२०८२ चैत्र १९ बिहीबार
२०८२ चैत्र १९ बिहीबार

पोखरा, २९ माघ ।

अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले पोखराका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा कण्डम र यस दिवसको महत्वका बारेमा चर्चा गरिएको थियो ।

अन्तरक्रियामा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदशका क्षयरोग÷एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एएचएफ नेपालले प्रणय दिवसको अवसर पारेर सन् २०११ देखि युवाहरुलाई लक्षित गरि नेपालमा पनि विविध कार्यक्रम गरि अन्तरराष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष मनाउदै आएको बताए । ‘

अन्तरराष्ट्रिय रुपमा फेब्रुअरी १३ का दिन प्रणय दिवसको अबसर पारी यसलाई विश्वब्यापी रुपमा कण्डमको सही तरिकाले प्रयोग गरि सुरक्षीत यौन सम्पर्क बारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले अन्तराष्ट्रिय कण्डम दिवस मनाउने गरिन्छ,’ उनले भने, ‘संसारभरि यौनरोग संक्रमण पुनः फैलिरहेको सन्दर्भमा, आफु र आफ्नो यौन साथीलाई जोगाउनु अझ महत्वपुर्ण हुन आउछ ।’

संयोजक बसौलाले गण्डकी प्रदेशमा यो आर्थिक वर्षको पुस मसान्तसम्म ९ लाख ५३ हजार कण्डम बाडिएको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा २२ लाख ६४ हजार र त्यस अघिको आर्थिक वर्षमा २३ लाख ९७ हजार कण्डम वितरण गरिएको थियो ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि पोखरामा कण्डम दिवस भव्य रुपमा मनाइने बताए । कण्डम अस्थायी साधन मात्र नभएर यौनरोग निरोधक साधन भएकाले यसको प्रचारप्रसारमा सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा एड्स हेल्थकेयर फाउण्डेसन, नेपालका कार्यक्रम तथा बजार संयोजक राधेश्याम श्रेष्ठले एएचएफका बारेमा जानकारी गराएका थिए । एएचएफले ४९ देशहरूमा २७ लाखभन्दा बढी मानिसहरूलाई सेवा प्रदान गर्ने उनले सुनाए ।

एएचएफ सन् २००८ मा नेपालमा आएदेखि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रसँगको साझेदारीमा काम गर्न सुरु गरेको श्रेष्ठले जानकारी दिए । त्यसपछि मे २००९ देखि शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पतालबाट सेवा सञ्चालन गरिरहेको छ । उनका अनुसार संस्थाले नेपालमा कण्डम वितरण एचआइभी टेस्ट, एआरटी क्लिनिक लगायतको काम गरिरहेको छ ।

एएचएफ नेपाल, गण्डकीकी कार्यक्रम संयोजक विद्या कोइरालाले बिहीबार पत्रकार अन्तरक्रिया कार्यक्रम गरी शुक्रबार कण्डम सम्बन्धी सन्देशमुलक गीत प्रतियोगिता आयोजना गरिएको बताइन् । १० टिमको सहभागिता रहने उक्त प्रतियोगितामा विजेतालाई नगदसहित पुरस्कृत गरिने संयोजक कोइरालाले जानकारी दिइन् ।

पोखरा, २९ माघ ।

बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न ‘नवौं विरेन स्मृति’ एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि लामागाउँ गुम्बाले जितेको छ । पोखरा १ टुंडिखेलमा आज ९बिहीबार० भएको फाइनल खेलमा रामघाट एफसीलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै लामागाउँले उपाधि जितेको हो ।

लामागाउँलाई उपाधि दिलाउन संगम ठकुरीले निर्णायक गोल गरे । यो जीतसँगै लामागाउँ बिटी कपमा दोस्रो पटक च्याम्यिन बनेको क्लबका निवर्तमान अध्यक्ष असिम थापाले बताए ।

