२०८३ बैशाख १२ शनिबार
२०८३ बैशाख १२ शनिबार

काठमाण्डौँ, १७ कात्र्तिक ।

तेलंगानाको रंगारेड्डीमा बस र ट्रकबीचको ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। साइबराबाद कमिश्नरेटका एक प्रहरी अधिकारीले बीबीसीलाई मृत्युको पुष्टि गरेका छन्।

सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो। समाचार एजेन्सी एएनआईका अनुसार तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस ट्रकसँग ठोक्किएको छ।

तेलंगानाका मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको बताएको छ।

तेलंगानाका सीएमओका अनुसार उनले आवश्यक राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस घटनाप्रति दुःख व्यक्त गर्दै क्षतिपूर्तिको घोषणा गरेका छन्।

प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई रु २००,००० र घाइतेहरूलाई रु ५०,००० दिइने बताएको छ। यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रदान गरिनेछ।

पोखरा, १७ कात्तिक ।

श्री लक्ष्मीनारायण मन्दिर, नारायणस्थानका पीठाधीश्वर अनन्त श्री विभूषित श्रीमज्जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा मिति २०८२ असार २२ गते हरिशयनी एकादशीदेखि प्रारम्भ भई कार्तिक १५ गते हरिवोधनी एकादशीसम्म चलेको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्धमहायोग ध्यान साधना कार्यक्रम अति दिव्य र भव्य रूपमा सम्पन्न भएको छ।

चार महिनासम्म निरन्तर रूपमा सञ्चालित यस आध्यात्मिक साधना एवं व्रत अनुष्ठानको समापन समारोहमा रामार्चन पूजा र अन्नकूट महोत्सव विशेष आकर्षण बनेका थिए। उक्त महोत्सवमा भगवानलाई ५६ भोग लगाइएको थियो भने अन्नको पर्वत निर्माण गरी पूजा पश्चात प्रसादको रुपमा बाँडिएको थियो । कार्यक्रमका क्रममा भक्तजनहरूले गहिरो भाव, भक्ति र श्रद्धासहित सहभागी भई यज्ञमण्डपमा वैदिक मन्त्रोच्चारणसहित पुष्पाअर्चन गरी यज्ञको दिव्य महिमा श्रवण तथा प्रसाद ग्रहण गरेका थिए।

महायोगी सिद्धबाबा सद्गुरुदेवको कृपा र सद्संकल्पमा सम्पन्न यस चतुर्मास व्रत अनुष्ठानले असंख्य भक्तजनहरूमा आध्यात्मिक चेतना, भक्ति भावना र सदाचारप्रति निष्ठा जागरण गराएको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा सहभागी भक्तजनहरूले गुरु कृपाको अद्भुत अनुभूति गर्दै यो अवसरलाई जीवनका दुर्लभ आध्यात्मिक क्षणका रूपमा स्मरणीय बनाएको उल्लेख गरेका छन्।

दुःख बिर्साउने र खल्बलिएको व्यावसायिक वातावरणलाई लयमा फर्काउने उद्देश्य ः अध्यक्ष कार्की
पोखरा, १७ कात्तिक ।

पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्मको लागि घोषित ‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८२,पोखरा एवं १३ औं क्यान इन्फोटेक २०८२ को तयारी सुरु गरेको छ । 

संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक गोकर्ण कार्कीका अनुसार पोखरा ९,प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ । संघले मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना,पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।

अध्यक्ष कार्कीले यो पटकको मेला गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यही उपक्रममा भएको ध्वंशात्मक गतिविधिले पीडित निजी क्षेत्रलाई थोरै भए पनि ढाडस दिन,उद्योग÷व्यवसायलाई पुनः लयमा फर्काउन एवं आम नगारिकको दुःख बिर्साउने उद्देश्यमा समर्पित रहेको बताए ।

