२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।

पोखरा, २३ भदौ ।

पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण आयोजना गर्ने भएको छ । संघको आइतबार बसेको कार्यसमिति बैठकले मेलाको मिति तय गरेको हो । संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार पोखरा ९,प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ ।

संघले मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना, पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।  

परम्परागत मेला र जात्रालाई परिमार्जन गर्दै पोखरा उद्योग वाणिज्य संघले नेपालमै पहिलोपटक २०४२ सालमा मेलाको आयोजना गरेको थियो । त्यसलाई  २०४९ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको नाम दिइयो भने  २०५२ सालमा पोखरा महोत्सवको आयोजना भयो ।   त्यसयता संघले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ अन्य संघ संस्थाहरुसँग समन्वय गर्दै हस्तकला मेला–२०५३, पुष्प प्रदर्शनी– २०५५, हस्तकला तथा पुष्प मेला – २०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा– २०६२, महिला उद्यमी मेला २०६८, २०७० र २०७४,२०७६ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि २०७६ आयोजना ग¥यो । कोभिडले रोकिएको मेलालाई संघले २०७९ साल देखि पुनः निरन्तरता दिँदै आइरहेको छ ।

संघकी महासचिव शोभा गौतमका अनुसार ३४ औं संकरणको मेलामार्फत् उद्योग व्यवसाय क्षेत्रको समुचित विकासका साथै स्वदेशी उत्पादनहरुको निर्यात प्रवद्र्धन एवं आन्तरिक बजार सुदृढीकरण र आयात प्रतिस्थापन गरी समग्र गण्डकी प्रदेशको उद्योग व्यवसायको प्रवद्र्धन र उद्यमशिलता विकासको लक्ष्य पनि लिइएको छ । मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशिलता विकासको थलो बनाउनकै लागि यसपटक समयावधि घटाएर ५ दिनको बनाइएको उनको भनाइ छ ।

पोखरा, २३ भदौ ।

सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘सडकमा उठेको पुस्ताको प्रश्न, जवाफ खोज्ने आवाज र भविष्यको माग ‘

उमा आले

पोखरा, २३ भदौ ।

आज, ८ सेप्टेम्बर २०२५, नेपालमा Gen-Z आन्दोलन ले राजधानी काठमाडौँ र देशका विभिन्न शहरहरूमा सडक ओर्लिएको छ। यो आन्दोलन केवल व्यक्तिगत स्वार्थ, मनोरञ्जन वा कुनै पार्टीको एजेन्डा अनुसारको होइन। यो एक पुस्ताको सपना, देशप्रेम र भविष्यको आवाज हो।
 
युवाहरूले मागेका छन्:
 
भ्रष्टाचारको अन्त्य
 
सुशासन र पारदर्शिता कायम
 
देशमै बस्न सकिने अवसर
 
न्यायपूर्ण र सुरक्षित वातावरण
 
तर साटोमा के पाएँ?
 
गोली, अश्रुग्यास, र परिवारमा शोकको भारी। सपनाको उमेरमा युवाहरू ढले, आमाको काख रित्तो भयो, परिवारको आधार टुट्यो। यो केवल अन्याय होइन, यो भविष्यमाथिको प्रहार हो।
 
आन्दोलनका घटनाक्रम
 
सडकमा हजारौं युवाहरूले आवाज उठाए। काठमाडौँको माइतीघर मण्डला, संसद भवन वरिपरि र पोखरा, धरान, इटहरी लगायतका शहरमा प्रदर्शन फैलियो।
 
सरकारी प्रतिक्रिया: कर्फ्यू, सुरक्षाकर्मी र सेना परिचालन
 
घटनाको परिणाम: कम्तीमा १८ युवाहरूको मृत्यु, दर्जनौं घाइते
 
युवाहरूले नाराहरूको माध्यमबाट आफ्नो पीडा र अपेक्षा व्यक्त गरे:
 
“भ्रष्टाचार अन्त्य होस्!”,
“देशमै बस्न योग्य वातावरण चाहिन्छ!”,
“न्याय र अवसरको हक चाहिन्छ!”
 
