२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार
पोखरा, ०५ वैशाख । 
 
कस्केली अधिकृत समाजले नयाँ वर्ष २०८३ का अवसरमा आज शुभकामना आदानप्रदान एवम् समाजले तयार पारेको भित्तेपात्रो सार्वजनिक गरेको छ । कार्यक्रममा समाजका सल्लाहकार दुर्गाबहादुर शाह (बाबा)ले नयाँ वर्षले व्यक्ति, समाज हुँदै राष्ट्रमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुुभयो । समाजका गतिविधि आगामी दिनमा अझै सिर्जनात्मक बन्ने विश्वास व्यक्त गर्दै उहाँले सबैको सामुहिक प्रयासमा संस्थाको महिमा र गरिमालाई अझै उचो बनाउनुपर्ने बताउनुुभयो ।
 
समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले नयाँ वर्षले सबैमा सकारात्मक सोच विकास गर्दै व्यक्ति, परिवार, समाज हुँदै राष्ट्रको समृद्धिका लागि योगदान गर्न प्रेरणा पदान गर्ने विश्वास व्यक्त गर्नुुभयो । समाजले चाँडै नै गर्न लागिरहेको प्रवद्र्धनात्मक भ्रमणमा उत्साहजनक सहभागिताका लागि पनि उहाँले आग्रह गर्नुभयो । अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णुुप्रसाद पोखरेलले गर्नुभएको थियो । 
 
कार्यक्रममा कृषि विकास बैंक गण्डकी प्रदेश प्रमुख घनेन्द्र अधिकारी, समाजका सल्लाहकारहरू भगवान पन्त, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने, लोकनाथ दवाडी, कार्यसमितिका पदाधिकारी, आजीवन सदस्य  लगायतले नयाँ वर्ष समग्र राष्ट्रको शान्ति र समृद्धिका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
 

पोखरा, ०५ वैशाख ।

पोखरा महानगरपालिका वडा नम्बर १३ ले ‘साहित्य पर्व’ को तयारी तीव्र पारेको छ। शब्दसँगको आत्मीयता र पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले वडाले यो कार्यक्रम आयोजना गर्न लागेको हो। वैशाख १२ गते वडा कार्यालय परिसरमै हुने यस महोत्सवका लागि आशीर्वाद क्लब र अरण्यज्योति पुस्तकालयले समन्वय गरेका छन्।

धार्मिक, ऐतिहासिक र साहित्यिक हिसाबले सम्पन्न यो वडाले आफ्नो पहिचानलाई थप उचाइमा पुर्‍याउन दोस्रो चरणको साहित्यिक कार्यक्रम गर्न लागेको हो।
कार्यक्रममा मुख्य वक्ताका रुपमा साहित्यकार तथा पत्रकार नारायण वाग्ले सहभागी हुनेछन्। वाग्लेले ‘मसीको सुगन्धदेखि एल्गोरिदमको गहिराइसम्म स् साहित्यको एक शताब्दी यात्रा’ विषयमा आफ्नो प्रस्तुति राख्ने तयारी रहेको आयोजकले जनाए। साहित्यलाई समाजको आत्मा र विकासको आधार मान्दै आयोजना हुन लागेको यस पर्वले स्थानीय र राष्ट्रिय क्षेत्रको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

वडाध्यक्ष किरण बरालले वडाको समग्र विकासमा भौतिक पूर्वाधार मात्र नभई बौद्धिक र सांस्कृतिक चेतना पनि अपरिहार्य रहेको बताए। उनले भने, ‘हामीले साहित्यमार्फत वडाको ऐतिहासिक र जातीय विविधतालाई जोड्न खोजेका छौं, यसले नयाँ पुस्तालाई आफ्नो माटो र पहिचानसँग साक्षात्कार गराउनेछ।’ वडाले लोककवि अलि मियाँको जन्मभूमि हुनुको गौरवसँगै भद्रकाली मन्दिर, जामे मस्जिद अक्सा र कमलपोखरी जस्ता ऐतिहासिक स्थलहरुको महत्वलाई पनि साहित्यमार्फत उजागर गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमको स्वरूप र व्यवस्थापनका विषयमा संयोजक राजेन्द्र भण्डारीले सिर्जनात्मक प्रतिभा प्रस्फुटनका लागि यो पर्व एउटा बलियो मञ्च बन्ने उल्लेख गरे। उनका अनुसार कार्यक्रममा विभिन्न ६ वटा सत्रहरु सञ्चालन हुनेछन्। पहिलो सत्रमा कलाकार दुर्गा बरालले ‘बितेका पाइला र आउने बाटो स् पोखराका युगपुरुषहरुको पदचापमा’ विषयमा लोककवि अलि मियाँ, जगन्नाथ सिग्देल र टेकबहादुर ढेवाजुको योगदानका बारेमा अन्तर्संवाद गर्नेछन्। भण्डारीले भने, ‘साहित्यिक सिर्जनशीलताको संवर्द्धन र सांस्कृतिक आदानप्रदान नै हाम्रो मुख्य ध्येय हो।’

