२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

पोखरा, ०७ फागुन ।

जावलाखेल युथ क्लब २५औँ आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । विहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबले उज्बेकिस्तानको एभिए फुटबल क्लबलाई १( ० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

जावलाखेलको जितमा खेलको ५२औं मिनेटमा एभिएका खुसान जानीजानोभले गरेको आत्मघाती गोल खेलको निर्णायक गोल बनेको थियो । दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि एभिए क्लबले बराबरी गोल फर्काउन सकेन ।

यस जितसँगै जावलाखेलले उपाधि नजिक पुगेको छ। अब उपाधिका लागि जावलाखेलले सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल यही शनिबार फागुन ९ गते ९२१ फेब्रुअरी० आयोजना हुने आयोजकले जनाएको छ ।

पोखरा, ०७ फागुन ।

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले मतदाताहरूको सुझाव संकलनलाई तीव्र पारेको छ। कांग्रेसका उम्मेदवार तिलक रानाभाटले क्षेत्र नम्बर १ को विकासका लागि के कस्तो योजनाहरू अगाडि बढाउने र आफूले चुनाव जिते पश्चात संसदमा राख्ने योजनाहरूको बारेमा पनि तथ्याङ्क सङ्कलन गर्दै मतदाताहरूसँग भेटघाट गरेका छन्।

उसले अब भने सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्ने हुँदा संविधान संशोधन गर्दै विकास निर्माणमा भएका कानुनका बाधाहरूलाई हटाउँदै लैजाने प्रतिबद्धता समेत मतदाताहरूलाई गरेका छन्।

पहिलो चरणको सचिवालय उद्घाटन तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्पन्न गर्दै प्रारम्भिक चरणको रिपोर्ट तयार गरेर अब तथ्याङ्कमा आधारित विकास योजना अगाडि बढाउने उम्मेदवार तिलक रानाभाटले बताएका छन्।

साथै नेपाली कांग्रेस कास्की १ मा चुनाव प्रचारप्रसार अन्तर्गत नेपाल तरुण दल नेपाल विद्यार्थी सङ्घ नेपाल महिला सङ्घ लगायतका भात्री संगठनहरुलाई सक्रिय बनाउँदै सबै मतदाताहरू को प्रयास गर्ने समेत कार्यक्रम रहेको चुनाव परिचालन समितिका संयोजक एवं क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेले बताएका छन्।

पोखरा, ०७ फागुन ।

यूकेमा रहेका सचित गुरुङको १९ औं जन्मदिनको अवसरमा उनका बाबा चन्द्रबहादुर र आमा शान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीलाई आर्थिक सहयोग गरेका छन् ।

छोराको जन्मदिनमा गुरुङ दम्पतीले एनपिजेए कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा सचितका बाबा चन्द्रबहादुर गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका सचिव धनबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष, सहारा यूकेका सल्लाहकार र सहारा क्लब, पोखराका सदस्य समेत रहेका गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन् ।

सहयोग ग्रहण पछि एनपिजेए कास्कीका सचिव गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो ।

छोरा सचितको जन्मदिनको अवसरमा गुरुङ दम्पतिले पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रममा २५ हजार ५ सय रुपैयाँ नगद र बेलुकाको खानासहित खाद्यान्न सहयोग गरिसकेका छन् । साथै, सहारा क्लब, पोखराले सञ्चालन गरेको सहारा एकेडेमीमा रहेका बालकहरुलाई पनि बेलुकाको खाना र खाद्यान्न सहयोग उपलब्ध गराएका थिए ।

चन्द्रबहादुर र शान्ता गुरुङ दम्पतीले यूकेमा गोर्खा हिल क्यास एण्ड क्यारी सञ्चालन गरिरहेका छन् । सचित अहिले यूकेमै सिभिल इन्जिनियरिङ पढिरहेका छन् ।

 

 

 

पोखरा, ०७ फागुन ।

दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । सहकारीले फागुन ७ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं। ४, लाहाचोकमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष याम बहादुर हमालले मुखको स्वास्थ्य समग्र शरीरकै दर्पण हो, तर धेरै मानिसहरूले चेतना र पहुँचको अभावमा आफ्नो दाँतको समस्या लुकाएर राखेका हुन सक्छन् तर उपचार आवश्यक भएकोले समयमा उपचार गर्न सम्पुर्णलाई अनुरोध गर्नुभयो ।

माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ का वडाध्यक्ष मधुसुदन अधिकारीले विशेषगरी लाहाचोकका बासिन्दालाई लक्षित गर्दै यो शिविर आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै यो शिविरले मुखका रोग न्यूनीकरण गर्न र स्थानीय समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

निट डेन्टल केयर, महेन्द्रपुलको प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । सहकारीका अध्यक्ष राजाराम शाहीले स्थानियको सहकार्यमा गाउँमा सहकारीले निःशुल्क दन्त शिविर गरेको बताउदैं यस्ता गतिविधिलाई निरन्तरता दिने बताउनुभयो । उहाँले गाउँघरमै विशेषज्ञ सेवा र्पुयाउने उद्देश्यले आयोजना गरिएको यस शिविरमा दाँत तथा मुख सम्बन्धी विभिन्न समस्याहरूको निःशुल्क परीक्षण र परामर्श प्रदान गरिएको बताउनुभयो ।

शिविर सयोंजक ज्योती हमालले शिविरमा १५३ जनाले सेवा लिएको जानकारी दिदै निःशुल्क औषधी तथा टुथपेष्ट, ब्रस लगायतका सामानहरु वितरण गरिएको जानकारी दिनुभयो । निट डेन्टल केयर, महेन्द्रपुलका प्रबन्ध निर्देशक बिरेन रानामगरले शिविरमा आएका दन्त रोगीहरुमा प्रायः गिजा पाक्ने, गिजा सुनिने, दाँत टुक्रा परेका समस्याहरु देखा परेको बताउनुभयो । उहाँले शिविरमा आएका दन्त रोगीहरुलाई निट डेन्टल केयरमा दर्ता निःशुल्क र विशेषज्ञ सेवामा १० प्रतिशत र साधारण चेकजाँचमा १५ प्रतिशत छुट दिने जनाउनुभयो ।

शाहीका अनुसार सहकारीले केवल बचत तथा ऋणको कारोबार मात्र नगरी सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवाका कार्यलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक क्यालेन्डरमै समावेश गरेर यस्ता स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

शिविरमा डेन्टल हाईजेनिष्ट रबिन्द्र कुमार पौडेलले दाँत परीक्षण गर्ने, सफा गर्ने विधि सिकाउने र परामर्शका आधारमा आवश्यक औषधीहरू समेत उपलब्ध गराएको बताउनुभयो । विषेशगरी सामाजिक उत्तरदायित्वको क्षेत्रमा दर्शन सहकारीले गरेको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ ।

यसै प्रतिबद्धतालाई सार्थकता दिन सहकारीले विभिन्न समयमा शैक्षिक सामग्री वितरणदेखि लिएर स्वास्थ्य सम्बन्धी शिविरहरू सञ्चालन गर्नुका साथै जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गरी पोखरा र वरिपरिका समुदायमा आफ्नो सामाजिक पहिचान दृढ गर्दै समेत आएको छ ।

पोखरा, ०७ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले संसदमा गएर केवल कुनामा बसेर ताली बजाउने सांसद नभई विकास र राष्ट्रिय मुद्दामा उत्कृष्ट भूमिका खेल्ने सांसद बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संसदमा गनिने र परिणाममुखी काम गर्ने सांसदका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

पोखरा जेसिसले आयोजना गरेको ककस प्रत्यक्ष संवादमा बोल्दै उम्मेदवार आचार्यले कास्की क्षेत्र नम्बर २ मात्र नभई समग्र कास्कीको विकासका लागि संसदभित्र सकृय र प्रभावकारी भूमिका खेल्ने बताएका हुन् । आचार्यले विशेषगरी पर्यटन प्रवद्र्धनमा धेरै कानुनी जटिलता रहेको भन्दै ती समस्या समाधान गर्न संसदमा सशक्त आवाज उठाउने अठोट गरे । उनले भने—‘पर्यटन कास्कीको मुख्य आधार हो, तर कानुनी र नीतिगत जटिलताका कारण अपेक्षित विकास हुन सकेको छैन, यी जटिलता हटाउन संसदमा पहल गर्नेछु ।’

फोहोर व्यवस्थापन स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने विषय भए पनि त्यससँग सम्बन्धित नीतिगत पक्षहरू संसदमा उठाउने उनको भनाई थियो । उनले महानगरले कार्यान्वयन गर्ने काममा नीति र कानुनको माध्यमबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । आचार्यले स्वर्गीय नेता रविन्द्र अधिकारीको समृद्ध नेपालको सपना आफ्नो मार्गदर्शन भएको उल्लेख गरे ।