सडकमा गुञ्जिएका यी नाराहरूले युवा पुस्ताको साहस र इच्छाशक्ति देखाउँछन्।
 
युवाहरूको आवाज र संदेश
 
Gen-Z ले देखाएको साहस स्पष्ट छ—अब यो पुस्ता मौन बस्ने छैन। उनीहरूले प्रश्न गर्छन्, जवाफ खोज्छन् र परिवर्तन माग्छन्। आजका भिजेका आँखा, चिच्याएका स्वर र सडकमा उठेका नाराहरू भोलिको इतिहासमा सुनौलो अक्षरले लेखिनेछन्।
 
युवाहरूको मूल्य गोली वा हिंसाले होइन, सुन्ने कान, बुझ्ने मन र सुधार्ने इच्छाशक्ति हो। राज्यले अब उनीहरूको आवाजलाई शत्रु होइन, सम्भावना भनेर हेर्नुपर्छ। आजको आन्दोलन केवल Gen-Z का लागि होइन, सम्पूर्ण देशका लागि हो।
 
भावनात्मक प्रभाव
 
सडकमा ढलेका युवाहरूको पीडा केवल उनीहरूका लागि होइन, सम्पूर्ण राष्ट्रका लागि चेतावनी हो।
 
आमाको काख रित्तो
 
परिवारको आधार टुट्यो
 
सपनाको उमेरमा जीवन छिनियो
 
तर यो पीडा केवल इतिहासमा नकारात्मक अंक होइन। यो भविष्य सुधार्न उत्प्रेरित गर्ने शक्ति हो।
 
निष्कर्ष
Gen-Z आन्दोलनले स्पष्ट पार्दछ कि भविष्यका लागि लड्ने युवा पुस्तालाई दबाउन सकिँदैन। उनीहरूको आवाज र बलिदानले देशलाई सचेत बनाउनेछ। सिर्जना, न्याय, पारदर्शिता र समृद्धि खोज्ने यो आवाज अब केवल सडकमा होइन, भोलिको नीति र निर्णयमा प्रतिध्वनित हुनुपर्छ।
“युवाहरू ढालेर होइन, बचाएर मात्र देश बनिन्छ।”

नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।ढकालले प्रधानमन्त्री ओलीलाई तानाशाहीको संज्ञा दिँदै कांग्रेस सरकारबाट बाहिरिनुपर्ने विचार राखिन्। ‘कुनै भवनको पर्खालको सुरक्षा कयौं मानिसहरुको ज्यान भन्दा महत्त्वपूर्ण होइन,’ ढकालले भनिन्, ‘तिमीहरुको निकम्मापनले आज कालो इतिहास लेखिएको छ। गृहमन्त्री ओली सरकारको तानाशाहीको सहयोगी बनेका छन्। नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र रगतको धब्बा लागेको सरकारबाट कांग्रेस तुरुन्त बाहिरिनुपर्छ।’

अर्का नेता व्रितान्त खनालले सरकारबाट बाहिरिन माग राखे। प्रदर्शनमा भएको दमनप्रति आक्रोशित खनालले सरकारबाट कांग्रेस तुरुन्त फिर्ता हुन माग राखे। पार्टीलाई खनालले भने, ‘अझै हेरेर बस्ने भए, हामी कांग्रेसमा आन्दोलन घोषणा गर्छौं ।’

 

 

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका छन् ।

सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले  इटहरी उपमहानगरपालिकाकाे मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् । आगो नियन्त्रणमा आउन नसकेको उपमहानगरपालिकाले जनाएको छ । इटहरीको प्रदर्शन अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ ।

पोखरा ।

जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले जेन–जी प्रदर्शनका कारण महानगर क्षेत्रमा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ।

पोखराको शहिदचोक आसपासका क्षेत्रमा पूर्वतर्फ वाईचोक, उत्तरतर्फ मिलनचोक पश्चिमतर्फ फिस्टेल गेट वैदाम उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्रबैंक चोक दक्षिण पश्चिमतर्फ पर्यटन वोर्डको कार्यालय अगाडि ड्यामसाइड चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनको चेतावनी छ ।

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाउने संख्या १७ पुगेको छ।ट्रमा सेन्टरमा मात्रै ६ जनाको ज्यान गएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको ज्यान गएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको ज्यान गएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको ज्यान गएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको ज्यान गएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए। अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ। मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।