२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

पोखरा, १२ फागुन ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पहिचान बनाएका सेफ राज सिल्वालले पोखरामा आफ्नो अनुभव सुनाएका छन् । पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीहरुलाई आफ्नो अनुभन सुनाए । नेपाली खानाको स्वादलाई अन्तर्राष्ट्रियमा प्रचार प्रसार उनी लागेका छन् ।

कतारको दोहा स्थित प्रतिष्ठित लक्जरी होटल राफलमा प्रमुख शेफका रुपमा काम गर्दै आएका छन् । उनकै नेतृत्वमा होटलले विश्व प्रसिद्ध मिशेलिन स्टार १ पाएका छ । विश्वस्तरीय किचेनमा काम गर्दै आएका उनले नेपाली स्वाद र आधुनिक पाक–प्रविधिबीच सन्तुलन गर्दै नेपाली खानालाई पनि चिनाउदै आएका छन् ।

करिब डेढ दशक लामो अन्तर्राष्ट्रिय अनुभव बटुलेका सिल्वालले विभिन्न देशका पाँचतारे होटल तथा रेष्टुरेन्टमा काम गर्दै आफ्नो पेशागत दक्षता विकास गरेका छन् । उनले बहुराष्ट्रिय टिमसँग सहकार्य गर्दै उच्चस्तरीय फाइन डाइनिङ कन्सेप्ट, फ्युजन कुकिङ र प्रेजेन्टेसन आर्टमा विशेष दक्षता हासिल गरेका छन् ।

चितवनमा जन्मिका उनले आएसी नेपाल पछि अष्ट्रेलिया गएका थिए । उनले त्यहीबाट सेफको काम शुरु गरेका थिए । अष्ट्रेलिया लामो समय काम गरि सकेपछि नेपालमा आएर रेष्टुरेण्ट सञ्चालन गरेका थिए । तर कोभिडका कारण रेष्टुरेष्ट बन्द भएपछि उनी कतारको अन्तर्राष्ट्रिय स्तरको होटलमा काम गर्न पुगेका थिए ।

उनले विद्यार्थीहरुलाई अनुसाशित र लगनशील भएर अध्ययन गरे सफल भइने बताए । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले शिल्वाललाई स्वागत गर्दै सफल व्यक्ति सगँको साक्षातकारले विद्यार्थीको मनोबल बढ्ने बताए ।

पोखरा, १२ फागुन ।

नेपाली काँग्रेसका नेता एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कास्कीका नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन् । उनले कास्की को दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिन नेपाली काँग्रेस नै उपयुक्त शक्ति भएको उल्लेख गरे ।

कास्कीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका तिलक रानाभाट, माधव प्रसाद बास्तोला “मधु”, मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङका लागि मत माग्दै उनले भने, “कास्कीमा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद र युवा स्वरोजगारका थुप्रै योजनाहरू अघि बढाएको छ । यी योजनालाई संघीय तहसँग समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्न सक्षम र अनुभवी नेतृत्व आवश्यक छ, जसका लागि नेपाली काँग्रेसका उपयुक्त उम्मेदवार हुनुहुन्छ।”

मन्त्री थापाका अनुसार कास्कीका विभिन्न वडामा विद्यालय पूर्वाधार सुदृढीकरण, खेलमैदान स्तरोन्नति, स्वास्थ्य संस्थामा सेवा विस्तार तथा युवालाई लक्षित सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ। “प्रदेशले थालेका योजनालाई संघीय सरकारसँग समन्वय गरी अझ ठूलो आकारमा लैजान सक्ने प्रतिनिधि आवश्यक छ,” उनले भने ।

उनले कास्कीको समृद्धि यात्रामा राजनीतिक स्थिरता, स्पष्ट दृष्टिकोण र विकासप्रति इमान्दार प्रतिबद्धता जरुरी रहेको उल्लेख गर्दै नेपाली काँग्रेसले परिवर्तन र सुशासनको मार्गचित्र प्रस्तुत गरेको बताए । “कास्की २ लाई समुन्नत, व्यवस्थित र अवसरले भरिपूर्ण बनाउन काँग्रेस नेतृत्व अपरिहार्य छ”, मन्त्री थापाको भनाई छ ।

