
काठमाडौँ।
नेपालबाट तीन महिला र एक पुरुष खेलाडीले छनोटमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ एरिकाले ६८ केजीमाथि, सविना श्रेष्ठले ५५ केजीमुनी र वर्षा बुढाले ५० केजीमुनी प्रतिस्पर्धा गर्नेछन् भने स्वनिम मानन्धरले पुरुष एकल कातामा आफ्नो कौशल प्रस्तुत गर्नेछन् ।
स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यस छनोट प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणका लागि छनोट हुने छन् ।
छनोटअघि नै हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउने छन् । बाँकी २ खेलाडी विश्वविद्यालय कोटाबाट छानिने छन् । विभिन्न १२ स्पर्धा समावेश छनोटमा ५ सय ४९ खेलाडी सहभागी हुने छन् । नेपालबाट सानुमाया थिङले यसअघि नै इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा स्थान पक्का गरिसकेकी छन् । उनले महिला एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । पेरिसमै अक्टोबर १६ मा हुने प्रशिक्षक परिक्षामा सहभागी हुन अमिर राना पनि टोलीसँगै जाने छन् । उनले टोली व्यवस्थापकको भूमिका पनि निर्वाह गर्ने बताइएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उप निर्देशक दीपक श्रेष्ठले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
काठमाडौँ । सुमन श्रेष्ठले आत्मघाती गोल गरेपछि नेपाल एसिया कप छनोट तेस्रो चरणको मंगलबारको खेलमा भियतनामसँग १–० ले पराजित भएको छ । हो चि मिनको थोङ न्हाट स्टेडियममा भएको खेलमा सुमनले बललाई पाँचौं मिनेटमा आफ्नो पोस्टको दिशा दिएका थिए ।दशरथ रंगशाला फिफा र एएफसीका खेलका लागि अयोग्य भएपछि नेपालले आफ्नो घरको खेलमा भियतनाममा खेलेको हो । छनोटको समूह ‘एफ’ मा नेपालको यो लगातार चौथो हार हो र शून्य अंकमा चार टिममध्ये सबैभन्दा पुछारमा छ । यस नतिजासँगै छनोटमा नेपालको चुनौती समाप्त भएको छ ।
यही समूहको अर्को खेलमा मलेसियाले लाओसलाई ५–१ ले हरायो । मलेसियाको भने यो लगातार चौथो जित हो र टिम १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । त्यसपछि भियतनाम नौ अंकमा दोस्रो स्थानमा छ । लाओस तीन अंकमा तेस्रो स्थानमा रहेको छ ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए । यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको थियो ।बैठकले पार्टीको ११ औँ महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरे पनि मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्ने बताइएको छ ।
काठमाडौं ।
विदेशी मुद्रा संचिति करिब साढे २० अर्ब अमेरिकी डलरमा पुगेको छ । यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । नेपालको विदेशी मुद्रा सञ्चिति नेपाली मुद्रासँगको सटही अनुसार २९ खर्ब रुपैयाँ नजिक पुगेको छ । आर्थिक गतिविधिमा कमी आएका कारण बैंकहरुमा तरलता बढ्दै गएको छ भने वैदेशिक व्यापारमा पनि निर्यात केही सुधार हुँदा पनि आायत अपेक्षित बढेको छैन । तर, रेमिट्यान्स उच्च दरमा वृद्धि हुँदा विदेशी मुद्रा आप्रवाह उच्च दरमा बढेको कारण मुलुकमा रहेको विदेशी मुद्रा सञ्चिति निन्तर बढेको हो ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आउँदा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ ।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाहेक सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३।७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ । २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
आयातमा केही वृद्धि भएपनि त्यसको तुलनामा रेमिट्यान्सको वृद्धि उच्च हुँदा विदेशी मुद्रा सञ्चिति लगातार बढेको छ । जसले गर्दा आर्थिक वर्ष २०८२र८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९।७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त केन्द्रिय बैंक्ले जनाएको छ।
२०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छ ।