उनको सम्मान गर्दै उनकै आधारमा नयाँ विकासको खाका कोर्ने उनले बताए । ‘उहाँले देखाएको विकासको मार्गलाई निरन्तरता दिँदै नयाँ योजना र कार्यक्रम अघि बढाउनेछु , ’ उनले भने । शिक्षा क्षेत्रमा आफूले गरेका योगदानबारे उल्लेख गर्दै आचार्यले पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति हुँदा बीएलएलबी, बीएससी र बीबीए जस्ता कार्यक्रम ल्याउन पहल गरेको बताए । सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि र सशक्तीकरणका लागि परिणाममुखी काम गरेको अनुभवले संसदमा पनि प्रभावकारी भूमिका खेल्न मद्दत गर्ने उनको विश्वास छ ।

उम्मेदवार आचार्यले समग्र कास्कीको विकास, शिक्षा सुधार, पर्यटन प्रवद्र्धन र राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोणसहित संसदमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याए ।

‘बृहत एकता सहित चुनाबमा होमिएका छौुं,– एमाले केन्द्रिय सदस्य कृष्ण थापा
‘कास्की २ अर्को अग्रगामी छलाङको लागि तयार छ’–एमाले केन्द्रिय सदस्य प्रभा कोइराला
पोखरा, ०७ फागुन ।

नेकपा ९एमाले० का केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले आफुहरू बृहत एकता सहित निर्वाचनमा होमिएकोले सबैजना सुक्ष्मरूपले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । पार्टीको नीति र कार्यदिशा मुताविक कास्की २ का जनताले प्रभावशाली बौद्धिक युवा उम्मेदवार उठाएको बताउँदै उनले पोखराको व्यवस्थित विकासमा रश्मि आचार्यको जित अपरिहार्य भएको जिकिर गरे ।

एमाले नेता थापाले एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्यको मतदाता साक्षात्कार कार्यक्रमको पोखरा १६ मा शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् । उनले देश र जनताको सेवा तथा पार्टीको नीति निर्णयमा सधैं आफूहरु प्रतिबद्ध रहेको बताए । बजारमा फैलाइएका निराधार हल्लाहरूले एमाले कमजोर नहुने उनले उल्लेख गरे ।

सो अवसरमा उम्मेदवार रश्मि आचार्यले माटोको कसम खाएर आफू राजनीतीमा सेवा भावले उत्प्रेरित भएर लागेको बताए । जनहित र विकास बाहेक आफ्नो कुनै स्वार्थ नरहेको उनको भनाई छ । ‘कार्ययोजना र कार्यान्वयनको प्रष्ट खाका प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गरेको छु ।’ उनले भने—‘अब विकास र समविकास सँगसँगै एकसाथ गर्नुपर्नेछ । यस कार्यका लागि तपाईहरुको साथ र सहयोगले नै मेरो जीत सम्भव छ ।’

त्यसैगरि एमाले केन्द्रिय सदस्य प्रभा कोइरालाले आम युवा र कास्कीको भरोसाको उम्मेदवार आचार्य पाउनु गौरवको विषय भएको बताईन् । श्रमजीवी महिला, युवा र श्रमिकहरूका पक्षमा प्रष्ट विचार दिन सक्ने उम्मेदवार आचार्य भएको जिकिर गर्दै उनले कास्की २ अर्को अग्रगामी छलाङको लागि तयार भएको उल्लेख गरिन् । समानुपातिक उम्मेदवार दिपक पौडेलले समन्यायिक विकास र सबै क्षेत्रको सन्तुलित विकासको अवधारणा तयार पार्ने पार्टी एमाले भएको हुँदा ढुक्कसँग एमालेलाई जिताउन आग्रह गरे ।

एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी प्यासीले कास्की २ ले चम्किलो सूर्य झन तेजिलो बनाउने भन्दै देश र जनताका लागि काम गर्ने उर्जावान उम्मेदवार आचार्य नै जनताको रोजाईमा रहनेमा आफू विश्वस्त भएको उल्लेख गरे । सो पार्टीका निवर्तमान प्रदेश कमिटी सदस्य तेजनारायण अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य सहित उल्लेख्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

