२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

पोखरा, ०८ फागुुन ।

२५ औं संस्करणको आहा१ रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएका छन् । भोलि ९शनिबार० दिउँसो २ बजे पोखरा रंगशालामा रोमाञ्चक फाइनल भिडन्त हुँदैछ । १४ लाख १ हजार रुपैयाँ नगद पुरस्कारसहितको उपाधि जित्दै इतिहास रच्ने दाउमा दुवै टोली रहेका छन् ।

शुक्रबार आयोजित प्रि(म्याच कन्फरेन्समा सहारा र जावलाखेलका प्रशिक्षक तथा टिम क्याप्टेनले उपाधि आ(आफ्नो टिमले जित्ने दाबी गरे। सहाराका प्रशिक्षक सुनिल रानामगर सहाराले १२ औं संस्करणको उपाधि जित्दा म्यानेजर भूमिकामा थिए। उनी आयोजकलाई ९ वर्षपछि दोस्रोपल्ट उपाधि दिलाउन भरमग्दूर लागेका छन्।

प्रशिक्षक रानामगरले भने, ‘१२ वर्षपछि खोला फर्काउने तयारीमा छौँ।’ आयोजकले १२ वर्षअघि १२ औं संस्करणमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराउँदै पहिलोपल्ट उपाधि चुमेको थियो। ‘सबैको मनोबल हाइमोरल छ। जति पनि परफमेन्स भयो, त्यसमा स्कोर ननिस्के पनि फाइनलमा स्कोर निकाल्ने एकमात्र उद्देश्य हुनेछ,’ उनले पत्रकार सम्मेलनमा भने।

यसै गरी जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले भने, ‘होम टाउनमा आयोजकसँग खेल्दा हामीलाई दर्शकको प्रेसर त पर्छ नै, तर पनि हामी सेटअप गर्छौँ।’ सहाराको टिम पनि राम्रो भएको उनको प्रतिक्रिया थियो। उनले भने, ‘सहारा स्ट्रङ टिम हो। स्ट्रङ भएर नै त्यति राम्रो राम्रो टिमलाई हराएको छ।’सहाराका क्याप्टेन सुशील लामा र जावलाखेलका किपरसमेत रहेका क्याप्टेन उनेश चौधरीले शनिबारको फाइनल उत्कृष्ट दिने बताए। सहाराका क्याप्टेनको भूमिकामा रहेका सुशील सहारा एकेडेमीका दोस्रो ब्याचका उत्पादन पनि हुन्।

सहाराले उद्घाटन खेलमा गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई हराउँदै विजयी यात्रा सुरुआत गरेको थियो। सर्वाधिक ६ पल्टका उपाधि विजेताहरु पुलिस फुटबल क्लबलाई क्वार्टरफाइनलमा र मनाङ मर्स्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको शिकार बनाउँदै फाइनल पुगेको हो।

उता पहिलो खेलमा मच्छिन्द्र क्लबलाई हराएको जावलाखेलले प्रिक्वार्टरमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा आभा फुटबल क्लब, उज्वेकिस्तानलाई पराजित गर्दै उपाधि भिडन्त सुनिश्चित गरेको हो। विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

पोखरा, ०८ फागुन ।

प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता शुक्रबारदेखि पोखरामा सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल, पोखरा रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा परिषदका सदस्य रविन्सन प्रजुले प्रतियोगिताको औपचारिक शुभारम्भ गरे। कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशमा खेलकुद विकासका लागि परिषद प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दशौं राष्ट्रिय खेलकुदको पूर्वतयारीका लागि यस्ता प्रतियोगिताहरूको भूमिका महत्वपूर्ण रहने बताए।

प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव राजेन्द्र पहाडी, उपाध्यक्ष शान्ती थापा बैद्य, जिल्ला खेलकुद विकास समिति कास्कीका उपाध्यक्ष तिलक बहादुर अधिकारी, प्रदेश खेलकुदका पूर्व सदस्य विष्णुमाया गुरुङ, जिल्ला ह्याण्डबल संघ कास्कीका अध्यक्ष चित्रबहादुर थापा, बागलुङका अध्यक्ष उमेशराज भण्डारी तथा प्रशिक्षक भीमसेन शाक्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ बागलुङ, तनहुँ र कास्की विजयी भए भने महिलातर्फ बागलुङ र कास्कीले जित हात पारे। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच जिल्लाका महिला तथा पुरुष गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा बागलुङ, तनहुँ, कास्की, पर्वत र नवलपुरको सहभागिता रहेको छ ।

