काउन्सिल फर जेन–जीका संयाजक सुदन गुरुङले पनि आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
गुरुङले आज सामाजिक सञ्जालमार्फत आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै गोरखा क्षेत्र नम्बर १ बाट आगामी निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
चुनाव लड्नका लागि सवैतिरबाट दबाव आएको भन्दै उनले नाइँ भन्दाभन्दै चुनाव लड्ने निर्णय गेको बताएका छन् । अब सदनमै जाने निर्णय गरेको पनि गुरुङको भनाइ छ ।
काठमाण्डौँ, २५ पुस ।
सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । माजिक सञ्जाल फेसबुकमा लेख्दै तामाङले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
आफूले पछिल्लो केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्नेबारे गम्भीर छलफल र आत्ममन्थन गरेको उल्लेख गर्दै तामाङले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषण गर्दछु ।’
जेन जेड पुस्ताका युवाले उठाएका आवाज, मुद्दा र परिवर्तनको चाहनालाई सडकदेखि सदनमा सशक्त रुपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको उनको भनाइ छ ।
‘यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित छ । म विश्वास दिलाउन चाहन्छु कि युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु,’ उनले भनिन् ।
युवा पुस्ताको भावनाको कदर, सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा, भ्रष्टाचारविरुद्धको निरन्तर लडाइँ आफ्नो अठोट भएको उनको भनाइ छ ।
चलचित्र क्षेत्रबाट उदाएकी तामाङ पछिल्लो केही वर्षदेखि सामाजिक कार्यमा सक्रिय छिन् । फाउण्डेशन नै खोलेर सामाजिक गतिविधिमा लागेकी तामाङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीद र घाइतेलाई दाताहरूमार्फत सहायता गरेकी थिइन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकताअघि तामाङलाई बोलाएर सामानुपातिकमा प्रस्ताव गरेका थिए । तर, तामाङले आफू प्रत्यक्षबाटै उम्मेदवार बन्ने बताएकी थिइन् ।
सक्रिय राजनीतिमा आउनेबारे सामाजिक सञ्जालमा राखेको मत सर्वेक्षणमा ९२ प्रतिशत बढीले आफूलाई प्रत्यक्षबाटै निर्वाचन लड्न सुझाएको तामाङको भनाइ थियो ।
काठमाडौं, २५ पुस ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको उपस्थिति रहेको थियो । छलफलमा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
२०८२ भदौमा जेन–जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हाल्नुभएकी प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको छ । उहाँले निर्वाचन आयोगलाई निर्वाचन तयारी तिब्र पार्न आग्रह गर्दै सबै पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल पनि गर्नुभएको छ ।
पोखरा, २५ पुस ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्याँलयलाई लक्ष्मी सनराईज बैकको अमरसिंचोक शाखाद्धारा एक थान युरोगार्ड उपलव्ध गराएको छ । वैकले सामाजिक उत्तरदायित्वमार्पmत विद्यार्थीलाई सोच्छ खानेपानीको सुविधा पु¥याउने लक्ष्यका साथ विद्युतीय युरोगार्ड सहयोग गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई बैकका शाखा प्रमुख दिपक कडेलले २२ हजार मुल्य बरावरको युरोगार्ड हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वैकका माधव प्रसाद दवाडी,वलराम पौडेल र सुस्मीता ढकाल सहभागिता रहेको थियो ।
सो अवसरमा शाखा प्रमुख कडेलले कक्षा ९ र १० का विद्यार्थीलाई वित्तीय साक्षरता सम्वन्धी प्रशिक्षण प्रदान गर्दै आम्दानी अनुसारको खर्च व्यवस्थापन गर्न सके भविष्य सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक अर्जुन कडेलले स्वागत र शिक्षिका चन्द्रा तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।
