२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

काठमाडौं ।

दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन गरेर काठमाडौं फर्किएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूहरूले उठाएको पैसा एक रुपैयाँ पनि दुरुपयोग नभएको बताएका छन् ।उनले लोकतन्त्रमा कसैको मुख थुन्न नहुने भन्दै आफूहरूको अभियान जारी रहने बताए। उनले आफूहरूले उठाएको सहयोगको सबै हिसाब पारदर्शी भएको जिकिर गरे।

क्यूआर पार्टी भन्नेहरूलाई उनले , ‘त्यो भन्ने मान्छेले पनि सहयोग गरेको देखाओस् न। हावामा एक रुपैयाँ सहयोग गरेको छैन त्यसै भनेर हुन्छ। अब भन्दा सहयोग गरेको स्क्रिनसट राखेर देखाओस् न।’

उनले विरोध गर्ने अधिकार लोकतन्त्रमा सबैलाई हुने भएपनि प्रमाणसहित गर्नुपर्ने बताए। कसैले बिना प्रमाण आरोप लगाउन नमिल्ने उनको उनको भनाइ छ।

कास्की।

कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ ।मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्डफ्लुबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरुप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो ।

विभागका अनुसार बर्डफ्लु सङ्क्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो । यसबाट रु ७० करोड बराबरको क्षति भएको थियो ।

बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ ।

गत चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल ११ जिल्लामा देखिएको छ । भा

कास्की।

नेकपा एमालेका पूर्वप्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान भएका छन्।बिहीबार साँझ गौशाला नगरपालिका ५, एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालयले महोत्तरी जिल्ला अदालतमा पेश गरेपछि अदालतले कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पन्चलाल गोलेले बताए।

मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले महतोलाई दोषी ठहर गर्दै पाँच वर्षको कैद फैसला सुनाएपछि प्रहरीले त्यसको भोलिपल्ट पक्राउ गरेको थियो।

 

काठमाडौं ।

स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षको विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १७६ रुपैयाँ भुक्तानी गरेको छ ।

बोर्डले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक भएको जानकारी दिएको हो ।२०८२ मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ ।

बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बिमित सेवाग्राहीहरूको उपचार सेवामा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइदिन आग्रह गरेको छ । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।