प्रतियोगिताबाट आसन्न दशौं राष्ट्रिय खेलकुदका लागि प्रारम्भिक चरणमा खेलाडी छनोट गरिने अध्यक्ष पाठकले जानकारी दिए। प्रतियोगिताअन्तर्गत शनिबार सेमिफाइनल, फाइनल तथा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।

पोखरा, ०८ फागुन ।

नेकपा ९एमाले० कास्की क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दामोदर पौडेल वैरागीले मतदाता भेटघाटलाई तिव्र बनाएका छन् । उनले शुक्रबार पोखरा महानगरपालिकाका वडा नं।२ र ५ का विभिन्न टोलटोलमा पुगेर मतदातासँग भेटघाट गरेका हुन्् । घरदैलो कार्यक्रमका क्रममा उनले आफू सधैं जनतासँगै रहेको र आगामी दिनमा पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

मतदातासँगको भेटमा वैरागीले विगतमा सुरु भएका अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिने र नयाँ विकास योजना अघि बढाउने वाचा गरेका छन् । ‘म हिजो पनि तपाईँहरूसँगै थिएँ, आज पनि तपाईँहरूसँगै छु र भोलि पनि तपाईँहरूसँगै रहनेछु,’ उनले मतदातामाझ विश्वास दिलाए ।

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासन प्रवद्र्धन, पूर्वाधार विकास, पर्यटन विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकताका रूपमा राखिएको छ । पार्टीले मुलुकको स्वाधीनता, सार्वभौमिकता र संविधानको संरक्षण गर्दै जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्पलाई कार्यान्वयन गर्ने जनाएको छ ।

एमालेले वैरागीलाई विजयी गराउन आह्वान गर्दै विगतमा सुरु भएका विकास आयोजनाहरूलाई पूर्णता दिने र नयाँ सम्भावनायुक्त परियोजनाहरू अघि बढाउने प्रतिबद्धता दोहो¥याएको छ ।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाताले विकास, रोजगारी, पूर्वाधार र पर्यटन विस्तारका विषयमा चासो राखेका थिए भने उम्मेदवार वैरागीले ती सबै विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

‘अर्मलाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गरेर पूर्वाधार विकासको काम थप बलियो बनाउनुछ’–एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्य
पोखरा, ०८ फागुन ।

नेकपा ९एमाले० कास्की क्षेत्र नं ।२ का उम्मेदवार रश्मि आचार्यले निर्वाचित भएको पहिलो दिनबाट प्रतिबद्धता कार्यान्वयनको काम थाल्ने उद्घोष गरेका छन् । ‘निर्वाचित भएको पहिलो दिन सुनौलो इतिहास निर्माणको अध्याय त्यहीबाट प्रारम्भ हुनेछ । हामी योजना र प्रतिबद्धता मात्रै बनाउँदैनौ कार्यान्वयनको प्रष्ट मार्गचित्र सहित हजुरहरू समक्ष आएका छौं,’उम्मेदवार आचार्यले भने—’हिजो हाम्रा जनप्रतिनिधिले हजुरहरूको विश्वासमा दाग लाग्ने कम गर्नु भएन आज त्यो कामलाई थप मजबुत बनाउने बलियो योजना बोकर आएको छु ।’

उनले शुक्रवार आफ्नो निर्वाचन क्षेत्र कास्की क्षेत्र नं। २ पोखरा १६ को दिपबाट मतदाता साक्षात्कार प्रारम्भ गर्दै सो कुरा बताएका हुन् । सुन्दर पर्यटकीय सम्भावना बोकेको अर्मलाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गरेर पूर्वाधार विकास सहित पोखराका अन्य पर्यटकीय क्षेत्रहरूसँग जोड्ने काम बाँकी रहेको उनको भनाई छ । पोखरा १६ का महेन्द्र गूफा, चमेरे गुफा, सेती नदिमा थप पर्यटन आवागमन वृद्धिका लागि ती स्थलहरूको सबलीकृत विकास र प्रचार प्रसार मार्फत थप उत्पादनशिल बनाउनेमा उनको जोड छ ।

