
पोखरा, ५ भदौँ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरेका छन् । बालेनले आचार्यसँग पोखरा लेकसाइडस्थित एक रेस्टुरेन्टमा भेटका हुन् ।
त्रिसरा पोखराले दुई मेयरको फोटो आफ्नो फेसबुकमा सार्वजनिक गरेको छ। उक्त फेसबुकमा बालेन रेस्टुरेन्टमा आएका ग्राहकहरूसँगको फोटो तथा भिडियो पनि सार्वजनिक भएको छ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले आफूहरूबीच मंगलबार अनौपचारिक भेट भएको जानकारी दिए। उनीहरुबीच अनौपचारिक मात्र भेट भएको र डिनर पनि सँग गरेको आचार्यको भनाई छ ।
आचार्यका अनुसार बालेनले सरकारको नीतिबारे गुनासो गरेका थिए। ’हामीबीच अरु औपचारिक कुरा भएन। उनीहरुबीच एउटा कुरामा मात्र कुरा भएको थियो । त्यो थियो– सानो पालिकालाई र ठूलो पालिकालाई एकै नीति नियम भयो। यो ठिक भएन भन्ने उहाँ (बालेन)को कुरा थियो’ आचार्यले जानकारी दिए ।
बालेन शनिबार पोखरा गएका हुन्। उनी पोखरा जाँदै गर्दा आफैँ गाडी चलाएको र तनहुँको आँबुखैरेनीमा कृष्ण अष्टमीको जात्रामा निस्किएका स्थानीयले फूल दिएको, बालेनले गाडीबाटै हात हल्लाएको तस्बिर÷भिडिओ सार्वजनिक भएको थियो।
त्यस्तै पोखराकै बेगनाश तालमा डुंगा चलाइरहेको तस्बिर पनि बालेन आफैँले सेयर गरेका छन्। उनीसँगै सामाजिक अभियान्ता केपी खनाल पनि छन्। खनाल बेगनासदेखि त्रिसरासम्म बालेनसँगै देखिएका छन्।
पोखरा, ५ भदौ ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा राहदानी बनाउन जाने व्यक्तिहरूलाई आवश्यक परामर्श सेवा दिनका लागि आप्रवासी सहायता स्रोत केन्द्र (सहायता कक्ष) निर्माण गरिएको छ । पोखरा महानगरपालिकाद्धारा निर्मित सहायता कक्षको नगर प्रमुख धनराज आचार्यले एक कार्यक्रमबीच सेवा शुभारम्भ गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्की परिसरमा निर्माण गरिएको उक्त केन्द्रको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको उपस्थितिमा नगर प्रमुख आचार्यले सेवा शुभारम्भ गरेका हुन ।
सो अवसरमा आचार्यले राहदानी बनाउन जाने व्यक्तिहरूलाई विदेश जानु पूर्व दिइने आवश्यक परामर्श सेवाका लागि एक व्यवस्थित सहायता कक्ष निर्माण भएको बताए । उनले केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेहरूलाई आवश्यक परामर्श र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको परिवारका लागि वित्तीय साक्षरता समेतका सवालमा परामर्श सेवा दिइने उल्लेख गरे ।
सहायता कक्ष राहदानी शाखाको नजिकै निर्माण गरिएकाले त्यसको प्रयोजन, आवश्यकता र औचित्यका सन्दर्भमा समेत काउन्सिलिङ गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन । सेवाग्राहीहरूको सुविधाका लागि संरचना निर्माणमा पोखरा महानगरपालिकाले गरेको सहयोग प्रति उनले आभार समेत व्यक्त गरिन ।
१६ लाख रुपैयाँको लागतमा निर्माण गरिएका् सेवाग्राहीहरूले विश्राम गर्ने फल्चा सहित सहायता कक्ष नागरिकहरूको सेवाका लागि सहज हुने विश्वास गरिएको छ ।
पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णु प्रसाद दाहाल र सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक आदिमध्वज श्रेष्ठले महानगरपालिकाको तर्फबाट श्रम तथा रोजगारको क्षेत्रमा समन्वय गर्दछन् ।
पोखरा, ५ भदौँ ।
लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले पार्दी माध्यामिक विद्यालयमा सिसिटीभी क्यामेरा जडान गरेको छ । आई टी ब्यवसायीहरु आवद्ध लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले पोखरा १७ मुस्ताङचोकमा रहेको पार्दी माध्यामिक बिद्यालयमा जडान गरेको सिसिटिभी क्यामेरा एक कार्यक्रमका बीच बिद्यालयलाई हस्तान्तरण गरेको हो ।
