२०८३ बैशाख १२ शनिबार
२०८३ बैशाख १२ शनिबार

पोखरा, १८ भदौँ ।

पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । यस्तै सुमन घर्ति र शक्ति बोहोराले समान एक गोल गरे । सैनिक आवासिय महाविद्यालयले कालिका माविलाइ ४–० ले पाखा लगायो । सैनिकको जितमा वसिल विक्रम कुँवरले ह्याटिक गरे भने रेमन पौडेलले १ गोल गरे । वसिल प्लेयर अफ दि म्याच घोषित भए ।

यस्तै गण्डकी बोर्डिङले हेमजा बोर्डिङलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । गण्डकीका लागि सुहन खत्री र अर्मान गुरुङले गोल गरे भने, हेमजाका लागि समिर विकले गोल गरे । अर्मान प्लेयर अफ दि म्याच घोषित भए ।

अन्तिम क्वाटरफाइनल खेलमा सोसल पब्लिकले बालकल्याणलाई ५–२ ले हरायो । सोसलको जितमा बुद्ध विकले २ तथा दावा थापा, रवि मणि र अमित परियारले गोल गरे । अमित प्लेयर अफ दि म्याच घोषित भए । बाल कल्याणको तर्फबाट प्रविण गुरुङ र प्रिन्स गुरुङले गोल गरे ।

उता छात्रातर्फ लिग चरणको खेलमा शान्तिदिपले सेन्ट मेरिजलाई १–० ले हरायो । शान्तिदिपको जितमा सेजु खड्गले गोल गरिन् । दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले सोसल पब्लिकलाई ६–० ले हरायो । सैनिकका लागि सन्सुभ थापा मगरले चार गोल गरिन् भने रस्मी रिजालले २ गोल गरेको म्याच कमिस्नर गोपाल लामाले जानकारी दिए ।

प्रतियोगितामा भोलि छात्रा तर्फ लिगचरणको अन्तिम खेलहरु तथा छात्रतर्फ सेमिफाइनलका खेल हुनेछन् । सेमिफाइनलमा शिशु कल्याण र शैनिक तथा सोसल पब्लिक र गण्डकी भिड्नेछन् । प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।

प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।

 

पोखरा, १८ भदौ ।

पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो । पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।

यही भदौँ २० र २१ गते प्रतियोगिता संचालन हुने छ । पोखरा महानगरपालिका वडनम्बर ६ लेकसाइडमा रहेको आइभिवाई क्लवमा प्रतियोगिता संचालन गरिने प्रतियोगिताका संयोजक खली थापाले जानकारी दिए । तौल समूह अनुसार चार विधामा प्रतिष्प्रर्धा गराइने छ । ६० केजी मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथी तौल समूहमा प्रतिष्प्रधा हुने छ ।

चार विधामा नै समान पुरस्कार राशी राखिएको आर्म रेस्लिङ्ग संघ, कास्कीका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापक रत्न बहादुर आलेले जानकारी दिए । प्रथम, द्धितिय र तृतीय हुनेले क्रमस ५० हजार, २५ हजार र १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने च्याम्पिन अफ च्याम्पिनले नगद एक लाख र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यो नै अहिलेसम्मको सबैभन्दा ठुलो पुरस्कार राशी रहेको आयोजकको दावी छ । पुरस्कार राशीमा मात्रै ४ लाख ५० हजार माथि खर्च रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतियोगितामा सहभागि हुन देशभरबाट करिब एक सय ५० बढि खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीलाई यही भदौँ १८ गतेसम्म आवेदन दिने समय रहेको आयोजकले जनाएको छ ।

पोखरा, १८ भदौँ ।

लेखथान उद्योग वाणिज्य संघले आगामी दुई वर्षका लागि जुझारु, क्रमवद्ध, वास्तविक व्यवसायीहरुको समावेशी टिमको यहि भाद्रको २० र २१ गते हुने २० औं साधारण सभा तथा १५ औं अधिवेशनले तय गर्ने छ ।

यहि अधिवेशनका लागि सस्थापक समुहका तर्फवाट हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले समावेशी, क्रमवद्ध र सक्षम व्यवसायीक टिम सहित आफ्ने टिमको घोषणासँगै व्यवसायीहरुको घरदैलो अभियानमा छन् ।

पछिल्लो समयमा व्यवसायीहरुको निर्वाचनमा राजनीतिक हस्तक्षेप र नेता परिचालित भएपनि राजेन्द्र ओझाले सवै दल, सवै भेग, लिङ्ग, वर्ग र व्यवसायीहरुको टिम निर्माण गरि चुनावी मैदानमा छन् ।

उनको टिममा पोखरामा कास्कीमा कृयाशिल सवै दलको सहभागिता रहको छ । ओझा भन्छन्–“हामीले काम गर्ने भनेको सम्पन्न व्यवसायी र समृद्ध लेखनाथ वनाउन हो, त्यसैले हाम्रो टिम कुनै विशेष छैन वास्तविक व्यवसायी विशेष टिम हो ।”