‘जेन–जीको पवित्र आन्दोलनमा अवान्छित तत्वबाट निजी क्षेत्रमाथि भएको आक्रमणले खस्किएको निजी क्षेत्रको मनोवल उकास्न तथा क्षतिपूर्तिका लागि सरकारबाट भएका प्रयत्नले उत्साह जगाएको छ । नीतिगत निर्णय गर्ने काम सरकारकै हो तर हामी हात बाँधेर बस्न सक्दैनौँ,’उनले भने,‘आम नागरिकको दुःख भुलाउन,उद्योग÷व्यवसायलाई लयवद्ध तुल्याउन केही त गर्नैपर्छ । यही भावनाले अभिप्रेरित हुँदै तथा सशस्त्र द्वन्द्वकालको परिस्थिति सम्झँदै पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १७ देखि २२ गतेसम्मको लागि मेला तय गरेको हो ।

उनले यो मेला दुःख बिर्साउन, निजी क्षेत्रको एकता र शक्ति प्रदर्शन गर्न एवं ध्वंशात्मक गतिविधिलाई सदाको लागि निषेधको आह्वान गर्ने यज्ञ हुने जिकिर पनि गरे । ‘ध्वंश भएको छ तर हामी उठ्ने सामथ्र्य राख्छौँ र कर्मबाट च्यूत हुँदैनौँ भन्ने सन्देश प्रवाह गर्र्नु पनि हाम्रो यो मेलाको पुनितः उद्देश्य रहने छ,’उनले थपे ।

मेलाका प्रायोजक व्यवस्थापन उपसमिति संयोजक तथा संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेला सफल बनाउन उद्योग÷प्रतिष्ठानहरुबाट सहयोगको प्रतिवद्धता आउन थालेको बताए । उनका अनुसार पोखरा महानगरपालिकाको संरक्षकत्वका आयोजना हुने मेलाले व्यवसाय प्रवद्र्धनको अवसरसमेत सिर्जना गर्ने भएकाले सहयोगीहरुले सहकार्यको हात अगाडि बढाएका हुन् ।

संघकी महासचिव शोभा गौतमका अनुसार ३४ औं संकरणको मेलामार्फत् उद्योग व्यवसाय क्षेत्रको समुचित विकासका साथै स्वदेशी उत्पादनहरुको निर्यात प्रवद्र्धन एवं आन्तरिक बजार सुदृढीकरण र आयात प्रतिस्थापन गरी समग्र गण्डकी प्रदेशको उद्योग व्यवसायको प्रवद्र्धन र उद्यमशिलता विकासको लक्ष्य पनि लिइएको छ । मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशिलता विकासको थलो बनाउनकै लागि यसपटक समयावधि घटाएर ५ दिनको बनाइएको उनको भनाइ छ ।

व्यावसायिक वातावरण निर्माण र सुशासनका निम्ति सहकार्यको सहमति
पोखरा, १७ कात्तिक ।

पोखराको निजी क्षेत्रले जेन–जी आन्दोलनपछि खल्बलिएको व्यावसायिक वातावरण सङ्लो बनाउन तथा सुरक्षाको प्रत्याभूतिसहित व्यवसायीहरुको मनोवल उकास्नका निम्ति जेन–जी पुस्तासँग सहकार्यको हात अगाडि बढाएको छ ।

जेन–जी पुस्ताका पोखरामा रहेका तथा सम्पर्कमा आएका प्रतिनिधिहरुसँगको पटक–पटकको छलफलपछि जेन–जी र उद्योगी÷व्यवसायीबीच सहकार्यको वातावरण निर्माण भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।

छलफलको क्रममा जेन–जी प्रतिनिधिहरुले निजी क्षेत्रलाई थप लगानीको लागि प्रोत्साहित गर्न तथा भयरहित वातावरणमा आफ्नो उद्योग÷व्यवसाय संचालनका लागि सघाउने प्रतिवद्धता जनाएका पनि अध्यक्ष कार्कीको भनाइ छ ।

यसअघि पोखराको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुको भेलाले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ गठन गरिएको थियो । सो समितिमा व्यापक छलफलपछिव्यावसायिक वातावरण निर्माण,शान्ति सुरक्षाको प्रबन्ध र व्यवसायीलाई आश्वस्त पार्ने कार्यमा जेन–जी पुस्ताले पनि सहभागी गराउने निर्णय भएको थियो ।

