
पोखरा, ११ पुस ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेबान० पोखराले आयोजना गर्ने २७ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ को सबै तयारी पूरा भएको छ । पुस १३ देखि १७ गतेसम्म चल्ने महोत्सवको तयारी पूरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जनाकारी दिएको हो ।
पोखराको पर्यटन प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजार विस्तार, लेकसाइडको ब्राण्डिङ तथा आर्थिक गतिविधि बढाउने उद्देश्यले महोत्सव निरन्तर आयोजना गर्दै आएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो । उहाँका अनुसार कला, संस्कृति र खानाका माध्यमबाट पोखराको पहिचान मजबुत बनाउन महोत्सव प्रभावकारी माध्यमका रूपमा स्थापित भइसकेको छ । महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख भेषभूषा तथा सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगितालगायत विविध कार्यक्रम समावेश हुने महोत्सव संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव अवधिभर पर्यटनको विकास, अवसर र चुनौतिबारे अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
यसवर्षपनि युवा पुस्ताबीच लोकप्रीय रहेका चर्चित कलाकारहरुले सडक महोत्सवलाई सोभायमान बनाउनेछन । जसअन्र्तगत नेपथ्य एक्स रियुनियन स्पेशलमा गायक रविन श्रेष्ठ “आँगनैभरी”, “छेक्यो छेक्यो” र गौतम गुरुङ (जोमसोमै बजारमा”, “गण्डकीको तीरैमा”, लेकाली व्याण्डबाट भाइ गुरुङ (पहिलो नजर, कहाँबाट सुरु), नविन गुरुङ (यो मुटुमा, सपनीमा), देउराली व्याण्डका शान्तराज बज्राचार्य (ढूंगे साँघुको मेलैमा, लुकी चोरी), डिमार्च भास्करध्वज श्रेष्ठ (झ्याम झ्याम, तारा खस्यौली, कैलाशमा), केहर लिम्वु (झ्यालैमा, कता छौ मेरो फूल), स्वप्न स्वरुप(कसरी भनु तिमिलाई, जे छौ तिमि, उज्जन शाक्य (वेवी वेवी रे) कार्टन क्रु आश्मा विश्वकर्मा (वि गर्ल स्काई÷सरोज अधिकारी, टुकी र्यापर (कस्तो छ तिमिलाई, सम्झना), सन्तोष बस्याल (रेशम फिरिरी, ढाटयो मायाले) लगायत प्रस्तुति रहनेछन ।
त्यस्तै चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने (झील झील सितारा, ढुंगे धारामा, देउरालीमा धजा), जीवन दाहाल (पोखरामा घाम, जाम त भने), चोलेन्द्र पौडेल पानी मुनी मुनी लगायत सांस्कृतिक प्रस्तुतीको आन्नद लिन सकिनेछ ।
महोत्सवमा सह आयोजकको रुपमा प्रोटोन इमास सेभेन, राईड पार्टनरको रुपमा टिभिएस रोहिन, रेष्ट्रुरेन्ट पार्टनर सिटि स्क्वायर, एजुकेशन पार्टनर जी एण्ड के ईन्टरनेशनल एजुकेशन कन्सलटेन्ट, साउण्ड पार्टनर एस.के साउण्ड, प्रचार प्रसार संयोजक परिचय, हस्पिटल पार्टनर चरक अस्पताल तथा ईभेन्ट पार्टनर अल टेक नेपाल रहेका छन ।
पर्यटकीय सहरको सौन्दर्यता, पोखरा र आसपासका कला संस्कृति, फरकफरक खानाका स्वाद तथा नयाँ, पुराना चर्चित कलाकारहरुको साँस्कृतिक कार्यक्रम सहित पौष १३ देखि १७ सम्म पोखरा सहर गुल्जार हुने हुँदा उक्त अवसरको फाईदा उठाउन आन्तरिक तथा बाह्य पर्यटकलाई आयोजकले आग्रह गरेको छ ।
मुख्य इभेन्ट भोलि
पोखरा, ११ पुुस ।
साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ सुरु भएको छ । शुक्रबादेखी सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिमेडिकल, सम्झौता हस्ताक्षर, प्राविधिक जानकारी तथा फेसअफको कार्यक्रम भएको थियो ।
मुवाथाई सँगै एमएमए (मिक्स मार्सल आट्र्स) समेत आयोजना हुने छ । प्रतियोगिताको मुख्य इभेन्ट भोलि हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणमा केज फाइट जोडिएको छ । प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता रहेको छ । भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १ र बाकी फाइटर नेपाली रहेका छन् ।