बिहीबार एक कार्यक्रमका बीच पार्दी माध्यामिक बिद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर ढकाल र विद्यालयका प्रध्यानाध्यापक वामदेव पौडेललाई विद्यालयमा जडान गरिएको सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको हो ।
सिसिटिभी क्यामेरा हस्तान्तरण गर्दै लायन अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपालका पूर्व गभर्नर लायन राम बहादुर बसेलले लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले सामाजिक सेवा अन्तर्गत सरकारी विद्यालयमा सिसिटिभी जडान गरी विद्यालय संगै विद्यालय वरपरको सुरक्षाका लागि महत्वपूर्ण काम गरेको बताए । लायन्स क्लबमा आवद्ध साथीहरु मिलेर संकलित रकमबाट जडान गरिएको सिसिटिभी क्यामेराले बिद्यालयको सुरक्षा संगै विद्यालयमा सञ्चालन हुने विभिन्न परीक्षा, निर्वाचनको समय संगै विद्यालय अगाडीको सडक वरपर हुने कुनैपनि घटनालाई पत्ता लगाउन सहयोग पुग्ने समेच बसेलले बताए । लायन्स क्लबले जडान गरेको सिसिटिभी क्यामेराको मर्मत संभारका लागि विद्यालय परिवारले ध्यान दिनुपर्नेमा उनको जोड रहेको थियो ।
सो अवसरमा वोल्दै विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर ढकालले आफुहरुले विद्यालयमा सिसिटिभी क्यामेरा जडानको लागि वडा हुदै महानगर र महानगरको पनि शिक्षा शाखामा अनुरोध गरेको भएतापनि कुनैपनि सुनुवाई नभइरहेको सन्दर्भमा समाजसेवी सुनिल हिराचनको माध्यामबाट लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीको सहयोगमा विद्यालयमा सिसिटिभी क्यामेरा जडान गर्न सफल भएको बताए । सिसिटिभी क्यामेरा मार्फत विद्यालयको सुरक्षा र विद्यालयमा हुने विभिन्न कार्यक्रम र बाहिरी सडकमा हुने कुनैपनि दुर्घटनाको निगरानी गर्न सक्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै सिसिटिभी जडान कार्यक्रमका संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष ई. दिनेश महर्जनले लायन्स क्लब इन्फर्मेशन टेक्नोलोजीको सहयोगमा १ लाख १३ हजार ७ सयको लागतमा ८ वटा सिसिटिभी क्यामेरा जडान गरी विद्यालयलाई हस्तान्तरण गर्न पाउदा आफुहरु गर्वान्वित भएको बताए ।
त्यस्तै क्लबका अध्यक्ष रावत गोम्जा तामाङले लायन्स क्लव अफ इन्फर्मेशन टेक्नोलोजीले सामाजिक काम अन्तर्गत आफ्नो कार्यकालको पहिलो कार्यक्रम अन्तर्गत पार्दी माविमा सिसिटिभी क्यामेरा जडान गरेको बताए । हाल विद्यालयमा ८ वटा फुल कलरको फोरके क्यामेरा मात्र जडान गरिएको भएतापनि उक्त स्थानमा १६ वटा सम्म फोरके स्तरको फुल कलरको क्यामेरा जडान गर्न सकिने र त्यसका लागि पनि आफुहरुले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यसैगरी आफ्नो कार्यकालमा अन्य विद्यालयहरुमा आईटी सामाग्री वितरण र सिसिटिभी जडानलाई निरन्तरता दिने तामाङको भनाइ रहेको थियो ।
सो अवसरमा लायन्स डिष्ट्रिक ३२५ आइ नेपालका डिष्ट्रिक एड्मिनिष्ट्रेटर टंकराज अधिकारी, एरिया कोअडिनेटर निरा कोइराला, रिजन २४ का रिजन चेयर पर्सन हरिहर पराजुली, जोन ५६ का जोन चियरपर्सन विष्णु प्रसाद तिमिल्सिना, क्लबका संस्थापक अध्यक्ष सनरोज गुरुङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव ई.राजेश अधिकारीले गरेका थिए ।
पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
पोखरा, ५ भदौँ ।
“हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ सुरु हुदैछ ।
टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा १५ भदौसम्म संचालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।
