
काठमाण्डौँ, ०८ माघ ।
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेको छ ।बिहीवार साँझ आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको निर्णय सुनाएको हो ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उमेदवारी विरुद्ध परेको उजुरीमा उजुरी कायम हुनेगरी उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयबाट निर्णय भएको छ ।
त्यस्तै आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर निर्वाचन अधिकृतको कार्यालयहरुबाट निर्णय भए बमोजिम चारवटा उजुरीहरु खारेज भएका जानकारी दिनुभयो । उहाँले बिहीवार साँझ सात बजेसम्म उमेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने बताउनु भयो । यदी आफूले दिएको उम्मेदवारी फिर्ता लिन चाहे शुक्रवार उम्मेदवारहरुले नाम फिर्ता लिनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर आज निर्वाचन अधिकृतको कार्यालयहरुबाट निर्णय भए बमोजिम चारवटा उजुरीहरु खारेज भएका छन् र एउटा उजुरी कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उमेदवारी विरुद्ध परेको उजुरीमा उजुरी कायम हुनेगरी उहाँको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयबाट निर्णय भएको जानकारी हाम्रो सूचना प्रविधिको प्रणालीबाट निर्वाचन आयोगलाई प्राप्त भएको छ ।
यस बमोजिम आज ७ बजेसम्म उमेदवारहरुको नामावली प्रकाशन हुन्छ र भोलि उमेदवारहरुले आफ्नो नाम फिर्ता लिने कार्यक्रम रहेको छ ।’ आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।
जसमा ५ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । भक्तपुर २ मा दुई वटा, सुनसरी २, रौतहट १, कैलीली १ मा भने एक-एक वटा उजुरी परेका थिए । जसमध्ये ४ वटा उजुरी खारेज भएका छन् भने रेशमलाल चौधरीको उम्मेदवारी भने खारेज भएको निर्वाचन आयोगले जनाएको छ । माघ ९ गते नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह पनि प्रदान गर्ने आयोगको तयारी छ ।
काठमाण्डौँ, ०८ माघ ।
सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गरेको छ ।
सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ता तोकेको छ ।





