२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पोखरा, २० माघ ।

पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको सहयोगमा चार लाख रुपैयाँ बढी लागतमा सुविधासम्पन्न भान्छाघर निर्माण गरिएको छ ।

निर्मित भान्छाघरको आज आयोजित एक कार्यक्रमका बीच कम्पनीका सञ्चालक कृष्णराज लामिछानेले शिला अनावरणसँगै औपचारिक रुपमा बृद्धाश्रमलाई हस्तान्तरण गर्नुुभयो ।

कार्यक्रममा सञ्चालक लामिछानेले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बृद्धाश्रमममा सुविधासम्पन्न भान्छाघर निर्माणका लागि सहयोग गरेको बताउनुुभयो ।

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछानेले सहयोगका प्रति आभार व्यक्त गर्नुुभयो ।

विभिन्न सहयोगदाताको सहयोगमा बृद्धाश्रमका भौतिक पूर्वाधार निर्माणसँगै यसको सञ्चालनमा सहयोग पुुगेको बताउँदै उहाँले यस किसिमका सहयोग निरन्तर आवश्यक भएको बताउनुभयो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीको सभापत्वि एवम् पोखरा शाखा प्रमुख उपेन्द्रराज तिमल्सिनाले सञ्चालन गर्नुुभएको कार्यक्रममा कम्पनी एवम् बृद्धाश्रम सञ्चालक समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति थियो ।

 

पोखरा, २० माघ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कास्कीमा तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारले आफूहरुले जनतको उत्साहजनक साथ पाएको जनाएका छन् । आ–आफ्नो क्षेत्रमा भेटभाट, घरदैलोमा व्यस्त उनीहरुले यस्तो बताएका हुन् ।

कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ(करण)ले जनताको भरोसा नेपाली कम्युनिष्ट पार्टी र आफूहरुमा रहेको पाएको बताए । उनले जनताले घरदैलो र टोलमा उत्साहजनक रुपमा स्वगत गर्दै अपेक्षा प्रकट गरिरहेको जानकारी दिए । ‘जनतामा हाम्रो पार्टी र हामीप्रति भरोसा छ । यो भरोसालाई कायम राख्दै उहाँरुको सुखदुःखमा सहभागी हुन्छौं’, उनले भने ।

कास्की क्षेत्र नम्बर २ का उम्मेदवार किरण थापा‘आमोद’ले कास्कीमा कसैको गढ भन्ने नरहेको बताए । पुराना गढहरु भत्किएको र जनताले संविधानको रक्षा र परिवर्तनको एजेज्डा बोकेको नेकपासँग धेरै अपेक्षा राखेको पाएको सुनाए । उनले भने, ‘कास्कीमा कसैको गढ भन्ने छैन, पुराना भनिएका गढहरु भत्किएका छन् । जनताले संविधानको रक्षा गर्ने र राष्ट्रको समृद्धिका लागि एजेज्डा भएको दल खोजेका छन् । त्यो भनेको नेकपा नै हो ।’

कास्की क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार गोपाल गिरीले जनताले आफूहरुको सेवा गर्ने उत्कृष्ट विचार भएको दल र उम्मेदवार खोजेको बताए । त्यसका लागि भरोसायोग्य पार्टीका रुपमा नेपाली कम्युनिष्ट पार्टी र पात्रको रुपमा त्यसका उम्मेदवारलाई विश्वास गर्ने उल्लेख गरे । ‘जनताले उत्कृष्ट विचार भएको दल खोजेका छन् ।’

कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपालीसहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सम्पर्क कार्यालय स्थानासँगै घरदैलो कार्यक्रम छ । कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार किरण थापा ‘आमोद’, समानुपातिक उम्मेदवार ज्ञानु आचार्यसहितका नेता, कार्यकर्ता पोखरा महानगरको वडा नम्बर २१ मा घरदैलोमा छन् ।

यसैगरी कास्की क्षेत्र नम्बर १ मा नेकपाका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङ (करण), समानुपातिक उम्मेदवारहरु दिलु पन्त र सोमति गुरुङसहित नेता, कार्यकर्ता मादीको वडा नम्बर ९ मा घरदैलोमा छन् ।