गुरुका अनुसार यसअघि सातौं विरेन स्मृति तथा १७ औं बिटी कपमा पनि फाइनलमै रामघाटलाई हराउँदै लामागाउँ गुम्बा च्याम्पियन बनेको थियो । त्यसको बद्ला लिने अवसर पाएको रामघाट यो वर्षपनि लामागाउँसँग स्तब्ध बन्यो । उपाधि जितेको लामागाउँले नगद रु २ लाख २ सय २२ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

यस्तै उपविजेता बनेको रामघाटले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्यो । कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट लामागाउँका सरोज तितुङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै साइकल प्राप्त गरे । उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै रतन हिताङ, उत्कृष्ट डिफेण्डरका रुपमा लामागाउँकै संगम ठकुरी घोषित भए ।

यसैगरी उत्कृष्ट मिडफिल्डरका रुपमा रामघाटका सुदेश गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा फायर पिज्जाका मनिष ठकुरी ट्रफीसहित जनही नगद रु ८र८ हजार प्राप्त गरे । सो प्रतियोगिताबाट अनुशासित टिमका रुपमा फायर पिज्जा नगद रु १० हजारसहित पुरस्कृत बन्यो ।

विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका क्याप्टेन रक्षबहादुर गुरुङ, क्लबका सल्लाहकारहरु, पुरस्कारदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा, २९ माघ ।

निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो ।

तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले लोकतन्त्रको उत्सब भएको बताउदै पत्रकारले निर्वाचनका बेला सवेदनशिल भएर निष्पक्ष समाचार जनतामाझ पस्कन पर्ने बताउनु भयो । उहाँले निर्वाचन स्वच्छ, शान्त र निष्पक्ष बनाउन आम सञ्चारको भूमिका लाई ध्यानमा राखेर तालिम आयोजना गरेकोमा महासंघ कास्कीलाई धन्यवाद दिनुभयो ।

तालिममा सहभागीहरु मध्यबाट आफ्नो अनुभव सुनाउदै पत्रकार शिशिर पौडेल, खिमा गुरुङ र तिलक पुनले तालिमले निर्वाचन प्रक्रिया सहित रिपोर्टिङका बारे जानकारी प्राप्त भएको र सिकेका कुरालाई ध्यानमा राखेर कार्यक्षेत्रमा खटिने बताउनु भयो ।

तालिममा गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकाल, प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछाने, समाधान दैनिकाका प्रधान संम्पादक पत्रकार भरत कोइराला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश पाण्डे, कास्की निर्वाचन क्षेत्र नं।२ का साहयक निर्वाचन अधिकृत दिपक गिरीले प्रस्तुतिकरण राख्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधली रहित बनाउन पत्रकारिताको भूमिका रहने भएकाले निर्वाचन सम्बन्धी रिपोर्टिङ तालिम आयोजना गरिएको बताउदै तालिम प्राप्त ज्ञानलाई सहभागीले आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्ने बताउनुभयो । उहाँले पत्रकारिता जहिले पनि देश र जनाताको पक्षमा हुनुपर्ने बताउनुभयो ।

विभिन्न संचारमाध्यममा आवद्घ ७५ जना पत्रकार सहभागी भएको तालिममा निर्वाचन सम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशिलता लगाय विषय समेटिएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिनुभयो ।

महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भुपाल गुरुङले गर्न भएको थियो ।

पोखरा, २९ माघ ।

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको अध्यक्षमा लक्ष्मण बहादुर थापा निर्वाचित भएका छन् । क्लबको बुधबार सम्पन्न पाँचौँ अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । जस अन्तर्गत क्लबको उपाध्यक्षमा मित्रलाल बास्तोला, सचिवमा प्रेम तिमिल्सिना र कोषाध्यक्षमा हरी प्रसाद पहारी निर्वाचित भए ।

त्यसैगरी सदस्यमा रविन अधिकारी, ओमित गुरुङ, ईस्का राई, राम तामाङ र राजेश गिरी निर्वाचित भएका छन । अधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्याराग्लाइडिङले पोखरामा पर्यटकको बसाइ अवधि बढाउन र साहसिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । उनले प्याराग्लाइडिङ पोखरामा पर्यटकको पहिलो रोजाइ भएकाले सबै संस्था र मानिसहरू यसको प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए ।