महत्वपूर्ण पर्यटकीय गन्तव्यको पहिचान, सबलीकरण र प्रचार प्रसार विना पोखराको पर्यटनले अपेक्षित परिणाम दिन नसक्ने उम्मेदवार आचार्यको ठहर छ । अपेक्षा बाँडेर मात्रै हुदैन आफूसँग परिणाम दिन सक्ने कार्यान्वयनमुखी योजना रहेको उम्मेदवार आचार्यले उल्लेख गरे । पोखरा १६ का अर्मलाकोट, र्याले, पात्ले, दाद्रे, डिहि, टाड बिस्यौना, कुर, माझकुना, घोकुर्ना, छहरेपानी, जोगिमणी, जुम्लेटी, घार्मीखोला लगायतका मतदाता भेटेका उम्मेदवार आचार्यले कास्की २ को स्थानीय भएको र सधैंसँगै रहेर सँगसँगै विकास, एकसाथ विकासको नीति अवलम्बन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको दोहो¥याए ।

मतदाता भेटघाटमा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी प्यासी, केन्द्रिय सदस्यद्वय प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रिय सदस्य भिम कार्की, अनेम संघ केन्द्रिय सल्लाहकार सृजना शर्मा, एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्य, निर्वाचन क्षेत्र उपसंयोजक बलराम आचार्य, सचिव झपट रानाभाट सहित प्रदेश ,जिल्ला र स्थानिय तहका नेता कार्यकर्ता सहभागी रहेको एमाले पोखरा १६ का अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए ।

पोखरा, ०८ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भदौ २३ गतेको घटनालाई स्मरण गर्न मतदातासँग आग्रह गरेका छन्। उनले उक्त दिनलाई लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सुशासनका लागि लड्ने नागरिकको भावनासँग जोडिएको दिनका रूपमा उल्लेख गरे।

चुनावी घरदैलो तथा भेटघाट कार्यक्रम अन्र्तगत विहिबार मादी गाउँपालिकाको सिक्लेसमा बोल्दै पौडेलले भने, “भदौ २३ सम्झनुहोस्। ती कलिला विद्यार्थी बालबालिकाहरू गोली खाएर ढलेका दृश्यले के तपाईंको मन रुवाउँदैन? अभिव्यक्ति स्वतन्त्रता र सुशासनका पक्षमा सडकमा आएका ती बच्चाहरू हाम्रै छोराछोरी हुन्।” उनले मतदातालाई आफ्ना सन्तानको भविष्य सम्झेर निर्णय गर्न आग्रह गरे।

पौडेलले परिवर्तनका लागि मत निर्णायक हुने बताउँदै भने, “भदौ २३ सम्झनुहोस् अनि आफ्ना छोराछोरी सम्झनुहोस्। परिवर्तनका लागि घण्टीमा मतदान गर्नुहोस्।” उनले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै लोकतान्त्रिक अधिकारको सही प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

अर्को प्रसंगमा उनले भ्रष्टाचारविरुद्ध कडा अडान दोहो¥याए। “भ्रष्टाचार गरेर कमाएका अकुत सम्पत्ति, नेताहरूका गुप्त कोठाभरि जलेका पैसाको स्रोत र तिनको हिसाब–किताब सार्वजनिक गर्न जनताले मत परिवर्तन गर्नुपर्ने बेला आएको छ,” उनले भने। विगतका अनियमितता र आर्थिक अपारदर्शिताको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

पौडेलले सुशासन, पारदर्शिता र नागरिक अधिकारको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै मतदातालाई परिवर्तनको पक्षमा उभिन अपिल गरेका छन्।

पोखरा, ०८ फागुन ।

साहित्यकार सुरज उपाध्यायलाई पितृशोक परेको छ । उपाध्यायका ७५ वर्षीय पिता शङ्कर उपाध्यायको शुक्रवार बिहान हृदयघातका कारण निधन भएको हो । केही समयअगि क्यान्सरका कारण थलिएका उपाध्याय शल्यक्रियापछि स्वास्थ्य लाभ गरी फेदीखोला(२, चनौटे, स्याङ्जामा बस्दै आएका थिए ।

हाल सामान्य स्वास्थ्य अवस्था भएका उनी शुक्रवार बिहान घरायसी नियमित काम सकेपछि एक्कासि ढल्न पुगेका थिए । उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइए पनि चिकित्सकले हृदयघातका कारण निधन भएको जानकारी दिएका थिए ।

