२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

काठमाण्डौँ, ०८ फागुन ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न ताकेता गरेको छ। शुक्रबार ९फागुन ८० आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचार–प्रसारसम्बन्धी सम्पूर्ण खर्च अनिवार्य रूपमा सोही खाताबाट गर्नुपर्ने व्यवस्था भएकाले बाँकी रहेका उम्मेदवारलाई तत्काल खाता खोल्न सचेत गराएको हो।

आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले सार्वजनिक बिदाका कारण खाता खोल्ने प्रक्रियामा केही असहजता हुनसक्ने देखिएको उल्लेख गर्दै अब ढिलाइ नगर्न आग्रह गरिएको बताइन्। उनले उम्मेदवारलाई खाता खोल्ने प्रक्रियामा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई पनि आयोगले निर्देशन दिइसकेको जानकारी दिइन्।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा चुनावी खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने र सबै खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने संकेतसमेत दिएको छ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।