२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संघीय सरकार निर्माण लगत्तै स्थानीय चुनावको तयारीमा जुटेको छ । पहिलो पटक स्थानीय चुनावमा सहभागी हुन लागेको रास्वपाले अरू दलभन्दा एक कदम अगाडि बढेर तयारी थालेको हो । २०७९ वैशाखमा स्थानीय तहको चुनाव हुँदा रास्वपा दल नै गठन भएको थिएन । रास्वपाले स्थानीय तहको उपचुनावमा भने भाग लिएको थियो ।
प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको रास्वपाले अर्को वर्ष हुने स्थानीय चुनावका लागि केन्द्रीय तहबाटै तयारी तीव्र पारेको छ । रास्वपाले ३५ हजार २२१ उम्मेदवारका लागि छनोटको विधि बनाउन सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा केन्द्रीय तहको समिति गठन गरेको छ ।सात सदस्यीय समितिमा केन्द्रीय सदस्यहरू आरके ढुङ्गाना, समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की सदस्य छन् । आरके ढुङ्गाना समितिको सदस्यसचिवको जिम्मेवारीमा छन् ।

स्थानीय तहमा उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी, योग्यतामा आधारित बनाउन समिति बनाइएको रास्वपाले जानकारी दिएको छ । आचार्य नेतृत्वको ‘उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ ले वडा, पालिका, जिल्ला र प्रदेशमा छलफल गरेर सुझाव लिने कार्य गरिसकेको छ । उक्त समितिले स्थानीय तह उम्मेदवार छनोट रूपरेखाको मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई आइतबार पेस गरेको छ । स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनैपर्ने मापदण्ड बनाइएको छ ।

पोखरा । नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यसहित आयोजित पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम आइतबार औपचारिक रूपमा सम्पन्न भएको हो ।

पोखरा ह्याण्डबल एकेडेमीमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले सहभागी प्रशिक्षार्थीहरूलाई दीक्षित भएको प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले नेपाली ह्याण्डबलको विकाससँगै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यस्ता प्रशिक्षण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए ।

प्रशिक्षणबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्दै सक्षम युवा खेलाडी तथा दक्ष रेफ्री उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्न सहभागीहरूलाई अध्यक्ष गुरूङले आग्रह गरे । साथै, राष्ट्रिय ओलम्पिक एकेडेमीले आगामी दिनमा विभिन्न खेलका प्रशिक्षण तथा खेलाडी उत्पादन केन्द्रित कार्यक्रमहरू अगाडि बढाउने जानकारी समेत दिए ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिनाले ह्याण्डबल खेलको लोकप्रियता बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको गरिमा उकास्ने लक्ष्यसहित संघ अघि बढिरहेको बताए । उनले सातै प्रदेशमा युवा प्रतिभा पहिचान, खेलाडी उत्पादन र प्राविधिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख गर्दै भने–“हामी ह्याण्डबललाई देशव्यापी रूपमा विस्तार गर्न चाहन्छौँ । यसका लागि खेलाडी मात्र होइन, दक्ष प्रशिक्षक र रेफ्री उत्पादन पनि उत्तिकै आवश्यक छ ।”

रेफ्रि प्रशिक्षण कार्यक्रमले नेपाली ह्याण्डबल खेलको विकासका लागि कोशेढुङ्गा सावित हुने बताउँदै अध्यक्ष तिम्सिनाले भने–“केही व्यक्ति विशेषहरु संघका गतिविधि ठप्प पार्न अझै पनि उद्धत रहेका छन् ।  उनीहरुको त्यो कोठा भित्रबाट गरेको प्रयासले नेपाली ह्याण्डबलको गतिलाई अब रोक्न सक्दैन ।”  

कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भारतका ह्याण्डबल मुख्य प्रशिक्षक अनुप सिंह काश्वानले नेपाल–भारतबीच ह्याण्डबल खेलको विकासका लागि सहकार्यका नयाँ आयामहरू खोल्न आफू सदैव सकारात्मक रहेको बताए । उनले खेलले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गर्दै बदलिँदो समयसँगै ह्याण्डबलका नयाँ नियम र प्रविधिप्रति खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरू सजग हुनुपर्नेमा जोड दिए । उनले नेपाली खेलाडीहरूको अनुशासन, समर्पण र उच्च खेलभावनाको प्रशंसा गर्दै भविष्यमा नेपाली ह्याण्डबलले अझ राम्रो सम्भावना बोकेको बताए ।

समापन कार्यक्रममा नेपाल ह्याण्डबल संघका महासचिव तथा गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठक, भारतका प्रशिक्षक तेजवीर सिंह लगायतले पनि ह्याण्डबलको उज्ज्वल भविष्यका लागि सामूहिक सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

पाँच दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा पाँच प्रदेश तथा विभागीय टोलीका गरी २५ जना रेफ्रीहरूको सहभागिता रहेको थियो । प्रशिक्षण अवधिमा खेलका नवीन नियम, रेफ्रीको भूमिका, खेल सञ्चालनका प्राविधिक पक्ष तथा व्यवहारिक अभ्यासहरू समेटिएको थियो ।

प्रशिक्षणले नेपाली ह्याण्डबलमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै खेलको स्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् । पोखराबाट सुरु भएको यो सकारात्मक अभियानले देशभर ह्याण्डबलको नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।