पोखरा, २० माघ ।

कसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । केही मतदाता देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था आएको गुनासो गर्छन् । सर्वसाधारणका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

नेता, कार्यकर्ता चुनावका बेलामात्र गाउँघरमा देखिने गरेको पनि स्थानीयको गुनासो छ । मंगलबार मादीको मुंग्री बेंसीबाट गोर्जे, रवेडाँडा हुँदै गहतेको घरदैलोमा नेकपा कास्की १ का उम्मेदवार राजकाजी गुरुङ (करण) सहभागी बने । उनले संघमा साविक माओवादी केन्द्र नेतृत्वको सरकार हुँदा थुप्रै योजनामा बजेट राखेको स्मरण गर्दै यसपालि आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे ।

‘कास्की १ मा २०६४ र २०६५ मा जस्तै यहाहरुको मत हामीलाई आवश्यक छ,’ उनले भने, ‘व्यवस्था हामीले फेरेका हौँ, हामी पुरानामध्ये नयाँ हौ, नयाँमध्ये पुराना हौँ । नेकपाकै नेतृत्वमा मात्र देशको समृद्धि सम्भव छ ।’ जनताको सरोकारका पूर्वाधार र रोजीरोटीका एजेन्डा उठाएर सधैं जनताकै साथमा रहने वाचा गरे । ‘जित्ने नै हो, जनताको हामीलाई साथ छ । हारे पनि जनताका एजेन्डा पूरा गर्न लाग्छौं ।’

कास्की २ का उम्मेदवार किरण थापा (आमोद) मंगलबार पोखरा २१ मा घरदैलोमा छन् । व्यावसायिक फलफूलखेतीसहित पर्यटनका योजना सुनाउँदै उनले जसको एजेन्डामा देशअघि बढेको छ, उसैको नेतृत्व हुनुपर्नेमा जोड दिए । ‘हाम्रो एजेन्डा हो संघीयता, नयाँ संविधान, गणतन्त्र,” उनले भने, ‘हाम्रै नेतृत्वमा मात्र यो व्यवस्था सफल हुन सक्छ ।’ कास्की कसैको गढ भन्ने नरहेको जनाउँदै उनले पुराना गढहरु भत्किएको र जनताले संविधानको रक्षा र परिवर्तनको एजेज्डा बोकेको नेकपासँग धेरै अपेक्षा राखेको पाएको सुनाए ।

कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपालीसहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सम्पर्क कार्यालय स्थानासँगै घरदैलोमा छन् । उम्मेदवार गिरीले आफूले स्थानीयका समस्या राम्ररी बुझेको जनाउँदै समाधानको खाकासमेत भएको जनाए । ‘बाँदर नियन्त्रण गर्न पनि तपाईहरुकै सुझावअनुसार अघि बढ्छु । शिक्षा, स्वास्थ्य, रोजगारको अधिकार प्रत्याभूति गर्न नीति निर्माणमा लाग्छु,’ उनले भने ।

 

पोखरा, २० माघ ।

राष्ट्रिय खेलकुदको भविष्य खोज्दै पश्चिम पृतनामा नेपाली सेनाको अग्रसरतामा एकदिने गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीले नेपालको खेलकुदलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीतिगत सुधार, पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्र्ष निकालेको छ ।

“नेपाली सेनाको खेलकुद विकासलाई स्तर अभिवृद्धि गर्न अपनाउनु पर्ने उपाय” विषयक गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाहरूले खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप, कोटा प्रणाली, दक्ष प्रशिक्षकको अभाव र कमजोर पूर्वाधार मुख्य चुनौतीको रुपमा रहेको समेत औल्याएका छन ।

सो अवसरमा वोल्दै पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले गोष्ठीबाट प्राप्त सुझावलाई आत्मसात गर्दै नीतिगत विषयमा सम्बन्धित निकायमा पहल गरिने बताए । गोष्ठीमा नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पु¥याएको योगदानको प्रशंसा गर्दै एसियन तथा ओलम्पिक स्तरको पदक लक्ष्यसहित थप लगानी गर्नुपर्नेमा जोड दिइएको थियो ।