शनिबार २३ फाइट हुनेछन् । जसमा मुख्य इभेन्ट गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगर र भारतकी सरिता राठोर बिच हुनेछ । मुख्य इभेन्टको विजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यो बाहेक नकआउट गराएमा थप ३० हजार रुपैयाँ बोनस खेलाडीले प्राप्त गर्नेछ । यस्तै अन्य फाइटमा नकआउट गरेमा १० हजार रुपैयाँ वोनस खेलाडीले पाउनेछ ।
आफु फाइटलाई लिएर निकै खुसी रहेको सुस्मिताले बताएकी छन् । उनले यस अघि भारतमा समेत पुगेर फाइट खेलेको अनुभव भएकाले भोलिको मुख्य इभेन्ट निकै प्रतिस्पर्धात्मक हुने बताइन् । उनको प्रतिद्धन्द्धी सरिता राठोरले आफु पोखरामा फाइट खेल्न पाउँदा निकै खुसी भएको सुनाउँदै सुस्मिताको फाइट आफुले देखेको कारण टक्कर दिने बताइन ।
यस्तै प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकलाई थप आकर्षकको रुपमा केज फाइट हुने जानकारी दिए ।
मुआथाईमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराएको उनले बताए । ‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हो । हामीले यसमा प्रवेश निशुल्क गरेका छौं ।’ पोखरामा मुआथाई, एमएमए चिनाउनका लागि निशुल्क गरिएको उनले सुनाए । प्रतियोगिता भोलि १ बजेबाट बाराहिघाटस्थित खुल्ला चौरमा हुनेछ ।
पोखरा, ११ पुस ।
लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हिसाबले सफलतातर्फ उन्मुख हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमानता महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्।
२०६१ सालमा ‘सुन्तला महोत्सव’का रूपमा सुरु भएको लेखनाथ महोत्सव आज कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित भएको छ। स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रवद्र्धन र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।
पोखरा, ११ पुस ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो ।
द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र ८ काश्य गरेर कुल १४ पदक हात पारेको छ ।
समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए। प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको थियो ।
कबड्डीतर्फ छात्रामा रामेश्वरी माविलाई स्वर्ण, शहीद स्मृति आवासीय माविलाई रजत र प्रतिभा मावि तथा कालिका माविलाई काश्य पदक हात पर्यो । छात्रतर्फ कालिका माविलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गौरी शङ्कर मावि तथा भवानी कालिका माविलाई काश्य पदक प्राप्त भयो । कबड्डीमा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुने दुवै टिमले १२ हजार–१२ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे ।
भलिबल छात्रा तर्फ शान्ता माविलाई स्वर्ण, कालिका माविलाई रजत र टप्स बोडिङ स्कुललाई काश्य पदक प्राप्त भयो । छात्र तर्फ पोखरा युनाइटेड एकेडेमीलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गुरुकुल विद्यासदनलाई काश्य पदक हात पर्यो । भलिबलमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र प्राप्त गरे ।
एथलेक्टिस छात्रतर्फ कालिका मावि प्रथम भयो, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वड एकेडेमी तृतीय भए । छात्रा तर्फ छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए । एथलेटिक्स तर्फ ८४ विद्यालयका ६ सय ६५ छात्र छात्रा सहभागी भएका थिए ।
कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेको उनले जनाए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको उनले खुलाए ।
मार्चपास तर्फ रत्न ज्योति मावि प्रथम भयो । कान्तिपुर एकेडेमी द्वितीय, हार्वड स्कुल तृतीय र युनिभर्स बोडिङ स्कुल सान्त्वना भए । मार्च पासमा ४० विद्यालयले सहभागिता जनाएका थिए । मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रकाशकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए । मेयर आचार्यको प्रमुख आतिथ्यतामा भएको समापन समारोहको अध्यक्षता समितिका अध्यक्ष गोदार सञ्चालन सदस्य सचिव सुरज अधिकारीले गरेका थिए ।
—
पोखरा,११ पुस ।
घाचोक– माछापुच्छ«े पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ ।
माछापुच्छ«े गाउँपालिका–६ अस्ताममा आयोजित साधारणसभामा संस्थाले गरेका गतिविधिहरुको समिक्षा तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । साधारणसभाको समाजका पूर्वसल्लाहकार एवं ज्येष्ठ सदस्य शिवराम लम्सालले गर्नुभयो ।
माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध रही स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको साझा संस्थाका रुपमा एक वर्षअघि समाज गठन गरिएको थियो ।
कार्यक्रममा माछापुच्छ«े–१ का संस्थापक वडाध्यक्ष विरेन्द्र गुरुङले समाजले स्थापनाको छोटो समयमा गरेका कार्यहरु प्रशंसनीय रहेको बताउनुभयो ।
माछापुच्छ«े–३ का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्सालले रेशम नेपालीको उपचार सहयोग संकलन अभियानमा समाजले नेतृत्वदायी भूमिका खेल्दै ठूलो धनराशी जुटाउने मद्धत गरेको बताउनुभयो । समाजका अध्यक्ष तोयनाथ वैरागी लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै संस्थाको उद्धेश्य अनुसार सृजनशील काम गरेको बताउनुभयो । उहाँले समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेको बताउनुभयो ।
अध्यक्ष लम्सालले भन्नुभयो,“ समाजले बेलाबेलामा रचनात्मक र सामाजिक कार्य गर्दै आइरहेको छ । हामी आगामी दिनमा समाजलाई थप गतिशिल ढंगले अगाडि बढाउनु आवश्यक छ । घाचोक र माछापुच्छ«ेका विकासमा कसरी योगदान गर्न सकिन्छ भनेर लागिपर्ने छौँ ।” उहाँले जन्मभूमिको विकासका सन्दर्भमा बृहत् अन्तरक्रिया तथा स्वास्थ्य शिविर आयोजनाको कार्यक्रम अघि सार्नुभयो ।
समाजका सल्लाहकार संयोजक मीनप्रसाद लम्सालले समाजका गतिविधिलाई थप सिर्जनशील र सक्रिय बनाउन सुझाव दिनुभयो । सृजना बहुउद्धेश्शीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विशेश्वर लम्सालले घाचोक तथा पोखरा जहाँरहेपनि गाउँ समाजको विकासमा सबैले सोच्न र ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले सबैले अपनत्व र गर्व गर्ने संस्थाका रुपमा समाजलाई अघि बढाइने बताउनुभयो । सचिव जगत गुरुङले घाचोक÷माछापुच्छ«े र पोखराकाबीचमा पुलको काम गर्दै घाचोकवासीको उन्नतिका लागि काम गर्ने योजना सुनाउनुभयो ।
सहसचिव भानुभक्त पोखरेलले समाजका सदस्यहरुको पारिवारिक विवरण सहितको प्रोफाइल प्रकाशन गर्न लागिएको बताउनुभयो । समाजका कोषाध्यक्ष सरिता आचार्य लम्सालले गत आवको आयव्यव प्रस्तुत गर्दै समाजलाई आर्थिक रुपमा मजवुत बनाउने गरी कार्यक्रम ल्याइने जानकारी दिनुभयो । साधारणसभाले सचिव जगत गुरुङको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष सरिता लम्सालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन छलफल सहित पारित गरेको छ ।