पर्वमा समाजशास्त्री डा कपिल अधिकारीले ‘अक्षरदेखि एल्गोरिदमसम्म स् हाम्रो अबको शिक्षा र बदलिँदो समाजको स्वरूप’ बारे चर्चा गर्नेछन्। यस्तै उद्यमीहरु नारायण पौडेल र सुमेजराज भण्डारीसँग प्रविधि र औद्योगिक यात्राका विषयमा वार्ता गर्ने कार्यक्रम तय भएको छ। नारी अस्तित्वका स्वरहरु अन्तर्गत साहित्यमा नारीको प्रतिनिधित्वका विषयमा सरस्वती प्रतीक्षासँग हसिना बस्नेतले संवाद गर्नेछिन्। कार्यक्रमको आकर्षणका रुपमा कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठसँग पोखराको सांगीतिक जीवनको यात्राका बारेमा भलाकुसारी गरिने र उनका उत्कृष्ट गीतहरु समेत प्रस्तुत गरिने आयोजकले जनाए।

साहित्यिक पर्वमा स्थानीय प्रतिभाहरुलाई पनि प्राथमिकता दिइएको छ। जसमा धर्मराज अल्पायु, नुमराज बराल, अमर धिताल, सरस्वती परियार र सरस्वती श्रेष्ठ सरुले आफ्ना सिर्जना र गायन प्रस्तुत गर्नेछन्। अरण्यज्योति पुस्तकालय र भद्रकाली माध्यमिक विद्यालय जस्ता प्राज्ञिक संस्थाहरु रहेको यस वडाले शब्दको विन्यासबाट नवनिर्माण गर्ने अभियानमा सबै वडावासीको साथ र सहयोगको अपेक्षा गरेको छ। पहिलो साहित्य पर्वको सफलताले थप उत्साह जगाएको उल्लेख गर्दै आयोजकले यस पटकको कार्यक्रमलाई अझै भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी अन्तिम चरणमा पुर्‍याएको बताए।

 

पोखरा, ०५ वैशाख ।

घाचोक माछापुच्छ«े –पोखरा सम्पर्क समाजले प्रकाशन गरेको विसं २०८३ को भित्तेपात्रोको आज विमोचन गरिएको छ । पोखरामा आयोजित एक कार्यक्रम सहित भित्तेपात्रो विमोचन तथा नयाँवर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । सोही कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाज माछापुच्छ«े गाउँपालिका समितिले प्रकाशन गरेको भित्तेपात्रो समेत लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, घाचोक÷माछापुच्छ«े– पोखरा सम्पर्क समाजका अध्यक्ष तोयनाथ बैरागी र निवृत्त राष्ट्रसेवक समाजका अध्यक्ष हरिचन्द्र गौतमले भित्तेपात्रो लोकार्पण गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य गुरुङले आफ्नो जन्मथलो, जन्मेको स्थानको रितीथिति र परम्परालाई सदैव जहाँ रहेपनि विर्सन नहुने बताउनुभयो । “आफ्नो जन्मस्थान र जन्मभूमिप्रतिको दायित्व जहाँ रहेपनि सदैव रहन्छ ।
समाजले आफ्ना सदस्यको दुःख र सुखमा सँधै साथमा रहेर काम गर्नुपर्छ। ”गुरुङले भन्नुभयो । उहाँले सामाजिक संस्थामा राजनीति प्रवेश गर्न नहुनेमा जोड दिनुभयो । “सामाजिक संस्थाले राजनीतिक मुद्धा बोक्ने हा तर राजनीतिक दलको झोला बोक्ने होइन ।” प्रदेश सांसद गुरुङल भन्नुभयो।

