२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पोखरा, २३ मंसिर ।

पोखरामा आउँदो शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुने भएको छ । प्रचार नेपाल, अर्बिटे«रि इभेन्ट र स्पेक्स–१४ को आयोजनामा पोखरा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो ।

फेष्टमा चर्चित भारतीय कलाकार सञ्जु राठोरको प्रस्तुती रहने प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिए । राठोडका गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् ।

राठोड केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण शोको लागि पुनः आउन राठोड तयार भएको पुरीले बताए । राठोडले पोखरामा पहिलोपटक आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुती रहनेछ । र्याप भर्स र लाइभ परफर्मेन्सका लागि चर्चित एसटि म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीतहरु चर्चित छन् । युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेष्टको सुरुआतमा प्रस्तुती दिनेछन् ।

फेष्ट साँझ ८ बजेबाट सुरु हुनेछ । फेष्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ । चर्चित कलाकार आउने उक्त फेष्टका लागि तयार रहेको क्लब क्याटवाकले जनाएको छ ।

संगीत, ¥याप, युवा ऊर्जा र विन्टर फेस्टिभलको भावना एकै ठाउँमा अनुभव गर्न चाहने जो–कोहीका लागि यो फेष्ट लाभदायी हुने प्रचारका सञ्चालक पुरीले जानकारी दिए ।

पोखरा, २३ मंसिर ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलुकद मन्त्री विन्दु कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल हुन आवश्यक भएको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना र सुशासनका लागि नागरिक समाजको समन्वयमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री थापाले प्रदेश सरकारको ऐन–कानूनलाई नागरिकमैत्री बनाउनु आजको आवश्यकता भएको र प्रदेश सरकार लागिरहेको उल्लेख गरे । “सार्वजनिक पद धारण गर्ने व्यक्तिबाटै इमानदार पहल भएको खण्डमा मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छ । राजनीतिक नेतृत्वदेखि प्रशासनिक तहसम्म जवाफदेहिता र पारदर्शितामा निष्ठा आवश्यक देखिन्छ ।”, उनले भने ।

उनले हालैको जेनजी आन्दोलनले उठाएका ‘भ्रष्टाचारमुक्त नेपाल’ र ‘गुणस्तरीय सेवा प्रवाह’ का मागलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए । नागरिक समाज, व्यवसायी र युवाबाट आएका सुझावलाई आत्मसात गर्दै सुशासनमैत्री सरकार निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई उनको छ ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले भ्रष्टाचारलाई व्यक्ति–चरित्रसँग जोडिएको विषय ठहर गर्दै “पहिले आचरण सुधार, पछि प्रणाली सुधार” भन्ने धारणा राखे। उनले सबैलाई एउटै बास्केटमा राखेर दोषारोपण गर्नु गलत हुने भन्दै कर्मचारी वृत्तका समस्याहरू समाधान गर्न प्रदेश सरकार जुटेको बताए ।

गण्डकी प्रदेशका विपक्षी दलका नेता हरि बहादुर चुमानले प्रशासनिक संरचनादेखि सबै क्षेत्रमा डिजिटलाइजेसन लागू नभएसम्म भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण रहने बताए। जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुशासन प्रवद्र्धन गर्न प्रशासन सदैव कटिबद्ध रहेको बताइन्।

सुशासनका लागि नागरिक समाज कास्कीका अध्यक्ष सिरोज विजय कोइरालाले नीति–निर्माणमै भ्रष्टाचार मौलाएको उल्लेख गर्दै मन्त्री र नेतृत्व तहबाट नै सम्पत्ति विवरण सार्वजनिक गर्ने संस्कार स्थापित हुनुपर्ने धारणा राखे। सुनास कास्कीका भानु पराजुलीले पारदर्शिता, जवाफदेहिता, सहभागिता, समानता र कानूनको शासनलाई सुशासनका मुख्य आधारका रूपमा प्रस्तुत गर्दै झन्झटिला कागजी प्रक्रियाले नागरिक आजित भइरहेको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका नारायण रेग्मीले भ्रष्टाचारको सूचकांकमा नेपाल १०७औँ स्थानमा रहेको उल्लेख गर्दै सरकारले गरेका कदम अहिलेसम्म पर्याप्त नभएको निष्कर्ष प्रस्तुत गरे। नागरिक समाज कास्कीका रामबहादुर पौडेलले सवारी साधनको दुरुपयोग र सेती नदी दोहनमा मापदण्ड विपरीतका गतिविधिले भ्रष्टाचार बढाएको बताए।