गणनाका आधारमा उनको टिममा वरिष्ठ उपाध्यक्षमा रहेका उपेन्द्र राज सुवेदी (राजु), सदस्यका उम्मेदवार सन्तोष हमाल, एशोसियट सदस्य प्रवेश वञ्जारा र सस्थागत सदस्य विरभद्र कंडेल प्रजातान्त्रीक धार समर्थित उम्मेदवार हुन् । लेखनाथ उद्योग वाणिज्य संघका क्रमवद्ध रुपमा आएका हालका प्रथम उपाध्यक्ष राजु राजेन्द्र समुहवाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् । प्रजातान्त्रीक धारको लेखनाथ उद्योग वाणिज्य संघमा क्रमवद्ध रुपमा आउने उनि नै सवै भन्दा वलियो उम्मेदवारमा करुपमा व्यवसायीहरु माझ परिचीत छन् ।

यस्तै अहिले अति नै चर्चामा रहेको वैकल्पिक राजनीतिमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीवाट समेत ओझाको टिममा उपमहासचिवका उम्मेदवार लक्ष्मी प्रसाद ढुङ्गाना (एल पी) रहेका छन् भने केही राजनीतिक रुपमा नखुलेका स्वतन्त्र व्यवसायीहरु रहेका छन् ।
वैचारिक रुपमा सवैलाई समेट्ने अभियानका वारेमा अध्यक्षका प्रत्यासी ओझा भन्छन्–“लेउवा संघको निर्वाचन व्यवसायीहरु विच हुने प्रतिष्पर्धा हो त्यसैले यसमा राजनीतिक वा अन्य समुहको नेतृत्व गर्नु भन्दा पनि पुर्ण व्यवसायीको नेतृत्व गर्नुपर्छ भन्ने अभिप्राय हो ।”

ओझाको टिमका मुख्य एजेण्डाहरुमा एक कार्य काल एक महोत्सव अर्थात् एक वर्ष महोत्सव गर्ने अर्को वर्ष उद्योगहरुका उत्पादनहरु प्रर्दशन गर्ने तर विक्रि वितरण नगर्ने गरि निती नै वनाएर कार्यन्वयन गर्ने, कृषि र पर्यटनलाई जोडेर वृहत् योजना तयार गर्ने, वजारलाई डोके, पोके र अव्यवस्थीत व्यवसाय निरुत्साहित अभियानलाई कार्यन्वयन गर्ने, महिलाका लागि शिप विकास तालिम र उत्पादित वस्तुको वजारीकरणकका लागि कोशेली घर निर्माण, यूवाहरुका लागि स्टार्टअप ऋणमा सहजीकरण, व्यवसाय सहयोग कक्ष र समस्या समाधानका लागि हेल्प डेक्सको स्थापना लगाएतका विशेष १६ वटा एजेण्डा रहेका छन् ।

राजेन्द्र ओझा लेखनाथ उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि नेतृत्व लिनु कुनै लहडको वा कसैले उकासेको कुरा पनि होईन । निरन्तर अनि क्रमागत रुपमा संघ र व्यवसायीका हितमा काम गर्दै दशकौंको अनुभवका आधारमा उनि अध्यक्षमा उम्मेदवार वनेका हुन् । संघमा उनि साधरण सदस्य र विभिन्न उपसमितिमा वसेर काम गरेर आफुलाई अव्वल सावित गर्दै कार्य समिति सदस्य, कोषाध्यक्ष, द्धितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा उम्मेदवार वनेका छन् । उनको टिममा जो जती छन् सवै संघको हितमा लाग्ने र पुर्ण व्यवसायी रहेको पनि उनले दोहर्याए ।

लामो र निरन्तरताको अनुभवले नै संघ र आवद्ध व्यवसायीहरुले भोगेका वर्तमान चुनौतीसँग सामाना गर्न सक्ने लक्ष्य, योजना सहित आएका छन्, राजनीती भन्दा पर रहेर समावेशी टिम सहित उनि घरदैलोमा गईरहेका छन् आफ्ना एजेण्डा सहित ।

उनको समुहको वरिष्ठ उपाध्यक्षमा उपेन्द्र सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्धितिय उपाध्यक्षमा धिरज कुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा एलपी ढुङ्गाना र कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन् । यस्तै खुल्ला सदस्यहरुमा कृष्ण प्रसाद सुवेदी, घनश्याम ढुङ्गाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भिमप्रसाद सुवेदी (सन्तोष), महिला सदस्यहरुमा लक्ष्मी ठाकुर सुनार, सपना सुवेदी, एशोसियट सदस्यमा प्रवेश वञ्जरा र सस्थागत सदस्यमा विरभद्र कंडेल रहेका छन् ।

अध्यक्षका प्रत्यासी ओझाले वर्तमान टिममा रहेका सदस्य तथा पदाधिकारीहरुले विधि पद्धती अनुभव र क्षमताका आधारमा एक पद माथी मनोनयन गरेको भए निर्वाचननै नहुने दावी गर्छन् । उनि भन्छन्–“आकांक्षी हुनु नराम्रो होईन तर जो आए पनि संघ र व्यवसायीहरुको हितमा लाग्ने सक्षम नेतृत्व आउनेमा हामी विष्वश्त छौं ।” संघमा २ हजार ८७ सदस्य छन् । संघमा ७ पदाधिकारी सहित ८ खुला सदस्य, २ महिला सदस्य, १ संस्थागत सदस्य र १ एसोसिएट सदस्य गरी १९ जना निर्वाचित हुने छन् ।

