
१ हजार ५ सय बढि विद्यार्थी विभिन्न विधामा प्रतिस्पर्धा गर्दै
पोखरा, १८ मंसिर ।
नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ ।
बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले तयारी पुरा गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।
महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गर्न सक्ने भएकाले सहभागिता व्यापक रहने अधिकारीले जानकारी दिए । ‘यो महोत्सव विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्तफुटन मात्र नभई सिकाईको थलो पनि हुने हामीले विश्वास लिएका छौ’ उनले भने, ‘यो महत्वपूर्ण अवसरलाई सदुपयोग गर्नका लागि महोत्सव अवलोकन गर्न सम्पूर्ण कास्कीका विद्यार्थी तथा अभिभावकलाई निमन्त्रणा गर्दछौ।’
बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।
अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।
त्यसैगरी खेलकुद तर्फ छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता रहेको छ । क्रिकेट तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने फुटसल तर्फ कक्षा ११ र १२ का विद्यार्थीले मात्र सहभागिता जनाउने कोषाध्यक्ष राजु केसीले जानकारी दिए।
मंसिर २० गते देखि शुरु हुने क्रिकेट प्रतियोगिताको उद्घाटन खेल अल्फा एकेडेमी र सिद्धार्थ लवडेल बीच हुने भएको छ भने फुटसल तर्फ उद्घाटन खेल नेशनल क्रियशन र न्यू ग्यालेक्सी बीच हुने छ । दुवै खेल पोखरा रंगशालामा हुने छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि उपसमिति अन्तर्गत सामूहिक लोकनृत्य प्रतियोगिताको संयोजकमा शिवराज पौडल तथा सदस्यहरुमा पितृराज अधिकारी र विक्रम सुवेदी रहेका छन् । एकल गायन प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुका हेम रानाभाट, रुद्रप्रसाद अधिकारी साथै सल्लाहकारमा तिलक प्रसाद अधिकारी रहेका छन् ।
त्यसैगरी चित्रकला प्रतियोगिताको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यहरुमा मित्र राई र सुरेशराज पाण्डे रहेका छन् । कविता वाचन प्रतियोगिताको संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरुमा विक्रम सुवेदी र भुवन पौडेल रहेका छन् । अभिनय प्रतियोगिताको संयोजकमा विक्रम सुवदी तथा सदस्यहरुमा दिपु भारी र अशोक शर्मा रहेका छन् ।
विज्ञान तथा प्रविधि प्रतियोगिताको संयोजकमा तोलाकान्त न्यौपाने तथा सदस्यहरुमा अजय थापा र शालिग्राम पराजुली रहेका छन् । हस्तकला प्रतियोगिताको संयोजकमा रमेशराज पौडेल तथा सदस्यहरुका गगन गुरुङ र सोमनाथ पौडेल रहेका छन् । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजकमा हेम रानाभाट तथा सदस्यहरुमा हरि धमला र मित्र राई रहेका छन्।
त्यसैगरी खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा तथा सदस्यहरुमा हिमाल गुरुङ र देवराज कार्की रहेका छन् । फुटसल प्रतियोगिताको संयोजकमा अर्जुन प्रसाद पाण्डे तथा सदस्यहरुमा ज्ञानेन्द्र बहादुर थापा, हिमाल थापा र सल्लाहकारमा केशवशरण पौडेल रहेका छन् ।
पोखरा, १८ मंसिर ।
आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–१ अन्तर्गत बिहीबार सम्पन्न ब्वाइज सिंगल्स क्वार्टरफाइनल खेलबाट शीर्ष वरियताका टिङ–हो याङ (ताइपेई), युल हो जुङ (कोरिया), नेपालका प्रनव मानन्धर तथा श्रीलंकाका गानुका फर्नान्डो सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा याङले भारतका फजल अली मिरलाई ७–६(४), ६–४ ले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरे । यस्तै, तेस्रो वरियताका जुङले भारतका हर्ष मरवाहालाई ५–७, ६–२, ६–४ ले पराजित गरे । पाँचौं वरियताका नेपाली खेलाडी प्रनव मानन्धरले करन बी थापामाथि ६–२, ६–४ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाए । छैटौं वरियताका गानुका फर्नान्डोले भारतका प्रतीक श्योरानलाई ४–६, ६–३, ६–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–१ अन्तर्गत गल्र्स सिंगल्स क्वार्टरफाइनल खेलबाट ताइपेईकी के–चिएह ह्सु, भारतकी अनन्या जैन र कार्थिका पद्मकुमार तथा नेपालकी शिवाली गुरुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । ह्सुले भारतकी शताक्षिका सहायलाई ६–३, ६–४ ले पराजित गरिन् । भारतकी अनन्या जैनले क्यानडाकी नोरा चौधरीलाई ६–१, ६–३ ले हराइन् । तेस्रो वरियताकी नेपाली खेलाडी शिवाली गुरुङले भारतकी रञ्झना संग्रामलाई ६–३, ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन् । दोस्रो वरियताकी कार्थिका पद्मकुमारले तेजस्वी मन्नेनीमाथि ६–४, ६–३ को जित निकालिन् ।
आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–१ अन्तर्गत ब्वाइज डबल्स सेमिफाइनलमा चौथो वरियताका भारतका फजल अली मिर र हङकङका सेल्विन ट्स्ज युएन वङले भारतका शौनक चट्टोपाध्याय र सिंगापुरका रोबर्ट डोल्यालाई ६–४, ६–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । अर्को सेमिफाइनलमा कोरियाका ह्यो जिन हा र युल हो जुङको जोडीले चीनका यान्शुओ पान र जुनलिन सुलाई ६–०, ६–३ ले हराउँदै फाइनल यात्रा सुनिश्चित गरेको छ ।
