२०८२ चैत्र ९ सोमबार
२०८२ चैत्र ९ सोमबार

पोखरा, ०८ चैत ।

आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदै छ । यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई छनोट गरिएको छ ।

पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र संचारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिक जस्ता गतिविधि समेटिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा आयोजना हुन लागेको २१ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका वासिन्दालाई निमन्त्रणा प्रदान गर्ने अभिप्राय पनि अभियानले लिएको उनले बताए ।

होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा हुने यस अभियानलाई पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले सघाएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनको राजधानी रहेको र यो शहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गरे । पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याई उनीहरुको बसाई अवधि लम्ब्याएर बसाईलाई थप रमाइलो र उल्लासपूर्ण बनाउन फेवा नव बर्ष महोत्सव सहयोगी हुने पनि उनले बताए । पोखरा पुग्न चाहने पर्यटकलाई यहाँ निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले थप सहजता थपेको पनि लामिछानेले स्मरण गराए ।

आन्तरिक पर्यटन प्रबद्र्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता बोकेर २२ बर्षअघि सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएपछि यसलाई संघले निरन्तरता दिएको जनाइएको छ । हवाई र स्थल कनेक्टिभिटिको विस्तार गर्दै पूर्वी नेपाल र पोखराविच पर्यटक तथा व्यवसायको आदानप्रदान गर्ने महत्वपूर्ण उद्धेश्य पनि अभियानले लिएको छ । यसका लागि विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म संचालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्न र ती शहरबाट पोखरासम्म स्तरीय पर्यटक बस सेवा संचालनका लागि समेत संघले पूर्वका व्यवसायीसँग सहकार्यको प्रस्ताव राख्ने छ ।

पर्यटनको राजधानी पोखराको होटल क्षेत्रमा मात्र पाँच खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको, यस क्षेत्रका एक हजार दुई सय होटलमा ४० हजार बिस्तारा रहेको र तिनमा १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको संघको आँकलन छ । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्धेश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले आगामी चैत २९ देखि वैशाख १ गतेसम्म फेवा तालको किनार लेकसाइडमा २१ औं फेवा नव बर्ष महोत्सव आयोजना गर्दै छ । उक्त महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका बासिन्दालाई संघले निमन्त्रणा प्रदान गर्ने छ ।

पोखरा, ०८ चैत ।

एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेको हो ।

विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले बित्तिय संस्थाले सामाजिक उत्तरदायित्व मार्फत कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । अध्यक्ष थापाले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ती र डिजिटल बैंकिङका क्षेत्रमा स्थानीय सरकारको तर्फबाट वडाले सहकार्य गर्न सक्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा एनआईएमबी बैंक लिमिटेड अर्घौ शाखाका प्रमुख प्रकाश सिग्देलले शिक्षाको क्षेत्रमा संस्थागत उत्तरदायित्व अन्र्तगत विद्यार्थीलाई पोशाकमा सहयोग गरेको उल्लेख गर्नु भयो ।

विद्यालय व्यवस्थपन समितिका निर्वतमान अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, निमित्त प्रधानाध्याक राजेन्द्र शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक नवराज अधिकारीले गर्नु भएको थियो ।

पोखरा, ०८ चैत्त ।

त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ प्वाइन्ट रगत संकलन भएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ्गले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान गरेका सुरजजंग राणालाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारंभ गरेका थिए ।

अध्यक्ष गुरुङ्गले पहिलो पटक रक्तदान गर्नेहरुलाई हौसला र सकरात्मक धारणा बनाउन सहयोग पुग्ने गरी सचेतता अभियान चलाउनु पर्नेमा जोड दिए । रक्तदाताको लगत राखी दुर्लभ रक्त समूहलाई रिजर्भमा राख्न वडाध्यक्ष गुरुङ्गले आग्रह गर्नु भयो ।

कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमा क्याम्पस प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यष बिबेक के.सी, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष असिम पाण्डे, कलेजका सल्लाहकार छत्रधर आत्रेय, संचालक शान्ति खनाल, रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली र सहायक क्याम्पस प्रमुख सुनिदत्त बरालले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।

कार्यक्रममा नयाँ रक्तदाताका रुपमा कलेजका व्यवस्थापन विषय अन्र्तगत स्नातक र स्नाकोत्तर तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

पोखरा, ०८ चैत ।

राष्ट्रिय आर्थिक गणना २०८२ को सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालय कास्कीको आयोजना जिल्लास्तरिय सचेतना गोष्ठी एबम अन्तरक्रीया तथा छलफल कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आर्थिक गणना देशभरमा संचालनमा रहेका आर्थिक क्रियाकलाप संचालन गर्ने आधारभुत बिबरण संकलन ,प्रशोधन ,विश्लेषण र प्रकाशन गर्ने हुँदा समग्र देशको आर्थिक र बिकासको परिसूचकको मापनमा महत्त्वपूर्ण हुने बताउनुभयो। पौडेलले गणना नेपालको वास्तविक अर्थतन्त्रको आकार निर्धारणका लागि थप प्रभाबकारी नीति निर्माणमा समेत सहयोगी हुने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलले २०८३ बैशाख २ गतेदेखि २०८३ असार ७ गते सम्म संचालन हुने आर्थिक गणनाको बारेमा जानकारी दिदै यसका विभिन्न पक्षको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालय कास्कीका प्रमुख नन्दलाल सापकोटाले गणनाको लागि गणक तथा सुपरिबेक्षकहरू प्रतिष्ठानहरूमा भौतिकरूपमा नै उपस्थित भएर गणना गरिने उल्लेख गर्दै सबै पक्षको सहयोगमा गणना सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो ।

कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले भरपर्दो र बिश्वसनिय गणना राष्ट्र निर्माणको आधार तयार गर्ने हुँदा सम्पूर्ण ब्यबस्थापन सहित उत्कृष्ट कार्य सम्पादनमा उत्रिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सरोकारवाला निकाय ,कार्यालयका प्रतिनिधि तथा उध्योग ब्यबसाय सम्बन्धि ,संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो। सचेतना गोष्ठी एबम अन्तरक्रीया तथा छलफल कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।