
नेपाली विद्यार्थीसँगै अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपालमा ल्याउन पनि सहजिकरण गर्ने
पोखरा, १४ मंसिर ।
एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
शाखाको उद्घाटनपछि बोल्दै एडुब्रिज कन्सल्टेन्सीका निर्देशक योगेश क्षेत्रीले नेपाली विद्यार्थीसँगै विदेशी विद्यार्थीहरुलाई पनि नेपालको विभिन्न क्षेत्रमा अध्ययनका लागि ल्याउन सहजिकरण गर्दै आएको बताए ।
‘एडुब्रिज कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदैं आएका छौं, क्षेत्रीले भने, ‘हामीले अहिले पर्यटनको राजधानी पोखरामा शाखा विस्तार गरिसकेका छौं, यस कन्सल्टेन्सीले अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा अध्ययन लागि पनि हामीले परामर्श दिर्दै आएका छौं ।’
उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई नेपालमा मेडिकल,पर्यटन र बुद्धिजम लगायतका क्षेत्रमा अध्ययनका लागि सहजिकरण गर्नेे बताए । एडुब्रिज कन्सल्टेन्सी गण्डकी प्रदेश पोखरा शाखाका निर्देशक किसान सुनारले कन्सल्टेन्सीले विभिन्न देशका अस्टेलिया, युके, जापान, युरोप र युएईको विभिन्न युनिभसिटीको प्रतिनिधि संस्थाको रुपमा यस कार्यालयले सहजिकरण बताए ।
शैक्षिक पृष्ठभूमि, रुचि र करियरको आकाक्षाका आधारमा उपयुक्त शैक्षिक संस्था छनोट गर्न सहयोग पु¥याउने उनले बताए । एडुब्रिज कन्सल्टेन्सीले अस्टेलिया, युके, जापान र युरोपमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीसँगै अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई नेपालको विभिन्न क्षेत्रमा अध्यापनमा ल्याउन सजकिरण गर्ने छ ।
एडुब्रिज कन्सल्टेन्सीले पोखरा शाखा उद्घाटनसँगै नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि परामर्श समेत दिएको थियो ।
निशा र रेशम सर्वोत्कृष्ट खेलाडी घोषित
पोखरा, १४ मंसिर ।
पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।
पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा आज (आइतबार) भएको महिलातर्फको फाइनल खेलमा झिर हाउस बागलुङले लालीगुराँस लामाचौरलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
बागलुङले पहिलो र दोस्रो सेट २५–११, २५–२१ ले जितेपनि तेस्रो सेट २६–२८लामाचौरलाई सुम्पियो । चौथो सेट बागलुङले २५–२१ ले पूनरागमन गर्दै लामाचौरलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
उपाधि जितेको बागलुङले ६० हजार र उपविजेता लामाचौरले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै पुरुषतर्फ भने, बोहोराफाँट समाज जापान गलकोटले नरेठाँटी युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ । बोहोराफाँटले नरेठाँटीलाई २८–२६, २५–२०, २०–२५ र २५–१९ ले पराजित गर्दै नवौं संस्करणको उपाधि जित्न सफल भएको हो ।
उपाधि विजेता बोहोराफाँटले १ लाख ५० हजार र उपविजेता नरेठाँटीले १ लाख रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरे । यस्तै सेमिफाइनलमा पराजित भएका एपिएफ पोखरा र ठकुरी समाज तनहुँले २५–२५ हजार रुपैयाँ प्राप्त गरे ।
निशा र रेशम सर्वोत्कृष्ट खेलाडी घोषित
क्लबस्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ झिर हाउसका निशा चौधरी सर्वोत्कृष्ट खेलाडी,झिर हाउसका सोइङ थापा उत्कृष्ट सर्भर, लामाचौरका पुजासेन ठकुरी उत्कृष्ट स्पाइकर, झिर हाउसका निरु पुन उत्कृष्ट सेटर, लामाचौरका रिकजना बोटे उत्कृष्ट ब्लकर , वालिङ भलिबलका सलिना गुरुङ उत्कृष्ट डिफेण्डर घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।