क्लब अध्यक्ष दीपक थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव प्रेम तिमल्सिनाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुमन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष लक्ष्मण बहादुर थापाले आगामी कार्यकालमा पाइलटहरूको हक, हित तथा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताए । उनले भने, उडान मापदण्ड तथा सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउनुका साथै टेकअप तथा ल्यान्डिङ क्षेत्रको दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय तहसँग सहकार्य गर्दै स्थायी पूर्वाधार विकास गर्नेछौं ।

उनले पाइलटहरूको बीमा, पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा स्पष्ट नीति निर्माणका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै नयाँ पाइलटहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता बढाउन तालिम, प्रशिक्षण तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो ।

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब समग्र पाइलटहरूको हक, हित तथा सुरक्षाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले वि।सं। २०७३ साल भाद्र ८ गते जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भई कार्यारम्भ गरेको संस्था हो । हालसम्म ४ सय १२ जना नेपाली पाइलटहरूले टेन्डम लाइसेन्स प्राप्त गरिसकेका छन् ।

पोखरा , २९ माघ ।

निर्वाचन्को मिति फागुन २१ गते नजिकिदै गर्दा ने क पा ( एमाले ) कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यले मतदाता भेटघाट र अन्तक्रिर्या सहित सुझाब संकलनलाई तिब्रता दिएका छ्न। बिहीवार उम्मेदवार आचार्यले पोखरा महानगरपालिका वडा न २० अन्तरगत मौजा ,मोहोरिया का स्थानिय मतदातासंग सुझाव संकलन र अन्तरक्रिया गरेका छन।

सो क्रममा उम्मेदवार आचार्यले पोखराको बिकासमा आफुले बिशिस्ट विशेषता सहितको बिकासको मोडल नीति परिकल्पना गरेको उल्लेख गरे। पोखरा आफैंमा बिशिस्टता बोकेको महानगर भएको हुँदा अबको युगमा यसलाइ सन्सारकै उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउन ” “डेस्टिनेसन प्याराडाइज”को अबधारणा तयार गरेको उल्लेख गरे।

पोखराको भुगोल र स्थानियतालाई जोड्न वरिपरिका ग्रामिण इलाका र मुख्य शहरी इलाकालाई पर्यटन मार्फत सम्बन्ध स्थापित र घनिभुत पार्न सकिन्छ। “लिङ्क पोखरा” अबधारणा मार्फत भौतिक र पर्यटकीय बिकासमा उभार ल्याउन सकिने उनको तर्क छ। यो पर्यटनको राजधानीलाई स्थानीय तहसंगको सहकार्यमा थप ब्यबस्थित गर्नुछ। त्यसका लागि भएका पर्यटकीय गन्तब्यको पहिचान , बिकास र ब्यबस्थापनको खाका ” मार्क पोखरा ” हुने उल्लेख गरे।

भएका पर्यटकीय पूर्बाधारको बिकास त गर्नु नै छ राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरेर बढी पर्यटक भित्र्याउनका लागि ” ट्विट पोखरा” अभियान स्थानीयसंगको सहभागीतामा महत्त्वपूर्ण हुन सक्ने बताए।

वडा न २९ का विभिन्न टोल र बस्तिमा सुझाव ग्रहण गर्दै उम्मेदवार आचार्यले सबैको साथले अब्बल जनप्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। निति निर्माण र त्यसको प्रभाबकारी कार्यन्वयनबाटै नयाँ युबा पुस्ताको युग निर्माण सुशासन र भ्रस्टाचार नियन्त्रणको मुख्य आधार हुने उल्लेख गरे।

जनताका भावाना र सुझाव सुन्न चुनाव पछि पनि नियमित कार्यतालिका निर्माण गरेर वडाका
स्थानियहरूसंग आउने उनले प्रतिबद्धता जनाए। उत्साहपूर्ण सहभागीतामा सुझाव लिन सक्रिय उम्मेदवार आचार्य बिद्यार्थी राजनितिबाट उदाएका अब्बल युबा मानिन्छ्न।

