२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

पोखरा, ०५ वैशाख ।

छैटौँ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८२ को आय–व्यय सार्वजनिक गरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गरेको हो ।

गत माघ ९ देखि १७ गतेसम्म पोखरा रगंशालामा आयोजना गरिएको प्रतियोगिताबाट रु १ करोड ६० लाख ७ हजार ७ सय २५ रुपैयाँ आम्दानी भएको छ । जसमध्ये रु १ करोड ३७ लाख ४२ हजार ६ सय १९ खर्च भएको र कुल २२ लाख ६५ हजार १ सय ६ रुपैयाँ बचत भएको आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए । कुल आम्दानी मध्ये टिकट संकलनबाट रु ५९ लाख ४९ हजार २८२ रुपैयाँ आम्दानी भएको अध्यक्ष शर्माले बताए ।

त्यसैगरी स्वदेश तथा विदेश एवं संघ संस्थाहरुको सहयोगबाट रु ४८ लाख ४३ हजार २८२, मुख्य प्रायोजकबाट रु ३० लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट रु १० लाख र पोखरा महानगर पालिकाले रु १० लाख, टिम प्रवेश शुल्कबाट १ लाख ३५ हजार र सिजनल टिकटबाट रु ८० हजार प्राप्त भएको आयोजकले जनाएको छ । टाइगर कपको यो आम्दनी विगतका संस्करणहरु भन्दा बढि हो । संस्थाले गत वर्ष करिब २० हजार बचत गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले बचत भएको रकम सामजिक विकास एवं खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने–“टाइगर कपमार्फत भलिबल विकासमा सहयोग पुगेको छ भन्ने विश्वास लिएका छौं । यहाँहरुको सबैको सहयोगले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न भूमिका खेलेको छ । म स्वदेश तथा विदेशबाट सहयोगी संस्था तथा मित्रहरुलाई पुनः एक पटक यहाँहरु मार्फत आभार व्यक्त गर्दछु ।”

अध्यक्ष शर्माले प्रतियोगिताको सफल आयोजनले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न मद्दत पुगेको उल्लेख गर्दै आगामी दिनमा अझ स्तरीय, प्रभावकारी तथा उत्कृष्ट अन्तर्राष्ट्रिय क्लबहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए । सस्थाका सचिव डिवी नेपालीले सस्थाले गरेका क्रियाकलापको बारेमा चर्चा गरेका थिए । भने छैटौँ टाइगर कप भलिबल प्रतियोगिताको सफल आयोजनमा विश्व भलिबल संघहरुको अन्तर्राष्ट्रिय छाता संस्था एफआइभिबीले समेत प्रशंसा गरेको थियो ।

सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीको संयोजकमा मनोनयन भएका हरिप्रसाद पराजुली, जिल्ला खेलकुद कास्कीको कोषाध्यक्षमा मनोनित आशिष थापा र गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा मनोनित विरेन्द्र खडकालाई सम्मान गरिएको थियो ।

छैटौँ एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश भलिबल संघले पुरुषतर्फको उपाधि जितेको थियो भने महिलातर्फ डायमण्ड यूथ स्पोर्ट्स क्लबले उपाधि जितेको थियो ।

काठमाडौं ।
चिनियाँ दूतावासले नेपालका जेनजी युवाहरुलाई लक्षित गरी युवा अग्रणी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम सीएनवाईपी भनिने यस कार्यक्रमको उद्देश्य नेतृत्व विकास, सामाजिक तथा आर्थिक रूपान्तरणमा युवाको भूमिका विस्तार र चीन–नेपालबीच आपसी समझदारी तथा सहकार्य सुदृढ गर्नु हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार यस कार्यक्रममार्फत सहभागीहरूलाई नेतृत्व तालिम, नीति तथा सामाजिक मुद्दामा छलफल, कार्यशाला तथा अध्ययन भ्रमणमा सहभागी गराइनेछ । साथै छनोट भएका युवालाई चीन भ्रमणको अवसर पनि प्रदान गरिने छ ।

दूतावासले यो कार्यक्रमले नेपालमा ‘रूपान्तरणकारी सोच’ भएका युवाको सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ । सहभागीहरूले विभिन्न क्षेत्रका विज्ञ, कूटनीतिज्ञ र उद्यमीसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन् ।

कार्यक्रममा सहभागी हुन २२ देखि ३४ वर्ष उमेर समूहको हुनुपर्ने दूतावासले जनाएको छ । इच्छुक नेपाली युवा पेशाकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन फारम अंग्रेजीमा भरेर इमेल ठेगाना cnypnepal@163.com   मा पठाउन दूतावासले भनेको छ । आवेदन बुझाउने अन्तिम मिति सन् २०२६ को मे १७ तारिक ९२०८३ जेठ ३ गतेसम्म तोकिएको छ ।

दूतावासका अनुसार आवेदनहरू कार्यक्रमको उद्देश्यसँगको सान्दर्भिकता आधारमा मूल्यांकन गरिनेछ र अन्तिममा १० देखि २० जना उम्मेदवार छनोट गरिनेछ ।

छनोट भएकाहरू एक वर्षसम्म कार्यक्रमका विभिन्न तालिम, गतिविधि र नेटवर्किङ कार्यक्रमहरूमा संलग्न हुनेछन् । कार्यक्रम सम्पन्न भएपछि उनीहरू पूर्व–सदस्य सञ्जाल अल्मुनाइमा आवद्ध हुनेछन्, जसले निरन्तर अवसर र सहकार्यका माध्यम उपलब्ध गराउने बताइएको छ ।

कार्यक्रमले समुदायमा आधारित परियोजना सञ्चालनमा समेत सहभागीलाई प्रोत्साहन गर्ने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले यो पहलले नेपालका युवामा नेतृत्व क्षमता विकाससँगै दिगो सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।