गोष्ठीमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का वोर्ड सदस्य डा. मधुसूदन सुवेदीले “राष्ट्रिय खेलकुदको विकासका लागि राष्ट्रिय खेलकुद परिषदको नीति तथा कार्यक्रम” विषयमा प्रस्तुतिकरण गरे । त्यस्तै, नेशनल ओलम्पिक एकेडेमीका अध्यक्ष तेज गुरुङले “ओलम्पिक अभियान, नेपाली खेलकुद र नेपाली सेना” तथा पश्चिम पृतना हेड क्वाटरका सेनानी हुमान सिंह कुँवरले “नेपाली खेलकुदको विकासमा नेपाली सेनाको योगदान तथा वर्तमान अवस्था” बारे प्रस्तुति दिएका थिए ।

गोष्ठीमा खेल संग सम्बन्धीत विभिन्न ब्याक्तिहरुको सहभागीता रहेको थियो ।

पोखरा, २० माघ ।

कसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । केही मतदाता देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था आएको गुनासो गर्छन् । सर्वसाधारणका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

नेता, कार्यकर्ता चुनावका बेलामात्र गाउँघरमा देखिने गरेको पनि स्थानीयको गुनासो छ । मंगलबार मादीको मुंग्री बेंसीबाट गोर्जे, रवेडाँडा हुँदै गहतेको घरदैलोमा नेकपा कास्की १ का उम्मेदवार राजकाजी गुरुङ (करण) सहभागी बने । उनले संघमा साविक माओवादी केन्द्र नेतृत्वको सरकार हुँदा थुप्रै योजनामा बजेट राखेको स्मरण गर्दै यसपालि आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे ।

‘कास्की १ मा २०६४ र २०६५ मा जस्तै यहाहरुको मत हामीलाई आवश्यक छ,’ उनले भने, ‘व्यवस्था हामीले फेरेका हौँ, हामी पुरानामध्ये नयाँ हौ, नयाँमध्ये पुराना हौँ । नेकपाकै नेतृत्वमा मात्र देशको समृद्धि सम्भव छ ।’ जनताको सरोकारका पूर्वाधार र रोजीरोटीका एजेन्डा उठाएर सधैं जनताकै साथमा रहने वाचा गरे । ‘जित्ने नै हो, जनताको हामीलाई साथ छ । हारे पनि जनताका एजेन्डा पूरा गर्न लाग्छौं ।’

कास्की २ का उम्मेदवार थापा ः हारे पनि जिते पनि देशको सेवा गर्छु

कास्की २ का उम्मेदवार किरण थापा (आमोद) मंगलबार पोखरा २१ मा घरदैलो गरेका छन् । पोखरा–२१ बयलीका नेकपाका प्रदेश सदस्य स्व.तुलसी पोखरेलको घरमा पुगेर उनीप्रति श्रद्दाञ्जली अर्पण तथा परिवारमा समवेदना व्यक्त गर्दै घरदैलो शुरु गरेका उनले बक्रेक शाही भञ्ज्याङसम्म घरदैलो गरेका थिए । सो क्रममा स्थानियले नेकपाले ईमान्दार नेतालाई उम्मेदवार बनाएको भन्दै यस पटक जिताउने वाचा गरेका थिए । उम्मेदवार थापा बौद्दिक, ईमान्दारमात्र नभई भिजन र मिसन भएको नेता भएकाले प्रत्यक्षमा एक भोट हाल्ने उनीहरुको वचन थियो ।

जवाफमा उम्मेदवार थापाले स्थानियले दिएको माया र भोट आफूले जिन्दगीभरी गुनको रुपमा सम्झिरहने बताए । ‘जिते पनि हारे पनि म यस क्षेत्रको विकास र समृद्दिका लागि सदैव लाग्ने वाचा गर्दछु,उनले भने, ‘म हिजो पनि तपाईंहरुको साथमा थिएँ, आज पनि छु र भोलि पनि रहन्छु । म तपाईंहरुको सुख दुःखमा सदैव साथमा रहने वाचा गर्दछु ।’ सो अवसरमा उनले यस क्षेत्रको विकासको खाका आफूसँग रहेको बताए । व्यावसायिक फलफूलखेतीसहित पर्यटनका योजना सुनाउँदै उनले जसको एजेन्डामा देशअघि बढेको छ, उसैको नेतृत्व हुनुपर्नेमा जोड दिए । ‘हाम्रो एजेन्डा हो संघीयता, नयाँ संविधान, गणतन्त्र,” उनले भने, ‘हाम्रै नेतृत्वमा मात्र यो व्यवस्था सफल हुन सक्छ ।’ कास्की कसैको गढ भन्ने नरहेको जनाउँदै उनले पुराना गढहरु भत्किएको र जनताले संविधानको रक्षा र परिवर्तनको एजेन्डा बोकेको नेकपासँग धेरै अपेक्षा राखेको पाएको सुनाए ।

कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपालीसहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सम्पर्क कार्यालय स्थानासँगै घरदैलोमा छन् । उम्मेदवार गिरीले आफूले स्थानीयका समस्या राम्ररी बुझेको जनाउँदै समाधानको खाकासमेत भएको जनाए । ‘बाँदर नियन्त्रण गर्न पनि तपाईहरुकै सुझावअनुसार अघि बढ्छु । शिक्षा, स्वास्थ्य, रोजगारको अधिकार प्रत्याभूति गर्न नीति निर्माणमा लाग्छु,’ उनले भने ।

कास्की ३ का उम्मेदवार गोपाल गिरी ः बादरको बिकल्पका कृषि उत्पादनमा जोड

कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपाली सहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को सम्पर्क कार्यालय स्थापनासँगै घरदैलो कार्यक्रममा व्यस्त भए । उम्मेदवार गिरीले आफूले स्थानीयका समस्या राम्ररी बुझेको र त्यसको समाधानको खाकासमेत भएको जनतालाई सुनाए । उनले भने ‘बाँदर नियन्त्रण गर्न पनि तपाईहरुकै सुझावअनुसार अघि बढ्न हामीले यसको दिगो व्याबस्थापन सहित बादरको विकल्पका कृषि बालीको समेत खोजि गर्ने अभियानमा लाग्ने छौं । सोहि अनुसारको नीति निर्माण गर्न हाम्रो पहल हुनेछ ।” शिक्षा, स्वास्थ्य, रोजगारको अधिकार प्रत्याभूति गर्न पनि संघिय सांसदमा आफुहरु जस्ता व्यक्तिलाई जनताको अमुल्य मतले बिजयी गराउने उनले विश्वास व्यक्त गरे ।

त्यसैगरी घर देलो कार्यक्रम अन्र्तगत पोखरा १९ को पुरुञ्चौर क्षेत्रमा समेत टोली पुगेर स्थानियको जनगुनासो सुन्दै घरदैलो कार्यक्रम आयोजन गरिएको नेकपाका नेता कृष्ण गिरीले बताए । घर दैलो कार्यक्रममा हिड्दा जनतामा देखिएको उत्साहले आफुहरु समेत निकै उत्साहित भएको उनले जनाए ।

त्यसै गरी कास्की क्षेत्र नम्बर ३ को चुनावी प्रचार प्रसार अभियान अन्र्तगत घरदैलो कार्यक्रम बुधबार) पोखरा २२ (पुम्दी भुम्दी) मा हुने भएको छ भने वडाको सम्पर्क कार्यालय समेत स्थापना हुने भएको निर्वाचन परिचालन समितिले जनाएको छ ।

पोखरा, २० माघ ।

प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा बाल मन्दिर मावि सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित गरेको बाल मन्दिरले बुधबार भएको आफ्नो दोस्रो खेलमा डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्दै कुल ४ अंकसहित सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो । यस समूहमा रहेका डायमण्ड मावि र ग्लोबल कलेजियट जितविहीन् छन् । यी दुई टोलीको लिग चरणको अन्तिम खेल बुधबार सान्त्वना जितका लागि खेल्नेछन् ।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै वाराही माविले सेमीफाइनल पुग्ने आशा जिवितै राखेको छ । समूह ‘सी’ अन्तर्गत भएको पहिलो खेलमा प्रतिभा माविसँग ३ विकेटले पराजित वाराही माविले मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । प्रतिभा मावि र वाराही माविको एक÷एक जित भएकाले अब सेमीफाइनल यात्रा सुनिश्चित गर्न माघ २२ गते यी दुई टोली आमनेसामने हुनेछन् ।