प्रदेशभा सदस्य गुरुङले नयाँवर्षमा देशमा सुशासन, समृद्धि र नयाँपुस्ताले उठाका मागहरु पूरा हुने विश्वास व्यक्त गर्नुभयो । घाचोक÷माछापुच्छ«े– पोखरासमाजका अध्यक्ष तोयनाथ लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै सृजनशील काम गरेको बताउँदै समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेर काम गर्दै आएको सुनाउनुभयो । “हामी काम गर्दै छौँ,जोडिदै छौँ, सबैलाई समाजको महत्व बुझाउँदैछौँ । आआफ्नो व्यवस्ताकाबीचमा समेत समाजलाई थोरै समय दिएर कार्ययोजना बनाएर काम गरिरहेका छौँ । ” लम्सालले भन्नुभयो ।

कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाजका कास्कीका इन्चार्ज तथा माछापुच्छ«ेका संयोजक पूर्ण गिरी, अध्यक्ष हरिचन्द्र गौतम, वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, घाचोक÷माछापुच्छ«े– पोखरा समाजका सल्लाहकार मिनप्रसाद लम्साल लगायतले नयावर्षको शुभकामना व्यक्त गर्दै समाजका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन समाजका सचिव जगत गुरुङ गर्नुभएको थियो । कार्यक्रममा समाजका सल्लाहकार मिनराज लम्साल, माछापुच्छ«े–३ का का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्साल, समाजका पदाधिकारी तथा सदस्यहरु तथा निवृत्त राष्ट्रसेवक समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।

पोखरा, ०५ वैशाख ।

५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए। त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि आयोजकको भनाई छ।

शनिबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको जनाए ।पोखरा महानगरले पर्यटनसँगै कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै प्रवक्ता तिम्सिनाले महोत्सवसँगै कृषिमा होमिन हौसला मिलेको भनाई राखे। सबैको सद्प्रयासले महोत्सव सफल भएको उनले स्पष्ट पारे।

पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाँले आलु महोत्सवले निरन्तरता पाउनु खुशीको कुरा भएको सुनाउँदै हेमजालाई तरकारी साथै मौरी क्षेत्र बनाउन महानगर लागि परेको उल्लेख गरे । महोत्सवका माध्ययम मार्फत बजारको पैसा कृषकको हातहातमा पुगेको उनले भनाई छ।

आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मवारी पुरा गरेका कारण महोत्सव सफल भएको उल्लेख गर्दै क्लवले सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

महोत्सव अन्तर्गत भएको रत्यौली गीत प्रतियोगितामा सहनशील दिदीबहिनी समूह प्रथम, कमलजौंसी आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय तथा खुट्टेगौंडा लामाचौतारा आमा समूह र चापाघाट आमा समूह सान्त्वना भए।प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमशः नगद रु. १० हजार, ८ हजार, ५ हजार साथै ३ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

त्यसैगरी कृषि झाँकी ¥याली संघसंस्थातर्फ नेवा खलः पहिलो, मातृकेश्वर एकता भजन समूह दोस्रो, आराध्या भजन समूह तेस्रो भए । आमा समूहको कृषि झाँकीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो, लालीगुराँस आमा समूह तेस्रो, लक्ष्मी आमा समूह र तिब्रकोट आमा समूह क्रमशः सान्त्वना हुन सफल भएको जनाइएको छ।त्यस्तै नृत्यतर्फ जनकल्याण आमा समूहले उत्कृष्टता हासिल गर्दै खसी पुरस्कार जित्न सफल भयो।

महोत्सबमा शनिबार कलाकारहरु प्रकाश सपुत, प्रेमराज अधिकारी, नेत्र खड्का, सीता परियार, ममता तामाङ लगायतका प्रस्तति रहे। यसपालि हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिसहरु पुगेका थिए ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव गरिएको हो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार रहेका थिए। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका दैनिक प्रस्तुति साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको थियो।

महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रम मूल आयोजक समितिका महासचिव विकल थापाले संचालन गरे।

 

पोखरा, ०५ वैशाख ।

कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायकरगायिका गरी तीनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीतरसङ्गीतमा रचनाकार, सङ्गीतकार र गायकरगायिकाको भूमिका’ विषयक अन्तरक्रियामा सो कुरामा जोड दिइएको हो ।

