२०८३ बैशाख १२ शनिबार
२०८३ बैशाख १२ शनिबार

पोखरा, २५ पुस ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा दुई हजार ३०३ जना निर्वाचन प्रहरी माग गरिएको छ । इच्छुक उम्मेदवारले आज २५ पुसदेखि माघ १ गतेसम्म निवेदन दिनसक्ने कास्की प्रहरीले जानकारी दिएको छ ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँगसम्बन्ध नरहेको हुनुपर्नेछ ।

उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाति ३१–३३ इन्च, तौल ५० किलो तथा महिलाको हकमा न्यूनतम उचाइ चार फिट १० इन्च, तौल ४२ किलो तोकिएको छ । महिलाको हकमा गर्भवती नभएको वा भइसकेको अवस्थामा सो अवस्था समाप्त भएको हुनुपर्ने शर्त राखिएको छ ।

पोखरा, २५ पुस

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रममा प्रमुख अतिथि भट्टले सक्षम युवा जनशक्ति तयार पार्न शैक्षिक संस्थाले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

‘विज्ञान तथा प्रविधि अन्तर्गतको इञ्जिनियरिङ शिक्षाको महत्व विश्वभर नै उच्च छ । क्षमतावान प्राविधिकहरुको माग संसारमा बढिरहँदा हामीले प्राविधिक शिक्षालाई विश्वबजारमा प्रतिष्पर्धा गर्ने किसिमले स्तरवृद्धि गर्न आवश्यक पनि छ ।’ उहाँले भन्नुभयो ।

दक्ष जनशक्ति विदेश पलायनको अवस्था भयावह हुँदै गएको बताउँदै उहाँले जनशक्ति पलायनको यो दुरावस्थालाई समयमै नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो । ‘जनशक्ति पलायनको यो अवस्थालाई नियन्त्रणका लागि गतिलो आधार भनेको प्राविधिक शिक्षाको प्रभावकारी विकास नै हो ।’ उहाँले भन्नुभयो – ‘हरेक युवाले विदेशिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपपर्छ’

हरेक युवाले आफ्नो राष्ट्र प्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो – ‘वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिता आवश्यक छ । यसमा सबैभन्दा सक्रिय र उर्जाशील तह भनेको युवा वर्ग हो ।’

‘युवाहरु कसैको उक्साहटमा नलागी, विरोध वा आन्दोलनमा सीमित नभई मुलुकलाई मनमा राखेर सामाजिक सेवा, ऐतहिासिक तथा सांस्कृतिक सम्पदा संरक्षण, प्रविधि प्रयोग र उद्यमशीलता जस्ता सकारात्मक गतिविधिमा सक्रिय भई समाज परिवर्तनमा योगदान दिनुपर्ने आवश्यकता छ ।’ उहाँले भन्नुभयो – ‘देश र समाजलाई संस्कार र मर्यादासहित आधुनिक युगमा डो¥याउने युवा वर्गले नै हो । तर, युवाहरू जागृत हुन बाँकी नै छ भन्ने महसुस भइरहेको छ ।’ भट्टले उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि राज्यले उचित नीति र कार्यक्रम अवलम्वन गरी रोजगारी तथा अवसरको सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रदेश प्रमुख भट्टले यस कार्यक्रमले विद्यार्थीहरुको सिर्जनशीलता, प्रतिभा तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपालका इन्जिनियरिङ विद्यार्थीहरूलाई एकताबद्ध गर्न, उनीहरूका नवीन विचारहरू कार्यान्वयनका लागि प्रोत्साहित गर्न र मुलुकको संस्कृति र पर्यटनको प्रवद्र्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।

‘पछ्याणः संस्कृतिसँग, पहिचानसँग’ मूल मन्त्रका साथ नेपालका ईञ्जिनियरिङ कलेजहरु र प्रविधि क्षेत्रमा उत्साही युवा विद्यार्थीहरुलाई सहभागी गराई झण्डै दुई सातासम्म विविध कार्यक्रम गरी सञ्चालन गरिएको आयोजकले जनाएको छ । सुदूरपश्चिमबाट अध्ययनका लागि पोखरा आएका विद्यार्थीहरु संगठित भएर सन् १९९७ मा यो समाज स्थापना गरेका हुन् ।

 
 

पोखरा, २५ पुस ।

१४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले आ आफ्नो झाँकी तथा र्याली सहभागी गराएर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । उनीहरुले पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झांकी तथा र्यालीमा स्व स्फुर्त रुपमा सहभागी भई महोत्सवको सोभा बढाउने समेत निर्णय गरेका छन ।

महोत्सव आयोजक युनाईटेड क्लबले आयोजना गरेको संघ संस्था तथा झाँकी र्याली अन्तरक्रिया कार्यक्रममा सहभागी उनीहरुले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले विशुद्ध सामाजिक काम गर्ने भएकाले आफुहरुले हरेक महोत्सवमा झांकी र्याली सहभागी गराइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने समेत बताए ।

सो अवसरमा वोल्दै युनाईटेड क्लबका पूर्व अध्यक्ष तथा १४ औं पोखरा महोत्सवका झाँकी र्याली ब्यवस्थापन उपसमिति संयोजक सुक बहादुर गुरुङले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन पोखराका संघ संस्थाहरुको महत्वपूर्ण भुमिका रहेको बताउदै १४ औं पोखरा महोत्सवमा समेत झाँकी र्यालीबाट साथ र सहयोग हुने विश्वास ब्यक्त गरे । पोखरा महोत्सवको आम्दानी सामाजिक कामका लागि भएकाले संघ संस्थाहरुले समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युनाईटेड क्लबले गरेको सामाजिक काममा सहभागीता रहेको समेत गुरुङले बताए ।

त्यस्तै संघ संस्था ब्यवस्थापन उपसमिति संयोजक सीमा गुरुङले पोखरा महोत्सवको उद्घाटन पूर्व आयोजना गरिने संघ संस्थाको झाँकी र्याली कार्यक्रमले पोखरा महोत्सवको सोभा बढाएको बताइन । गुरुङले अघिल्लो वर्ष ३ सय १५ संघ संस्थाले झाँकी र्यालीमा सहभागीता जनाएको वताउदै यस वर्षपनि त्यतिनै संख्यामा संघ संस्थाको सहभागीता रहने अपेक्षा रहेको बताइन ।

सो अवसरमा वोल्दै क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोगलेनै पोखरा महोत्सव १४ औं संस्करण सम्म आइपुगेको बताए ।

क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका पदाधिकारी, सल्लाहकार, महोत्सवका विभिन्न उपसमिति संयोजक तथा सल्लाहकार र संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।