जनताको घरदैलो अभियानमा रहेका आचार्यलाई जिताउन स्थानीयहरू उत्साहका साथ लागि परेको एमाले पोखरा १६ का वडा कमिटि अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए ।

एजेन्सी, ०७ फागुन ।

मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी करिब ३८ जना खानी मजदुरको मृत्यु भएको छ।

स्थानीय स्रोतले पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा परी अन्य २७ जना घाइते भएको जनाएको हो । स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले मानिसहरू खानिको खाल्डोमा भएको र अचानक ग्यास विस्फोट बताएका छन् ।

पश्चिम अफ्रिकी देशले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ। गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानिमा ढुङ्गा खस्दा करिब १८ जनाको मृत्यु भएको थियो ।

काठमाडौं, ०७ फागुन।

रास्वपाले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ । आज ९बिहीबार० सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामार्फत रास्वपाले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

जहाँ ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू’ मूल शीर्षकमा आफ्नो वाचा सार्वजनिक गरिएको छ ।

काठमाडौं, ०७ फागुन।

नेकपा एमालेले सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा आवश्यक जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बिहीबार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, विश्वसनीय तथा सबै नागरिकको पहुँचमा पुग्ने बनाउने प्रतिबद्धता जनाएको हो ।

त्यस्तै स्वास्थ्य बीमामा देखिएका वित्तीय तथा व्यवस्थापकीय समस्याहरू समाधान गरी नागरिकलाई सहज स्वास्थ्य सेवा सुनिश्चित गर्ने ,आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकीकरण गरी निःशुल्क, विश्वसनीय र सर्वव्यापी बनाउने घोषणा गरेको पनि गरेको छ ।

स्वास्थ्य प्रणालीमा रहेको दोहोरो वित्तीय बोझ, सेवा उत्पादन–खरिदको अन्योल तथा बीमा र निःशुल्क सेवाबीचको दोहोरोपन हटाउन स्वास्थ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूलाई क्रमशः एकीकृत गर्ने योजना रहेको एमालेले जनाएको छ ।

परम्परागत तथा वैकल्पिक चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सासँग एकीकृत गर्ने ,योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, आम्ची र होमियोप्याथीलगायतलाई मुख्यधारामा ल्याइने ,आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकताको प्रयोग गरी स्वास्थ्य प्रणालीलाई अत्याधुनिक बनाउने, स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने तथा सरकारी, निजी र सामुदायिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।

काठमाडौं, ०७ फागुन।

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।

कांग्रेसले घोषणापत्रलाई प्रतिज्ञापत्रको नाम दिएको छ। प्रतिज्ञापत्रमा कांग्रेसले भिजन १० समावेश गरेको छ। ती भिजन १० का विषय बुधबार जनकपुरको तिरहुतियामा आयोजित मधेस सभामा सार्वजनिक गरिसकिएको छ।

उक्त प्रतिज्ञा पत्रमा भिजन १०, अबको नेपाल, सुशासित नेपाल, हाम्रो अर्थतन्र उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र, युवा शक्ति, रोजगारी, सीप र श्रमलगायतका आधारभूत क्षेत्रहरू समेटिएका छन्।

यसैगरी वैदेशिक रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, गरिबी निवारण, सामाजिक सुरक्षा, दिगो भौतिक पूरु्वाधार, व्यवस्थित गाउँ सहर, प्राकृतिक स्रोत, भूउपयोग, खानी तथा खनिज पदार्थ, पर्याप्त ऊर्जा दिगो पूर्वाधार, दूरसञ्चार,सूचना प्रसारण, सूचना प्रविधि र डिजिटल रुपान्तरण, समावेशी, सुरक्षित र डिजिटल नेपाल समेटिएका छन्।

त्यसैगरी पर्यटन, सहकारी लघुवित्त, वातावरण संरक्षण र जलवायु परिवर्तन, विपद् व्यवस्थापन, सामाजिक न्याय, समावेशीता र समावेशी विकास, नेपाली डायस्पोरा अटुट सम्बन्ध , विस्तारित नेपाल, हाम्रो सभ्यता, संस्कृति, खेलकुद, संविधानको संस्थागत विकास र संघीयताको सबलीकरण तथा यी योजनाहरू कसरी कार्यान्वयन गर्छौ भनेर अन्तिममा निष्कर्ष राखिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।