
६ र ७ गते श्रीकृष्ण हलमा प्रदर्शन
पोखरा, ०१ चैत ।
ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा भिआइपी ९प्रिमियर शो० प्रदर्शन गरिएको छ । सोम गुरुङको निर्देशनमा तयार भएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखराको मिडटाउन फिल्म हलमा भिआइपी ९प्रिमियर० शो गरिएको हो ।
प्रिमियर शोमा बोल्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले चलचित्र प्रदर्शनपछि घान्द्रुकको पर्यटन प्रवद्र्धनमा थप मद्धत पुग्ने विश्वास रहेको बताए । ‘घान्द्रुकको आसपास क्षेत्रमा निर्माण गरिएको चलचित्र मनको राजा सबैको राजा बन्छ भन्ने विश्वास लिएको छु, यस चलचित्र प्रदर्शनपछि घान्द्रुकको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा समेत लिएको छु’, अध्यक्ष केसीले भने ।
चलचित्रका निर्माता एवम् नायक लामा अमृत गुरुङले चलचित्रको माध्यमबाट घान्द्रुकको पर्यटन प्रवद्र्धन गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेट्री तयार गरिरहेको बताए । ‘घान्द्रुकको पवित्र मन्दिर सबैले पुज्दै आएको ब्रेज मेश्रम बराह, उक्त नामा विभिन्न व्यक्तिहरु मिलेर हामीले फिल्म प्रोडक्सन हाउस स्थापना गरेका छौं’, चलचित्र निर्माता गुरुङले भने, ‘घान्द्रुक आफैमा पर्यटकीय क्षेत्र हो, हामीले चलचित्रको माध्यमबाट यसलाई अझै विकास गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेट्री निर्माण गरिरहेको छौं ।’
आइतबार भिआइपी ९प्रिमियर० शो गरिएको सैंर्बे म्रु ९मनको राजा० चलचित्र चैत ६ र ७ गते श्री कृष्ण चलचित्र हलमा प्रदर्शन हुने चलचित्रका निर्माता तथा नायक गुरुङले जानकारी दिए । प्रिमियर शोको अवसरमा चलचित्र निर्माणमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । चलचित्रमा निर्माता तथा नायक अमृत गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु र प्रिति गुरुङ ले प्रमुख भूमिका निर्वाह गरेका छन् ।
त्यसैगरी कुल बहादुर गुरुङ, मञ्जु गुरुङ, निशु गुरुङ, रविता गुरुङ, बिनु गुरुङ, स्नेहा गुरुङ, लालशोभा गुरुङ,मिना गुरुङ, मौसम गुरुङ र ओम गुरुङले अभिनय गरेका छन् । प्राविधिक पक्षतर्फ निकोलस गुरुङले छायांकन र सम्पादनको जिम्मेवारी सम्हालेका छन् भने उनलाई सह–छायाकारका रुपमा करण भण्डारीले साथ दिएका छन् ।
कलाकारको मेकअप भीमसेन गुरुङ ९आशिष०ले गरेका हुन् । संगीत र गायनको धन बहादुर गुरुङ ९लमजुङ० र सन्तोष बस्यालले शब्द, संगीत र स्वर दिएका छन् भने अमेरिकामा रहेकी ज्योति गुरुङले पनि स्वर भरेकी छन् ।
चलचित्रको अडियो पक्षलाई बुद्धराज बज्राचार्यले बार डिजिटल स्टुडियोमा मिक्सिङ गरेका हुन् भने रेकर्डिङ बज्रपादी कला स्टुडियोमा गरिएको हो । नृत्य निर्देशन साजन गुरुङ र सह–नृत्य निर्देशन रोहित गुरुङले गरेका छन् । लाइनअप स्टुडियोमा पोष्ट प्रोडक्सन गरिएको यो चलचित्रको उत्पादन व्यवस्थापन विकास क्रोम्छेले गरेका हुन् ।
पोखरा, ०१ चैत्त ।
पोखरा–६ बैदामस्थित टेम्पल ट्री रिसोर्ट प्रा।लि। स्थापनाको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । रिसोर्जले यस अवसरमा विभिन्न सामाजिक कार्य गर्दै वार्षिक उत्सव मनायो । आइतबार बिहान लेकसाइडको स्ट्रिट नम्बर ६ वरपर सरसफाई तथा डष्टविन वितरण गरेको थियो । त्यसैगरी मानव सेवा आश्रम, हेम्जामा खाद्य सामग्री वितरण गरेको थियो ।