प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले अवधारणापत्र प्रस्तुत गर्दै पोखरामा क्रियाशील साङ्गीतिक संस्थाका प्रतिनिधि, गायकरगायिका, सङ्गीतकार र गीतकारहरूसँग छलफल गरेर अवधारणापत्र तयार पारिएको जानकारी दिए ।

सातओटा बुँदामा प्रस्तुत गरिएको अवधारणापत्रमा एउटा सुन्दर साङ्गीतिक उत्पादनका लागि सबैको उत्तिकै भूमिका हुने भन्दै जुनसुकै रियालिटी सो, प्रतियोगिता वा साङ्गीतिक कार्यक्रममा गीतकारले रेकर्ड भएका गीत वाचन गर्दा सङ्गीतकार र गायकरगायिकाको नाम उच्चारण गर्ने, गायकरगायिकाले गीतकार र सङ्गीतकारको नाम उच्चारण गर्ने र सङ्गीतकारले गीतकार र गायकरगायिकाको नाम उच्चारण गर्ने परम्परा अवलम्बन गर्नपर्नेमा जोड दिइएको छ । नृत्य प्रस्तुत गर्दासमेत उद्‍घोषक वा आयोजकका तर्फबाट गीतकार, सङ्गीतकार र गायकरगायिकाको नाम उद्‍घोष गर्नुपर्ने माग सो अवधारणापत्रमा गरिएको छ ।

अवधारणापत्रमा गीतको समीक्षा गर्दा गीतकारको भावना बुझी गीतका शब्द र मर्मअनुरूप गर्न, समाजमा अपाच्य हुने खालका शब्दहरूको प्रयोग गरी गीत गीतकारले नलेख्न, रोयल्टी सम्बन्धित व्यक्तिको बैङ्क खातामा उपलब्ध गराउन, प्रतिलिपि अधिकारको ख्याल गर्न र प्रविधिको सदुपयोग गरी स्रष्टाको अस्तित्व रक्षा गर्न पनि आग्रह गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत अवधारणापत्रप्रति सहमति जनाउँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले विशेष गरी सञ्चार माध्यमहरूलाई स्रष्टाको नाम उच्चारण गर्ने कुरामा सचेत हुन आग्रह गरे । स्रष्टाले आफ्नो अस्तित्वको खोजी गरेको बताउँदै सरुभक्तले रोयल्टीलाई व्यवस्थित बनाउने कुरामा सरकारको ध्यानाकर्षण गराए ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले प्रतिलिपि अधिकारका विषयमा सबै एकजुट र सचेत हुनुपर्नेमा जोड दिइन् । आफ्ना गीतहरू अरूकै नाममा रेकर्ड हुने र गीत प्रस्तुत गर्दा नामसमेत उच्चारण नगर्दा दुःख लाग्ने गरेको अनुभव सुनाउँदै कोइरालाले आगामी दिनमा यस्तो अवस्थामा सुधार गर्न सबै पक्ष मिलेर लाग्नुपर्ने बताइन् ।

विम्बकवि तथा गीतकार रमेश श्रेष्ठले पहिचानको लडाइँमा स्रष्टाले जित्नुपर्ने बताए । स्रष्टाबिना सिर्जना नहुने भन्दै उनले कसैले पनि स्रष्टाप्रति दुर्भावना राख्न नहुने भनाइ राखे । त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक तथा सङ्गीत प्रशिक्षक नवराज बरालले गीतकार, सङ्गीतकार र गायकरगायिकाबिचको छलफल र भेटघाटले नै असल सङ्गीत उत्पादन हुने बताए । उनले आपसमा सल्लाह गरेर काम गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले अवधारणापत्रप्रति सहमति जनाउँदै एकले अर्काको अस्तित्व स्विकार्नुपर्ने बताए । गायक कर्णदासले देशविदेशमा साङ्गीतिक प्रस्तुति राख्दा गीतसँग सम्बद्ध सबैको नाम उच्चारण गर्नुपर्ने बताए । अर्का गायक रामभक्त जोजिजूले अवधारणापत्रमा प्रस्तुत विचारहरू हुबहु लागू गर्नुपर्ने बताए ।