उनले मतदातासँग अपिल गर्दै फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराई कास्कीको विकास अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन् । “प्रदेश सरकारले अघि सारेका योजनालाई सफल पार्न संघ र प्रदेशबीच सहकार्य जरुरी छ। त्यसका लागि कास्कीमा काँग्रेसको जित आवश्यक छ,” उनले स्पष्ट पारे ।

कास्कीमा यतिबेला चुनावी माहोल तातेको छ। विभिन्न स्थानमा घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत काँग्रेस उम्मेदवारहरुले विकास, सुशासन र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । मन्त्री थापाको सक्रिय समर्थन र अपिलसँगै कास्कीमा काँग्रेसको अभियान थप सशक्त बनेको कार्यकर्ताहरू बताउँछन्।

 

पोखरा, १२ फागुन ।

यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदमा कास्की क्षेत्र नं। २ का नेकपा ९एमाले०का उम्मेदवार रश्मि आचार्यले पोखराको व्यवस्थित विकासको टड्कारो आवश्यकता देखिएको बताएका छन् । देशकै ठूलो महानगरमा व्यवस्थित विकासका लागि केही नयाँ नीतिगत व्यवस्थासँगै स्थानीय तहसँगको सहकार्यमा भएको विकासलाई पनि थप व्यवस्थित गराउनुपर्नेमा उनको जोड छ । पोखराको विकासमा देखिएका नीतिगत र कानुनी अल्झनले व्यवस्थित विकासमा कठिनाइ देखिएको भन्दै उम्मेदवार आचार्यले यसको समाधानमा लाग्ने उल्लेख गरे ।

शिक्षा, स्वास्थ, रोजगारी, संरचनाका सौन्र्दयीकरण सहित युवा पुस्ता केन्द्रित महत्वपूर्ण विषयका काम नीतिगत कानुनी व्यवस्थापनमा भएका त्रुटिका कारण असरल्ल परेका छन् । सो विषय आफ्नो महत्वपूर्ण प्राथमिक एजेन्डा भएको उनको भनाई छ । नजिकिदै गएको निर्वाचनका सन्दर्भमा पोखरा महानगरपालिका वडा नं। ७ का मतदाता भेट्घाटमा उम्मेदवार आचार्यले सो कुरा बताएका हुन् ।

सबैको साथले यहाँको पर्यटन विकासका लागि आफुले ‘लिङ्क पोखरा, मार्क पोखरा र ट्विट पोखरा’ को अवधारणा अघि सारेको उल्लेख गरे । पोखरामा भएका संरचना र क्षेत्रलाई भौगोलिक र सांकृतिक पाटोबाट एक आपसमा जोड्ने काम ‘लिङ्क पोखरा’ ग्रामीण इलाकामा नयाँ गन्तव्य निर्माण र विकासका लागि ‘मार्क पोखरा’ र पोखराको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार गर्न ‘ट्विट पोखरा’ फलदायी हुने आचार्यको ठम्याई छ ।

यससँगै उम्मेदवार आचार्यले मुख्य सहरी क्षेत्रको जनसंख्या व्यवस्थापनलाई केन्द्रबिन्दुमा राखेको बताए । जनघनत्व बढी भएको मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्याको जीवनस्तर सुधारसहित शहरी क्षेत्रको थप सशक्तिकरण हुने अभियान संचालन गर्न सके व्यवस्थित पोखरा विकासको योजना साकार हुने आचार्यको दाबी छ । पोखराको पर्यटनमा यसको सौन्दर्यीकरण सहित थप व्यवस्थित विकास गर्न सकेमा पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन, पर्यटकको बसाई अवधि लम्याउन उल्लेखनीय भूमिका खेल्न सकिने उनको तर्क छ ।

 

पोखरा, १२ फागुन ।

इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले फेवा डुंगा व्यवसायी संगठन र वडा प्रहरी कार्यालय बैदामलाई लाइफ ज्याकेट प्रदान गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै दुई संस्थालाई गरी २ सय वटा लाइफ ज्याकेट वितरण गरेको हो । मंगलबार पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार बाराहीघाटमा आयोजित कार्यक्रममा ज्याकेट प्रदान गरिएको हो ।