२००८ साल मङ्सिर १६ गते जन्मेका उपाध्याय ४० वर्षसम्म विभिन्न विद्यालयमा अध्यापन गरी निवृत्त भएका शिक्षक हुन् । उपाध्यायका जेठा छोरा सुरज साहित्यिक क्षेत्रमा क्रियाशील छन् । विशेष गरी बालसाहित्यमा क्रियाशील सुरजका ‘चिल उड्यो आकाशमा’, ‘साइकल’ र ‘बाबा कतारमा आमा हतारमा’ गरी ३ बालकविता सङ्ग्रह तथा ‘तिम्रो मन फर्किएन’ नामक गजल सङ्ग्रह प्रकाशित छन् । उनी प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गीतकार प्रतिष्ठानका सदस्य हुन् । स्व। उपाध्यायका सुरजसहित सन्तोष र रेशम गरी ३ छोरा, १ छोरी र श्रीमती छन् ।

पोखरा, ०८ फागुन ।

तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? टिकटकबाट राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । आसन्न निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ ।

मतदाता शिक्षासम्बन्धी टिकटक बनाएर आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुने छ । जसका लागि तपाईंले मतदाता शिक्षासम्बन्धी टिकटक बनाएर निर्वाचनको माहौल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ । जसबाट तपाईले ५० हजार जित्नुहुनेछ । युवामाझ लोकप्रिय रहेको सामाजिक सञ्जाललाई आयोगले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न लागेको छ ।

निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित भएर एक मिनेट बराबरको टिकटक भिडियो बनाई आफ्नो सामाजिक सञ्जालमा राख्नुपर्ने छ । यही फागुन १७ गतेसम्म आयोगको इमेलमा समेत टिकटक पठाउनुपर्नेछ ।

आयोगमा प्राप्त भएका सबै टिकटक भिडियोमा सबैभन्दा बढी भ्युअर्स भएका टिकटकलाई आयोगले निश्चित रकम प्रदान गर्नेछ । आयोगले त्यस्ता टिकटकलाई धेरै भ्युअर्स भएका पहिलो टिकटकलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजारका दरले पुरस्कृत गरी प्रमाणपत्र प्रदान गर्नेछ ।

काठमाण्डौँ, ०८ फागुन ।

नेकपा एमालेको युवा दस्ता ‘नेशनल भोलिन्टियर फोर्स’ ले आफ्नो पार्टीको झण्डा जलाउने रास्वपा कार्यकर्तामाथि कारबाही माग गरेको छ । प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै झण्डा जलाउनेमाथि तत्काल कारबाही नभए सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यले यो घटनालाई नजरअन्दाज गर्छ र अपराधिक मानसिकता बोकेको जत्थालाई तत्काल कारबाहीको दायरामा ल्याएन भने नेशनल भोलिन्टियर फोर्स अन्याय, अराजकता र चरित्रहत्याविरुद्ध सशक्त रुपमा उभिनेछ ।’

फोर्सले लोकतन्त्रको नाममा अराजकता मच्याउने, अन्य दलको मानमर्दन गर्ने, उच्च नेतृत्वमाथि आधारहीन आरोप लगाउने, गालीगलौज गर्ने र चरित्रहत्या गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ ।

‘राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गर्न, आगो र अराजकताबाट होइन । झण्डा जलाउने, उत्तेजना फैलाउने र द्धेष भड्काउने कार्य लोकतान्त्रिक होइन, अराजक मानसिकताको प्रतीक हो । यस्तो प्रवृत्तिले राजनीतिक संस्कारलाई ध्वस्त पार्ने मात्र होइन, सामाजिक सद्भावसमेत बिगार्ने खतरा पैदा गर्दछ भन्ने बेहोस भिडलाई जानकारी नहुनसक्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन बिथोल्ने यस्ता कार्यप्रति राज्य संयन्त्र मौन बसेमा कानूनप्रतिको जनविश्वासमा गम्भीर संकट पैदा हुने फोर्सको ठहर छ ।

काठमाडौं, ०८ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आगामी फागुन ९ गते रुपन्देहीको भैरहवा र १० गते पोखरामा आयोजना गर्ने भनेको प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ। रुपन्देही(३ का चुनावी कमान्डर नारायणप्रसाद भण्डारीका अनुसार पार्टी केन्द्रबाट तत्कालका लागि कार्यक्रम रोक्न निर्देशन आएपछि सभा स्थगित गरिएको हो।

