
पोखरा, १३ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं कास्की क्षेत्रनम्बर २ का उम्मेदवार हेमजंग गुरुङले व्यवस्था फेर्ने गरी राप्रपा चुनावमा होमिएको बताएका छन् । चुनावी प्रचारको क्रममा पोखरा विरौटामा भएको कोण सभालाई सम्बोधन गदैँ गुरुङले भ्रष्टचारलाई अन्त्य गर्न र देशमा सुशासन कायम गर्न व्यवस्था फेर्नुको विकल्प नभएको बताए ।
भ्रष्टचारीलाई कडा कारवाही गर्ने र देशमा सुशासन काय गर्ने, संबैधानीक राजसंस्था र सनातन हिन्दुराष्ट कायम गर्न राप्रपा प्रतिबद्ध रहेको गुरुङले दावी गरे । पोखरामा विकास निमर्माणमा भएको गतिरोध अन्त्य गदैँ, यहाँ भएका विकृति विंगती हटाउन र अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिङय उडानका लागि पहल गर्ने गुरुङले प्रतिवद्धता व्यक्त गरे ।
मतदाताको शिर कहिले नझुक्ने गरी काम गर्ने बताउदैँ गुरुङले फागुन २१ गते मतदान गरी विजयी गराइदिन मतदातालाई आग्रह गरे । कास्कीका जनताको आवाज संसदमा उठाउन एक पटक यसैपटक बिजयी गराइदिन गुरुङले आहन गरे ।
पोखरा, १३ फागुन ।
कास्की क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ले माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा बुधबार घरदैलो कार्यक्रम गरेका छन् । उनले घलेल, खोराको मुख, ल्वाङ, लाहाचोक र घाचोकका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका हुन् ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले विशेष गरी होमस्टे सञ्चालनलाई प्रभावकारी बनाउन सडक पूर्वाधार सुधार गर्नुपर्ने माग राखेका छन् । पर्यटक सहज रूपमा आवतजावत गर्न सक्ने सडक निर्माण, पर्यटनमैत्री नीति र दीगो विकास योजनामा प्राथमिकता दिनुपर्ने उनीहरूले सुझाव दिएका थिए् ।
विहानैदेखि विभिन्न टोलबस्तीमा पुगेका वैरागीले स्थानीयका समस्या सुन्दै आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राख्ने बताएका छन् । उनले भने, ‘गाउँ चिनेको छु, समाज बुझेको छु । आशा मर्न दिँदिनँ । आर्थिक विकास बिना गरिबी घटाउन, युवा पलायन रोक्न, शिक्षा–स्वास्थ्यमा लगानी बढाउन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिँदैन । त्यसका लागि आवश्यक नीति र कार्यक्रम ल्याइनेछ ।’
उनले एमालेसँग काम गरेर देखाएको इतिहास रहेको उल्लेख गर्दै सडक, शिक्षा, पूर्वाधार र समग्र विकासका क्षेत्रमा निरन्तरता आवश्यक रहेको बताए । अधुरा योजना पूरा गर्ने र सुरु गरिएका कार्यक्रमलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
वैरागीले अन्नपूर्ण आधार शिविर, फेवाताल लगायत कास्की–३ का विभिन्न गाउँमा देखिएका जलवायु परिवर्तन, भू–संरक्षण तथा बाढीपहिरोका समस्या समाधानका लागि निरन्तर पहल गर्ने बताए। उनले स्थानीय आवश्यकता र दीगो विकासलाई केन्द्रमा राखेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
पोखरा एयरपोर्टबाट भारतका सहरमा उडान सुनिश्चित गर्न पोउवा संघको माग
पोखरा, १३ फागुन ।
नेपालस्थित भारतीय राजदूताबासका प्रथम सचिव सुमन शेखरले सूचना प्रविधि तथा नवप्रवर्तनका निम्ति नेपाल र भारतबीचको सुरु भएको साझेदारी फलदायी देखिएको बताएका छन् । दूताबासका वाणिज्यतर्फका प्रथम सचिव सुमनले हालै भारतमा भएको स्टार्ट अपको महाकुम्भ तथा आइटी सम्मेलनमा नेपालको तर्फबाट भएको सहभागिता अर्थपूर्ण रहेको पनि बताए ।
प्रथम सचिव सुमन उनको सम्मानमा बुधबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै थिए । उनले सूचना प्रविधि र स्टार्ट अपसम्बन्धी अब आयोजना हुने मेलामा पनि नेपाली सहभागिता सुनिश्चित हुने बताए । स्टार्ट अप र कृतिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा नेपाल र भारतबीच साझेदारी गरिने उनको भनाइ थियो ।
