२०८३ कार्तिक ४ मंगलवार
२०८३ कार्तिक ४ मंगलवार

मुस्ताङ, ११ कात्तिक ।

हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङलगायतका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ ।

मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आजदेखि वर्षा र हिमपात हुने भएकाले पदयात्रामा नजान सोमबार सार्वजनिक सूचना जारी गरेकाे जनाइएको छ ।

मुक्तिनाथ, लोमान्थाङ, चराङलगायत माथिल्लो क्षेत्रमा हल्का वर्षा सहित हिमपात भएको छ । म्याग्दीको अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल, घोडेपानी, खोप्रालेक, मोहरेडाँडा, कोखेडाँडाका भ्रमणमा गएका पर्यटक वर्षा र हिमपातका कारण प्रभावित भएका छन् ।   

हिमपातका कारण घुम्न पुगेका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । उनले सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था नरहेकाे बताए । उनले भने, “जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रह समेत गरेका छौँ । ”

यता अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले गएराति १२ः०० बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको जानकारी दिए ।

पोखरा, ११ कात्तिक ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा हाल पानी परेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ । मनाङ, गोखरालगायत हिमाली भूभागमा भारी हिमपात भइरहेको छ । हिमपात भएपछि जनजीवन प्रभावित भएको

उत्तरी गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ, कास्की, लमजुङका माथिल्ला क्षेत्रहरूमा हिमपात भइरहेको स्थानीय प्रशासनले जनाएका छन् । हिमपातका समयमा पदयात्रामा ननिस्किन पनि उनीहरूको अपिल छ ।  अहिले धेरै पर्यटकहरू हिमाली क्षेत्रतिर छन् । भारी हिमपातपछि उनीहरू टेण्ट र धर्मशालामा बसिरहेको सूचना आएको प्रशासनले जनाएकाे छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाले भारी हिमपात भइरहेकोले पालिकाभित्र पदयात्रामा ननिस्किन आग्रह सहितको सूचना निकालेको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल साेही पालिकामा पर्छ । अहिले मनाङ ङिस्याङ भन्दा तल्लो भूभागमा पनि भारी हिमपात भइरहेको छ ।

मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका पर्यटकहरू हिमपातका कारण झर्न सकेका छैनन् ।

पोखरा, ११ कात्तिक । 
 
स्याङ्जाको गल्याङ नगरपालिका–१,  मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ को सङ्गमस्थल उत्तरवाहिनी क्षेत्र (कालीगण्डकी तट)मा सञ्चालित उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२ मा पोखराबाट यही कात्तिक १४ गते बृहत् कार र्याली गरिने भएको छ ।
 
कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्र्धन गर्ने उद्देश्यका साथ कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा यही असोज २१ देखि कात्तिक १९ गतेसम्म धार्मिक महोत्सव सञ्चालन भैरहेको छ ।
 
महामेलालाई सफल बनाउने उद्देश्यका साथ पोखराबाट बृहत् कार र्याली गर्न लागिएको प्रचारप्रसार उप समिति कास्कीका संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुुभयो ।
 
कात्तिक १४ गते बिहान ७.०० बजे पोखरा १७ स्थित बराल फिडदेखि सुरु हुने कार र्याली स्याङ्जाको गल्याङ १ मालुङ्गासम्म गरिने जानकारी दिदै उहाँले उक्त र्यालीमा अधिकत बढी उपस्थित गराउने गरी तयारी भैरहेको जानकारी दिनुुभयो ।
 
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष आचार्य श्री चैतन्यकृष्ण जी महाराजका अनुसार यस महामेलामा विश्वभरिकै गण्डकी एवम् शालग्राम भगवानका प्रेमी जन, विद्वान, सन्त तथा आचार्यहरूद्वारा दिव्य शास्त्र एवम् भक्तिको महिमाले परिपूर्ण कथा श्रवण गर्न पाइनेछ ।
 
महामेलामा करिब पाँच अरब तुलसीपत्र एवम् पवित्र उत्तरबाहिनी गण्डकी जलद्वारा सवा लाख दिव्य शालग्राम शिलाहरूको अभिषेक एवम् पूजन गरिने उहाँले जानकारी दिनुुभयो ।
 
महायज्ञमा भगवान दामोदर, माता गण्डकी, शालग्राम शिला एवम् तुलसी महारानीको नित्य दिव्य महाआरती भैरहेको र विश्वभरका प्रसिद्ध व्यक्तिहरू, धार्मक समाजसेवी, योगीहरू एवम् विशिष्ट वक्ताहरुद्वारा विशेष प्रवचन भैरहेको आयोजकले जनाएको छ ।
 
महामेलामा उत्तरबाहिनी गण्डकी महास्नान, तीर्थश्राद्ध एवम् उत्तरबाहिनी गण्डकी क्षेत्र परिक्रमा आदि कार्यक्रम पनि सम्पन्न हुने जनाइएको छ ।
 
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।