लगातार दोस्रो जित दर्ता गने क्रममा मंगलबार बाल मन्दिर माविले डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर डायमण्डले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि व्याटिङमा आएको बाल मन्दिरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनायो । बाल मन्दिरका लागि अभिषेक क्षेत्रीले १८ बलमा २० रन, सुमन अधिकारीले २३ बलमा १५ र श्रीनिवास कठायतले २० बलमा १४ रनको योगदान दिए । बाल मन्दिरलाई ठूलो स्कोर हुनबाट रोक्ने क्रममा डायमण्डका मिलन पौडेलले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट तथा सुशांक तिवारीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट हत्याए ।

१२७ रनको बिजय लक्ष्य पछ्याएको डायमण्ड मावि १३.३ ओभरमा सबै विकेट गुमाएर केवल ५६ रनमा समेटियो । बाल मन्दिरका बलरहरुसामु निरीह देखिएका डायमण्डका लागि अविरल पोखरेलले सर्वाधिक ३१ बलमा ३२ रन बनाउनुबाहेक अन्यको व्याट चलेन । अधिकांश खाता नखोली पेभेलियन फर्किदा सचिन तिमिल्सिनाले मुस्किलले १५ बलमा ६ रन बनाए । डायमण्डलाई सस्तैमा समेट्न बाल मन्दिरका सुमन अधिकारीले २.३ ओभरमा १७ रन खर्चेर ६ विकेट तथा श्रीनिवास कठायतले ३ ओभरमा ९ रन खर्चेर २ विकेट हत्याए । सो खेलमा व्याटिङमा १५ रन तथा ६ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित भए ।

मंगलबारको दोस्रो खेलमा वाराही माविले नेपाल भारत मैत्री विद्यालयलाई ३४ रनले हरायो । टस जितेर नेपाल भारत मैत्रीले फिल्डिङ गरेपछि पहिले व्याटिङमा उत्रिएको १८.२ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गर्यो । वाराहीका लागि ब्रिजेश भट्टराईले २५ बलमा १९ रन, सक्सेल तिमिल्सिनाले १३ बलमा १५ रन र अभिषेक अधिकारीले १८ बलमा ११ रनको योगदान दिए । नेपाल भारत मैत्री विद्यालयका रोसन अग्रवालले ४ ओभरमा १२ रन खर्चेर ५ विकेट र विराज गुप्ताले ४ ओभरमा २२ रन नै खर्चेर २ विकेट लिए ।

११० रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपाल भारत मैत्रीले १५ ओभरमा सबै विकेट गुमाएर केवल ७५ रन मात्रै बनाउँदा पहिलो खेलमै पराजय बेहोर्नु पर्यो । नेपाल भारत मैत्रीका क्याम्मुदिनले २४ बलमा २३ रन र जरुण शर्माले १९ बलमा १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाल भारत मैत्रीलाई सस्तैमा समेट्न वाराही माविका विवेक सुनारले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट तथा सविन विकले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सो खेलमा ५ विकेट लिएका बिजयी वाराहीका खेलाडी विवेक सुनार प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा टप्स मावि र छोरेपाटन मावि तथा दोस्रो खेलमा डायमण्ड मावि र ग्लोबल कलेजियट मावि प्रतिष्पर्धामा उत्रिने छन् ।

पोखरा, २० माघ ।

विश्व सिमसार दिवस २०२६ को अवसरमा पोखराका दुई विद्यालयमा सिमसार संरक्षण सचेतना कार्यक्रम गरिएको छ । पोखराको विजयपुरमा रहेको लोमान्थाङको घुम्ती विद्यालय दिव्य दीप मावि र पोखरा बैदामको तालबाराही मावीमा पत्रकार कृष्णमणि बराले २० वर्ष अघि देखि खिचेका पोखराका तालहरुको विभिन्न अवस्था झल्कने तस्बिर मार्फत सिमसार संरक्षण सचेतना कार्यक्रम गरिएको हो ।