त्यस्तै, गल्र्स डबल्स सेमिफाइनलमा नेपाली खेलाडी शिवाली गुरुङ र ताइपेईकी के–चिएह ह्सुको जोडीले चौथो वरियताका भारतकी शताक्षिका सहायक र न्युजिल्यान्डकी बोइदेही उकिलको जोडीलाई ६–३, ६–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । अर्को सेमिफाइनलमा भारतका साउम्या चट्टोपाध्याय र रञ्जना संग्रामले तेजस्वी मन्नेनी र जह्नवी तम्मिनेदीको जोडीलाई १–६, ६–४ र टाइब्रेकमा १०–६ ले हराउँदै उपाधि भिडन्त तय गरेका छन् ।
मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए ।
पोखरा, १८ मंसिर
पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २७ औं संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । महोत्सवको तयारी तिब्ररुपमा अघि बढेको आयोजक रेवान पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।
पुष १३ गतेदेखि १७ गतेसम्म लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा महोत्सवको आयोजना गरिने सो अवसरमा जानकारी दिइयो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पत्रकार सम्मेलनमा बताए । कला संस्कृति प्रवद्र्दन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाईडको प्रचारप्रसार, व्यापार बढाउन, पोखराको ब्राण्डिङ गर्न महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिए ।
गौतमका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेस गरिने छ । सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् । त्यस्तै, महोत्सव अवधीभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्दन, अवसर तथा चुनौतिका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुने संयोजक गौतमले बताए ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेको रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले जानकारी दिए ।
महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने रेवान पोखराका पूर्वअध्यक्ष नरेश भट्टराईले जानकारी दिए । महोत्सवको अवसरमा पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवद्र्दन गरिने उनको भनाई छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा सडक महोत्सवको आयोजना रेवान पोखराले गरेपनि यो महोत्सव सबैको साझा महोत्सव भएको बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महोत्सव अवधीभर खानामा गुणस्तर कायम गर्दै बस्ने र खाने कुराको मूल्य आकासिने गरेको गुनासो हरेक वर्ष आउने गरेकाले यस वर्ष विशेष निगरानी राख्न सुझाव दिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सवलाई सफल बनाउन पोखरेली पत्रकारको सहयोग रहने प्रतिबद्दता जनाए ।
उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा केशव पाठक निर्विरोध निर्वाचित भए ।
यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन समिति संयोजक कमल अर्यालले जानकारी दिए ।
संघमा देशभरिबाट बागमती बाहेक ६ प्रदेशका ४८ जिल्लाका प्रतिनिधिले भाग लिएको नवनिर्वाचित महासचिव पाठकले जानकारी दिए । पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल लामो समय अघि सकिए पनि विविध कारणले महाधिवेशन हुन सकेको थिएन । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य–सचिव समेत रहेका गुरुङले यसअघि दुई कार्यकालसम्म संघको नेतृत्व गरे ।
प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले महाधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताएका थिए । उनले प्रदेश सरकारले खेलकुदलाई पनि निकै महत्वका साथ अगाडि बढाएको उल्लेख गर्दै यसप्रकारका महाधिवेशनबाट आन्तरिक पर्यटनमा पनि टेवा मिल्ने बताए । मन्त्री थापाले गत भदौको जेनजी आन्दोलनका क्रममा घूसपैठका कारण सरकारी तथा व्यवसायीहरुका निजी प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाट गरिएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
अन्तरिम केन्द्रीय समिति अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय ह्याण्डबल संघका प्रतिनिधि मोहम्मद शफिक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य हिमाल कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पोखरा, १८ मंसिर ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवद्र्धन र प्रकृति प्रेमको प्रतीकका रुपमा रहेका यी पर्वहरुका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।
‘यी चाडहरुमा इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसर समेत प्रदान गर्ने भएकोले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।’ शुभकामना सन्देशमा भनिएको छ – ‘यस्ता चाडपर्वहरूबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।’
किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूले मनाउने उधौली पर्व कृषि प्रणालीमा आधारित छ । प्रकृतिपूजक किराँत समुदायले अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई श्रद्धापूर्वक स्मरण गर्दै विशेष रुपमा यो पर्व मनाउने गर्दछन् ।
परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यो पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको देखिन्छ ।
उधौली पर्वजस्तै नेवार समुदायको विशेष पर्व यःमरि पुन्ही पनि कृषि प्रणालीसँग सम्बन्धित छ । नयाँ भित्राइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासमा यो पर्व मनाउने चलन छ ।
आज नै धान्य पूर्णिमा पनि हो । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्राएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।