दिवसका अवसरमा आइतबार टेम्पल ट्री प्रा।लि। परिसरमै एक समारोहको आयोजना गरियो । समारोहमा रिसोर्टमा कार्यरत उत्कृष्ट कर्मचारी सम्मान तथा आपसमा शुभकामना आदान–प्रदान गरियो । रिसोर्टमा लगातार १५ वर्षसम्म काम गर्दै आएका ऋषिराज गिरीलाई दीर्घसेवा कर्मचारीको सम्मान प्रदान गरियो ।
त्यसैगरी १० वर्ष देखि निरन्तर रुपमा काम गर्दै आएका रमेश गुरुङ तथा यो वर्षको सर्वोत्कृष्ट कर्मचारीको रुपमा युरोज श्रेष्ठलाई पनि सोही समारोहमै सम्मान गरियो । समारोहमा रिसोर्टका निर्देशक बिमल नहर्की, निर्देशक रन्जन कृष्ण कायस्थको पनि सहभागिता रहेको थियो ।
समारोहमा बोल्दै रिसोर्टका अध्यक्ष बसन्त गौतमले टेम्पल ट्री स्थापनाकालदेखि हालसम्मका सङ्घर्ष तथा सफलताका क्षणहरू स्मरण गर्नुभयो । नेपालको पर्यटन उद्योगमा विगत केही वर्ष यता विभिन्न खालका आरोह अवरोह आइरहेको बताउँदै यतिबेला पनि अन्तर्राष्ट्रिय युद्धका कारण पर्यटन क्षेत्रमा फेरि समस्या आउन सक्ने उहाँले बताउनुभयो । यो बेला उपलब्ध पर्यटकहरूलाई उत्कृष्ट सेवा दिँदै उहाँहरूको मन जित्नुपर्ने गौतमको भनाई थियो ।
समारोहमा बोल्दै रिसोर्टका निर्देशक प्रेमकृष्ण श्रेष्ठले रिसोर्टमा कार्यरत दक्ष तथा इमान्दार, लगनशील कर्मचारीकै कारण टेम्पल ट्री आज पोखराको प्रतिष्ठित रिसोर्टका रुपमा स्थापित हुन सफल भएको औल्याउनु भयो । सफलताको पछाडि रिसोर्टका साझेदारहरुको धैर्यता तथा व्याकबोण्डका रूपमा रहेका कर्मचारी भएको उहाँको भनाइ थियो ।
समारोहमा रिसोर्टका अपरेसन म्यानेजर सुमित भण्डारीले स्वागत मन्तव्य तथा एच।आर। म्यानेजर रामकृष्ण कडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । समारोहमा रिसोर्टमा कार्यरत कर्मचारीहरूले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
पोखरा, ०१ चैत्त ।
एउटै विद्यालयमा करिब ३५ वर्ष बिताएका महेन्द्र माध्यमिक विद्यालय, घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलको सम्मानसहित विदाई गरिएको छ। पौडेलको शुरुको नियुक्ती नै सोही विद्यालयमा भएको निमित्त प्रधानाध्यापक नन्दराज दाहालले जानकारी दिए ।
उमेर हदका कारण अनिवार्य अवकाश पाएका पौडेलको विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विदाई गरिएको हो। वि सं। २०४८ साल साउनमा अंग्रेजी शिक्षकका रूपमा प्रवेश गरेका पौडेल सोही वर्ष विद्यालयको प्रधानाध्यापकमा नियुक्त भई निरन्तर रूपमा ३५ वर्ष विद्यालयको शैक्षिक तथा भौतिक विकासमा लागेका थिए।
लामो समय विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व समालेका पौडेललाई विद्यालयसहित विद्यार्थीहरुले विदाई गर्दै उनको योगदानको स्मरण गरे । प्रअ पौडेललाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल,विद्यालयका संस्थापक अध्यक्ष महेश्वर पौडेल, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष होमनाथ आचार्य, निमित्त प्रधानाध्यापक नन्दराज दाहालले सम्मानपत्र र दोशल्लाले सम्मान गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले विद्यालय स्थापना र शैक्षिक गुणस्तर वृद्धीमा उहाँको भुमिका महत्वपुर्ण रहेको बताए । उनले विद्यालयका लागि उहाँको मार्गदर्शन सधैं आवश्यक रहने बताए ।संस्थापक अध्यक्ष महेश्वर पौडेलले विद्यालय स्थापनकालिन समयको स्मरण गर्दै प्रअ पौडेलको कार्यकुशलताले नै विद्यालय यस स्थानमा आईपुगेको बताए ।