विश्व सिमसार दिवसको अवसरमा सोमबार लोमान्थाङको घुम्ती विद्यालयमा सचेतना कार्यक्रम संचालन गरिएको थियो । सहभागी विद्याथीले प्लास्टिकजन्य फोहोर लगायत कुनै पनि प्रकारका फोहोर जथाभावी फ्याँकीदा सिमसार, सार्वजनिक स्थल र प्राकृतिक सम्पदा जोखिममा पर्दै गएको बताए । विद्यार्थीहरुले जथाभावी फोहोर आफूले नफाल्ने र अरुलाई पनि सम्झनाउने प्रतिवद्धता जनाए ।

त्यसै गरी पोखराको बैदामको तालबाराही माविका विद्यार्थीमा पनि सिमसार सम्बन्धी फोटा,े भिडियो मार्फत सिमसारको महत्व बारेमा जानकारी दिएको थिर्या । जथाभावी फोहोर फ्याँक्दा ताल लगायत पानीको स्रोत र वातावरण प्रदूषित भएकोले जथाभावी फोहोर नफ्याँक्ने प्रतिवद्धता जनाएका छन् । कक्षा ११ र १२ का विद्यार्थीलाई सिमसार, फोहोर मैला नियन्त्रण बारे जानकारी दिएको थियो । देशकै दोस्रो ठूलो फेवाताल कसरी वर्षेनी पुरिदै सांगुरिएको छ र प्रदूषणको चपेटामा परेको छ भन्ने विषय समेटिएका तस्बिर र भिडियो मार्फत देखाएर सचेतना कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पोखराका बेगनास, रुपा, गुदे ताल, खोलाको विभिन्न अवस्था झल्केका तस्बिर समेत समेटिएका थिए । सचेतना कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले जथाभावि फोहोर फ्ँयाक्दा पोखराका ताल, नदी, नहर, खोला प्रदूषणको चपेटामा परेको बताउँदै युवाहरु प्राकृतिक स्रोत संरक्षणमा लाग्नु पर्नेमा जोड दिए । प्रत्येक वर्ष फ्रेब्रुवरी २ मा विश्व सिमसार दिवस मनाइन्छ ।

अवसरको खोजीमा मानिसहरु शहरमा बसोबास गर्ने क्रम बढे संगै शहरी सिमसार जोखिम पर्दै आएकाले त्यसको संरक्षण युवा अवस्थाबाट लाग्नु पर्ने अर्का पत्रकार सागर राज तिमिल्सिनाले बताए । सन् २०५० सम्ममा शहरी जनसंख्या बढेर ६८ प्रतिशत सम्म पुग्ने अनुमान गरिएको छ । धेरै मानिस कामको खोजीमा शहर पस्ने क्रम बढेसंगै शहरी सिमसार जोखिममा पर्दै गएको छ ।

खोला, नदी र तालहरु प्लास्टिक फोहोर बग्ने ठाउँहरु मात्र होइनन तिनीहरु दीर्घकालिन रुपमा जम्मा हुने ठाउँहरु पनि भएका छन् । यसले सिमसार क्षेत्रको जैविक विविधतामा प्रत्यक्ष असर पार्नुको साथै स्वस्च्छ पानीको अभावमा भोलीको पुस्ता काकुल हुने अवस्थाको सृजना हुने जोखिम बढेको संरक्षण कर्मी समेत रहेका पत्रकार कृष्णमणिले बताए ।

विद्यालयमा प्राकृतिक विविधिता र सिमसार संरक्षण जस्ता सचेतना कार्यक्रमले युवा विद्यार्थीमा जैविकविविधता र सिमसारको महत्व बुझेर संरक्षण लाग्न प्रेरित गर्ने तालवाराही माविका सहायक प्रधानध्यापक यदु पोखरेलले बताए । यस्ता संरक्षण सचेतना कार्यक्रमको निरन्तरतार हुनु पर्नेमा उनले जोड दिए ।

सिमसार संसारका केही सबैभन्दा पारिस्थितिक रुपमा धनी परिस्थितिक प्रणालीहरु हुन् । तिनीहरु जैविक विविधताका आकर्षण केन्द्र मात्र होइनन् । तिनीहरु ज्ञान र संस्कृतिक आकर्षण केन्द्र पनि हुन् । जहाँ सिमसारहरु फस्टाउँछन् त्यहाँ सांस्कृतिक सम्पदा र परम्परागत ज्ञान पनि फस्टाउने सिमसार विज्ञ बताउँछन् ।