गायक विनोद बानियाले विगतमा गीतकार मात्र पीडित हुने गरेकामा हाल गायकरगायिका र सङ्गीतकारसमेत पीडित हुने गरेको बताउँदै सबैले सहकार्य गरेमा सबैलाई न्याय हुने बताए । प्रविधिलाई बेवास्ता वा गाली गरेर होइन, सहकार्य गरेर अगि बढ्नुको विकल्प नरहेको बनियाको धारणा थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र केसी ‘देवु’, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङलगायतले पनि अवधारणापत्रमा आएका बुँदाहरू सान्दर्भिक भएको धारणा राखे ।

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो पनि विमोचन गरिएको थियो भने २४ जना नयाँ आजीवन सदस्यलाई सदस्यता वितरण गरिएको थियो ।प्रतिष्ठानका उपाध्यक्ष लाल कार्की ‘अञ्जान’ को स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

पोखरा, ०५ वैशाख ।

पोखरा १९ घार्मीमा रहेका कृषकलाई मौरी घार वितरण गरिएको छ । स्थानीय घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले आफ्ना सेयर सदस्य कृषकहरुलाई कृषि ज्ञान केन्द्र कास्कीको अनुदानमा ५० वटा घार मौरी वितरण गरेको हो ।

शनिवार आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख सुदिप खतिवडा, सहकारी अध्यक्ष पोषराज पौडेल तथा कृषि उपसमिति संयोजक माधव प्रसाद पौडेलले कृषकहरुलाई मौरी घार हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख खतिवडाले घार्मी गाउँ मौरी पालनका लागि उपयुक्त क्षेत्र रहेको बताउँदै, सहकारी संस्थाको पहलमा यस क्षेत्रलाई मौरी पालन अनुदानका लागि छनोट गरिएको बताए । उनले कृषकहरुलाई लगनशील भई कार्य गरि आफ्नो व्यवसाय वृद्धि गर्न सुझाव दिए ।

सहकारी अध्यक्ष पोषराज पौडेलले सहकारीले स्थानीय कृषकहरुको समस्या, आवश्यकता र अवधारणालाई सम्बोधन गर्दै निरन्तर अघि बढिरहेको र भविष्यमा पनि यस्ता खालका कृषक लक्षित योजनाहरु ल्याउने बताए । सो अवसरमा सक्षम बि फर्मका निर्देशक रमेश पौडेलले कृषकहरुलाई मौरी पालन सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

सहकारीका उपाध्यक्ष प्रदीपराज पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव राजकुमार पौडेलले गरेका थिए । हावापानी र भौगोलिक अवस्थाका कारण उक्त क्षेत्र मौरी पालनका लागि उपयुक्त रहेको बताईएको छ ।

पोखरा, ०५ वैशाख ।

पाँचौँ मनुश्रीरभिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारबाट पोखरा रंगशालास्थित टेनिस सेन्टरमा शुरू भएको छ । प्रतियोगिताको पलिहो दिन यू–९ गर्ल्सतर्फ मिलिवाना लावत र भानी राजभण्डारीले फाइनलमा स्थान बनाएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरू भएको प्रतियाृगितामा यू–१८ ब्वाइज तर्फ सेमीफाइनल समिकरण पुरा भएको प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिएका छन् । सो उमेर सुमहमा दर्शिल श्रैष्ठ र स्पन्दन उदास तथा शास्वत बज्रचार्य र सुरेन्द्र बिकले सेमीफाइनलमा स्थान पक्का गरे । यस अघी भएको खेलमा दर्शिलले संगम मगरलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा शास्वतले सन्दिप विकलाई ६–०, ५–७ र ६–० को सेटमा पराजित गरे ।

यता स्पन्दनले अभिषेक विकलाई ६–०, ६–० को सोझो सेटमा हराउँदा सुरेन्द्र भने वाई पाएर सेमीफाइनलमा स्थान बनाएका छन् । यता यू–१६ गर्ल्सतर्फ ऐरा खत्री र शाल्भी शेरचन तथा आरुषी शेरचन र सोराह थापाले सेमीफाइनमा स्थान पक्का गरेका छन् ।

