
पोखरा, ०२ चैत्त।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले माध्यमिक शिक्षा परीक्षा ९एसईई० जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताएका छन्।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित दुई दिने “माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला” कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री थापाले परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबीच अनुभव आदान–प्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे गहन छलफल हुने विश्वास व्यक्त गरे।
उनले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीमैत्री र व्यवस्थित परीक्षा प्रणाली विकास गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । शिक्षाको गुणस्तर सुधार र परीक्षालाई अझ व्यवस्थित बनाउँदै लैजान प्रदेश सरकार प्रतिबद्ध छ” मन्त्री थापाले भने ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा। महाश्रम शर्माले शिक्षाको क्षेत्रमा गण्डकी प्रदेशले आफ्नो अधिकार अनुसार राम्रो काम गरिरहेको बताए। सूचना, सञ्चार तथा प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै परीक्षा प्रणालीलाई अझ व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन निरन्तर मेहनत गर्नुपर्ने उनले उल्लेख गरे। पारदर्शी, व्यवहारिक र व्यवस्थित व्यवस्थापनबाट परीक्षा प्रणालीमा सुधार ल्याउन सकिने उनको भनाइ थियो।
त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख सुभाष पन्तले एसईई परीक्षालाई प्रविधिमैत्री ढंगले व्यवस्थित गर्नतर्फ विशेष ध्यान दिनुपर्ने बताए।
शिक्षा विकास महाशाखाका प्रमुख दामोदर सुवेदीले दुई दिने कार्यशालाबाट तयार हुने प्रतिवेदनका आधारमा गण्डकी प्रदेश सरकारले शिक्षामा आफ्नो अधिकार अनुरूपका काम अगाडि बढाउने र आवश्यक विषयमा केन्द्र सरकारलाई समेत सिफारिस गर्ने जानकारी दिए। उनले विद्यार्थीको रजिस्ट्रेसनदेखि प्रमाणपत्र प्राप्त गर्ने समयसम्म देखिने समस्याहरूलाई सम्बोधन गर्ने गरी नीति तथा व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
उक्त कार्यशालामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला, शिक्षक, परीक्षा व्यवस्थापनमा संलग्न प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।
पोखरा, ०२ चैत ।
पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रिदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रतियोगिता सफल बनाउन हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवासहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र आयोजकले प्रतियोगिता अवधिभर हस्पिटललाई आधिकारिक ‘हस्पिटल पार्टनर’का रूपमा समावेश गर्ने सहमति भएको हो । यसका साथै हस्पिटलले प्रतियोगिताको खुलातर्फको तेस्रो पुरस्कार नगद पाँचहजार रुपैयाँ पनि सहयोग गर्ने पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले जानकारी दिए ।
विगत सात वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको उक्त हस्पिटलमा जनरल मेडिसिन, हाडजोर्नी, महिला रोग, नाक–कान–घाँटी, मानसिक रोग, बाल रोग, मुटु रोग तथा क्यान्सरलगायतका रोगको विशेषज्ञ चिकित्सकबाट उपचार सेवा उपलब्ध रहेको प्रमुख सञ्चालन अधिकृत वि.क. बताउँछन् ।
हस्पिटलमा सामाजिक सुरक्षा कोष तथा भारतीय भूतपूर्व सैनिकहरूको योगदानमा आधारित (ईसिएचएस) उपचार सेवा पनि सञ्चालनमा रहेकोसमेत वि.कले जानकारी दिए । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक रात्रिदौड प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँचहजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र र महिला, विद्यार्थी (यू–१६) र विदेशी धावकतर्फका विजेतालाई प्रोत्साहन पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्राविधिक ओम गुरुङ बताउँछन् ।
खेल पर्यटनका माध्यमबाट पोखराको पर्वद्धनका लागि क्रियाशील रहेका दुई संस्था पोखरा क्लिक र पोखरा पर्वद्धन केन्द्रले यसअघि पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित पर्यटन पवद्र्धनात्मक कार्यक्रमका तुलनामा नेपाली नयाँ वर्षमा पर्वद्धनात्मक कार्यक्रम कम भएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने अवधारणामा रात्रि दौड आयोजना गर्न लागिएको पोखरा पर्वद्धन केन्द्रका उपाध्यक्ष असफल गौतम बताउँछन् ।
पाँच किलोमिटर दूरीको उक्त दौड बाराही घाटबाट सुरु भई लेकसाइड, पोखराका प्रमुख नगरी क्षेत्र, न्यूरोड, महेन्द्रपुल हुँदै झण्डा पार्क (फल्चा) मा पुगेर समापन हुने भएको छ । रात्रिकालीन दौडमार्फत् पोखराको पर्यटन, सांस्कृतिक सौन्दर्य र खेलकुद गतिविधिलाई एकैसाथ प्रवद्र्धन गरी पर्यटकीय राजधानी पोखरालाई खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।
पोखरा, ०२ चैत ।
खाना पकाउने ग्याससहित पेट्रोल , डिजेलको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले चैत १ गते रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको जनाएको छ ।
जसानुसार यस्तो छ ः
खाना पकाउने ग्यासको मूल्य ः रु २१६ ले बढेर रु २१६० पुग्यो । यस्तै, पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि ः
पेट्रोल ः – पहिलो वर्गः प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गः प्रतिलिटर १७१ रुपैयाँ, तेस्रो वर्गः प्रतिलिटर १७२ रुपैयाँ ।
डिजेल र मट्टीतेल ः पहिलो वर्गः प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गः प्रतिलिटर १४३ रुपैयाँ र तेस्रो वर्गः प्रतिलिटर १४४ रुपैयाँ ।
कारण (मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्वि ।
एजेन्सी, ०२ चैत्त ।
भारतको ओडिसामा रहेकाे श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० जना बिरामीले मृत्यु भएकाे छ ।आइतबार राति अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट शुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा ७ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
आगलागीको समयमा उक्त आईसीयू कक्षमा २३ जना बिरामी भर्ना भएका थिए । जसलाई बचाउने क्रममा अस्पतालका करिब ११ जना कर्मचारी समेत जलेर घाइते भएका छन्। प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने देखिएको छ।
ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले सोमबार बिहानै अस्पताल पुगेर घाइतेहरूको अवस्थाकाे बारेमा जानकारी लिनुभएकाे हाे । उहाँले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारु राहत दिने घोषणा गर्दै घटनाको उच्चस्तरीय छानबिन गर्न आदेश दिनुभएकाे छ। यो अस्पताल ओडिसाकै सबै भन्दा ठूलो स्वास्थ्य संस्था मानिन्छ । जहाँ राज्यभरीका बिरामी उपचारका लागि आउने गरिएकाे हाे ।
अस्पतालका आईसीयू कक्षहरूमा हुने यस्ता आगलागीका घटनाले सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। यसअघि अक्टोबर सन् २०२५ मा पनि जयपुरको सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा आगलागी हुँदा ८ जना बिरामीको ज्यान गएको थियो। साेही समयमा स्टोर रुममा रहेको स्मोक डिटेक्टरले काम नगर्दा अलार्म प्रणाली सक्रिय हुन सकेको थिएन । जसका कारण भेन्टिलेटरमा रहेका बिरामीहरूकाे मृत्यु भएकाे थियाे ।





