
जेनजीको भर्चुअल वैठकमा भावि प्रधानमन्त्रीबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाएका छन । ५ हजारभन्दा बढी सहभागी वैठकमा सबैभन्दा बढीले सुशीला कार्कीलाई समर्थन जनाएका थिए।कार्कीलाई यसअघि नै जेनजीको तर्फबाट प्रधानमन्त्रीको अफर गरिएको थियो । स्रोतका अनुसार उनले एक हजार जनाको लिखित हस्ताक्षर चाहिने माग गरेकी थिइन् । उनले माग गरेभन्दा धेरै २५ सयभन्दा बढीको हस्ताक्षर उनलाई दिइएको स्रोतको दाबी छ ।प्रधानमन्त्रीमा कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ लगायतको नाम पनि चर्चामा आएका थिए ।
काठमाडौं लगायत देशका बिभिन्न शहरहरुमा सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन \जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।
सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।