भायानेटका वित्त प्रमुख अरुण कार्कीले फेवा डुंगा व्यवसायी संगठनका कार्यवाहाक अध्यक्ष रुद्र भुजेल र वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक शिशीर भट्टराईलाई ज्याकेट हस्तान्तरण गरेका हुन् ।

संस्थाले फेवा डुंगा व्यवसायी संगठनलाई १ सय ८५ र वडा प्रहरी कार्यालय बैदामलाई १५ वटा लाइफ ज्याकेट दिएको हो । कार्यक्रममा भायानेटका वित्त प्रमुख अरुण कार्कीले फेवातालमा डुंगा सयर गर्ने यात्रुको जीवन रक्षाको लागि लाइफ ज्याकेट प्रदान गरिएको बताए ।

कार्यक्रममा भायानेटका पोखरा शाखा प्रमुख दिपेश सिग्देलले सामाजिक उत्तरदायित्व अन्तर्गत फेवा डुंगा व्यवसायीलाई सहयोग गरेको बताउँदै आगामी दिनमा पनि अन्य सामाजिक संघ संस्थालाई पनि सहयोग गरिने बताए ।

फेवा डुंगा व्यवसायी संगठनका सचिव शिवरुद्र जिसीले फेवातालमा करिब ८ सय डुंगा सञ्चालनमा रहेको र डुंगामा यात्रा गर्दा लाइफ ज्याकेट अनिवार्य गरिएको बताए । भायानेटले उपलब्ध गराएको लाइफ ज्याकेटलाई सदुपयोग गरिने बताए । कार्यक्रममा उपस्थिति अतिथि लगायतलाई भायानेटको लाइफ ज्याकेट लगाएर फेवातालमा डुंगा सयर गराउँदै बाराही मन्दिर परिक्रमा गराइएको थियो ।

 

पोखरा, १२ फागुन ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ का उम्मेदवार विद्यानाथ ढकालले चुनावी मैदानमा जनताको अथाह माया र विश्वास प्राप्त भइरहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका ढकालले घरदैलो र चुनावी अभियानका क्रममा देखिएको जनलहरले आफूलाई उत्साहित तुल्याएको बताए ।

चुनावी अभियानका क्रममा आँबुखैरेनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘जनताले हामीलाई निकै माया र साथ दिनुभएको छ । त्यो माया र साथ मतमा बदलिनेछ र हामी विजयी बन्नेछौं ।’

तनहुँमा तारा चिन्हप्रति जनताको आशा र भरोसा दिनप्रतिदिन बढिरहेको उनले बताए । भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा निरन्तर आवाज उठाएका कारण मतदाताहरू आफूप्रति बढी आशावादी रहेको उनको भनाइ छ ।

आफू यहीँको स्थानीय बासिन्दा भएकाले जनताको सुखदुःखमा सधैँ साथमा रहने उनले प्रतिबद्धता जनाएका छन् । ‘जनताले आफ्नो भावना बुझ्ने र सुखदुःखमा साथ दिने प्रतिनिधिलाई संसदमा पठाउन चाहन्छन्,’ ढकाल भन्छन्, ‘तनहुँका मतदाताले त्यो भरोसाको पात्र विद्या ढकाल नै हो भन्ने मान्यता स्थापित गरिसक्नुभएको छ ।’ तनहुँ क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढिरहँदा ढकालको सक्रियता पनि बढिरहेको छ ।

पोखरा, १२ फागुन ।

आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै तनहुँ क्षेत्र नम्बर १ मा चुनावी गतिविधिले तीव्रता पाएको छ । यसै क्रममा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ‘चारा’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका उम्मेदवार विद्या ढकालले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।

मंगलबार ढकालले बन्दिपुर गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । उम्मेदवार ढकालले बन्दिपुर गाउँपालिका वडा नं. ५ र ६ का विभिन्न स्थानहरूमा पुगी मत मागे । उनले बन्दिपुरका बस्तीहरूमा पुगेर स्थानीयका समस्या सुन्नुका साथै आफ्नो योजना सुनाएका थिए । भेटघाटका क्रममा स्थानीय मतदाताहरूबाट उत्साहजनक साथ प्राप्त भएको ढकालले बताए ।

