पोखरा, २१ पुस ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि दिइएको तीन दिने चरा पहिचान तालिम आइतबार सम्पन्न भएको छ ।
पदयात्रामा जाने पर्यटकलाई चराहरू बारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ गण्डकी प्रदेशमा पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुुभयो ।
तालिमका सहभागीलाई नेपाल पंछीविद् संघका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का प्रमुख रविन कडरिया, काठमाडौं इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट(किप)का कार्यकारी सदस्य गोपि श्रेष्ठका साथै पंछीविद्हरूले चरा अवलोकनका विभिन्न पक्षबारे सैद्धान्तिक र स्थलगत रुपमा नै पुगी प्रयोगात्मक तालिम दिनुुभएको थियो ।
तालिमको समापन समारोहमा तालिमका सहभागीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, समाजका सल्लाहकार जीवनराज सापकोटा लगायतले सहभागिताको प्रमाणपत्र प्रदान गर्नुुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले पर्यटनका विभिन्न विधा मध्ये चरा पर्यटन पनि महत्वपूर्ण पक्ष भएको बताउनुुभयो । तालिमका उपलब्धिलाई व्यहारमा उतार्न उहाँले आग्रह गर्नुुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले कतिपय पर्यटक केवल चरा मात्रै हेर्न आउने बताउँदै त्यस्ता पर्यटकका लागि यस सम्बन्धमा विज्ञता हासिल गर्नु जरुरी रहेको बताउनुुभयो ।
नेपाल पंछीवद् समाजका अध्यक्ष हठनराम महतोले चरा पर्यटनमा काम गर्न चाहनेले त्यस सम्बन्धी विज्ञता हासिल गर्न प्रविधिको प्रयोगका साथै यसतर्फको गहिरो लगाव हुनु जरुरी भएको बताउनुुभयो ।
समाजका सल्लाहकार जीवनराज सापकोटाले पथप्रदर्शकलाई क्षमताबान बनाउनका लागि तालिम उपयोगी बनेको विश्वास व्यक्त गर्नुुभयो ।
समाजका अध्यक्ष मनशान्त घिमिरेको सभापतित्व एवम् कार्यक्रम संयोजक कृपाकुमार गुरुङले सञ्चालन गर्नुभएको प्रशिक्षकद्वय कुसुमकुमारी थापा र दीपेन्द्र चपाइँले तालिमका क्रममा प्राप्त सिकाई एवम् अनुुभव बारे जानकारी गराउनुुभयो ।
कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजन एवम् पोखरा पंछी समाजको प्रकाशनमा तयार गरिएको मिलेनियम पदमार्गमा पाइने चराहरू शीर्षकको सचित्र पुस्तकको लोकार्पण समेत गरिएको थियो ।
पोखरा, २१ पुस ।
पोखरा जेसिज वर्ष २६ को पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। पेाखरा जेसीज बर्ष २०२६ का लागि निर्वाचित तथा मनेानित पदाधिकारीको पदस्थापना सँगै जेसिज बर्ष २०२६ का निर्वाचित अध्यक्ष जेसी सुमन पहारी लाई बर्ष २०२५ का अध्यक्ष भाईराज राना मगरले सपथ ग्रहण संगै पिन तथा चेन हस्तान्तरण गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिस वर्ष २६ का अध्यक्ष सेनेटर जीवन कार्की रहेका थिए।
कार्यक्रममा जेसिस आस्थापाठ जेसी पवित्रा अधिकारी सर्जीले राखेकी थिइन्। भने स्वागत मन्तव्य जेसि सरोज पौडेलले राखेका थिए ।

त्यसैगरी कार्यक्रममा अतिथि नेपाल काङ्ग्रेस कास्की जिल्ला सभापति किशेरदत्त बराल, नेकपा एमालेका अध्यक्ष बैन बहादुर क्षेत्री, चेम्बर अफ कमर्स पेाखराका अध्यक्ष उमराज बास्तोला, उधोग बाणिज्य संघ पेाखराका महासचिव शेाभा गैातम, नेपाल जेसिज बर्ष २०२६ का पेाखरा जेसिजका लागि निरूपिप उपाध्यक्ष आरोग्य श्रेष्ठ, निरूपित कार्यकारिणी उपाध्यक्ष स्वपना पैाडेल भण्डारी मादी गाउँपालिकाका अध्यक्ष देवि जंग गुरूङ नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यलय प्रमुख बरिस्ठ निर्देशक मनिराज लामिछाने लगायत स्थानीय जनप्रतिनिधि विभिन्न संघ सस्था का प्रतिनिधिहरूको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रम सब्य भब्य रूपमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन पेाखरा जेसिज बर्ष २०२६ का महासचिव सञ्जय पैाडेलले गरेका थिए ।
पोखरा, २१ पुस ।
परोपकारी संस्था हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । जसमा गण्डकी प्रदेशका जिल्लामा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, झोला लगायतका शैक्षिक सामाग्री सहयोग गरिरहेको छ ।
संस्थाले पुस महिनामा मात्र तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ जिल्लाका भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, स्कूल ब्याग, कपी लगायतका शैक्षिक तथा खेलकुद सामग्रीहरू सहयोग गरेको हो । यस वर्षभित्र गण्डकीका सबै जिल्लामा सहयोगका कार्यक्रम सञ्चालन गरिने हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिए ।
स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपालले विपद् तथा मानवीय संकटका बेला पनि सेवा र सहयोग प्रदान गर्दै आएको हेड्स नेपालका संस्थापक प्रताप राज वन्तले बताए ।
वन्तका अनुसार वि.सं. २०५० सालमा स्थापना भएको संस्थामा देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको उनले जानकारी दिए ।
स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा विकासको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्याउने लक्ष्यसहित संस्था ३३ वर्षदेखि निरन्तर क्रियाशील रहेको हेड्स नेपालले जनाएको छ।