महोत्सव उद्घाटन पूर्व पुरानो टुँडिखेलबाट विभिन्न संघ संस्था, आमा समुह, विद्यालय, जातजाति लगायतको सहभागितामा झाकी सहितको र्याली निकालिने भएको छ । टँुडिखेलबाट सुरु हुने र्याली हरिचोक, सिम्पानी चोक, माछापुच्छे्र बैँक चोक, गणेश मेडिकल हल चोक, जिल्ला शिक्षा कार्यालय अगाडी, पृथ्वी नारायण क्याम्पस, ट्रयाक्सी चोक, बागवजार ठाडो लाईन हुदै बिन्ध्यवासिनी मन्दिर परिक्रमा गरि हरिचोक हुँदै पुनः मेला सञ्चालन स्थल टँुडिखेलमा आएर समापन हुने संयोजक पदम बहादुर गुरुङले जानकारी दिए । र्यालीमा सहभागि समुह मध्ये सवैभन्दा बढी उपस्थित हुने, उत्कृष्ट भेषभूषा र सर्वोत्कृष्ट झाँकी लाई नगद सहित पुरस्कृत गरिने छ ।
महोत्सव सम्पन्न गर्न टुर्बोग वियरले सह प्रायोजन सगै गृहलक्ष्मी ग्यास, कर्मा ईन्टरनेश्नल ईम्पोल्यमेन्ट प्रालि काठमाण्डौले उप प्रायोजन गर्ने भएका छन् । यसै गरि बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैक र सालिको इन्स्यूरेन्सले प्रायोजन, राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग, सामाजिक विकास यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र पोखरा १, २, ३ वडा कार्यालयले प्रवद्धन गर्ने महोत्सव सम्पन्न गर्न गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड पोखरा, गरिमा विकाश बैंक, गौतम स्याङ्गजा सुन चाँदी पसल चिप्लेढुङ्गा, प्रतिभा माध्यमिक बिद्यालय, पराजुली आयल स्टोस पोखरा १, कुवँर हार्डवयर, लान्दुक पेट्रोलियम प्रा.लि, पोखरा इन्टरनेट, निचि वेवि चिप्लेढुङ्गाले सहयोग गर्ने भएका प्रायोजक समन्वय उपसमितिका संयोजक बालकृष्ण कोईरालाले जानकारी दिए ।
१० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल, वाल उद्यान रहनेछन् । यसै गरि महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ् । व्यापारिक र रेष्टुरेन्टका सम्पुर्ण स्टलहरु बुकिङ भै सकेको अध्यक्ष अधिकारीले जानकारी दिए । महोत्सवमा खुल्ला मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला तिज गित गृहिणी एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत आयोजना गरिने उनले जानकारी दिए ।
जस अन्र्तगत तिज गित प्रतियोगितामा प्रथम हुनेले ३५ हजार ५५५, द्घितियले २० हजार ५५५, तृतियले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा र नृत्यले तीन हजार ५५५, एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच ५५५, सान्त्वनाले तीन हजार ५५५, छेलोतर्फ प्रथमले १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ र ढिकि जातोतर्फ प्रथमले १२ हजार ५५५, द्धितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए ।
ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित आयोजना गर्न लागिएको महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक केन्द्रका कोषाध्यक्ष एंव महोत्सव लेखा तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक वेद प्रसाद वस्तीले जानकारी दिए ।
पोखरा, ५ भदौँ ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीले संगठनात्मक सुदृढता र आन्तरिक एकतामार्फत जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कास्कीको ९ औं जिल्ला एवम् प्रदेश विभागीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण, प्रमाणपत्र वितरण एवम् जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारी संगठनले कर्मचारी अधिकारको संरक्षणसँगै पारदर्शी, जिम्मेवार र दक्ष सेवाप्रवाहमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए ।
“निजामती कर्मचारी युनियन कर्मचारी वर्गको पेशागत अधिकार र हितको मात्र पक्षधर नभई सुशासन, जवाफदेहितापूर्ण प्रशासन र नागरिकलाई समयमै सेवा पु¥याउने संस्कारलाई बलियो बनाउन उत्प्रेरक हुनुपर्छ । संगठनको मजबुती नै विश्वासिलो सेवा र संस्थागत विकासको आधार हो ।”, उनले भने ।