सोही निर्णय अनुसार आह्वान गरिएको संवादमा जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै पोखरामा उपलब्ध तथा सम्पर्कमा आएका आर्यनकुमार जैयसवाल, सरोज पराजुली, अनुप घिमिरे, सन्देश पराजुली, रोशनी गुरुङ र पूजा फगामीले सहभागिता जनाएका थिए ।
जेन–जी प्रतिनिधिहरुसँगको बैठकपछि पोखराको निजी क्षेत्रको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोकर्ण कार्कीको संयोजकत्वमा गठित व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति तथा जेन–जी (दुबै पक्ष) बीच जेन–जी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा आवाज बुलन्द पार्ने,जेन–जी आन्दोलनको क्रममा २०८२ भदौ २३ गते भएको दमनको निश्पक्ष छानबिन गर्दै दोषीलाई कानूनी कारवाही माग गर्ने,२०८२ भदौ २४ गते जेन–जीको आन्दोलनमा भएको घुसपैठबाट सिर्जित परिस्थितिलाई मनन गर्दै तोडफोड,लुटपाट र आगजनीजस्ता आपराधिक कार्यमा संलग्नमाथि कारवाही तथा क्षतिपूर्तिको लागि सरकारसँग माग गर्ने निर्णय भएको छ ।

यस्तै, व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन, लगानी प्रोत्साहन, उद्योगी÷व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति गराउन एवं खल्बलिएको व्यावसायिक वातावरणलाई लयमा ल्याउनका निम्ति दुबै पक्ष एकजुट भइ अगाडि बढ्ने सहमति भएको पनि संयोजक कार्कीले जानकारी दिए ।

‘सहमति कार्यान्वयन एवं भावि कार्यदिशा तय गर्नका निम्ति आवश्यकता अनुसार छलफल र बैठकको आयोजना गर्ने निर्णय भएको छ,’संयोजक कार्कीले भने,‘व्यवसायीमाथि पुनः आक्रमण नहोस्,दोषीमाथि कारवाही होस्,व्यवसायीले क्षतिपूर्ति पाउन् भन्नेमा जेन–जी पुस्ता स्पष्ट छ । परिवर्तनको लागि सो पुस्ताले निभाएको भूमिकाको हामीले सह्राना गरेका छौँ र सुशासनको मुद्दामा सँगै काम गर्ने प्रतिवद्धता जनाएका छौँ ।’

जेन–जी आन्दोलनको क्रममा पोखराको निजी क्षेत्रले साढे २ अर्बभन्दा बढी क्षति ब्यहोरेको प्रारम्भिक अनुमान छ । ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ उद्योगी÷व्यवसायीको गिरेको मनोबल उकास्नका निम्ति प्रशासन तथा सुरक्षा निकाय,राजनीतिक दल र नागरिक समाजसँगसमेत हातेमालो गरिने पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।

 

पोखरा, १७ कात्तिक ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गर्नुभएको छ । निरीक्षणका लागि पुग्नु भएका मन्त्री पाठकलाई नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल सहितका पदाधिकारी, सदस्य र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

निरीक्षणका क्रममा मन्त्री पाठकले संघले प्रदान गर्दै आइरहेका सेवा, संघका समस्या र आवश्यकताका बारेमा जानकारी लिनुभएको थियो । संघका गतिविधि बारे बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले जानकारी दिनुभएको थियो ।

निरीक्षण पछि मन्त्री पाठकले स्वास्थ्य मन्त्रालय नेपाल परिवार नियोजन संघ कास्की सँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । मन्त्रालय र संघ बीच छलफल गरी कसरी अघि बढ्ने विषयमा टुङ्गोमा पुग्ने उहाँको भनाइ छ ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले स्वास्थ्यका क्षेत्रमा काम गर्नका लागि हुटहुटी रहेपनि सुन्य बजेटका कारण काम गर्न नसकिएको उल्लेख गर्नुभयो ।

पोखरा १२ उपकार मार्ग स्थित संघको कार्यालयमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एच.आई.भि.परिक्षण तथा परामर्श, पाठ्ेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण तथा परामर्श, यौनिक तथा लैड्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौंन तथा प्रजनन् स्वास्थ्य संग सम्वन्धित सम्पूर्ण सेवाहरु लगायत प्रयोगशाला सम्वन्धि सेवाहरु पनि उपलव्ध छ ।

संघले पछिल्लो पटक असोज देखि भिडियो एक्सरे सेवा समेत संचालनमा ल्याएको छ ।

 

