२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार
 
पोखरा, २९ मङ्सिर । 
 
सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा आजदेखि गन्तव्य प्रवद्र्धनका कार्यक्रम सुरु भएका छन् ।
 
पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा गन्तव्य प्रवद्र्धन सुरु गरिएको हो ।
 
भारतीय टुर अपरेटर र मिडियाकर्मीको टोलीललाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा नेतृत्वको टोलीले आज सुनौली नाकामा स्वागत गर्र्दै स्थल मार्गबाट चितवनको सौराहा ल्याइएको छ । 
 
भारतीय टोलीलाई होटेल संघ नेपाल चितवनका तर्फबाट स्वागत एवम् पर्यटकीय साझेदारी लगायतका विषयमा अन्तरक्रिया गरिएको पोखरा पर्यटन परिषद्का महासचिव सापकोटाले जानकारी दिनुुभयो ।
 
अन्तरक्रियामा होटेल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे, पर्यटन व्यवसायी वासु ढुङ्गाना, नेपाल पर्यटन बोर्डका प्रेम भट्टराई, सन्कृत टुर्स भारतका अभिषेक सन्कृत लगायतले नेपाल र भारतबीचको पर्यटकीय साझेदारीका सम्भावना लगायतका विषयमा बोल्नुुभएको थियो । उक्त अवसरमा सौराहाको प्रवद्र्धनात्मक भिडियो समेत प्रस्तुत गरिएको थियो ।
 
महासचिव सापकोटाका अनुुसार भारतीय प्रवद्र्धनात्मक टोली भोलि पुस १ गते तनहुँको बन्दीपुर हुँदै बेगनास र पुस २ गते पर्वत र बाग्लुुङ तथा पुस ३ गते पोखराको पुम्दीकोट भ्रमण गरी होटेल पोखरा ग्रान्डमा हुने मिटमा सहभागी बन्ने छ । टोली ४ गते पोखराबाट पाल्पाहुँदै सुनौली नाकाबाट भारत फर्कने उहाँले जानकारी दिनुुभयो । 
 

पोखरा, २९ मंसिर।

पोखरा र पोखरा आसपार छरिएर रहेका फोटोग्राफर हरु द्वारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक भब्य समारोहका बिच १४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बार्षिकोत्सवको अवसर पारेर बिभिन्न बिधामा शेयर सदस्यलाई सम्मान गरेको थियो .

संस्थाका सस्थापक सचिव तथा पूर्व अध्यक्ष जीवन ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशेष अतिथिमा फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी र पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ रहेका थिए । प्रमुख अतिथि ढूंगानाले सहकारीको स्थापनाकालको स्मरण गर्दै सहकारीले उद्योग स्थापना गर्नका लागी गरेको संघर्षका चर्चा गर्दै सानो पूजी भएको संस्थाले करिव ४० जनालाई रोजगार सिर्जना गर्नु चानेचुने कुरा नभएको बताउँदै राज्य पक्ष वाट यस्ता खालका सहकारीलाई सेवा सुविधा दिन नसक्नु दुखद कुरा रहेको बताए । आगामी दिनमा सहकारीले सेवामा जोड दिदै देशकै नमुना सहकारी बनाउनमा सबैजना हातेमालो गर्दै अघि बढ्नु पर्ने बताए ।

बिशेष अतिथि तुलसीराम सुवेदीले संस्थाको सेवा बिस्तार गर्दै गण्डकी प्रदेश भरि फैलाउनका लागी फोटोग्राफर संघ गण्डकी सदैव सहयोग गर्न तयार रहेको बताए । पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङले पोखरा फोटोग्राफर संघ र कैलाश सहकारी नङ र मासु जस्तै भएकोले संस्थामा रहेका सबै सदस्य सहकारीमा सदस्य हुनु पर्ने र सहकारीमा रहेका सदस्य सबै पोखरा फोटोग्राफर संघमा अनिवार्य आवद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा संस्थाले वर्ष भरीमा उत्कृष्ट कारोवारी, असल कारोवारी,उत्कृष्ट वचत, उत्कृष्ट वाल वचत उत्कृष्ट कर्मचारी लाई सम्मान गरेको थियो ।कार्यक्रममा उद्योग तर्फ उत्कृष्ट ब्यवसाय गर्ने २० जनालाई प्रमाण पत्र तथा फ्रेमले सम्मान गरेको थियो । सहकारीमा उत्कृष्ट कारोवारीमा भगवति ढकाल ,हरिशरण ढुंगाना, उत्कृष्ट बचतकर्ता बिना ढुंगाना, बलराम शर्मा, राधाकृष्ण बराल उत्कृष्ट वाल बचतमा आरोही अधिकारी, शान्भी दाहाल,जेनिश तिवारी लाई सम्मान गरीएको थियो । यस बर्षका उत्कृष्ट कर्मचारीमा ईन्दिरा अधिकारी,सन्तोष बाँस्तोला,उमेश परियार लाई सम्मान गरिएको थियो ।