साधारणसभामा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, माछापुच्छ«े–३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल, वडा नं ५ का वडाध्यक्ष नारायण पौडेल, वडा नं ६ का वडाध्यक्ष टेकनाथ गौतम लगायतको उपस्थिति रहेको थियो ।
पोखरा, ११ पुस ।
पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाईने भएको छ । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रममा कार्टुन क्रुजकी आस्माले प्रस्तुती दिने भएकी हुन् । आस्माले प्रस्तुती राख्नेबारेमा सम्झौता भइसकेको सांगीतिक उत्सवको संयोजन गरिरहेका अल टेक नेपालका संयोजक शेरबहादुर गुरुङले जानकारी दिए । आस्माले अहिलेको भाइरल हिन्दी गीतहरु छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुत गर्नेछिन् ।
पुस १६ गते बेलुकाको न्यू ईयर ईभ स्पेसल कार्यक्रममा आस्मासँगै एक्स नेपथ्य, उज्जन शाक्य, डि–मर्चा, लेकाली, देउरालीलगायतका व्याण्डहरुको लाइभ प्रस्तुती रहनेछ । सो दिन न्यू ईयर ईभमा एक्स नेपथ्य नेपालमा तीन दशकपछि गुञ्जिनेछ । एक्स नेपथ्यका गायक रविन श्रेष्ठ र गौतम गुरुङले लाईभ व्याण्ड प्रस्तुती दिने गुरुङले बताए । जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु प्रस्तुत गर्दैछन् । त्यस्तै, गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित प्रस्तुत गर्नेछन् ।
त्यस्तै, सो दिन न्यू ईयर ईभमा भाइरल गायक उज्जन श्रेष्ठको व्याण्डले लाईभ प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक गुरुङले जानकारी दिए । उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने बताए ।
पोखरा कोमागाने पार्कमा हुने कार्यक्रम अन्तर्ग पुस १५ गते साँझ चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । सो साँझ स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् ।
सो दिन चक्र व्याण्ड पनि ब्लाष्ट हुनेछ । सो दिन दिउँसो भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।
त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।
पोखरा, ११ पुस ।
पोखरामा २२ औं संस्करणकको माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहका बीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै केसीले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि पनि अनुकरणिय रहेको बताउनुभयो । पोखरेलीहरुको एकता र साझा प्रयासबाट पोखरा रंगशालाभित्र भौतिक विकासमा महत्पूर्ण सफलता पाएको उहाँले जनाउनुभयो । साथै प्रतियोगिताको निरन्तरताका लागि आगामी वर्षहरुमा पनि बैंकले साथ दिने प्रतिवद्धता जनाउनुभयो ।
उद्घाटन समारोहमा आयोजक संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिता संयोजक नविन चालिसेले प्रतियोगिताका बारेमा प्रकास पार्नुभएको थियो । महासचिव भिष्मराज पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीदाताहरुप्रति आभार व्यक्त गर्नुभयो ।
यसैबिच प्रतियोगिताको उद्घाटन दिन मेन्स सिंगलतर्फ करन बहादुर थापाले शास्वत बज्राचार्यलाई, सन्दिप विकले प्रफुल्ल श्रेष्ठलाई, जेयुन किमले पेमा नोर्बुलाई, प्रितम परियारले उमिद शेर्पालाई, सुरेन्द्र विकले अन्जोअ थिङलाई, बिवेक मगरले देव आशिषलाई पराजित गरे । त्यसैगरि आशव सम्राट हाडाले सुमन थारुलाई, दर्शिल श्रेष्ठले निश्चल कायस्थलाई, उगेन शेर्पाले मनोज महर्जनलाई, प्रकाश गुरुङले सुमन त्रिपाठीलाई, सोमज श्रेष्ठले पासाङ शेर्पालाई पराजित गरे ।