पोखरा, १७ कात्र्तिक ।

दलित एकता सञ्जाल नेपाल, कतार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्वकर्मा समाज नेपाल, परियार सेवा समाज जिल्ला समन्वय समिति कास्की, मिजार समाज गण्डकी प्रदेश, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ट्याक्सी सेवा केन्द्रको सहयोगमा भएको उक्त रक्तदान कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले विभिन्न संघ संस्थाले गर्ने यस्ता खालका रक्तदान कार्यक्रमले गर्दा रगत अभावमा छटपटाइरहेका विरामीलाई बचाउन सकिएको उल्लेख गरे ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले विभन्न समयमा हुने रक्त दानका कारण पोखरामा रगत अभाव नभएको बताए ।

विश्वकर्मा समाज नेपालका अध्यक्ष रत्न बहादुर विकले रक्तदान कार्यक्रम उदाहरणीय रहेको बताए । नेपाल जिम्न्याष्टिक संघ गण्डकी प्रदेशका महासचिव प्रकाश चन्द्र सापकोटाले रगत अभावलाई परिपूर्ति गर्न यस्ता खालका कार्यक्रमहरु आवश्यक रहेको बताए ।

स्वयंसेवी रक्तदाता समाज कास्कीले कास्कीमा रगत अभावको परिपूर्ति गर्ने र समाजमा विभिन्न खालका जनतेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

दलित एकता सञ्जाल नेपाल, कतार तथा नेपालका अध्यक्ष प्रकाश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले स्वागत र सदस्य हिरामणी भूषालले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

पोखरा, १७ कात्तिक । 
 
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आजदेखि पश्चिम नेपालमा तीन दिने जाउँ है बेगनास पोखरा कार्यक्रम आजदेखि सुरु भएको छ ।
 
पश्चिम नेपालका बुटबल, बर्दीया, सुर्खेत लगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवद्धनात्मक टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानले विदाइ गर्नुुभएको थियो । टोलीले आजै बुटबलमा त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरेको छ ।
 
कार्यक्रममा होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष बीरभद्र कंडेलले आन्तरिक पर्यटनको प्रवद्र्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुुभयो ।
 
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का सह संयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचिमा सूचिकृत बेगनासताल, रुपाताल लगायतका सात ताल आँर्फैमा धेरै पर्यटकीय सम्भावना बोकेको बताउनुुभयो ।
 
पोखरा सहित लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यमा आउन उहाँले बुटबलका पर्यटन व्यवसायीसँग आग्रह गर्नुुभयो । पर्यटकीय साझेदारीका लागि आँफूहरू तयार रहेको उहाँको भनाइ छ ।
 
उक्त अवसरमा उहाँले बेगनास ताल सहित लेखनाथका तालहरूको परिचयात्मक भिडियो प्रस्तुत गर्नुुभएको थियो ।
 
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष कंडेलले पोखरा आएका पर्यटकलाई बुटबल पठाउने र बुटबल आएका पर्यटकलाई पोखरा पठाएर दुुबै क्षेत्र लाभान्वित बन्ने धारणा राख्नुुभयो ।
 
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले पोखरासँग रुपन्देही पर्यटकीय साझेदारीका लागि तयार रहेको बताउँदै आँफूहरूले बुटवलमा आएका पर्यटकलाई पोखरा पठाउने गरेको बताउनुुभयो ।
 
रुपन्देही गौतमबुद्धको जन्मस्थलसँगै धेरै ऐतिहासिक महत्वका स्थलहरूरहको उहाँले जानकारी दिनुुभयो ।
 
पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले आपसी भाइचारासँगै साझेदारीमा जोड दिदै यसबाट दुुबै गन्तव्यहरू लाभान्वित हुने बताउनुुभयो ।
 
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महासचिव सुरेश लामिछानले तीन दिने प्रवद्र्धनात्मक कार्यक्रमका साथ आँफूहरू बर्दीया हुँदै सुर्खेतसम्म पुुगी पर्यटन सम्बद्ध व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरी पोखरा फर्कने कार्यक्रम रहेको जानकारी दिनुुभयो । 
 
कार्यक्रममा बुटबल क्षेत्रमा कृयाशिल पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीको उपस्थिति थियो ।
 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।