उनले भारतले नेपाली उत्पादनको प्रवद्र्धनका साथै भौतिक निर्माणमा गरेको सहयोगको स्मरण गर्दै हाल नेपालबाट १२ सय मेघावाट विद्युत आयात गरिरहेको भारतले आउँदो १० वर्षमा १० हजार मेघावाट विद्युत खरिदको सम्झौता गर्दै यहाँको जलविद्युत विकासमा पनि सघाएको धारणा राखे ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सोझै यात्राको वातावरण तथा भारतीय पर्यटकलाई नेपाल भित्र्याउनका निम्ति सहयोगको आग्रह गरेकोमा प्रथम सचिव सुमनले यी दुबै मागप्रति आफू सकारात्मक भएको बताए ।
अध्यक्ष कार्कीले स्वागत मन्तव्यको क्रममा एयरपोर्ट संचालनसँगै, सिद्धार्थ राजमार्गको स्तरोन्नतिको विषय पनि उठान गरेका थिए । समान संस्कृति भएका नेपाल र भारतलाई आस्थाले पनि जोडेको चर्चा गर्दै अध्यक्ष कार्कीले भनेका थिए,‘रोजगारीदेखि उपचार र अध्ययनका लागि नेपालबाट दैनिक हजारौँ नागरिक भारत पुग्ने गरेको तथ्यबारे प्रथम सचिवज्यू जानकार हुनुहन्छ ।
यसरी भारत जाने नेपालीहरुको सहजताको निम्ति पोखरा– दिल्ली,पोखरा–वाराणसीबीच सोझो हवाइ यात्रा होस् भन्ने हाम्रो चाहना रहेको छ । पोखरामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनेको छ । दुई ठूला राष्ट्रबीच रहेको नेपाल दुबै छिमेकीसँग असल मित्रता चाहन्छ । दुबैले दिएको सहयोग स्वीकार्छ । मित्रराष्ट्र चीन सरकारको ऋण सहयोगबाट निर्मित यो विमानस्थलबाट भारतीय सहरमा किन उडान भएन भन्नेबारे विभिन्न टिका टिप्पणी भएको हामीले सुन्दै आएका छौँ । म प्रथम सचिवज्यूसमक्ष पोखराबाट भारतीय सहरहरुमा उडान सुनिश्चिताको पहल कदमी लिइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’
अध्यक्ष कार्कीले धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नका निम्ति भारतका विभिन्न सहरहरुमा प्रवद्र्धनात्मक गतिविधि गर्न पोखराको निजी क्षेत्र तयार रहेको बताउँदै त्यसको सहजीकरणको अनुरोधसमेत गरेका थिए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले महिला उद्यमीबाट उत्पादित बस्तुहरुको बजार प्रवद्र्धनका निम्ति भारतीय सहयोगको अपेक्षा राखेकी थिइन् भने उपमहासचिव सुदीप प्रधानाङ्गले भारतबाट सामानहरु आयात गर्दा ढुवानी खर्च कम गर्नेतर्फ सहजीकरणको आग्रह गरेका थिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
पोखरा, १३ फागुन ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले आउँदो प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ का एमाले उम्मेदवार रश्मि (सूर्य) आचार्यको विजयले झन तेजिलो बनाउने बताएका छ्न् । एमालेको गढ उचो र झन बलियो बनाउनेमा स्वयं जनता र कार्यकर्ता लागिसकेको भन्दै थापाले जनसाथका अगाडि संसारको जुनसुकै शक्ति आए पनि एमालेलाई परास्त गर्न नसक्ने दाबी गरे ।
थापाले बुधबार पोखरामहानगरपालिका वडा नं. ९ मा उम्मेदवार रश्मि आचार्यको मतदाता भेटघाट कार्यक्रमको अवसरमा सो कुरा बताएका हुन् । तत्कालीन पोखरा नगरपालिकाको मेयर समेत रहेका थापाले अहिलेको पोखरा महानगरको विकासको जग र आधार ‘श्रम सीप जुटाऔ,पोखरालाई उठाऔं’ भन्ने अभियान सहित आफ्नो नेतृत्वमा एमालेले शुरूवात गरेको उल्लेख गर्दै क्रमशः विकसित हुँदै गरेको पोखरा अब सभ्य र व्यवस्थित हुने बताए ।
व्यवस्थित पोखरा,सुन्दर पोखराको थप सबलिकरण र विकासका लागि केन्द्रीय तहमा नीति निर्माण सहित विकासको नेतृत्व युवा रश्मिले गर्ने गरि विजयको लागि तयारी गर्न थापाले आव्हान समेत गरे । केन्द्रीय सदस्य प्रभा कोइरालाले अग्रगामी विचार र योजना दृष्टिकोण सहितको जुझारु युवा उम्मेदवार कास्की २ का मतदाताको रोजाईमा परिसकेको दाबी गर्दै विजयी हुनेमा कुनै आशंका नरहेको उल्लेख गरिन् ।