निमित्त प्रधानाध्यापक दाहालले उहाँकै कार्यकालमा विद्यालयले शैक्षिक र भौतिक विकासमा फड्को मारेको बताउँदै, आगामी दिनमा निरन्तर सुझाव र सल्लाह दिन आग्रह गरे ।सम्मानित प्रअ बासुदेव पौडेलले विद्यालय र विद्यार्थीको सम्मानले आफुलाई थप जिम्मेवार बनाएको बताउँदै, आफु विद्यालयमा नरहे पनि यहाँको समग्र विकासमा निरन्तर लाग्ने र बाँकी काम पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष होमनाथ आचार्य , शिक्षासेवी एवं पौडेलका दाजु कृष्णप्रसाद पौडेल,शिक्षक रत्ना विश्वकर्मा,समाजसेवी रमेश विश्वकर्मा विद्यार्थी हिमानी पौडेललगायतले अवकास पछिको जीवन पनि शैक्षिक र समाज सुधारको क्षेत्रमा लाग्न सुझाव दिए ।
सो अवसरमा शिक्षक विद्यार्थी र अभिभावकले पौडेल र उनकी जीवनसंगीनी सोही विद्यालयकी शिक्षक कमला घिमिरेलाई फुल माला र मायाको चिनोसहित सम्मान गरेका थिए ।प्रअ पौडेल कै कार्यकालमा विद्यालयले तत्कालिन प्रवेशिका परीक्षमा जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा सम्मानित समेत भएको थियो भने शैक्षिक विकास र भौतिक निर्माणमा ठुलो उपलब्धि हासिल गरेको छ ।
यसैबिच सोही विद्यालयका कक्षा ९ का विद्यार्थीले एस ई ईको तयारी गरिरहेका विद्यार्थीलाई पनि परीक्षा सफलताको शुभकामनासहित विदाई गरेका छन् ।
पोखरा, ०१ चैत ।
पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाईसमेत प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।
खेल पर्यटनका माध्यमबाट पोखराको पर्वद्धनका लागि क्रियाशील रहेका दुई संस्था पोखरा क्लिक र पोखरा पर्वद्धन केन्द्रको संयुक्त आयोजनामा उक्त दौड प्रतियोगिता सञ्चालन हुन लागेको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनु भयो ।
पोखरा क्लिकले यसअघि पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित पर्यटन पवद्र्धनात्मक कार्यक्रमका तुलनामा नेपाली नयाँ वर्षमा सो प्रकृतिका कार्यक्रम कम हुँदै आएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने अवधारणामा रात्रि दौड आयोजना गर्न लागिएको पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतम बताउँछन् ।
पाँच किलोमिटर दूरीको उक्त दौड बाराही घाटबाट सुरु भई लेकसाइड, पोखराका प्रमुख नगरी क्षेत्र, न्यूरोड, महेन्द्रपुल हुँदै झण्डा पार्क (फल्चा) मा पुगेर सम्पन्न हुनेछ । रात्रिकालीन दौडमार्फत् पोखराको पर्यटन, सांस्कृतिक सौन्दर्य र खेलकुद गतिविधिलाई एकैसाथ प्रवद्र्धन गरी पर्यटकीय राजधानी पोखरालाई खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य आयोजक संस्थाको रहेको ।
स्थानीय व्यवसाय र पर्यटन क्षेत्रलाई सक्रिय बनाउँदै नयाँ वर्षको अवसरमा युवा र सर्वसाधारणलाई खेलकुद गतिविधिमा सहभागी गराउने लक्ष्य रहेको उक्त प्रतियोगिता सञ्चालनका लागि पोखरा महानगरपालिका, वडा कार्यालय, सुरक्षा निकाय तथा पर्यटन र खेलकुदसँग सम्बन्धित विभिन्न संघ–संस्थासँग सहकार्य गरिने भएको केन्द्र्रका सचिव सागर सुनारले जानकारी दिनुभयो ।
सम्पूर्ण सरोकारवालाको सहकार्यमा पोखरा रात्रि दौड प्रतियोगिता–२०८३ लाई सुरक्षित, आकर्षक र सफल रूपमा सम्पन्न गर्न प्रतियोगितामा धावकहरूको सुरक्षा, स्वास्थ्य सेवा र ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइनेसमेत जनाइएको छ ।