बैशाख ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ र केन्द्रिय सदस्य विष्णु बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा उपाध्यक्ष कायस्थले यो प्रतियोगिताले यूवा खेलाडीमा उत्साह जगाएको बताउँदै अब पोखरामा वार्षिक ५ वटा जुनियर प्रतियोगिता आयोजना गर्ने गरी तयारी भइरहेको बताए ।

कास्की जिल्ला टेनिस संघका निर्वतमान अध्यक्ष एवं प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नं १ टेनिस खेलाडी प्रदिप खड्काले समेत आफ्ना भनाई राखेका थिए ।

प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा शुरू भएको हो । प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित करिब ९० खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै हुन् ।

प्रतियोगितामा पोखरासहित काठमाडौं, चितवन र बुटवलका खेलाडीहरुको सहभागिता रहेको छ ।

पोखरा, ०५ वैशाख ।

सहारा क्लब पोखराले पोखरा स्पोर्टसअवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिनेभएको छ । पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कारराशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चगण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आगामी बैशाख १८ गतेपोखराको ईभेन्ट सेन्टरमा १० औं संस्करणको पोखरा स्पोर्टस अवार्ड हुदै छ । शुक्रबार सहारा क्लबका अध्यक्ष केशब बहादुर थापार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था बीच सम्झौता पत्रमा हस्ताक्षरभएको छ । सो अवसरमा वोल्दै सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाले पोखरा स्पोर्टसअवार्डमा प्रदान गर्दै आइरहेको उदीयमान खेलाडी विद्यालाई प्रदान गरिने पुरस्कार १०औं संस्करणमा समेत निरन्तरता दिने बताए ।

नेपाल खेलकुद पत्रकार मञ्चले खेलाडीहरुकोप्रोत्साहनका लागि आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा सुरुवाती चरण देखिनै सहाराक्लबले सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धताब्यक्त गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सहारा क्लब आफैमापोखरेली फुटवलको इतिहाँसको साछी भएकाले पोखरा स्पोर्टस अवार्ड संगा जोडिएर कामगर्न पाउँदा खुसी लागेको बताए ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमाआयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्डप्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्षउत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेलसंघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन ।

पोखरा स्पोर्टसअवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ। अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेशखेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ,केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुदबिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ ९हङकङ०, रुपा गाउँपालिका,मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेषसहयोग रहेको छ ।

त्यसैगरी सहयोगीहरुमा सहारा क्लब, टाइगर ग्रुप अफ पोखरा, तमु धिँयुके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानकापूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशानरानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापाअष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि ९राइनो क्याफे एण्डशवार्मा स्टेशन०, शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, पोखरा रहेका छन । अन्यसहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

पोखरा, ०५ वैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले लागू गरेको शनिबार र आइतबारको दुई दिने सार्वजनिक बिदाको समयमा पनि अस्पतालका आकस्मिक र अन्तरंग सेवाहरुलाई २४ सै घण्टा सुचारु राख्न निर्देशन दिएको छ। मन्त्रालयले आइतबारका दिन अस्पतालमा हुने पूर्व(निर्धारित शल्यक्रिया लगायतका सेवाहरुलाई बिरामीको सहजता हेरेर फेरि समय मिलाउन समेत अस्पतालहरुलाई भनेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार २०७८ चैत २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा मन्त्रालयले यस्तो स्पष्ट पारेको हो। स्वास्थ्यकर्मीहरुको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न सरकारको दुई दिने बिदाको नीति अनुरुप आइतबारका पूर्व(निर्धारित शल्यक्रिया ‘ओटी’ लगायतलाई रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरु सधैँझैँ २४ सै घण्टा सुचारु रहने जानकारी मन्त्रालयले गराएको छ।

बिदाका दिनहरुमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरुले सम्भव भएसम्मका सेवा प्रदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ। मन्त्रालयले स्वास्थ्य मन्त्रालयको ‘अस्पताल सुधार कार्यविधि, २०७८’ को पूर्ण पालना गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन ‘ओ एन्ड एम’ सर्भे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ। यो व्यवस्थाले बिदाको दिनमा पनि नागरिकहरुले स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने र अस्पतालको सेवा प्रवाहमा प्रभावकारिता आउने विश्वास मन्त्रालयले लिएको छ।