सभाका लागि पत्रकार सम्मेलन, प्रचारप्रसार र मञ्च निर्माणको तयारीसमेत भइरहेको थियो। पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा ‘संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन’ का कारण सभा स्थगित गरिएको उल्लेख छ।

यद्यपि, बिहीबार दाङमा रास्वपा समर्थकले एमालेको झण्डा जलाएको घटनापछि उत्पन्न परिस्थितिका कारण सभा रोकिएको हो। उक्त घटनाप्रति एमाले कार्यकर्ताहरू आक्रोशित छन् भने झण्डा जलाउनेलाई कारबाहीको माग गरेका छन्।

काठमाडौं, ०८ फागुन ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उहाँले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो । अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै निर्माणको तिब्रता नदेखिएको स्पष्ट पार्नुभयो । यद्यपि, पछिल्लो समय केही प्रगति भएको उहाँको भनाइ छ ।

सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ धेरै पटक निर्देशन दिइसकेको बताउनु भयो । उहाँले केही दिन अघि मात्रै शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालकाअनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्नेछ । निर्वाचन पछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब पहिलो कुरा त बनेको त हामी सबैले हेरिहाल्यौँ कति बन्यो भन्ने कुरा । हामीलाई जुन स्पिडबाट जुन स्तरबाट यो बन्नुपथ्र्यो भन्ने लागिराख्या छ त्यो स्तरबाट अझै स्पिड आइसकेको छैन । किनभने अब करिवकरिव सदन चल्ने कुरा त निधो नै भइसक्यो । अब दुई—चार दिन तलमाथि होला नत्र भने अब सदन चल्ने स्थितिलाई इलेक्शन भएपछिको स्थिति ।

अब त्यो सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ हामीले पहिले देख्न धेरै पटक निर्देशन दिइयो । अब अहिले लास्ट पटक आएर दिएको निर्देशनअनुसार अलिकति काममा प्रगति भएको त पाइएकै छ । उहाँहरूसँग अहिले कुरा गर्दाखेरि पनि हामी दिन्छौँ भनेको बेलामा हामी दिन्छौँ भन्ने खालको कुरा प्रतिवद्धता भनौँ न जाहेर गर्नुभएको छ ।

त्यति मात्र होइन, योभन्दा अलि अगाडि दस दिन अगाडि होला मेरो आफ्नै कार्यकक्षमा शहरी विकास मन्त्रालयको सचिवहरु अनि यहाँका सबैलाई बोलाएर सम्बन्धित पक्षलाई बोलाएर पनि त्यहाँ अलिअलि कडै निर्देशन दिएको हो । अब त्यही कुरा यहाँ भन्न त मिलेन। तर धेरै ढङ्गले हामीले कोशिस ग¥यौं । हाम्रो आफ्नो ठाउँबाट पनि पहल गरिराखेका छौँ र उहाँहरु पनि अहिले लागिराखेकै स्पिडमा देखिन्छ । त्यसले गर्दा अब आशा गरौँ कम्तीमा संसद चलाउने ढङ्गले उहाँहरूले हाम्रो हातमा दिनुहुन्छ ।

दिनुपर्छ, दिनुहुन्छ मात्रै होइन दिनैपर्छ । अब यो स्पिड हो, अब त्यही स्पिडमा उहाँहरूले काम गर्छु भन्नुभएको हुनाले अब त्यही सबैले अपेक्षा गरौँ । त्यही अनुसार यसलाई तर अब कतिपय अरु बाहिरका काम, फिनिसिङका काम, अरु अरु अवयवहरु छन् नि यहाँ त फेरि सदन भनेको त हल मात्रै त होइन ।

यहाँ हलकै समस्या पहिलो टड्कारो भएर अलि हल हल भन्या हो तर सदन चलाउनको लागि त सम्पूर्ण अवयवहरु चाहियो नि त। अब त्यो अब त्यो तत्कालै दिने देखिँदैन । तर कम्तीमा संसद चलाउनेसम्म प्रतिनिधि सभा राष्ट्रिय सभा चलाउने सम्म दिनुभयो भने त्यसैलाई धन्यवाद ठान्नुपर्छ ।’

नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले फिनिसिङ र अन्य प्राविधिक पक्षहरूमा पनि ध्यान दिन आग्रह गर्नुभएको छ । आगामी अधिवेशनसम्म मुख्य हलहरू हस्तान्तरण हुनेमा उहाँले आशा व्यक्त गर्नुभएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।