काठमाडौं, २९ माघ ।

आईसीसी टी(२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको इटालीले ११।४ ओभरमै कुनै विकेट नगुमाई सहज जित दर्ता गर्‍यो। नेपालले दिएको १ सय २३ रनको लक्ष्य इटालीका ओपनर मोस्का दाजुभाइले उत्कृष्ट साझेदारी गर्दै पार लगाए। नेपालका बलरहरू इटालीको ब्याटिङ आक्रमण रोक्न असफल भए भने एक विकेटसमेत लिन सकेनन्।

इटालीका लागि एन्थोनी मोस्काले ३२ बलमा ६२ रनको आक्रामक इनिङ्स खेले। उनले तीन चौका र छ छक्का प्रहार गरे। त्यस्तै, जस्टिन मोस्काले ४४ बलमा अविजित ६० रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए। उनले पाँच चौका र तीन छक्का प्रहार गरे।

ब्याटिङ र बलिङ दुवै पक्षमा कमजोर प्रदर्शन गरेको नेपाल प्रतियोगितामा दबाबमा परेको छ।

काठमाडौं, २९ माघ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहीवार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १२४ ावटा निर्वाचन क्षेत्रको आगि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले जानकारी दिनुभयो ।

उहाँले प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने उल्लेख गर्दै एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको बताउनुभयो । उहाँकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरी रुजु ९जाँच० समेत गरेर ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ । मुद्रण अधिकृत कोईरालाले छापिएका मतपत्रमध्ये ५८ जिल्लाको प्याकिङ कार्य पूरा भई ढुवानी गर्न मिल्ने अवस्थामा राखिएको बताउनुभयो ।

आजदेखि कर्णाली प्रदेशमा मतपत्र ढुवानी कार्य शुरु गरिएको उहाँको भनाइ छ । उहाँले कर्णालीसँगै सुदूरपश्चिम, कोशी लगायतका प्रदेशमा चरणवद्ध रूपमा मतपत्र पठाउने कार्ययोजना रहेको पनि बताउनु भयो । निर्वाचन आयोगले आगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइसक्ने लक्ष्यसहित काम गरिरहेको उहाँको भनाइ छ ।

मुद्रण अधिकृत कोईरालाले भन्नुभयो, ‘अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले गत पुस २२ गतेदेखि नमूना मतपत्र छपाइ गरी ७७ वटै जिल्लामा मतदाता शिक्षा प्रयोजको लागि पठाइसकेको अवस्था छ । र २०८२ साल पुस २६ गतेबाट समानुपातिक निर्वाचनतर्फको मतपत्र छपाइ गरी रुजु समेत गरेर तयारी अवस्थामा राखिएको अवस्था छ । त्यसैगरी यही माघ १६ गतेदेखि पहिलो हुने निर्वाचित हुने निर्वाण प्रणालीका लागि आवश्यक मतपत्र छपाइ गरी हालसम्म १ करोड ५७ लाख ७५ हजार छपाइ सकेका छौँ । हालसम्म ५८ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भई ढुवानी गर्न मिल्ने अवस्थामा राखिएको छ ।

र हालसम्म १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । आजदेखि कर्णाली प्रदेशको मतपत्र ढुवानी कार्य शुरु गरिएको छ । कर्णाली, सुदूरपश्चिम, कोसी लगायतका प्रदेशमा विस्तारै मतपत्र पठाउने कार्ययोजना छ । अगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसक्ने कार्ययोजनासहित आयोगले कार्य गरिरहेको छ ।’ जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ । कोईरालाकाअनुसार बिहीवारसम्म कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, ह्म्ला, कालिकोट, जुम्ला, जाजरकोट दैलेख र सुर्खेत गरी १० जिल्लाको मतपत्र ढुवानी कार्य समेत सम्पन्न भइसकेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।