जेनजी २.० गण्डकीका संयोजक संजय सुवेदीले नीतिगत भ्रष्टाचार हटाउन सिस्टम परिवर्तन अनिवार्य रहेको बताउँदै प्रदेश सरकारलाई भ्रष्टाचारविरुद्ध निर्मम रूपमा लाग्न आग्रह गरे। सुनासका पूर्वअध्यक्ष सुन्दर गुरुङले सेवाग्राहीप्रति सरकारी कर्मचारीको व्यवहार सहज र उत्तरदायी नहुँदा सुशासनमा चुनौती देखिएको बताए ।

पोखरा, २३ मंसिर ।

नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशले कास्कीका पत्रकारसँग बिमा सम्वन्धि छलफल तथा अन्तरक्रिया गरेको छ । बिमाको आवश्यकता र महत्वलाई विशेष प्राथमिकतामा राखेर प्राधिकरणले मंगलबार नेपाल पत्रकार महासंघ कास्कीका प्रत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।

बिमाको विषयमा जानकारी सहितको प्रस्तुती रहेको अन्तरक्रियामा बिमासँग सम्वन्धित बिमित कम्पनिका प्रतिनिधिहरु र कास्कीमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रले बिमा र गण्डकी प्रदेशको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए । आर्थिक दायित्वबाट सुरक्षित रहन र जोखिम हस्तान्तरण गर्न बिमाको उपयोग सबैले गर्नुपर्ने उनले सुझाए । साथै बिमाको महत्व निकै ठुलो रहेको हुँदा बिमाको बारेमा सञ्चारकर्मीले प्रचारप्रसार गरि आम सर्वसाधारणसम्म जानकारी पुराईदिन समेत मिश्रले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले आम जनतामाझ बिमाको विषय अझै बुझाउन नसकिएको तथा बिमालाई झण्झटरहित सेवामुखि बनाउनु पर्नेमा जोड दिए ।

यता बिमाका विषयमा बिमितले भोगेका समस्याको विषयमा समेत सहभागिबाट आवाज उठेको थियो । भुक्तानी प्रक्रिया निकै झण्झटीलो भएकाले सेवालाई छिटो छरितो बनाउनुपर्ने जोड सहभागिको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेल, नेपाल सर्भेयर एसोशियशन कास्कीका संयोजक बुद्धीराज अधिकारी, रामजी प्रसाद बराल, बिनोद सापकोटालगाएतले आफ्नो मन्तव्य राखेका थिए । प्राधिकरण गण्डकीका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कबिता पण्डेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले गरेका थिए ।

बिमा के हो, यसको आवश्यकता र महत्वलाई जनतामाझ सुसुचित गराउने अन्तरक्रियाको मुख्य उद्देश्य रहेको नेपाल बिमा प्राधिकरण गण्डकीले जनाएको छ ।

पोखरा, २३ मंसिर ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत मंगलबार ब्वाइज’ सिंगल्स (राउन्ड अफ ३२) का खेलहरू सम्पन्न भएका छन् ।

दोस्रो दिन भएका खेलमा भारतका अर्श काथुरियाले नेपालका सक्षम विक्रम शाहलाई ७–६(३), ६–७(५), ६–४ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । चीनका जियालियाङ गुओले बंगलादेशी जारीफ अब्रारलाई ६–४, ६–३ ले हराए । भारतकै दक्ष दीपक पाटिलले चीनका जुनलिन सुलाई ६–३, ६–३ ले पराजित गरेर खेलमा अघि बढेका छन् ।

श्रीलंकाली खेलाडी गानुका फर्नान्डोले भारतका ओजस्विर सिंहलाई ६–१, ६–१ ले सहजै हराउँदै अन्तिम १६ मा स्थान बनाउँदा भारतका निकुञ्ज खुरानाले नेपालका शाश्वत बज्राचार्यलाई ६–१, ६–३ ले हराए । दोस्रो शिर्ष वरीयताका चीनका चुआन डिङले भारतका फजल अली मीरलाई ७–६(७), ६–३ ले पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरे ।

ब्वाइज’ डबल्स (राउन्ड अफ १६) मा श्रीलंकाका गानुका फर्नान्डो र भारतका तेजस रवीको जोडीले भारतका फजल अली मीर र हङकङका सेल्विन ट्ज युएन वङलाई ६–२, ४–६, (१०–८) ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे । अर्को खेलमा श्रीलंकाका रेहान गुणवर्धना र नेपालका असब सम्राट हाडाको जोडीले बंगलादेशका महाद बिन मालेक महाद र तनभिरलाई ६–१, ३–६, (१०–७) ले हराउँदै अन्तिम आठमा स्थान बनाए ।

गल्र्स’ सिंगल्स (राउन्ड अफ १६) मा भारतकी कार्तिका पद्मकुमारले आफनै देशकी मेहा पाटिललाई ६–१, ६–३ ले पराजित गरिन् । भारतकी ध्रुती गुन्डूले कठिन संघर्षपूर्ण खेलमा भारतकी नै रञ्जना संग्रामलाई ५–७, ६–०, ७–५ ले पराजित गरिन् भने नेपालकी शिवाली गुरुङले बुल्गेरियाकी सोफिया जाखार्किभलाई ६–४, ६–१ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी छन् ।