४५ वर्ष माथिएको मेन्स सिंगलमा शरण गुरुङले बलराम सापकोटालाई, निरज थापाले नारायण पहारीलाई, भिष्मराज पौडेलले सुनिल श्रेष्ठलाई, सेजार गुरुङले विकास गुरुङलाई पराजित गरे । ४५ वर्ष माथिको डबल्समा गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीले केवी तामाङ र विरेन लामाको जोडीलाई पराजित गरे ।
५५ वर्ष माथिको एकलमा जितेन्द्र प्रधानले हेमचन्द्र गुरुङलाई, करिमुल्ला मुस्लिमले नवाङ लामालाई, जितेन्द्र खड्काले सुरेन्द्र माकाजुलाई पराजित गरे । ५५ वर्ष माथिकै डबल्सतर्फ अनु जोन र मनु त्रिपाठीको जोडीले प्रकास बस्नेत र मनोज नेपालको जोडीलाई तथा देव क्षेत्री र हिमाल शाहको जोडीले यज्ञबहादुर भण्डारी र अमृत गुरुङको जोडीमाथि जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
पोखरा, ११ पुस ।
हेम्जा आवासीय विद्यालय पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइन्ड टेक पोखराको सहकार्यमा भएको उक्त कार्यक्रममा विद्यालयका कक्षा नसर्री देखि कक्षा १० सम्मका अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण भक्तराज रसाईलीले गरेका थिए ।
विद्यार्थीहरुको पठन पाठन, दैनिकी क्रियाकलाप लगायत शैक्षिक, नैतिक, व्यवहारिक तथा मानसिक विकासलाई अझ प्रभावकारी बनाउन तथा अभिभावक र विद्यालय बिचतको सहकार्य सुदृढ बनाउने उद्देश्यले अभिभावक अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल केशब शरण पौडेलले जानकारी दिए । ‘विद्यार्थीको क्षमता अभिवृद्धि गर्न अभिभावक, शिक्षक विद्यालयले गर्नु पर्ने दायित्वबोधका विषयमा केन्द्रित रहेर यो कार्यक्रम आयोजना गरिएको हो’ संस्थापक प्रिन्सिपल पौडेलले भने, ‘पक्कै पनि यो कार्यक्रममा बाट केहि न केहि उपलब्धि हासिल गर्न सकिन्छ भन्नेमा विद्यालय परिवार आशावादी छ ।’अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरुमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी रहेको विद्यालयले विश्वास लिएको छ ।
विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यावहारको सुरुवात, जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने अभिभावकले बताएका थिए । कार्यक्रम मार्फत आफू सिकेर बच्चालाई सिकाउन सकिने भएकाले यो कार्यक्रम सिक्ने र व्यवहारमा उतार्न सहज हुने बताए । विद्यालयले गरेको यो अभिमुखिकरण कार्यक्रम मार्फत केही ज्ञान लिन पाएकोमा अभिभावक उत्साहित भएका थिए ।
समाजमा बढ्दै गएको अराजक, खराब बानी व्यावहारको अन्त्य गरेर असल व्यक्ति निर्माणमा यस कार्यक्रमले थप हौसला दिने अभिभावकले बताएका छन् । विद्यालयले समय समयमा शैक्षिक गुणस्त वृद्धिका लागि थुप्रै कार्यक्रम गर्दै आएको छ । विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवार बनाउने यस कार्यक्रमले थप टेवा पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा सहजिकरण गर्दै भक्तराज रासाईलीले शिक्षा र संस्कारले विद्यार्थीलाई हरेक क्षेत्रमा पूर्ण बनाउने बताए । ‘असल संगत, सकारात्मक बातवरण तथा विद्यालय र अभिभावक बिच सहकार्य गर्न सकेमा विद्यार्थीलाई असल बनाउन सकिन्छ’ उनले भने, ‘यी बातवरण सिर्जनका गर्ने काम विद्यालय शिक्षक र अभिभावकले गर्नुपर्दछ ।’ कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा भएको थियो ।
पोखरा, ११ पुस ।
अन्नपूर्ण आमा समुह पोखरा महानगर पालिका वडा नं– ६ बैदामको अध्यक्षमा गोमा पगेनी चयन भएकी छन । संस्थाको विहीबार सम्पन्न १४औ अधिवेशन तथा २७औं साधारणसभाले पगेनीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको सल्लाहकार तथा निर्वाचन मण्डलका संयोजक नेत्रलाल भण्डारीले जानकारी दिए । संस्थाको प्रथम उपाध्यक्षमा चन्द्रकला घिमिरे पहारी चयन भएकी छन् ।