भलिबल, घोडा दौड  र भेडाको साँड जुडाई मुख्य आकर्षण
पोखरा, २० माघ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को सयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा फागुन ६ देखि ९ गतेसम्म महोत्सव हुने रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले बताए ।

‘सबै मौसममा पर्यटन भन्ने नारासहित विगत केही वर्षयता हामीले घान्द्रुक पर्यटन महोत्सव गर्दै आएका छौं, उपाध्यक्ष गुरुङले भने, ‘घान्द्रुकमा खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फागुन ६ देखि ९ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रमको साथ महोत्सव आयोजना गरिएको हो ।’

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा पर्यटकहरुलाई १५ प्रतिशत छुट रहेको बताए । ‘घान्द्रुकमा हामीले एकैदिन २ हजार ५ सय पर्यटक राख्न सक्ने होटल तथा होमस्टे रहेका छन्, अध्यक्ष गुरुङले भने, ‘महोत्सव अवधीभर घान्द्रुक आउने पर्यटकलाई १५ प्रतिशत छुट दिन्छौं ।’

रोधीं क्लब कोँड (घान्द्रुक)का अध्यक्ष लक्षिण गुरुङले महोत्सवले घान्द्रुकको पर्यटन प्रवद्र्दन गर्न मद्दत पुग्ने बताए । ‘घान्द्रुक ढुङ्गेनी गाउँको नामले पनि परिचित छ, घान्द्रुकका कला संस्कृति, रीतिरिवाज बचाई राख्न महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिएका छौं ।’ अध्यक्ष गुरुङले भने । महोत्सव सफल बनाउन घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)ले पोखरा र घान्द्रुकमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा १९ लाख रुपैयाँ संकलन भएको थियो ।

महोत्सवमा भलिबल,घोडा दौड र भेडाको साँड जुडाई मुख्य आर्कषण
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, राष्ट्रव्यापी बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता,भेडाको साँड जुडाई प्रतियोगिता,रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरिएको बताए ।

उनका अनुसार महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले समान १ लाख ६६ हजार ६ सय ६६, उपविजेताले १ लाख ११ हजार १ सय ११ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै घोडा दौड प्रतियोगिताको प्रथम हुनेले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

घान्द्रुक चक्रिय पदमार्ग दौडको प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६, उपविजेताले ७ हजार ४ सय ४४ र तृतीय हुनेले ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६ र उपविजेताले ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिताका विजेताले समान ११ हजार १ सय ११ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भेडाको साँड जुडाई प्रतियोगिताको प्रथम हुनेले ११ हजार, द्धितिय हुनेले ९ हजार,तृतीय हुनेले ७ हजार, चौथो हुनेले ५ हजार र पाँचौ हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

काठमाडौं, २० माघ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाकाे संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्। निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हाे ।

निर्वाचन आउन एक महिना बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन्।

एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइनेछन्। नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन्। दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ।

नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ। निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालित हुने सेनाले जनाएको छ। सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए।

निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। यसपटकका निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन्। एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ। निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ। दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदशील र तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ। निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुन्छन्।

आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

पोखरा, २० माघ ।

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा सक्रिय गुरुङले कोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।पोखरामा मंगलबार एक कार्यक्रमका बीच अभियान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन् ।

सहयोग हस्तान्तरण पछि अभियान्ता गुरुङले समाजका हरेक गतिविधिलाई तस्बिरको माध्यमबाट जनमानसमा पु¥याउने फोटो पत्रकारहरूको वृत्तिविकासका लागि सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने विश्वास लिएकी छु ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउदुरकी गुरुङ रोजगारीको सिलसिलामा अहिले अमेरिका बस्छिन् ।

सहयोग ग्रहण पछिएपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

यसैबिच, अभियान्ता गुरुङले सोही कार्यक्रममा सहारा क्लब पोखरालाई पनि १० हजार रुपैयाँ सहयोग गरेकी छिन् । क्लबले सञ्चालन गर्ने आहारारा पोखरा गोल्डकपको २५ वर्ष अर्थात रजत वर्षलाई विशेष बनाउनका लागि उक्त सहयोग गरेकी हुन् ।

उक्त रकम अभियान्ता गुरुङले सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेकी हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।