण पनेरू संघका सस्थापक अध्यक्ष कमलनाथ कुवंर फेन्सी तथा रेडिमेड व्वसायी संघ चितवनका अध्यक्ष राम प्रसाद पौडेल संघका आजिवन सदस्य प्रजन कुमार थापा ईलेक्ट्रीक व्यवसायी एशोसियसनका अध्यक्ष केशव ढकाल लगाएतले बोेलेका थिए ।

कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघमा आवद्ध व्यवसायीका छोराछोरी मध्य उच्च शिक्षामा उत्कृष्ट अक ल्याउने छोराछोरीलाई तथा पुर्व अध्यक्ष,पुराना व्यवसायीहरु, आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।