२०६८ सालमा स्थापना भएको सहकारीमा हाल सम्म १९५ शेयर सदस्य रहेका छन । संस्थाको शेयर पुंजी रु ३ करोड १० लाख २५ हजार बचत रु १० करोड ४५ लाख र ऋण लगानी ९ करोड ६४ लाख रहेको छ भने करिव ४० जना कर्मचारीलाई रोजगार दिएको छ ।

संस्थाले फोटो फ्रेम उद्योग तथा फोटोग्राफरहरुलाई आवश्यक पर्ने सबैखाले सेवा उपलब्ध गर्दै आएको छ । संस्थाले फोटोग्राफरहरुका लागी कलर ल्याव फोटो प्रिन्ट,फ्लेक्स प्रिन्ट मायाको चिनो, फोटो फ्रेमहरु,ब्यानर,फोटोग्राफी सामानहरु र बिभिन्न समयमा फोग्राफर हरुको शिप र दक्षता बृद्धिका लागी बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
पानसमा द्विप प्रज्वलन गरि समुद्धघाटन गरिएको कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन पूर्ण कुमारी थापा, सचिवको प्रतिवेदन विष्णुहरी अधिकारी, कोषाध्यक्षको प्रतिवेदन नविन ढुंगाना लेखासमितिको प्रतिवेदन विजय पहारी, अध्यक्षको प्रतिवेदन अध्यक्ष खडानन्द अधिकारीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शेयर सदस्यहरुवाट ईन्दिरा शर्मा, भोलानाथ सुवेदी शिक्षा समिति संयोजक घनश्याम पौडेल,सल्लाहकारहरुमा परशुराम शर्मा , रविनाथ दाहाल पूर्व अध्यक्ष शिवहरी अधिकारी, दुर्गा प्रसाद पौडेल ले आ आफ्नो भनाई राखेका थिए । सहकारीका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विनोदराज ढकाल र सञ्चालन सचिव विष्णुहरि अधिकारीले गरेका थिए ।

 

 

पोखरा, २९ मंसिर ।

पोखरा क्रिकेट मैदानमा जारी हिमालयन क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा प्रतिभा र हिमालयन बिजयी भएका छन ।

शनिवार सम्पन्न प्रतिभा र नबिनको बिचको पहिलो खेलमा नबिनले टस जितेर ब्याटि गर्दै २० ओभरमा ५ विकेटको नोक्सानीमा १३१ रन बनाउन सफल भयो । नबिनका ब्याटर साउददिन अनसारीले ५० बलमा ३६ रन बनाउन सफल भए त्यसैगरी ऋषि प्रजापतिले २० बलमा १८ रन बनाए । त्यसैगरी प्रतिभाका बलर रेबित शर्माले ४ ओभरमा २१ रन १ विकट तथा पुरन गुरुङले ४ ओभरमा ३४ रन १ विकेट लिन सफल भए । त्यसैगरी जवाफी ब्याटिङमा उत्रेको प्रतिभा सेकेण्डरीले १४.५ ओभरमा १ विकेटको नोक्सानीमा १३५ रन बनाउन सफल भए । प्रतिभाका ब्याटर साहबुद्धिन अनसारीले ४९ बलमा ७२ रन नट आउट रहन रहन सफल भए । त्यस्तै दीक्षान्त अर्यालले ३१ बलमा ३३ रन बनाउन सफल भए । यसैगरी नबिनका बलर सौरभ सिद्धिकीले ४ ओभरमा ५२ रन दिदै १ विकेट लिन सफल भए । उक्त खेलको म्यान अफदी म्याच प्रतिभाका साहबुद्धिन अनसारी घोषित भए ।

त्यस्तै हिमालय एकेडेमी र कुमुदिनी होम्सबीचको दोश्रो खेलमा कुमुदिनीले टस जितेर ब्याटिङ गर्दै १७.२ ओभर खेल्दै १० विकेटको नोक्सानीमा ५८ रन बनाउन सफल भयो । कुमुदिनीको इनिङमा सिद्धार्थ रावत २२ वलमा १७ रन र रविन्स पुनले १७ बलमा १३ रन बनाउन सफल भए । यसैगरी हिमालयका बलर आयुष पनेरुले ४ ओभरमा १ मेडेन राख्दै ८ रन दिदै ५ विकेट लिन सफल भए । यसैगरी हिमायलन सेकेण्डरीले १५.२ ओभर खेल्दै ३ विकेटको नोक्सानीमा ६२ रन बनायो ।

