२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

पोखरा, ०९ कात्र्तिक ।

केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। दसैँ-तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो। यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ भने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ।

अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा। यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पछिल्लो समय आन्दोलन र प्रतिकूल मौसमले खस्केको पोखराको पर्यटन अहिले मौसममा सुधार र लामो बिदाका कारण पुनर्जीवित भएको छ।

‘विभिन्न मारमा परेको पोखराको पर्यटन क्षेत्रमा अहिले केही राहत महसुस भएको छ। विशेषगरी तिहारको समयमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पनि सन्तोषजनक मात्रामा आइरहेका छन्’, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने। ‘लामो बिदा, अनुकूल मौसमले अहिले लेकसाइडका ९० प्रतिशत होटल अकुपेन्सी रहेको छ, पोखरा हुँदै आसपासका पर्यटकीय गन्तव्यमा अन्नपूर्ण पदयात्रादेखि मुस्ताङसम्मको यात्रामा निस्केका आन्तरिक तथा केही बाह्य पर्यटकको आगमनले उत्साह थपेको छ।’ अहिले पोखरामात्र नभई गण्डकी प्रदेशकै पर्यटनमा सकारात्मक प्रभाव पारेको सुवेदीले बताए।

पोखरा, ०९ कात्र्तिक ।

कलाकार नगेन सिंह ठकुरीको ‘नेपाल कला यात्रा’ पुस्तक भाइटीकाको दिन पोखरामा लोकार्पण गरिएको थियो । कलाकारिता मार्फत नेपाललाई विश्व मञ्चमा चिनाउने उद्देश्यले तयार गरिएको उक्त पुस्तक पोखरास्थित नगेन आर्ट म्युजियममा एक विशेष समारोहकाबीच लोकार्पण गरिएको हो ।

कलाकार प्राज्ञ नगेन सिंह ठकुरीको उक्त कृतिमा नेपालको ७७ वटै जिल्लाका कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारेर तयार गरिएको १०१ कलाकृतिहरुको अद्वितीय संकलन हो । पुस्तकमा लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ हिमाल, चितवन राष्ट्रिय निकुञ्ज लगायतका स्थलका कलाकृतिहरू समावेश छन् ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, साहित्यकार असफल गौतम, पर्यटन विज्ञ दीपेन्द्र पहारी, विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’का संयोजक, नवीन श्रेष्ठ, नगेन न्यूज पब्लिकेशन प्रा.ली.की अध्यक्ष ज्योती हमाल, र कलाकारका अभिभावक होमबहादुर सिंह र शान्ता सिंह ठकुरीलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।

कलाकार ठकुरीले पुस्तक सार्वजनिक गर्दै,“हाम्रो देशको प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता विश्वमै अनुपम छ। तर यसको प्रचार र उपयोगमा कमी छ। यही सन्देश तिहारकै दिन विश्वभर र्पुयाउने उद्देश्यले यो पुस्तक सार्वजनिक गरेको हुँ।,”भन्नुभयो ।

पुस्तकका समीक्षक पर्यटन विज्ञ दीपेन्द्र पहारीले यस कृतिले नेपाली कला र पर्यटनबीचको सम्बन्धलाई अझ सशक्त रूपमा जोडेको बताउनुभयो ।

त्यस्तै साहित्यकार असफल गौतमले ठकुरीको कलाकृतिले नेपाललाई “रङ, रेखा र भावना” मार्फत बुझ्ने नयाँ दृष्टिकोण दिएको टिप्पणी गर्नुभयो ।

कार्यक्रमको सञ्चालन सुजन देवाजुले गनुभएको थियो भने स्वागत ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’का संयोजक नवीन श्रेष्ठले गनुभएको थियो ।

यस्तै सो कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन नगेन न्यूज पब्लिकेशन प्रा.ली.की अध्यक्ष ज्योति हमालले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरूले ठकुरीको “नेपाल चिनाउने कला–अभियान” लाई निरन्तरता दिन शुभकामना दिएका थिए।

आयोजकका अनुसार, ‘नेपाल कला यात्रा’लाई निकट भविष्यमा १ सय ९७ भाषामा अनुवाद गरी विश्वका विश्वविद्यालय र पुस्तकालयहरूमा निशृल्क वितरण गरिने योजना रहेको बताइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।