पोखरा, ०१ चैत्त ।
पोखरामा खेलकुद पत्रकारको क्षमता अभिबृद्धिका लागि दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा तालिमको आयोजना भएको हो । पोखरामा रहेर काम गरिरहेका पत्रकारहरूलाई विभिन्न विधाका खेलका रिपोर्टिङ कसरी गर्ने र कस्ता नियम छन् भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।
विशेष गरि खेलकुदको क्षेत्रमा कलम चलाउन मद्दत पुग्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो ।दुईदिने तालिममा राष्ट्रिय खेल भलिबलका प्रशिक्षक राजन पौडेल, क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ सुवेदी, गल्फ विधामा जिवाराम गुरुङ्ग, मार्शलआर्ट विधामा प्रशिक्षक सुवास खड्का र फुटबल विधामा प्रशिक्षक हिमेश रत्न बज्राचार्यले प्रशिक्षण दिएका थिए ।
तालिमको समापनका अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले तालिमले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको क्षमता वृद्धि सँगै लेखन शैलीमा निखार ल्याउने बताए । तालिममा ६५ जना पत्रकारको सहभागिता रहेको थियो ।
तालिमपश्चात् प्रमुख प्रशिक्षक दुर्गानाथ सुवेदीले खेलाडीहरूको उत्साह सँगै उनीहरूको लगनशीलता र मेहनतलाई देखाउने माध्यम नै खेल पत्रकार रहेको बताए । उनले खेलका नियम र सिस्टमलाई राम्रोसँग बुझेर प्रसारण गर्नका लागि यस तालिमले महत्त्वपूर्ण भूमिका खेलेको सुनाए ।
गण्डकी प्रदेशमा रहेर खेल्ने खेलाडी, खेल प्रशिक्षक, खेलकुदका संघ संस्था र सरोकारवालाहरूका लागि यस्ता तालिमले खेलकुदको विकाससँगै खेल पर्यटनको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान दिने उनले बताए । यस्तै पत्रकार कमल पौडेल (अथक) ले प्रत्यक्ष खेल भइरहेकै ठाउँमा समेत पुगेर तालिम लिने अवसर पाएकोमा खुसी व्यक्त गर्दै तालिमले लेखन शैलीमा निखार आउने र खेलकुदका समाचार बनाउँदा हुने समस्यामा कमी आउने बताए ।
मञ्चका अध्यक्ष मान बहादुर घर्ति (एमबि आस्था) ले दुईदिनसम्म सञ्चालन भएको तालिमबाट केही न केही नयाँ ज्ञान प्राप्त भएको विश्वास व्यक्त गरे । उनले आगामी दिनमा खेलकुद सम्बन्धी समाचार उत्पादन तथा प्रसारणमा सहजता ल्याउने चर्चा गर्दै तालिमका प्रशिक्षक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । प्रशिक्षार्थीहरुलाई खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, मञ्चका सल्लाहकार सुरज श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, उपाध्यक्ष राजाराम पौडेल संगै प्रशिक्षकहरु दुर्गानाथ सुवेदी, हिमेश रत्न बज्राचार्य, सुबास खड्का लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।
तालिमको समापन कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्माले सञ्चालन गरेका थिए ।
पोखरा, ०१ चैत ।
आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ । महोत्सव पोखरा २५ हेमजाको विष्णु पादुका खेलमैदान हेमजामा हुने छ ।
शनिवार आयोजित आम भेलाले वसन्त कुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।समिति सहसंयोजकमा मिना कुँवर महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर रहनु भएको छ ।
भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । अर्थ सङ्कलन उपसमिति संयोजकमा राजेन्द्र तिम्सिना, स्टल रेस्टुरेन्ट उपसमिति संयोजकमा कुमार श्रेष्ठ, आमा समूह परिचालन उपसमिति संयोजकमा अप्सरा तिम्सिना, अतिथि सत्कार उपसमिति संयोजकमा पार्वती थापा, सांस्कृतिक उपसमिति संयोजकमा सुशील श्रेष्ठ, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी इन्द्र थापालाई दिइएको छ ।
भेलाले प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी ,पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा भुवन क्षेत्री, बैङ्क तथा वित्तीय सङ्घसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा सागर कुँवर, झाँकी र्याली व्यवस्थापनमा उमा भुर्तेल पौडेल, कृषि परिचालन उपसमिति अर्जुन कार्की, कृषि प्रविधि कृष्ण तिम्सिना र सरसफाइ परिचालन तर्फ सुर्य थापाले जिम्मेवारी पाउनु भएको छ ।
२०६६ सालदेखि वार्षिक रूपमा उक्त महोत्सव आयोजना गरिँदै आएको छ । महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालीन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णु पादुका क्लबले आयोजना गर्दै आएको छ ।
पोखरा, ०१ चैत ।
पोखरा महानगरपालिकाले चैत १ गतेदेखि दैनिक रूपमा फोहोर उठाउने भएको छ । र फोहोर उठाउने क्रममा कुनै पनि अवरोध सृजना नगर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आग्रह गरेकाछन ।
” चैत १ गतेदेखि पोखराको फोहोर दैनिक रुपमा उठ्ने भएको छ ।” मेयर आचार्यले भने ,” यति कुनै अवरोध भएमा, प्रशासनको सहयोग लिएर भएपनि पोखराको फोहोर उठाउछौ । “
पोखरा महानगरपालिकाले फोहोर उठाउने क्रममा केही स्थानीयले अवरोध गरेपछि, जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई फोहोर उठाउने क्रममा फेरि अवरोध नगर्ने सर्तमा छोडिएको छ। तर, फेरि फोहोर उठाउने क्रममा अवरोध गरेमा, जिल्ला प्रहरी कार्यालय कास्कीले कडा भन्दा कडा कारबाही गर्ने जानकारी दिएको छ।
काठमाडौं, ०१ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको छ । अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैंया घुस लिएको अख्तियारको आरोप छ । त्यो रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको अख्तियारको दावी हो ।
एच।के। इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेको थियो । त्यसपछि मुद्दाबाट जोगिन उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैंया दिएको भेटिएको अख्तियारको दावी हो ।
अख्तियारले विशेष अदालतमा पेश गरेको विवरण अनुसार, घटना साउन, २०७९ सालको हो । साढे पाँच महिना मात्रै महानिर्देशक बनेका उनी १ असार, २०७९ देखि १६ कार्तिक, २०७९ सम्म राजस्व अनुसन्धान विभागमा थिए । अख्तियारको दावी अनुसार, महानिर्देशक भएको एक महिनामै उनले घुस लिएका थिए ।
अख्तियारले उनीमाथि घुस लिएको आरोपमा भ्रष्टाचारका साथै गैरकानुनी रुपमा सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
काठमाडौं, ०१ चैत ।
सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ । उक्त ठाउँमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो । बैठकले २३ र २४ भदौमा भएको घटना ९जेन(जी विद्रोह० जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगले अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।