यस्तै भारतकी झानवी ताम्मिनेदीले क्यानडाकी ईभा खड्कालाई ६–३, ६–१ ले पराजित गर्दा भारतकी शतक्शिका सहायाकले न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–१, ६–१ ले सहजै हराइन् । ताइपेइकी के–चि ह्सुले भारतकी प्रियन्शी कटियाललाई ६–१, ६–४ ले पराजित गरिन् भने नेपालकी सुनिरा थापाले चीनकी युनर चिलाई ६–३, ६–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन् ।

प्रतियोगितामा ब्वाइज डबल्स तथा गल्र्स डबल्सतर्फका खेलहरु समेत जारी रहेका छन् । शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वार्टर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता संचालन भइरहेका छन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए ।

 

 

पोखरा, २३ मंसिर ।

पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामि मंसिरको २५ देखि पुषको ६ गते सम्म पोखरा क्रिकेट स्टेडियममा प्रतियोगिता हुने भएको हो ।

हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालयको सहभागीता रहने कास्की जिल्ला क्रिकेट संघका सचिव बिरेन्द्र पुनले जानकारी दिए ।

कास्की जिल्ला क्रिकेट संघले विगतका वर्षदेखिनै विद्यालय स्तरमा क्रिकेटको संरचना मजबुत बनाउने प्रतिभाहरुलाई सुरुवाती उमेरमै प्लेटफर्म उपलब्ध गराउने र जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य सहित उक्त प्रतियोगिता गर्न लागिएको पुनले बताए । विद्यालय स्तरमै उच्च प्रतियोगितामुलक वातावरण सिर्जना गर्न सके भविष्यमा खेलाडीलाई अगाडि बढ्न थप सहजता मिल्ने भएकाले आफुहरुले आयोजना गर्न लागउको अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताले कास्की जिल्लामा युवा क्रिकेट बिकासमा महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।

प्रतियोगिता टि–२० फम्र्याटमा सञ्चालन हुने भएकाले आधुनिक क्रिकेटको माग अनुसार युवा खेलाडीलाई क्षमतापरीक्षण गर्न पूर्ण अवसर प्रदान गर्ने र पोखरा क्रिकेट स्टेडियममा आयोजना हुने यो प्रतियोगिता मनोरञ्जन, प्रतिस्पर्धा र प्रतिभा पहिचानको उत्कृष्ट संयोजन हुने आयोजकले विश्वास लिएको छ ।

उक्त प्रतियोगिता मार्फत जिल्ला टीम छनोट समेत हुने भएकाले अर्को महत्वपूर्ण पक्षको रुपमा उक्त प्रतियोगितालाई लिइएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न भएपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सोही उमेर समूहको राष्ट्रिय खेल अघि बन्द प्रशिक्षणमा राखिने भएको छ । उक्त प्रशिक्षण शिविरमा प्रशिक्षक, चयनकर्ता तथा क्रिकेट विश्लेषकहरूको निगरानीमा खेलाडीहरूको प्राविधिक, मानसिक, शारीरिक तथा रणनीतिक क्षमता परिक्षण गरिने र त्यस पश्चात च्यालेन्जर कप को आयोजना गरिने आयोजकले जनाएको छ ।

बन्द प्रशिक्षणबाट छनोट गरिएका खेलाडीहरूको बीच प्रतिस्पर्धा गरी च्यालेन्जर कपको प्रदर्शनलाई आधार मानेर कास्की जिल्ला यु–१६ पुरुष टोली को अन्तिम छनोट गरिने भएको छ । १२ टीम लाई तीन तीन टीम बनाएर चार समुहबीच उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रत्येकक टीम बिजेता सेमीफाइनलमा प्रवेश गर्नेछन र चारवटा टीम बिच फाइनल खेल्नेछन । प्रतियोगितामा टिम तर्फ बिजयी टोलीले ट्रफी, मेडल र प्रमाणपत्र र उपबिजेता टोलीले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगितामा ब्याक्तिगत विद्या तर्फ हिमालय क्रिकेट एकेडेमीले प्रतिभा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीहरुका लागि प्लेयर अफ दी म्याचलाई एकेडेमीको भर्ना फि मा २५ प्रतिशत छुट, प्लेयर अफ दी सेरिजलाई एकेडेमीको भर्ना फि मा २५ प्रतिशत छुट, बेष्ट बलर र बेष्ट ब्याटरलाई एकेडेमीको भर्ना फिमा ५० प्रतिशत छुट र उदयीमान खेलाडीलाई शत प्रतिशत भर्ना छुटको ब्यवस्था मिलाइएको हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष शक्ति बरालले जानकारी दिए ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।