पोखरा, २५ पुुस ।
पोखरा महानगरपालिका वडा नं. ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख आचार्यले सीमित सरकारी सहयोग र अभिभावकको साथ सहयोगमा विद्यालय व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय निरन्तर प्रयासरत रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा विद्यालय अझ उत्कृष्ट बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले विद्यालय शिक्षा निःशुल्क तथा अनिवार्य भनेपनि व्यवहारिक रूपमा पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले गोगन माध्यमिक विद्यालयका लागि महानगरपालिकाबाट तीन स्थायी दरबन्दी (प्रावि दुई, मावि एक) तथा एक जना स्टाफ नर्सको व्यवस्था गरिएको जानकारी दिनुभयो । साथै विद्यालय व्यवस्थापनका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।
विद्यार्थी जीवनमा अनुशासन सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले पढाइसँगै रुचि र क्षमताअनुसार शिक्षण सिकाइ प्रक्रिया अघि बढाउन शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
पोखरामा पूर्वाधार विकासका विभिन्न ठूला परियोजनाहरू अघि बढिरहेको उल्लेख गर्दै महानगर प्रमुख आचार्यले सातमुहानेदेखि फेदीसम्मको सडक निर्माण तथा पोखरा–३२ लामेआहालमा प्रस्तावित क्षेत्रीय बसपार्क एडिबीको सहयोगमा तीन वर्षभित्र निर्माण हुने पक्का भइसकेको जानकारी दिनुभयो । ती परियोजना सम्पन्न भएपछि महानगरवासीले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिने उहाँको भनाइ थियो ।
पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीको सभापतित्व एवम् शिक्षकद्वय गीता थापा र विनोद भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक चन्द्रा थापाले गर्नुुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद वरालले वार्षिक प्रगति प्रतिवेदन, भावी कार्ययोजना तथा आय–व्यय विवरण प्रस्तुत गर्नुभयो भने त्रिभुवन शान्ति मा.विका व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मी, गोगन मा.वि.भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष किसान परियार, विद्यार्थीद्वय रिदीमा सापकोटा र दिप्ती थापालगायतले बोल्नुुभएको थियो ।
उक्त अवसरमा निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल सहित निवर्तमान सदस्यहरू, निवर्तमान प्रधानाध्यापक मोहनराज बराल, वि.सं. २०२६ देखि २०५० सालसम्म कार्यरत भूतपूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा सदस्य, शिक्षक र कर्मचारीहरूलाई महानगरप्रमुख आचार्यले सम्मान गर्नुुभएको थियो । उक्त अवसरमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
पोखरा, २५ पुस ।
गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारीस भइ प्रदेश तथा स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरुको तेस्रो पटक सेवा प्रवेश तालिम शुक्रबार सम्पन्न भएको छ ्र गण्डकी प्रदेश प्रशिक्षण प्रतिषठानको आयोजना पुस २१ गते बाट संचालित सेवा प्रवेश तालीमको समापन समारोह प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेंद्रबाबू तिवारीको अध्यक्षता एव प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशकी सदस्य माननीय कल्पना लम्साल आथित्यतामा राष्ट्रीय परीक्षा बोर्डको सभाहलमा सम्पन्न भएको हो ।
समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख आतिथि लम्सालले प्रदेश लोक सेवा आयोगले सौद्धान्तिक र केही व्यवहारिक ज्ञानको परिक्षण गरेर हजुरहरुलाई हजारौ प्रतस्प्रर्धीहरुबाट छनोट गरेको हुन्छ भने न्एत्ब् जस्ता तालिम प्रदायक प्रतिष्ठानले हजुरहरुको सिप, व्यवहारिक ज्ञान र क्षमतालाई विकास गरि जनता संग प्रत्यक्ष जोडिने सेवा प्रवालाई सहज बनाउने, सेवा प्रवाहमा कुशलता एव पारदर्शिता कायम गर्न यो तालीम सहयोगी बन्ने कुरा बताउनुभयो ।
प्रतिष्ठानका उपसचिव नारायण प्रसाद पौडेलले स्वागत एव कार्यक्रमको समिक्षा प्रस्तुत गर्नुभएको समापन समारोहको संचालन प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले गरेका थिए । प्रशिक्षण व्यावहारिक र अभ्यासमुलक रुपमा भएकोले दैनिक जीवनमा आईपर्ने समस्याहरुलाई सहज रुपमा समाधान गर्न यस्ता प्रशिक्षण तालिमले महत्वपुर्ण भुमिका खेल्ने सहभागीको तर्फबाट सुमन पौडेल र रविना कुलुङले आफ्ना अनुभव राखेका थिए ।
कुल ४७ जना सहायकस्तर चौथो र पाचौ तहका प्रशासनरप्राविधिक तर्फका कर्मचारी सहभागी भई पाँच दिन सम्म संचालित सेवा प्रवेश तालिम सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाको हल र रास्ट्रिय परीक्षा बोर्डको हलमा संचालन भएको थियो । स्थानीय तहका कर्मचारीको लागी दैनिक काममा सहजता ल्याउने गरी व्यवहारीक कक्षा संचालन गर्नुका साथै स्थानीय तहको काम कर्तव्य अधिकार ,खरीद प्रक्रीया ,बजेट निर्माण एव व्यवस्थापन ,विकास योजना ,भवन निर्माण मापदण्ड ,योजना कार्यान्वयन अनुगमन मुल्यांकन ,जिन्सी व्यवस्थापन, स्थानीय तहको राज्यस्व अधिकार र परिचालन, उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, समाजिक सुरक्षा र पञ्जीकरण, अभिलेख व्यवस्थापन, समस्या केन्द्रित अभ्यास र प्रस्तुतीकरण जस्ता विषयवस्तुमा सहजीकरण गर्नुका साथै प्रशासनरप्राविधिक तर्फका नब प्रवेशी सहायकस्तर कर्मचारीहरु प्रशासनिक ज्ञान संगै प्राविधिक ज्ञान पनि हुनु जरुरी भएकोले प्रविधिक विषयवस्तुलाई समेत ध्यानमा राखि अभ्यासको मार्फत प्रशिक्षण गरिएको तालिमका संयोजक तथा व्यवस्थापन एवम प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर पौडेलले बताए ।
प्रतिष्ठानको आयोजनामा यही मंसीर १४ देखि १९ सम्म प्रशासन तर्फको दुई समुह, २१ देखि २५ गते सम्म एक समुह इन्जिनियरिङ तर्फ र पुस २१ देखि २५ सम्म प्रशासन र कृषी तर्फको दुई समुह गरि १५० जना भन्दा बढी सहायकस्तर चौथो र पाचौ तहका कर्मचारीहरु सेवा प्रवेश तालिम लिई दिक्षीत भईसकेका प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए ।
पोखरा, २५ पुस ।
ल्याण्डफिल साइट निर्माणबारे पोखरामा विवाद भएको छ । पोखरा ३३ झाँक्री खोलामा महानगरले ल्याण्डफिल साइट बनाउन निर्माण कम्पनीसँग सम्झौता गरिसकेको छ । तर, स्थानीयले त्यस ठाउँमा ल्याण्डफिल साइट बनाउन नदिने अडान लिएका छन् ।
आज स्थानीयले ३३ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीयले मेयर धनराज आचार्य र वडाध्यक्ष रामचन्द्र अधिकारी सहितको उपस्थितिमा छलफलबाट सहमति जुटे मात्रै ताला खुल्ने अडान लिएका छन । केही दिनअघि उनीहरुले महानगरमा ध्यानाकर्षण पनि गराएका थिए ।
महानगरले मङ्सिर २ गते ८० करोड लागतमा प्रशोधन केन्द्र निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।
पोखरा, २५ पुस ।