जसमा शिवम श्रेष्ठले ५६ बलमा २० रन र आयुष पनेरुले १५ बलमा १० रन बनाउन सफल भए । बलिङ तर्फ कुमुदिनी होम्सका सिद्धार्थ रावतले ३.२ ओभरमा १० रन दिएर २ विकेट लिन सफल भए । उक्त खेलको म्यान अफदी म्याच हिमालयनका आयुष पनेरु घोषित भए । प्रतियोगितामा पुष २ गते पहिलो खेल लभिन सेकेण्डरी स्कुल र टप्स सेकेण्डरी स्कुल र दोश्रो खेल डायमण्ड र ग्लोबल बीच हुनेछ ।

पोखरा, २९ मंसिर ।

मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा सोनाम ल्होसारको अवसरमा हरेक वर्ष मिस तामाङ पोखरा सञ्चालन हुँदै आएको छ । तामाङ समुदायका छोरी–चेलीलाई भाषा, संस्कार र संस्कृति सिकाउँदै उनीहरूको व्यक्तित्व, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम निरन्तर आयोजना गरिँदै आएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

मिस तामाङ पोखरा–२०२६ अन्तर्गत सञ्चालन गरिएको तालिम तथा ओरिएन्टेशन कार्यक्रमको उद्घाटन तामाङ भाषाविद् अजितमान तामाङले गरेका थिए । उद्घाटन समारोहमा उनले तामाङ भाषा, संस्कार र सांस्कृतिक पहिचान संरक्षणमा युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमका अवसरमा बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक चेतना र सामाजिक जिम्मेवारी विकास गर्ने अभियान भएको उल्लेख गरे । उनले भने तामाङ समुदायका छोरी–चेलीले आफ्नो भाषा, पहिचान र संस्कार बुझेर अघि बढून् भन्ने हाम्रो उद्देश्य हो । मिस तामाङ पोखरा समुदायको गौरव र भविष्य निर्माण गर्ने मञ्च हो ।

कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगिता मार्फत युवतीहरूमा आत्मविश्वास, नेतृत्व र सामाजिक चेतना विकास गराउने लक्ष्य रहेको बताए । उनका अनुसार मिस तामाङ पोखराले तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो मौलिकता चिन्न र समाजमा सक्षम रूपमा प्रस्तुत हुने अवसर प्रदान गर्दै आएको छ ।

तालिम संयोजक तथा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तालिमलाई केवल प्रतियोगिताको तयारीमा सीमित नराखी जीवन उपयोगी सीप, बोल्ने कला र सांस्कृतिक ज्ञानमा केन्द्रित गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु कसी, नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय उपाध्यक्ष, नेपाल तामाङ घेदुङका गण्डकी उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, डान्स कोरियोग्राफर राम लामा, कोरियोग्राफर जिता लामा लगायतले बोेलेका थिए । कार्यक्रमको सञ्चालन सुनिता लामाले गरेका थिए ।

मिस तामाङ पोखरामा १२ जना तामाङ समुदायका युवतीहरु सहभागी छन् । जसमा रोज स्याङदेन लामा, कविना घिसिङ तामाङ, सोनी पाख्रिन तामाङ, माया दुम्जन तामाङ, खुसी मोक्तान तामाङ, सुप्रिया गोले तामाङ, सलिना स्याङदेन तामाङ, सोममाया मोक्तान तामाङ, एन्जेल लामा, सुमित्रा तामाङ, खुसी लामा, प्रभा तामाङ रहेका छन् ।

प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन ।

आयोजकका अनुसार मिस तामाङ पोखरा–२०२६ अन्तर्गत विभिन्न चरणमा भाषा, संस्कृति, व्यक्तित्व विकास र नेतृत्वसम्बन्धी तालिम सञ्चालन गरिनेछ भने ग्रान्ड फिनाले सोनाम ल्होसारको अवसरमा यहि माघ ३ गते शनिबार हुनेछ ।

पोखरा, २९ मंसिर ।

अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो ।

त्यस्तै एक्स–आर्मी स्कुल कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गर्नु भयो । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी कक्षा ८ की एनी राना र वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीका कक्षा ९ का प्रिन्स रानाभाटले संयुक्त रूपमा शान्त्वना स्थान हासिल गर्नु भयो । प्रतियोगिताका प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय र शान्त्वना हुनेलाई जनही एक÷एक हजार साथमा प्रमाण—पत्र वितरण गरिएको थियो ।

बिजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार यादव चन्द्र भुर्तेल, सल्लाहकार केशवराज बराल, गोकुल सापकोटा, क्लवका महासचिव राकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिताको प्रमुख निर्णायकमा विशेश्वर पराजुली, निर्णायक होग्रेथ भुर्तेल र अनुसुया बराल रहनु भएको थियो । क्लबले प्रतियोगिता मार्फत विद्यार्थीहरूको सिर्जनशीलता र कलात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । कार्यक्रमको संचालन क्लवका सदस्य प्रकाश गुरुङले गर्नु भएको थियो ।

प्रतियोगितामा विभिन्न १३ बिद्यालयका करिब २० जना प्रतियोगिहरु सहभागि भएको क्लवले जनाएको छ । निर्णायक र बिद्यार्थीहरुले कोरेका चित्रहरु एक आपसमा साटसाट समेत गरिएको सचिव प्रवेन्द्र थापाले बताउनु भयो । उक्त प्रतियोगिताको लागि ग्रेस इन्टरनेश्नल प्रा.लि.ले नगद १० हजार सहयोग रुपैया सहयोग गर्दै आएको छ ।

पोखरा, २९ मंसिर ।

पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरि मिथिलावासीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ ।

पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा नेपालका पूर्वेली शहरहरुमा पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले प्रवर्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटनलाई चलयमान बनाउने र प्रत्यक्ष भेटघाटमार्फत गरिने निमन्त्रणाले पर्यटककाले विश्वास बढाउने बताउँनुभयो । यस्ता खाले निमन्त्रणात्मक कार्यक्रमले छुट्टाछुट्टै शहर बिच आपसी सद्भाव कायम गर्दै पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने संयोजक भट्टराईले बताउँनुभयो ।

पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतमले पुष १३ देखि १७ गते सम्म हुन लागेको पोखरा सडक महोत्सवका आकर्षणबारे जानकारी गराउनुभयो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको उहाँले जनाउनुभयो ।

गौतमका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेस गरिने छ । सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् । पत्रकार सम्मेलनमै पोखरा र पोखरा सडक महोत्सवको प्रवद्र्धनात्मक श्रव्यदृष्य सामग्री प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा शुभकामना मन्तव्य राख्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले अंग्रेजी नयाँ वर्षमा हुने पोखरा सडक महोत्सव अन्तर्राष्ट्रिय स्तरमै एउटा ब्राण्ड बनिसकेको बताउँदै पोखरा भ्रमणका लागि निमन्त्रणा दिनुभयो । त्यस्तै रेवानका पूर्व अध्यक्ष सुर्य भुजेलले पोखरा जस्तै जनकपुर पनि पर्यटनको निकै सम्भावनायुक्त ठाउँ रहेको हुँदा जनकपुरका सबै क्षेत्र मिलेर अगाडी बढ्न सुझाव दिनुभयो । यस पटकको महोत्सवमा मिथिला संस्कृती समेत समेटिएको बताउँदै महोत्सव अवलोकनका लागि पोखरा आउन अनुरोध गर्नुभयो ।

त्यसैगरि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन शाहले जनकपुरका पर्यटक पोखरा पठाउने र पोखराका पर्यटकलाई जनकपुरमा ल्याउनका लागि समन्वय गरि अगाडी बढ्नुपर्ने बताउँनुभयो । साथै समग्र पर्यटन विकासका लागि सबै क्षेत्रले साथ र सहयोग गर्नुपर्ने उहाँले जोड दिनुभयो । त्यस्तै मधेश प्रदेश नाटाका महासचिव सुदर्शन काफ्लेले पर्यटन विकासका लागि गण्डकी प्रदेश सरह मधेश प्रदेश पनि एक ढिक्का हुनु आवश्यक रहेको बताउँनुभयो । यता पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले धार्मिक पर्यटन मार्फत पोखरा र जनकपुरलाई जोड्नुपर्ने बताउँनुभयो ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने छ । त्यस्तै, पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवद्र्दन गरिने छ । रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

२० सदस्यीय उक्त भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका उपाध्यक्ष एवं २७ औं पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम, महासचिव बीरेन्द्र शेरचन, पुर्व अध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुन, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधब बराल रहेका छन् ।

त्यसैगरि टोलीमा पत्रकार बिनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष बीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका दामोदर भक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा नगरपालिका आर्थिक प्रशासन प्रमुख छवि शर्मा, व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, किरण रेग्मी, पोखरा उद्योग वाणिज्य संघका उपाघ्यक्ष दिनेस वाँस्तोला, ना गण्डकीका अध्यक्ष अनिल केसी रहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।