काठमाडौँ, ०५ वैशाख ।

नेकपा एमालेको ११ औं महाधिवेशनमा युवा क्लष्टरका प्रतिनिधिहरुले पार्टी पुनर्गठनलाई विषयान्तर गरेर एकताको कुरा नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टी पुनर्गठन अभियानसम्बद्ध युवा संघका उपमहासचिव उपेन्द्र शाहीसहितका युवा नेताले त्यस्तो चेतावनी दिएका हुन् ।

फागुन २१ को निर्वाचनमा भएको लज्जास्पद पराजयले देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकलाई स्तब्ध बनाएको भन्दै उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनीहरूले पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथाशीघ्र सम्बोधन गर्ने गरी अगाडि बढ्न जोडदार आग्रह गरेका छन् ।

प्रेस विज्ञप्तिको पूर्णपाठ
मितिः २०८३र०१र०५
भर्खरै सम्पन्न आम निर्वाचनमा नेकपा ९एमाले० ले व्यहोर्नु परेको लज्जास्पद पराजयले देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ । यो हार केवल प्राविधिक पराजय मात्र नभई पार्टीको विद्यमान नीति, कार्यशैली र नेतृत्वमाथि जनताले गरेको गम्भीर अविश्वास र प्रश्न पनि हो । यतिबेला आम कार्यकर्ता र युवा पंक्तिले पार्टीको समग्र रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको अपेक्षा गरिरहेका
छन् ।
यस ऐतिहासिक घडीमा पार्टी विधानको मर्म र व्यवस्था अनुसार पार्टीभित्रैबाट उठिरहेको आवाजलाई तत्काल सम्बोधन गर्नपर्छ भन्ने हामी युवाहरूको दृढ मान्यता छ र यसका निमित्त हाम्रो पहल जारी रहेको सबैमा जानकारी गराउन चाहन्छौं ।
तर, पछिल्लो केही दिनदेखि पार्टीभित्र हुनुपर्ने वास्तविक रूपान्तरण र पुनर्गठनको बहसलाई ओझेलमा पार्ने प्रयास भइरहेका छन् । नेतृत्वले गरेका गल्ती – कमजोरीहरूलाई ढाकछोप गर्न र मूल एजेन्डाबाट ध्यान मोड्नका लागि जुन प्रकारको “बेमौसमी कम्युनिष्ट एकता” को बहस चलाइएको छ, त्यसले पार्टीलाई अझ रक्षात्मक बनाउने निश्चित छ । यस्तो प्रयासले पार्टीभित्र विद्यमान मूल समस्याहरूलाई ओझेलमा पार्ने, कार्यशैलीगत र संगठनात्मक कमजोरीहरूलाई समाधान नगर्ने स्पष्ट नै छ । पार्टीलाई जनताको वास्तविक भावना, विशेषगरी युवापुस्ताको आकांक्षा र आवाजसँग जोड्नु आजको अपरिहार्य आवश्यकता हो । यही आधारमा मात्रै पार्टीले आफ्नो ऐतिहासिक भूमिकालाई पुनः स्थापित गर्न सक्छ ।
त्यसैले, हामी कुनै पनि प्रकारको असामयिक र दुराशययुक्त पार्टी एकीकरणको प्रयासप्रति असहमति व्यक्त गर्दै त्यस्ता गतिविधिहरूको कडा शब्दमा विरोध गर्दछौं । हामी पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथासिघ्र सम्बोधन गर्नेगरि अगाडि बढ्न जोडदार आग्रह गर्दछौं । अन्त्यमा, वैधानिक ढंगले पार्टीलाई समयानुकूल रूपान्तरण, पुनर्गठन र पुनर्जागरण गर्न हाम्रो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पुनः दोहोर्याउँदछौँ ।

अभियानको तर्फबाट प्रतिनिधिमूलक महाधिवेशन प्रतिनिधिहरू स्
१० सुजन लामा, कोशी प्रदेश
२० अमित कुमार यादव, मधेश प्रदेश
३० डा। सुजन कडरिया, बागमती प्रदेश
४० ज्ञानभक्त डंगोल, राजधानी प्रदेश
९५० मोहन भट्टराई, गण्डकी प्रदेश
६० मेनका पछाई, कर्णाली प्रदेश
७० कमल जोशी
८० सन्देश ढकाल, लुम्बिनी प्रदेश
९० हरिश पन्त, सुदूरपश्चिम प्रदेश

१०० उपेन्द्र शाही

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।