यस्तै द्वितीय उपाध्यक्ष गोमा भण्डारी, सचिवमा ऋषिमाया पहारी, कोषाध्यक्षमा उर्मिला ढकाल, स–सचिबमा कमला अधिकारी, कोषाध्यक्षमा गौमाता कुवँर चुनिएकी छन् । यस्तै सदस्यहरूमा भुमि जि.सी, तारा रेग्मी, पार्वती न्यौपाने, सिता ढकाल, सिता पौडेल, जानका पौडेल, निरा पौडेल, रमा शिवभक्ति, मिठु गिरी, मगली भुजेल, गायत्री भुजेल भट्टराइ, यसोदा लामिछाने, विमला कार्की कुवँर र शान्ति पौडेल चयन भएका छन् ।
निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचन अघि भएको संस्थाको अधिवेशनमा उद्घाटन गर्दै प्रमुख अतिथि एवम् पोखरा महानगर पालिका वडा नं – ६ वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले वडा नं– ६ मा रहेका आमा समुह मध्य अन्नपूर्ण आमा समुह अरु भन्दा पृथक रहेको बताए । संस्थाले समाजमा रहेका विकृति विसंगतिलाई न्यूनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला व्यवस्थापनमा समेत उल्लेख्य योगदान रहेको बताए । सामाजिक क्षेत्रमा भएका विकृति र विसंगतिका बारेमा न्यूनिकरण गर्ने कुरामा समुहको योगदान महत्वपूर्ण रहने छ ।
पोखरा महानगर पालिका वडा न ६का वडा सदस्य दिपेन्द्र पहारीले संस्थाले समाजमा रहेको विकृति विसङ्गति सहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन सुझाब दिए । समाज भइरहेको महिला हिंसाका विरुद्ध पनि आवाज उठाउन्नँ पर्ने बताए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष ढाकुर बरालले महिलाहरूलाई संविधानले दिएको अधिकारको बारेमा समाजमा रहेका महिला दिदीबहिनीहरूलाई ज्ञान हुन आवश्यक रहेको सुनाए । अव्यवस्थित पार्किङ र ध्वनि प्रदुषण लाई न्यूनिकरण गर्ने तर्फ स्थानीय सरकारलाई सुझाए ।
पर्यटन व्यवसायी तथा सल्लाहकार भिमसेन भुजेलले फेवा तालको मापदण्डको नाममा राज्यले पर्यटन व्यवसायीलाई आतङ्कित पारेको बताए । महिला सञ्जाल बैदामकी अध्यक्ष बविता मल्लले महिला दिदीबहिनीहरु लाई आर्थिक उपार्जन सग जोडिन आग्रह गदर्,ै उद्यमसिल बन्न जोड दिइन । अध्यक्ष रेनु लामिछाने आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्गु रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सगै घरदैलो गरेको सुनाइन । अगामि दिनहरुमा पनि सदस्यहरुका आर्थिक स्तर सुर्धान गर्ने कार्यक्रम हरु ल्याउनु पर्ने बताइन ।
नवनिर्वाचित अध्यक्ष गोमा पगेनीले अग्रजहरुको सुझावलाई मध्यनजर गर्दै स्थानीय निकाए सगँ समन्वय गरेर सिप मुलक तालिमहरुको आयोजना आउँदा दिनहरुमा गर्ने प्रतिबद्धता ब्यक्त गरीन । सल्लाहकार तथा तथा पूर्व अध्यक्ष मिना ढकालले आमाहरुको विचार भावनाहरु आदान प्रदान गर्ने शसक्त माध्यम बन्दै, अग्रजहरुको राय सुझाब अनुसार अगाडि बढनु पर्ने सुझाब दिए ।
अध्यक्ष रेनु लामिछानेको सभाअध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष गोमा पगेनी ले स्वागत मनतब्य राखेको कार्यक्रममा सचिब गोमा भण्डारी, ओटेपकी अध्यक्ष ममता न्यौपाने, टेवानका उपाध्यक्ष अनिता खडका, सल्लाहकार होमनाथ पहारी, सल्लाहकार लोकराज पहारी, सल्लाहकार तथा फेवा ढुङ्घा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरी र सल्लाहकार मित्रलाल पहारी लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाब दिएका थिए ।
कार्यक्रममा सचिब गोमा भन्डारी प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष पहारीले ऋीषीमाया पहारीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो । संस्थालाई सहयोग गरेका सहगोग दातालाई सम्मान गरिएको थियो ।