यस्तै पुरुषतर्फ बोहोराफाँटका रेशम छन्त्याल सर्वोत्कृष्ट खेलाडी, बोहोराफाँट समाज जापानका विवश आलेर मगर उत्कृष्ट सेटर, बोहोराफाँटका रवि केसी उत्कृष्ट स्पाइकर, नरेठाँटीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, बोहोराफाँटका कुञ्जन शाही ठकुरी उत्कृष्ट डिफेण्डर, नरेठाँटीका दिप्सन ठकुरी उदियमान खेलाडी घोषित भए । सर्वोकृष्ट खेलाडी घोषित भएका निशा चौधरी र रेशम छन्त्यालले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।
पोखरा, १४ मंसिर ।
फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो ।
राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । बैशाख महिनामा सिर्जनचोकमा स्थापना गरिएको राइज फिटनेसको शाखा विस्तार गरि शान्तिनगर चोकमा गरिएको उनले बताए ।
राइज फिटनेसका तीनै शाखामा नयाँ प्रविधि–मैत्री फिटनेस मेसिनहरु जडान गरिएको भनाई उनको छ । जीममा नयाँ सदस्यका लागि १५ देखि २० दिनसम्म प्रशिक्षकद्वारा निःशुल्क प्रशिक्षण उपलब्ध गराइन्छ । दुई जना दक्ष ट्रेनरमार्फत दैनिक तालीम प्रदान गरिने र उक्त सेवाका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने भण्डारीले बताए।
फिटनेस सेवालाई सबैका लागि पहुँचयोग्य बनाउन राइज फिटनेसले मासिक रु ३,००० र त्रैमासिक रु ७,००० को शुल्क निर्धारण गरेको छ । ग्राहकलाई थप प्रोत्साहित गर्न भर्ना शुल्क समेत नलाग्ने व्यवस्था गरिएको छ । राइज फिटनेसका तीनै शाखामा गरी ५÷५ जना कर्मचारी खटाइएका छन्। संचालक भण्डारीका अनुसार नयाँ शाखासहित पोखरामा राइज फिटनेसमा ५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।
उनका अनुसार शान्तिनगर चोकको नयाँ शाखा मात्र २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। व्यवसाय विस्तारसँगै आम्दानीसमेत सन्तोषजनक रहेको भण्डारीको भनाइ छ।
पहिले जीमप्रति ‘त्रास’ वा ‘भय’ भएको धारणा रहे पनि अहिले फिटनेस, स्वास्थ्य, शरीर नियन्त्रण र खेलकुद करिअर निर्माणका लागि जीम पस्ने संस्कार विकसित भइरहेको भण्डारी बताउँछन्। राइज फिटनेसमा १५ वर्षदेखि वृद्ध उमेर समूहसम्मका सदस्यहरू नियमित रूपमा आउने गरेका छन्।
“हामीले फिटनेसलाई स्वास्थ्य सुधारको मुख्य आधारका रूपमा अघि बढाएका छौँ। खेलकुदमा व्यावसायिकता ल्याउन पनि फिटनेस अत्यावश्यक भएकाले युवा मात्र नभई सबै उमेर समूहलाई जोड्ने प्रयास गरेका छौँ,” भण्डारीले भने।
भण्डारीका अनुसार फिटनेस उद्योगमा प्रतिस्पर्धा बढ्दै गए पनि ग्राहकको विश्वासलाई मुख्य आधार मान्दै राइज फिटनेसले समयअनुसार सुविधा, मेसिन, तालीम विधि र व्यवस्थापनमा निरन्तर परिवर्तन गर्दै आएको छ।
“हामीले पहिलो शाखाबाट सुरु गरेको यात्रालाई विस्तार गर्दै पोखराका विभिन्न क्षेत्रमा सेवा पुर्याइरहेका छौँ। भविष्यमा अझ आधुनिक सेवा थप्ने योजना छ,” भण्डारीको भनाइ छ ।
पोखरा, १४ मंसिर ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।
भोली (सोमबार) बाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले आइटिएफ जे३० को आठौं सस्करणको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको पहिलो सर्किट अन्तर्गत १६ देशका ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना गरी कुल ८० जनाले प्रतिष्पर्धा गर्ने ्कास्की जिल्ला टेनिस संघका सचिब भिष्मराज पौडेलले जानकारी दिएका छन् । उनले भनेका छन्–“पोखराले विभिन्न १६ देशका खेलाडी उनीहरुका अभिभावक र प्रशिक्षक गरी करिव २ सय जनाको आतिथ्यता गर्न पाउनु महत्वपूर्ण विषय हो ।”