सो अवसरमा उम्मेदवार आचार्यले मुलुकमा बढ्दो भ्रष्टाचार र कमजोर कार्यान्वयनका कारण विकास अभियान सुस्त भएको बताए । ऐन–कानुनको जटिल प्रक्रिया र प्रशासनिक ढिलासुस्तीले नागरिकले सहज रूपमा सेवा पाउन नसकेको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई छरितो, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले नवपुस्ताले उठाउँदै आएका पारदर्शिता, रोजगारी, उत्तरदायित्व र प्रभावकारी शासनका मुद्दालाई संसदमा सशक्त रूपमा उठाइने बताए । आवश्यक परे पुराना ऐन–कानुन परिमार्जन गरी समयानुकूल नयाँ कानुन निर्माणमार्फत विकास प्रक्रियालाई गति दिइने उनले स्पष्ट पारे ।
आचार्यले ’सुशासन नै समृद्धिको आधार’ भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार र प्रभावकारी सेवा प्रवाहमार्फत कास्की–२ मा देखिने परिवर्तन ल्याउने दाबी गरेका छन् ।
उल्लेख्य नेता कार्यकर्ता र स्थानियको साथमा मतदाता भेटघाट तीव्र पारेका उम्मेदवार आचार्य विद्यार्थी राजनीतीबाट उदाएका वैचारिक बौद्धिक प्रभावशाली युवा मानिन्छन् ।
काठमाण्डौं, १३ फागुन।
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो ।
निर्वाचन आयोगले मतदान हुनुअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा मतदाताको स्वतन्त्र निर्णय दिग्भ्रमित हुने र यसले उम्मेदवारहरूलाई हतोत्साही बनाउने तथा प्रतिस्पर्धाको वातावरणमा खलल पुर्याउने जोखिम रहेको बताएको छ । साथै निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न सबै पक्षलाई आह्वान गर्दै प्रविधिको दुरुपयोगप्रति पनि गम्भीर बन्न आयोगको आग्रह रहेको छ ।
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी तयार गरिएका दिग्भ्रमित सामग्री सामाजिक सञ्जालमा प्रसारण भएको हुदाँ उक्त कार्य नगर्न र नगराउन समेत आग्रह गरेको छ ।
काठमाण्डौं, १३ फागुन।
आसन्न निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बुधवार यही फागुन १२ गते मंगलवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओेमप्रकश अर्यालले सो जानकारी दिनुभएको हो ।
उहाँले सो क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धि सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन सम्बन्धि जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ । १६ औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरिएको छ । सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्विकृति प्रदान पनि गरेको छ ।
काठमाण्डौँ, १३ फागुन ।
अर्धसैनिक बल र्यापिड सर्पोट फोर्स ९आरएसएफ० को आक्रमणमा परी मंगलबार सुडानमा करिब २८ जनाको ज्यान गएको छ। सोही आक्रमणमा परी ३९ जना घाइते भएका हुन् । यो समूहले पछिल्लो समय सुडानमा राजनीतिक र सैन्य शक्ति बढाउँदै गएको छ ।
सन् २०१९ पछि सुडानमा संक्रमणकालिन सरकार र सत्ता संघर्षबीच सन् २०२३ अप्रिल १५ मा सुडानी सेना र आरएसएफबीच ठूलो संघर्ष शुरू भएको हो । जसले पुरै देशमा गृहयुद्ध निम्त्याएको छ ।
तीन वर्षदेखि चलिरहेको गृहयुद्धको अनुगमन गर्दै आएको ‘सुडान डाक्टर्स नेटवर्क’ले आक्रमणका क्रममा क्षेत्रको एक मात्र स्वास्थ्य केन्द्रमा क्षति पुगेको जनाएको हो। स्वास्थ्यकर्मीहरू पनि आक्रमणको निशानामा परेका थिए । एक जना स्वास्थ्यकर्मीको अवस्था अझै थाहा हुन नसकेको खबरमा उल्लेख छ ।
डाक्टर्स नेटवर्कले नागरिकमाथि भएको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै ‘पूर्णरूपमा आपराधिक कार्य’ को संज्ञा दिएको हो । यो आक्रमण पश्चिमी दारफुर क्षेत्रमा बढ्दो जातीय तनावकाबीच भएको हो । हालै संयुक्त राष्ट्रसंघीय अनुसन्धानले आरएसएफले गैर–अरब समुदायविरुद्ध नरसंहारजस्ता कार्य गरेको निष्कर्ष सार्वजनिक गरेको थियो ।
स्वतन्त्र समूह ‘इमर्जेन्सी लयर्स’ले आरएसएफ लडाकुहरूले शहरका अधिकांश घरहरूमा आगजनी गरेको जनाएको छ। जसका कारण स्थानीय बासिन्दा नजिकका गाउँतर्फ विस्थापित भएका हुन्न् ।





