
काठमाडौं, ८ असोज ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति ) का अध्यक्ष डा.बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा उनले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् ।
साथै बैठकले मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा साेवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको छ ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताईएको छ ।