मतदाताहरूसँगको छलफल र अन्तरक्रियामा ढकालले नीतिगत सुधार र स्थानीय विकासलाई जोड दिएका छन् । अलपत्र अवस्थामा रहेको ‘घुमाउने पुल’ निर्माणलाई तदारुकताका साथ अगाडि बढाउने जनाएका छन् । प्राविधिक शिक्षाको विस्तार र स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने उनको प्रतिबद्धता छ । बन्दिपुरको पर्यटनलाई व्यावसायिक बनाउँदै स्थानीयको आर्थिक अवस्था सुधार्ने उनको योजना छ ।

देशको समग्र विकासका लागि संसदमा प्रभावकारी नीतिगत हस्तक्षेप गर्ने पनि उनले बताएका छन् । दिनभर बन्दिपुर क्षेत्रमा व्यस्त रहेका ढकालले जनताको आधारभूत आवश्यकता पूरा गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी कुरा होइन, काममा विश्वास गर्छौं,’ उनले भने, ‘यसपटक तनहुँ–१ का जनताले परिवर्तन खोजेका छन् र त्यसको संवाहक चारा चिन्ह हुनेछ ।’

पोखरा, १२ फागुन ।

नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गते देखि सुरु भएको उक्त तालिम सम्पन्न भएको हो ।

तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि डिजिटल युगमा साइबर जन्य अपराधका घटना चुनौतीको रुपमा रहेको बताउनु भयो । उहाँले पत्रकार स्वयम् साइबर जन्य अपराधबाट बच्न र आम नागरिकलाई समेत सचेत गराउन तालिमले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल तालिमले पत्रकार स्वयम्लाई डिजिटल प्रविधि मार्फत हुने ठगी र सुरक्षा चुनौतीबाट बच्न टेवा पुग्ने बताउनुभयो । सहभागीको तर्फबाट अनुभव सुनाउदै पत्रकार घनश्याम पाण्डे र रोशनी गुरुङले तालिमले साइबर सुरक्षा अपनाउनका लागि तालिम प्रभावकारी भएको बताउनुभयो । आगामी दिनमा प्रयोगात्मक तबरले तालिम सञ्चालन गर्न उहाँहरुले सुझाव समेत दिनु भयो ।

साइबर सुरक्षा सम्बन्धी सहजिकरण गर्दै साइबर सुरक्षा विज्ञ प्रमोद न्याछ्योंले विभिन्न साइबरजन्य हमलाका उदाहरण दिदै इन्टरनेमका माध्यमबाट हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण, अनाधिकृत पहँुच जस्ता जोखिमबाट बच्ने प्रक्रिया र उपायबारे जानकारी दिनुभयो ।

तिन दिनसम्म सञ्चालन भएको तालिमको सहजिकरण गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उप प्राध्यापक ई.सन्तोष पन्थ, बैकिंङ सम्बन्धी डिजिटल सुरक्षाका बारेमा नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक शीवा थापाले सहजिकरण गर्नु भएको थियो ।

तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्घ ७५ जना पत्रकार एवं सञ्चारकर्मीको सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन सहसचिब मधु अधिकारीले गर्नुभएको थियो ।

काठमाडौं, १२ फागुन ।

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। निर्वाचनको दिनलाई व्यवस्थित, शान्तिपूर्ण र व्यापक सहभागितामूलक बनाउनका लागि यस्तो निर्णय गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

निर्वाचन आयोगको तयारी, सुरक्षा निकायको परिचालन, मतपेटिका ढुवानी तथा मतदाताको सहज सहभागितालाई ध्यानमा राख्दै तीन दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ।

फागुन २१ गते देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने जनाएको छ।

काठमाडौं, १२ फागुन ।

सरकारले जेन–जी परिषद गठन गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी परिषद् गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्ताविक चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको उनले बताए ।

त्यस्तै बैठकले चालू आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसका साथै बैठकले काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा।दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको प्रवक्ता अर्यालले बताए ।

मन्त्रिपरिषद्ले बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्ष भरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

काठमाण्डौँ, १२ फागुन ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी ९साम्बा० ले आफ्नो उपचारका लागि आवश्यक रकम जुटिसकेको भन्दै थप सहयोग नगर्न आग्रह गरेकी छन्।

सोमबार उपचारका लागि सहयोग अपिल गरेकी साम्बाले २४ घण्टाभित्रै नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० संकलन भएको जानकारी दिएकी हुन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।