प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताले स्थानिय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका निवर्तमान अध्यक्ष लोक बहादुर गुरूङले बताए । उनले भने–“यो महत्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पुरा गरेका छौं । सबै पोखरेलीहरुको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं ।”
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार प्रतियोगितामा ब्वाइजतर्फ जुनियर वरियताका प्रणब मानन्धर (१७६९), आयुष्मान हजुर घले (२२२२), सक्षम विक्रम शाह (३२५६), राज वीर प्रधान (३७००) र बरियताका तथा गल्र्सतर्फ सुनिता थापा (१२८४), शिवाली गुरुङ (१३६७), स्वस्तिका बिस्ट (३२९९) वरियताका नेपाली खेलाडीहरुको सहभागिता रहेको छ । त्यस्तै वाइल्डकार्ड मार्फत दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको समेत सहभागिता रहनेछ ।
त्यस्तै प्रतियोगितामा नं.१ ताइपेइका वल्र्ड र्याकिङ टिङ–हो याङ (१०७७) र नेपाल नं १–सुनिरा थापा (१२८४) को सहभागिता हुनेछ ।
टुर्नामेन्ट डाइरेक्टर विष्टले प्रतियोगिताका लागि दुई भारतिय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् । उनले आगामी वर्षबाट वल्र्ड टेनिसले नियममा केही सुधार गर्दै अघि बढेको बताउँदै कोर्टको संख्या नबढ्दा खेलाडीको संख्यामा कमि आउने जनाए । नेपाल टेनिसका सचिब समेत रहेका उनले भने–अब प्रतियोगिता नयाँ फर्मयाट जाँदै छ । अब खेलाडीहरुको सख्या बढाउन पूर्वाधार समेत बढाउनु पर्छ । यसका लागि राज्यको ध्यान जान आवश्यक छ ।”
प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको संघका द्वितिय उपाध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।
कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा रहे पनि पूर्वाधारको अभाव रहेको उनको भनाई थियो । उनले भने–“हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।”
सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवी आस्थाले पोखरालाई चिनाउने यस प्रकारका प्रतियोगिताहरु सफल बनाउन सबैको सहकार्य आवश्यक रहने औंल्याए ।
पोखरा, १४ मंसिर ।
कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी पोखरा– १० चाउथेको वार्षिक स्पोर्ट मिट कार्यक्रम सम्पन्न भएको छ ।विद्यार्थीका अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्दै विद्यार्थीको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यका साथ विद्यालयले स्पोर्ट मिट कार्यक्रम आयोजना गरेको हो ।
एन प्याव्सन कास्कीमा आबद्ध यस विद्यालयले हरेक वर्ष विद्यार्थीका क्षमता पहिचान गर्न यस्ता खालका कार्यक्रम आयोजना गर्दै आएको छ ।
आइतबार भएको स्पोर्ट मिटमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू पोखरा रङ्गशाला र कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूको प्रतियोगिता विद्यालयमा आयोजना गरिएको एन प्याब्सन कास्कीका उपाध्यक्ष समेत रहेका विद्यालयका संस्थापक प्रिन्सिपल मनकाजी गुरुङले जानकारी दिए ।
उनका अनुसार स्पोर्ट मिट कार्यक्रममा एथलेटिक्स सम्पूर्ण विधाका खेलहरू खेलाइएको थियो । कार्यक्रममा विद्यालयले मार्च पास प्रतियोगिता, विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
‘हरेक वर्ष हामीले विद्यालयका क्षमता प्रस्फुटन गर्न यस्ता खालका कार्यक्रम आयोजना गर्दै आएका छौ’ विद्यालयका संस्थापक प्रिन्सिपल तथा एन प्याव्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङले भने,‘विद्यालयले गरेका यस्ता खालका कार्यक्रमबाट विद्यार्थीहरूले पढाइका लवा अन्य क्षेत्रमा पनि उत्कृष्टता हासिल गरेका छन् ।’ कक्षा कोठा भन्दा बाहिरको सिकाइबाट जीवनलाई सफल र सबल बनाउन सकिन्छ भन्ने उदाहरण यस्ता खालका कार्यक्रमले दिएको उनले सुनाए।
