२०८२ चैत्र ६ शुक्रबार
२०८२ चैत्र ६ शुक्रबार

पोखरा, ०३ चैत ।

कास्की निर्वाचन क्षेत्र नं। २ का नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का प्रतिनिधि सभा सदस्य उम्मेदवार रश्मि आचार्यले निर्वाचन खर्च विवरण पेश गरेका छन् । उनले निर्वाचनमा कुल २३ लाख ५०० रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीमा पेश गरिएको विवरणमा निर्वाचन प्रचारप्रसार, कार्यालय सञ्चालन, कार्यकर्ता परिचालन, सवारी साधन, प्रचार सामग्री, मतदाता शिक्षा तथा विविध गरी ११ वटा शीर्षकमा खर्च गरिएको देखिन्छ ।

मुख्य खर्चहरूमा छपाई तथा विद्युतीय प्रचारमा ५ लाख ५० हजार, प्रचारप्रसार ९झण्डा,व्यानर० मा ३ लाख ७० हजार, सवारी साधनमा ३ लाख, कार्यालय सञ्चालनमा ३ लाख ३० हजार, एसएमएस र सामाजिक सञ्जाल प्रचारमा २ लाख ६१ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । त्यसैगरी, मनोनयन दर्ता शुल्क, मतदाता शिक्षा कार्यक्रम र अन्य प्रचार गतिविधिमा पनि रकम खर्च भएको छ ।

निर्वाचन ऐनअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र आफ्नो खर्च विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार आचार्यले आफ्नो खर्च पारदर्शी रूपमा सार्वजनिक गरेको बताएका छन् ।

पोखरा, ०३ चैत्त ।

महिलाहरुद्धारा सञ्चालित गणेश योग साधना केन्द्र, पोखरा–४ गणेश टोलको नवौँ वार्षिकोत्सव सम्पन्न भएको छ । मङ्गलवार योग केन्द्रमा आयोजित एक कार्यक्रमका बिच पतञ्जलि योग समिति कास्की अन्तरगत उक्त केन्द्रको नवौँ वार्षिकोत्सव सम्पन्न भएको हो ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले स्वास्थ्यका लागि योग साधना आवश्यक रहेको उल्लेख गर्दै सबै वडावासीहरूलाई जोड्दै जानुपर्ने बताउनुभयो । योग केन्द्रको व्यवस्थित सञ्चालनका लागि आवश्यक सामाग्रीहरू सहयोगका लागि वडा कार्यालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । महिलाहरूको आर्थिक सशक्तीकरण तथा सीप विकासका लागि वडाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले वडाका कार्यक्रमहरूमा सहभागी बन्न आग्रह गर्नुभयो । आफ्नो जिम्मेवारीको सफलतापूर्वक निर्वाह गर्ने बानीको विकास गर्दै सभ्य नागरिकको हैसियत निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै कार्यक्रममा पतञ्जलि योग समिति गण्डकी प्रदेश संयुक्त प्रभारी दीपक सिग्देल, महामन्त्री विश्वमणि तिवारी, महानगर प्रभारी शेषकान्त ढकाल, कास्की जिल्ला उपाध्यक्ष प्रकाश बास्तोला, भीमसेन योग केन्द्रकी अध्यक्ष मैया बाटाजु र गणेश गुठीका सचिव जय मुल्मी लगायतले योग साधना मानव स्वास्थ्यका लागि अति आवश्यक रहेको बताउनुभयो । मानव जीवनलाई अनुशासन पूर्वक व्यतीत गर्नका लागि योगको योगदान महत्त्वपूर्ण हुने उनीहरूको तर्क थियो ।

पतञ्जलि महिला महानगर समितिकी महिला प्रभारी एवं गणेश योग केन्द्रकी अध्यक्ष कमला नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग गुरु वन्दना पालिखेले स्वागत एवं सचिव कमला श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक नृत्य एवं भजन समेत प्रस्तुत गरिएको थियो । योग केन्द्रले विगतमा धेरै सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहायता समेत गरेको जनाएको छ ।

पोखरा, ०३ चैत्र ।

लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम सोमबारबाट शुरु भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिमको आयोजना गरिएको हो ।

तालिमको एक समारोहका विच उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले युवाहरुलाई स्वरोजगार र उद्यमशील र आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको वताउँदै स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि पनि यस प्रकारका तालिम निकै उपयोगी हुने बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई आवश्यक परेको खण्डमा ’एड्भान्स्ड’ तालिम दिने योजना रहेको समेत वताएकी थिईन ।

उनले तालिममा राज्य र निजि क्षेत्रको समेत लगानी रहेको वताउँदै यसको सहि सदुपयोग गर्न लगनशिल भएर सीप सिक्न सहभागि प्रशिक्षार्थीहरुलाई आग्रह गरेकी थिईन ।

कार्यक्रममा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख अनिल सुवेदीले सिप सिकेर दक्ष बन्न सकेको खण्डमा स्वदेशमै रहेर स्वरोजगार भई उद्यमी व्यवसायी समेत बन्न सकिने भएको हुँदा सहभागीहरूलाई व्यवसायिक रुपमा अघि बढ्ने सोचका साथ तालिम लिन आग्रह गरे ।

उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठले संघले विगतदेखी नै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको वताउँदै सिप सिकेपछि त्यसलाई व्यवहारमा सदुपयोग भए नभएको समेत संघले अनुगमन गर्ने वताएका थिए । हातमा सिप भएर पनि कोही दक्ष व्यक्ति बेरोजगार रहेको अवस्थामा रोजगारी दिलाउने विषयमा समेत संघले सहयोग गर्ने वताएका थिए ।

यस्तै संघका पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तालिमले व्यक्तिलाई सिर्जनशिल, रोजगारयुक्त र क्रियाशिल बनाउने वताउँदै सक्रियताका साथ तालिम लिन सहभागीहरुलाई आग्रह गरेका थिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।