पोखरा, १८ भदौ । 

पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् । गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् ।

समितिका सदस्यहरूमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता विक रहेका छन् । सोही बैठकबाट पोखरा महानगरपालिका, शिक्षा नियमावलीको नियम २९ (ङ) बमोजिम स्थानीय बुद्धिजीवी, चन्दादातामध्येबाट लोकनाथ पौडेललाई सदस्यका रूपमा मनोनयन गरिएको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी र शिक्षक प्रतिनिधिमा मानकाजी विक रहेका छन् ।

अध्यक्ष चयन भएपछि थापाले विद्यालयमा भएका समस्याको समाधान गरी विद्यालयको चौतर्फी स्तर उन्नतिका लागि आफू लागिपर्ने प्रतिबद्धता जनाए । विद्यालय सबैको साझा सम्पत्ति भएको भन्दै उनले विद्यालयले विद्यार्थी खोज्दै जानुपर्ने अवस्थाबाट विद्यार्थीले विद्यालय खोज्दै आउने अवस्थामा पु¥याउने कार्ययोजना आफूसँग रहेको बताए ।

काठमाण्डाै – सरकारले सूचना जारी गरेर सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको समयसीमा अन्तर्गत आज अन्तिम दिन हो । सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना निकालेर अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरणका लागि भन्दै सात दिने सूचना निकालेको थियो ।

सूचना अनुसार आज राति १२ बजेअघि सूचीकरणका लागि सम्पर्कमा आइसक्नुपर्छ । तर आज दिउँसो पौने ५ बजेसम्म कुनै पनि सामाजिक सञ्जाल सम्पर्कमा नआएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले निर्णय गरेर सामाजिक सञ्जाल सूचीकृत नभएमा बन्द गरिदिने चेतावनी दिएको हो । सामाजिक सञ्जालले आज राति १२ बजेसम्म एउटा मेल मात्रै गरेमा पनि कारबाही प्रक्रिया अघि नबढाउने तर कुनै सम्पर्क नगरेमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा जाने प्रवक्ता ठाकुरले बताउनुभयो ।

सरकारले यसअघि टिकटकमाथि प्रतिबन्ध लगाएकोमा नेपालमा सूचीकृत हुन आएसँगै पुनः सञ्चालनमा आएको छ । केही समयअघि सरकारले टेलिग्रामलाई नेपालमा निष्क्रिय गरेको छ । अहिले विशेषगरी मेटा कम्पनीका फेसबुकलगायतका सञ्जाल र ट्विटर भनिने ‘एक्स’ लाई लिएर धेरैले चासो राखेका छन् ।

सरकारले समयसीमा दिएपछि मेटा कम्पनीले सरकारसँग सम्पर्क गरेको छैन तर यही बीचमा कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले यो सेवा आधिकारिक रूपमा नेपालमा शुरू भएको जानकारी दिन थालेको हो ।

सरकारले बन्द गर्ने धम्की दिइरहेका बेला प्रयोगकर्तालाई पैसा कमाउन सकिने सुविधा दिएर सरकारप्रति उल्टो दबाव सिर्जना गरेको आईटी विज्ञहरू बताउँछन् ।

पोखरा ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि आजदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ ।
 
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा लगायत क्षेत्रमा पर्यटन सम्बद्ध अधिकारी एवम् व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया सहित प्रवद्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
 
आज पोखरादेखि त्यसतर्फ लागेको टोलीले १९ गते नेपालगञ्ज र २० गते भैरहवामा त्यहाँका पर्यटन सम्वद्ध अधिकारी र व्यवसायीसँग पर्यटकीय साझेदारी अभिबृद्धि लगायतका विषयमा छलफल गर्ने कार्यक्रम संयोजक नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष राजेश पहारीले जानकारी दिनुुभयो ।
 
टोलीलाई पोखराबाट पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टा गण्डकी प्रदेश पूर्व अध्यक्ष परिषद्का संयोजक वासुत्रिपाठी, सहसंयोजक सन्तोष पोखरेल, निवर्तमान अध्यक्ष हरिराम अधिकारी लगायतले विदाइ गर्नुुभएको थियो ।
 
अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमणले पर्यटन प्रवद्र्धनसँगै पर्यटकीय साझोदारी लगायतका महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिइएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले बताउनुुभयो ।
टोली प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गर्दै भदौ २१ गते पोखरा फर्कने जनाइएको छ ।

पोखरा, १८ भदौँ ।

एयरलाइन्सले पोखरामा चार्टर उडान गर्ने जनाएको छ । एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो । हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ ।

पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवद्र्धन सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्त्वपूर्ण योगदान गर्ने उहाँले बताउनुभयो । यसको निरन्तरताका लागि विशेष पहल गर्न पर्यटन व्यवसायीहरूलाई समेत आग्रह गर्नुभयो ।

यसअघि गत असार ७ असारमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्डुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।