कार्यक्रमको उद्घाटन गर्दै एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीका प्रतिभा पहिचान गर्न यो कार्यक्रम उत्कृष्ट रहेको बताए । ‘एन प्याब्सन कास्कीले पनि हरेक वर्ष खेलकुद महोत्सव र वाल प्रतिभा पहिचान कार्यक्रम गर्दै आएको छ जुन कार्यक्रममा यस विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ’ अध्यक्ष अधिकारीले भने, ‘विद्यालयमा हुने पढाइका साथ साथै यस्तै खालका अतिरिक्त क्रियाकलापलेहरुले पनि कास्कीमा स्थापित विद्यालयको रूपमा चिनाएको छ ।’
विद्यालयका संस्थापक प्रिन्सिपल मनकाजी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सरस्वती श्रेष्ठले गरेकी थिइन् ।
पोखरा, १४ मंसिर ।
ठकुरी युवा परिवार कास्कीद्वारा आयोजना गरिएको ‘अवचेतन मनको शक्ति र नेतृत्व विकास’ विषयक विशेष प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ ।
युवाको क्षमता अभिवृद्धि र नेतृत्वशीलता विकास गर्ने उद्देश्यले गरिएको उक्त तालिमले सहभागीहरूमा अत्यन्त उत्साहजनक प्रभाव पारेको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा ठकुरी समाज महासंघ, नेपालका अध्यक्ष खिम बहादुर शाही लक्ष्मणले युवालाई सक्षम, सजग र परिवर्तनकारी शक्ति बनाउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘युवा पुस्ताले साझा लक्ष्यसहित अघि बढ्न सके समाज रूपान्तरणको गति अझ तीव्र हुन्छ ।’ उहाँले आगामी दिनमा पनि यस्ता तालिमको निरन्तरतामा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक सामाजिक मनोविज्ञ डा. दलिप कुमार मल्लले अवचेतन मनको शक्ति, सकारात्मक सोच, आत्मा अनुशासन र नेतृत्व क्षमताको गहिरो प्रभावबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभयो ।
५० जना भन्दा बढी सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा हालसम्म ६९ वटा यस्ता तालिम सञ्चालन गरेका डा. मल्लले आफ्नो अनुभव सुनाउँदै सामाजिक रूपान्तरणमा युवा पुस्ताको अग्रणी भूमिकाको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, ‘समाज बदल्नुभन्दा पहिले आफू बदलिनु जरुरी भएको र त्यो परिवर्तन अवचेतन मनबाटै शुरू हुन्छ ।’
यस्तै ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमालले युवालाई लक्षित कार्यक्रमले आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास र नेतृत्व क्षमताको विस्तारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सहभागीहरूको सक्रियता र उत्साहप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
यसै क्रममा सल्लाहकार दुर्गा शाह ‘बाबा’, टुक बहादुर मल्ल, अनिल कुमार शाही, सन्तोष शाही लगायतका अतिथिहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै युवालाई निरन्तर यस्ता ज्ञानमूलक गतिविधिमा सहभागी बन्न आग्रह गरे।
त्यस्तै कार्यक्रमका उपाध्यक्ष ज्योति हमालले सबै अतिथि, सहभागी र सहयोगीहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको भूमिका सराहनीय रहेको बताउनुभयो ।
सचिव मोहन शाहीले युवाहरूको उत्साहपूर्ण उपस्थिति, सकारात्मक उर्जा र प्रेरणादायी प्रशिक्षणका कारण कार्यक्रम अझ प्रभावकारी र सफल बनेको बताउनुभयो ।
ठकुरी युवा परिवार कास्कीले आगामी दिनमा पनि युवालाई केन्द्रमा राखेर नेतृत्व, सीप विकास र व्यक्तिगत रूपान्तरणमा केन्द्रित कार्यक्रम जारी राख्ने जनाएको छ ।