चेतना महिला सीप विकास परियोजनाले जानकी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो स्वेटर वितरण गरेको छ । पोखरा १७ महतगौँडामा सञ्चालित सो विद्यालयका असहाय एवं विपन्न वर्गका २४ जना विद्यार्थीहरूलाई १३ हजार रुपैयाँ मूल्य बराबरको स्वेटर वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले विद्यार्थीहरुलाई स्वेटर वितरण गर्दै समाजका विपन्न र असहाय वर्गका विद्यार्थीको अध्ययन थलो सामुदायिक विद्यालय भएको बताए । सामुदायिक विद्यालयहरूले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारमा विशेष जोड दिँदै आएको उनको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले विभिन्न संघसंस्थाको सहयोगबाट विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र पोसाक उपलब्ध हुँदा उनीहरूलाई महत्वपूर्ण सहयोग पुगेको बताए । यस्ता सहयोगले विद्यार्थीको पढाइप्रति रुचि बढ्ने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा परियोजनाका संस्थापक तारा तिमिल्सिना र सञ्चालक पवित्रा तिमिल्सिनाले विद्यार्थीहरूलाई स्वेटर हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भीमप्रसाद रिजाल तथा शिक्षिकाहरु चन्दा तिमिल्सिना र सीता थापाले समेत विद्यार्थीहरूलाई स्वेटर वितरण गरे ।
पोखरा, २५ पुस ।
पोखरामा ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईने भएकाे छ । यही पुस २७ गते आइतबार विविध कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।
पोखरा, २५ पुस ।
स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा डिल्लीराम काफ्ले चयन भएका छन् । संघको आज पोखरामा भएको सातौं अधिवेशनले काफ्लेको अध्यक्षतामा ९ सदस्यीय समिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा शिशिर उजाड, सचिवमा मदनराज जैसीं, सहसचिवमा रामकृष्ण अधिकारी र कोषाध्यक्षमा गणेशबज्र लामा चयन भए । सदस्यमा भोजराज उपाध्याय,दुर्गादेवी बास्तोला,मानबहादुर थापा र रामचन्द्र लामिछाने छन् । दुर्गा बहादुर शाह संयोजकत्वमा शिवप्रसाद गौतम र अभिमन्युविक्रम राणा सदस्य रहेको निर्वाचन मण्डलले सो समिति चयन गरेको थियो । यसअघि अधिवेशनको उद्घाटन गर्दै मानव अधिकार संरक्षण मञ्च नेपालका पुर्व अध्यक्ष नवदत्त उपाध्याय ढुगांनाले हरेक क्षेत्रमा दलिय राजनिती प्रवेश गरेकाले, राज्यका सबै निकाय कमजोर बन्न पुगेको बताए ।
उनले विषम परिस्थीतीमा स्वतन्त्र पत्रकारको खबरदारी आवश्यक रहेको बताए । बरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशमा व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको स्पष्ट पारे । संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दलिय पत्रकारका कारण देशले बिभिन्न कालखण्डमा समस्या भोग्दै आएको बताए । संघ कास्कीका अध्यक्ष कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्मा, अग्रज पत्रकार नारायण कार्कीलगायतले विचार भन्दा माथि देश रहेकाले स्वतन्त्र पत्रकारिताको महत्व झनै बढेको बताए । कार्यक्रममा लेखक शिवप्रसाद गौतमले संघलाई आर्थिक सहयोग प्रदान गरे ।
अध्यक्ष रानाभाटले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको सभामा स्वागत केन्द्रीय पार्षद सागर कार्की, धन्यवाद उपाध्यक्ष डिल्लीराम काफ्ले र संचालन सहसचिव शिशिर उजाडले गरेका थिए । नवनिर्वाचित कार्य समितिलाई निर्वाचन मण्डलका संयोजक दुर्गा शाह बाबा, सदस्य शिवप्रसाद गौतम, संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, संघ कास्कीका पुर्व अध्यक्ष कृष्ण थापा लगायतले स्वतन्त्र पत्रकारिताको पक्षमा सशक्त आवाज उठाउन सुझाव दिए ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।