संगठनले यथार्थपरक नीति सुझाव, कर्मचारीबीचको एकता र संगठनात्मक सचेतनाबाट सरकार र कर्मचारीबीचको समन्वयलाई अझ सबल बनाउन सक्ने विश्वास उनको छ । मन्त्री थापाले नयाँ नेतृत्वलाई शुभकामना दिँदै जिम्मेवारी वहन गर्न दृढ संकल्पित भई अघि बढ्न आह्वान समेत गरे ।
उनले प्रदेश सरकारले गरेका कामको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । विगतका समयमा नभएका कामहरु अहिले सरासर भइरहेको र जनता लाभान्वित हुने गरि अग्रसर रहन समेत कर्मचारीलाई निर्देशन दिएका छन् ।
तीज पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई समेत जोड्दै उनले नेपाली समाजमा सद्भाव, पारिवारिक खुसी र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने परम्परा तीज भएको बताए । शपथग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला कार्यसमिति, प्रदेश विभागीय संरचना, विभिन्न शाखा युनियनका प्रतिनिधिहरु, समाजका सरोकारवाला तथा कर्मचारी परिवारको उल्लेख्य उपस्थिति रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष केदार सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव भानु ढकाल, गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिम्मेवारी हस्तान्तरण समेत गरिएको थियो ।
काठमाण्डौ – पर्यटन विभागको सेवालाई थप व्यवस्थित र प्रविधिमैत्री बनाइने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड दिएको जनाएको छ ।
पर्यटन प्रशासनलाई व्यवसायमैत्री, लगानीमैत्री र प्रविधिमैत्री बनाइ यस क्षेत्रमा आकर्षण बढाउने विभागको लक्ष्य रहेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्नेलगायत पर्यटकीय गतिविधिको विकास र विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको विभागले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले विभागको कामलाई सरल, सहज र व्यवसायमैत्री बनाउन पहलकदमी लिइएको बताउनुभयो । उहाँका अनुसार विभागले पहिलोपटक वार्षिक प्रतिवेदनमार्फत सम्पादन गरेका काम र भावी कार्ययोजनाका साथै चुनौती र आउँदो दिनमा गर्नुपर्ने सुधारका विषयलाई समेटेको छ । महानिर्देशक रेग्मीले प्रक्रियागत उल्झनलाई किनारा लगाउँदै नियमित सम्पादनलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।
नीतिगत सुधारको दिशामा पनि विभाग केन्द्रित भएको उहाँले बताउनुभयो । विभागले पर्यटकीय पूर्वाधारको विकास, गुणस्तरीय आतिथ्य सेवा व्यवस्थापन, साहसिक र पर्वतीय पर्यटनको प्रवर्द्धन तथा पर्वतारोहण व्यवस्थापनका क्षेत्रमा थप योजनासहित काम भइरहेको जनाएको छ ।
काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) अर्थात् अमेरिका बस्न पाउने विशेष सुविधा खारेज गर्ने भएको छ । त्यहाँको सङ्घीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको बीबीसीले जनाएको छ ।
योसँगै टीपीएस सुविधा लिएर अमेरिकामा बसोबास गर्दै आएका झन्डै सात हजार नेपाली स्वदेश फर्कनुपर्ने भएको छ । नेपालमा १० वर्षअघि सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।
त्यसबेला झन्डै १५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएका थिए । ट्रम्प प्रशासनले आप्रवासी र अवैध रूपमा बसोबास गरिरहेकाहरुप्रति कडा नीति लिइरहेका बेला अमेरिकाको होमल्याण्ड सेक्युरिटीले शुरुमा नेपाल, होन्डुरस र निकारागुआका नागरिकहरुको टीपीएस सुविधा खारेज हुने निर्णय गरेको छ ।
हिजो पुनरावेदन अदालतले फैसला गरेकाले टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको खबरमा उल्लेख छ । अमेरिकाको आप्रवासन प्रणाली अन्तर्गत विशेष परिस्थितिमा दिइने सुविधा टीपीएस हो । यो सुविधा पाएका निश्चित देशका नागरिकलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न अनुमति दिइन्छ ।





